काठमाडौँ । झापास्थित रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई सन् २०१८ का भिन्दा भिन्दै पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठानले कृषि विशेषज्ञ डा केदार बुढाथोकी, पत्रकारिताका प्राध्यापक पी. खरेल तथा सामाजिक अभियन्ताहरू दुर्गा घिमिरे र बालक यामबहादुर बिकलाई सम्मान गर्ने भएको हो ।
ओली प्रतिष्ठानले कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा. केदार बुढाथोकीलाई रु.१,०१,१११।– राशीको
यसैगरी चेलिबेटी बेचबिखनको बिरूद्दको अभियान मानव अधिकारका क्षेत्रमा क्रियाशिल भई महिला उत्थानको
यसैगरी ओ
बाल विवाह न्यूनिकरणका लागि चुनौतिपूर्ण कार्यगरी बाल हिंसा र लैगिंक हिँसाका विरुद्ध जन चेतनाको वृद्धि
यी पुरस्कारहरू रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले २०७६ वैशाख ७ गते समर्पण गर्ने जानकारी पत्रकार सम्मेलनमार्फत् प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले दिनुभयो ।
बि.सं.२०७५ को श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार लागि उजानबजार गुहाटी, आसाम (भारत) का डा. इन्दुप्रभा देवीलाई पुरस्कृत गरिने भएको छ । स्व.श्रीप्रसाद ओलीको स्मृतिमा २०७४ सालदेखि प्रत्येक वर्ष कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन प्रदान गर्ने गरिएको यो पुरस्कारको राशी रु. ५१,१११ रहेको छ ।
यसका साथै प्रतिष्ठानले खेलकुदको क्षेत्रमा झापाको कन्काई नगरमा आयोजित जिल्ला तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा बिजयी टिमलाई पुरस्कार प्रदान गरेको छ।
स्व. श्रीप्रसाद ओलीको स्मृतिमा झापास्थित पौराणिक महत्व बोकेको शंकरचार्य पिठ बेद बेदांग संस्कृत पाठशाला साधुटार अर्जुनधारा–१ बिद्यालयको प्राङ्गणमा यही चैत मसान्तभित्र एकलाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण कार्यको ९५% काम पुरा भइसकेकोमा चाडै पूरा गरी बिद्यालयलाई हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।