रङ्गहरूको चाड फागुपर्व आज देशका पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइएको छ ।
फागुमा आफन्त, साथीभाइबीच पानी छ्याप्ने, अबिर दल्ने, रङ्ग मिसाएको पिच्करी हान्ने तथा मीठा परिकार बनाएर खाने गरिन्छ ।
काठमाडौँ उपत्यकामा केही वर्षअघिसम्म पानीका लोलाले बटुवालाई लुकेर हान्ने समेत गरिन्थ्यो । तर, प्रशनसनको कडाइका कारण यो प्रवृत्तिमा भने पछिल्ला वर्षमा कमी आएको छ ।
फागुपर्वसँगै सांस्कृतिक र पौराणिक आख्यान जोडिएका छन् । भगवान विष्णुका भक्त प्रह्लादलाई दण्ड दिन बाबुु हिरण्यकश्यपले आगोले केही नोक्सान नगर्ने बरदान पाएकी बहिनी होलिकासँगै प्रह्लादलाई आगोको ज्वालामा राख्दा उल्टैै होलिका जलेकी तर प्रह्लाद सकुशल रहन सफल भएक किंवदन्ती छ । यसैकारण यो पर्वलाई असत्यकी प्रतीक होलिकाको नाश भई सत्यका प्रतीक प्रह्लादको जीवन बँचेको आधारमा यो पर्वलाई होली समेत भन्ने गरिन्छ ।
नेपालको तराईमा भने भोलि होली मनाउने चलन छ ।