Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
“बड्डे” अर्थात बर्थ डे
प्रेत भएर घर घरमा छाउँदै गरेको
पश्चिमी आतङ्क
स्यालको हुइयाँ छिन भरमै काशी पुगे जसरी
मेची देखि कालीसम्म
हामीलाई जुठ्याउँदै सल्किरहेको एउटा अतिवाद
देश,पुर्खा,परम्परा र मौलिकता सिध्याउने एउटा नाङ्गो तमासा
“बड्डे” अर्थात बर्थ डे ।
मेची काली जहाँ नेपाली साम्यबाद
चुच्चे टोपी पहिरहन्छ र,
जुठो केक चाटेर बड्डे मनाउँछ
प्रजातान्त्रिक समाजवाद आयातित संस्कृतिलाई
ढोल बजाएर स्वागत गर्छ र,
त्यसको गोडा मोल्छ ।
बिधर्म गीता पोल्छ,मुन्धुम डढाउँछ र, त्रिपिटकको भुंग्रोमा केक सेक्छ
मधेस दक्षिण पश्चिमको हाँगो समात्छ र सोइसोइला खेल्छ।
समग्रतामा बड्डे आतङ्कको बीउ भएको छ र,
पशुपति र स्वयम्भुको छानामा उमार्ने खेला हुँदैछ
मौलिकताको चिहान खनिदैछ।
यस्तो परिवेशमा “बड्डे”
घनघोर आतङ्क भएको छ
मौलिक संस्कृति सिध्याउने छेद् भएको छ
झोलामा अंग्रेजीको चाङ लादेर
बिद्यालय पठाइने बालकको गिदीमा लिदी भरेपछि
केक इन्कार गर्ने अभिभावकको निवासमा
तुर्लुङ्ग झुण्डिन थालेका छन् उनीहरु ।
क्रान्तिको बिगुल फुकिहिंड्ने माओवाद
अन्तत: यही थितिको धुपौरे भयो
थुप्रै जबज धारीहरु ढाका टोपी पोल्छन र चुचे टोपी पहिरेर
“ह्याप्पी बड्डे”को धुनमा क्रान्ती खोज्दैछन्
चाम्रे पाखे भयो,गुन्द्रुक सिन्की जङ्गली भयो
सेल रोटी,ढकने र धुले अचार
कुराउनी,खुत्ते र ओलन रुढ भए
यिनको स्थानमा बर्गर आए,पिजा स्थापित भए
अमृत भए जुठो बड्डे केक
जुठियो हाम्रो संस्कृति ।
अन्य आकर्षणहरू
बड्डे आतङ्कले निरास छ हाम्रो माटो
चिहान भित्र रुदैछन सभ्यता निर्माण गर्ने पुर्खा
मलिन भएको छ नेपाली प्रकृति
उदास छन संस्कति प्रेमीहरु
बिदेशी घोडाहरु हिनहिनाउँदै र्यालले भिजाउँदैछन्
हाम्रा देवी देउराली,चैत्य मन्दिर र गुम्बाहरु
धर्मका ठेकेदारहरु पनि
पहिर्याउँदैछन हजुर आमाहरुलाई चुचे टोपी र,
चटाउँदैछन जुठो केक ।
हाम्रो आकाशमा गोलीगठ्ठा र मिसाइल बोकेर
बिदेशी जहाजहरु उड्नुका पछि
आयातित संस्कृति त्यसको जग भएको छ ।
आउ जुरुक्क उठौं र धुलिशान बनाऔं
यो अतिवादको आयाम र खुस्काऔं यस्का चुकुलहरु
भत्काइदिउँ बिधर्मीका स्वप्निल महल
अनि,
खुशीले गाउँ माटाको गीत ।
Facebook Comments
पछिल्लो पोस्ट