परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेताद्वय अशोक राई र बाबुराम भट्टराईको राजनीतिक क्षयीकरण

अप्रत्याशित ढंगबाट आफ्नो निजी महत्वकांक्षा चम्काउने धुन सबार भएपछि दुर्भाग्य नजिकिदो रहेछ । जसले आफ्नो घर बिर्सियो, आदर्श र सिद्धान्त बिर्सियो र अन्तमा आफुलाई नै बिर्सियो भने उ संसारको सबै भन्दा दरिद्र र दयनीय मान्छे बन्दो रहेछ । नेताद्वय अशोक राई र बाबुराम भट्टराई ठीक यही कित्ताका साक्षत् उदाहरण हुनुहुन्छ । उहाँहरुले आफुलाई बुझ्न सक्नुभएन, छाम्न सक्नुभएन, चिन्न सक्नुभएन। गुँड र गोबरको भेद पाउन सक्नु भएन। जसरी पानी-जहाजमा दिशा सूचक यन्त्र भएन भने त्यो जहाजलाई दुर्घटनाबाट धेरैवेर जोगाउन सकिदैन, त्यसैगरी सिद्धान्त बेगरको मान्छे पनि अवश्य भयानक दुर्घटना पर्छ। आज अशोक राई र बाबुराम भट्टराई दुवै जना यही नियतिमा लगातार अघि बढी रहनु भएको छ।

जनताको काखमा बस्न त्यति सजिलो छैन। मान्छेको मन र मष्तिस्कमा रहनु चानचुने कुरा होइन। निरन्तरको त्याग, निष्ठा र समर्पणबाट मात्र यो संभव छ। एक पटक यी ठाउँबाट हटेपछि त्यो ठाउँ पुनः पाउनु भनेको रुखबाट खसेको फललाई फेरि रुखमै अड्याउनु जस्तै हुन जान्छ। अथवा भनौ, मुर्खताको पराकाष्ठा प्रदर्शन गर्नु सरह हुनजान्छ। जबसम्म अशोक राई र बाबुराम भट्टराईहरु सही बाटो हिडिरहनु भएको थियो, जनताको आखाँको नानी हुनुहुनथ्यो, समाजको गर्व हुनुहुन्थ्यो र जनता सदासदाका लागि उहाँहरुलाई पाउन र सम्मान गर्न लालयित थिए।

‘खोदा पहाड निक्ला चुहा’ भने झैं हामीले देखेका यी अजङ्गका ब्यक्तिहरु बिल्कुलै रित्तो हुँनुहुँदो रहेछ। मायावी लिलामा हाम्रा सामु उपस्थित भएका रहेछन्, ठूलो भ्रम रहेछ। सारा संसारलाई एउटा वृहद परिवार मानेर हिड्नु पर्नेमा विश्व र मानवतालाई कित्ता कित्तामा विभाजन गर्ने जातीय र क्षेत्रीय झुण्डको नेतृत्व गर्न पुग्नु उहाँहरुको ठूलो दुर्भाग्य हो। सिद्धान्तलाई तिलाञ्जली दिए पछि बिचलन र अधोगमनको यात्रा ढिलोचाँडो शुरु हुनु पर्दथ्यो, आखिर भयो नै यसमा कुनै अपशोच गर्नु पर्ने कुरा छैन।

यो अरु कसैले गरेर होइन, उहाँहरुको अहंमता र महत्वाकांक्षाको दुखद तर अनिवार्य परिणाम हो। जब मान्छे अहंकारी र महत्वाकांक्षी बन्न पुग्छ, उसलाई दुनियाँको त के सनातनी शास्त्रका कुनै पनि अलौकिक वा दैविक शक्तिले समेत बचाउन सक्दैन। अझ नेताले समयको ख्याल नगरी जथाभावी बर्बराउनु र बेमतलवका कुराहरु छाद्दै हिड्नु स्वयंका लागि घातक त हुन्छ नै अरुका लागि समेत प्रत्युपादक र पीडादायी बन्दछ। नेतृत्वमा संयम हुनुपर्छ। उनीहरुका बोली र कार्यशैलीहरु समाजका सम्पती हुन, निधि हुन। राम्रा र नराम्रा बचन र कार्यहरु समाजको उन्नति र अवन्नतिका कारण बन्दछन्। यी दुवैको गहिरो र प्रत्यक्ष असर समाजमा पर्छ। समाजमा पाच्य भयो भने ओज बृद्धी हुँदै जान्छ अन्यथा नेता आफू मात्र होइन सिङ्गो समाजलाई नै रसातलमा थाहै नपाई धसाइ दिन्छ र जीवन अस्तित्वमा नै प्रश्न चिन्ह खडा हुन्छ।

जनताको काखमा बस्न त्यति सजिलो छैन। मान्छेको मन र मष्तिस्कमा रहनु चानचुने कुरा होइन। निरन्तरको त्याग, निष्ठा र समर्पणबाट मात्र यो संभव छ। एक पटक यी ठाउँबाट हटेपछि त्यो ठाउँ पुनः पाउनु भनेको रुखबाट खसेको फललाई फेरि रुखमै अड्याउनु जस्तै हुन जान्छ। अथवा भनौ, मुर्खताको पराकाष्ठा प्रदर्शन गर्नु सरह हुनजान्छ। जबसम्म अशोक राई र बाबुराम भट्टराईहरु सही बाटो हिडिरहनु भएको थियो, जनताको आखाँको नानी हुनुहुनथ्यो, समाजको गर्व हुनुहुन्थ्यो र जनता सदासदाका लागि उहाँहरुलाई पाउन र सम्मान गर्न लालयित थिए।

तर के गर्नु बिनास काले बिपरित बुद्धि भने झै अहंकार र प्रतिशोधले आफ्नो खाल्डो आफंै खने पछि कस्को के लाग्छ। उहाँहरुले सधैं आफ्नो अन्त्यको शुरुवात गर्नुभयो, गरिरहनु भयो । वास्तवमै भएको यही हो। भिरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ काध हाल्न सकिन्न। हामी टाडाबाट हात बाधेर हेर्न मात्र विवस छौं । यस्तो नभएको हुन्थ्यो भन्ने कामना मात्र हामीसंग छ । पटकपटकका असावधानीले प्रलयङ्कारी रुप लिँदोरहेछ भन्ने कुरा उहाँहरुको दुर्गति हेरेर पाठ सिक्नु वा मनन गर्नु नै शादय हाम्रा भागमा अब बँचेको एउटै उपलब्धी हो ।

Facebook Comments