परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

महामारी विरुद्ध असाधारण कर्तव्य निर्वाह गर्न सबै सक्रिय रहौं : प्रधानमन्त्री ओली

काठमाडौं । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालका अगुवा पत्रकारहरुसँगको अन्तरक्रियामा मूलतः दुईवटा विषयमा चर्चा गर्नुभयो । पहिलो विषय कोभिड–१९ थियो भने दोस्रो विषय लोकतन्त्रको रक्षा र यसका लागि चालिनु पर्ने कदमहरुका बारेमा केन्द्रित थियो । अन्तरक्रियाका क्रममा उहाँले हिजोआज राष्ट्रिय राजनीतिलाई अत्यन्तै प्रदुषित गर्न खोजिएको र लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक प्रणाली र प्रक्रियाहरुबाट राजनीतिलाई पथभ्रष्ट बनाउने दुस्प्रयास भइरहेको बताउनु भयो। अलोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट राजनीतिको छिनोफानो गर्नुपर्छ र देश सञ्चालन हुनुपर्छ भन्ने अराजकतावादी सोंचहरु जब्बर बन्दै गएको कुरामा पनि प्रधानमन्त्री ओलीले विशेष जोड दिनु भयो । प्रस्तुत छ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालका अगुवा पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा गर्नुभएको सम्बोधनको पूर्णपाठ :

माननीय मन्त्रीज्यूहरु, नेताज्यूहरु र उपस्थित सम्पूर्ण पत्रकार साथीहरु, 

अहिले हामी मूलतः दुईवटा विषयमा चर्चा गर्नेछौं । पहिलो विषय कोभिड–१९ रहने छ । कोभिड १९ ले सिर्जना गरेका अभूतपूर्व समस्या, त्यस सम्बन्धमा सरकारले गरेका र गरिरहेका काम, अवलम्बन गर्न लागिएका थप प्रयास र आगामी दिनमा सरकारले चल्ने कदमका बारेमा चर्चा गर्नेछौं । चर्चा गर्न लागिएको दोस्रो विषय लोकतन्त्रको रक्षा र यसका लागि चालिनु पर्ने कदमहरुका बारेमा केन्द्रित हुनेछ । अहिले राष्ट्रिय राजनीतिलाई अत्यन्तै प्रदुषित गर्न खोजिएको छ । लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक प्रणाली र प्रक्रियाहरुबाट राजनीतिलाई पथभ्रष्ट बनाउने दुस्प्रयास भइरहेछ । अलोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट राजनीतिको छिनोफानो गर्नुपर्छ र देश सञ्चालन हुनुपर्छ भन्ने अराजकतावादी सोंचहरु जसरी आएका छन्, त्यसका विरुद्धमा लोकतन्त्रको रक्षाका लागि हामी जसरी लडिरहेका छौं, यस सम्बन्धमा पनि म संक्षिप्त चर्चा गर्नेछु ।

महामारीका बेला स्रोत र साधनहरु अर्याप्तता हुनेगर्छ, अन्यन्त्र पनि हुन्छ, विकसित देशहरुमा पनि भइरहेछ। विश्वभरि नै अस्पतालभन्दा बाहिर पाल टाँगेको हामीले देख्यौं। अक्सिजन नभएर, बेड नभएर, भेन्टिलेटर नभएर, औषधि नभएर, घरैमा तातो पानी खाएर बस भनेर भन्न विकसित मुलुकहरु पनि बाध्य हुनुप¥यो। शव व्यवस्थापन विकसित राष्ट्रहरुलाई पनि ठूलो समस्याको रुपमा आइप¥यो। मानिसहरुको निधन हुनुभन्दा पहिले शव व्यवस्थापनका लागि खाल्डा खनेर ठीक पारिराख्नु पर्ने र ठूलोे संख्यामा त्यस्ता कामहरु गरिराख्नु पर्ने अत्यन्त पीडादायी अवस्था विश्वभर आयो।

मैले अस्ति पनि सञ्चार क्षेत्रका सुनामधन्य, मुर्धन्य व्यक्तिहरुको उपस्थितिमा यो कुरा भनेको थिएँ। आज देश र जनता कोभिड–१९ बाट अत्यन्तै भयावह ढङ्गले आक्रान्त भइरहेको अवस्था छ। हाम्रो देश मात्रै होइन, विश्व नै आक्रान्त भइरहेको छ । यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिहरु सानामसिना कुरा छोडेर, सत्ता राजनीतिको झमेला छोडेर जनताका समस्या समाधान गर्नेतर्फ अगाडि लाग्नु पर्ने हो । तर, गत वर्ष जब कोभिड देखापर्यो, तबदेखि नै सरकार परिवर्तनका खेल सुरु भए । व्यक्ति नै पिच्छेका महत्वकांक्षा र आग्रह राख्ने, आफ्ना कुण्ठा र आकांक्षालाई महत्व दिने र त्यस्ता कुरालाई अग्रभागमा राखेर देश र जनताले भोगिरहेका समस्याबाट ध्यान अन्यत्र मोड्न खोज्ने, राजनीतिप्रति, लोकतान्त्रिक प्रणाली र अभ्यासप्रति नै जनताको वितृष्ण बढ्ने गरी अवाञ्छित, अस्वस्थ क्रियाकलाप गर्ने प्रवृतिहरु हामीले झल्दै आयौं ।

जतिबेला हामीले कोभिडका विरुद्ध आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गर्नुपर्ने हो, त्यसबेला कोभिडका विरुद्ध केन्द्रित हुनुभन्दा थप समस्या खडा गर्ने, मौकाको पाइदा उठाउँदै सरकारका महत्वपूर्ण उपलब्धिहरुलाई ओझेलमा पार्ने र चरित्र हत्या गर्ने जस्ता अत्यन्तै असभ्य तरिका अपनाइयो । यी सब कामबाट म आश्चर्य चकित छु र फेरि दोहोर्याएर भन्छु, सामन्तवादी कुसंस्कारको योभन्दा अवाञ्छित प्रभाव के होला जहाँ हामी गणतन्त्रको धज्जी उडाइरहेका छौं । लोकतन्त्र, लोकतान्त्रिक प्र्रणाली र प्रक्रियाहरुको पनि धज्जी उडाइरहेका छौं भने त्योभन्दा अनर्थकारी कुरा के हुनसक्छ ? हामी यस्तो भन्नु र गर्नु हुँदैन भनेर लगातार लडिरहेका छौं, सङ्घर्ष गरिरहेका छौं ।

म आज पनि विशेष जोड दिएर भन्न चाहन्छु, यो महाविपत्का बेला अरु राजनीतिक झमेलाहरु, गालीगलौज, चरित्रहत्या जस्ता स्तरहीन कार्यलाई सामाजिक संस्कार र संस्कृति बनाउन खोज्ने दुष्प्रयास नगरौं । यस्तो कार्य देशका निमित्त, हाम्रो गौरवपूर्ण सभ्यताका निमित्त नै गम्भीर चुनौती हो, दुःखद् पक्ष हो । यस्तोबेला म सबै समक्ष विशेष आह्वान गर्छु, हामी अहिले सरकारको, राजनीतिक दलहरुको, नागरिक समाजको, सबैसबैको अर्थात हाम्रो सम्पूर्ण राष्ट्रिय सामथ्र्य कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित गरौं ।

हामी सबैले महामारी के हो भनेर बुझेका छौं भन्ने मलाई लाग्छ । महामारी भनेको सामान्य वा नियमित प्रक्रिया होेइन, यो अचानक आइलाग्ने असाधारण अवस्था हो । सन् २०१९ को अन्त्यदेखि एउटा भयाङ्कर, खत्तरनाक भाइरस, जसलाई कोभिड–१९ भन्ने गरियो, यसले विश्वलाई नै आफ्नो लपेटामा लियो। के धनी, के गरिब, के अगाडि बढेका, के पछाडि परेका, के विकसित, के अविकसित सबै देशहरु, सबै भूभाग र क्षेत्र आक्रान्त भए, कोही पनि अछुतो रहन सकेन । यस्तो अवस्थामा पूर्व तयारीहरु अपुग हुनु स्वभाविक कुरा हो । त्यसैकारण यो महामारी हो । यस्तो परिस्थितिमा हाम्रा पूर्वतयारी वा हामीसँग मौजुदा रहेका सामग्रीहरु वा सामथ्र्यहरु वा औषधिहरु अपर्याप्त हुनु स्वभाविक बन्दछ ।

महामारीका बेला स्रोत र साधनहरु अर्याप्तता हुनेगर्छ, अन्यन्त्र पनि हुन्छ, विकसित देशहरुमा पनि भइरहेछ । विश्वभरि नै अस्पतालभन्दा बाहिर पाल टाँगेको हामीले देख्यौं । अक्सिजन नभएर, बेड नभएर, भेन्टिलेटर नभएर, औषधि नभएर, घरैमा तातो पानी खाएर बस भनेर भन्न विकसित मुलुकहरु पनि बाध्य हुनुप¥यो । शव व्यवस्थापन विकसित राष्ट्रहरुलाई पनि ठूलो समस्याको रुपमा आइप¥यो । मानिसहरुको निधन हुनुभन्दा पहिले शव व्यवस्थापनका लागि खाल्डा खनेर ठीक पारिराख्नु पर्ने र ठूलोे संख्यामा त्यस्ता कामहरु गरिराख्नु पर्ने अत्यन्त पीडादायी अवस्था विश्वभर आयो ।

त्यसको चर्को असर स्वभाविक रुपमा हाम्रो जस्तो स्वास्थ्य सामथ्र्य कमजोर रहेको देशमा पनि आइप¥यो । अथवा, यो हाम्रो मौजुदा सामथ्र्यभन्दा बाहिर रहनु अस्वभाविक थिएन, भयो पनि त्यस्तै । तर, हामीले त्यसलाई हरतरहले व्यवस्थापन ग¥यौं । हामीले उपयुक्त विधि अपनायौं पनि । सुरुमै लकडाउन ग¥यौं, नत्र अधिल्लो वर्ष नै हामी नराम्रोसँग आक्रान्त भइसक्थ्यौं । त्यसबाट जोगिन हामीले लकडाउनको विधि, भौतिक दूरी अपनाउने, मास्क र बारम्बार हात धुन लगाउनेदेखि थुप्रै कुरा हामीले कडा अनुशासनका साथ कार्यान्वयन गर्दैगयौं । म सम्पूर्ण नेपालीको यसखाले समझदारीलाई सम्मान गर्छु, जसले गर्दा महामारी धेरै विकराल ढङ्गले फैलिन सकेन । धेरै हदसम्म हामीले नियन्त्रण नै ग¥यौं ।

पछिल्लो अवधिमा राजनीतिक, धार्मिक वा साँस्कृतिक कारणहरुले, देशभित्र र देश बाहिरका कारणले, खुला सीमा भएका कारणले र अब कोभिड संक्रमण कम भयो, जाँदैछ अथवा गइसक्नै लाग्यो, अब केही समस्या छैन भन्ने झैं गरी जनस्तरमा नै बलमिच्याइँ समेत देखिएका कारणले फेरि महामारी बढ्यो । हामी भुक्तभोगी छौं– खुला सिमानाका कारणले गर्दा जतिबेला हाम्रो छिमेकमा संक्रमणको ‘ग्राफ’ माथि जान्छ, हाम्र्रोमा पनि ‘ग्राफ’ माथि जान्छ, जब उनीहरुकोमा तल झर्छ भने हाम्रोमा पनि तल झर्छ । यी सबै परिस्थिति पनि हामीले देखे–भोगेका छौं । अर्कोतर्फ हामीले निर्वाध रुपमा हुने आवतआवतलाई नियमन गर्न खोज्दा, नियन्त्रित गर्न खोज्दा गतवर्ष झण्डा लिएर नेपालीहरुलाई घर फर्किन दिनुपर्छ, फर्काउनु पर्छ भन्ने चर्को आवज उठाइए, अरु केही कुरा छैन, खाली सस्तो लोकप्रिय पाउनका लागि । कतिपय नेताहरु आफैैँ बस व्यवस्थापन गरेर मान्छेहरु ओेसार–पसार गर्न कसिने र कसले रोक्दोरहेछ हेरौं भनेर पाखुरा सुर्किने, जसो मनलाग्यो त्यसै कराउने जस्ता कार्य भए । त्यसले पनि महामारी फैलिनलाई मद्दत ग¥यो ।

हामीले जनताको जीवन पहिलो कुरा हो, जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने दृष्टिकोण र नीति लियौं । त्यसलाई पनि होइन भनेर टक्कर दिन खोज्ने, तर्कका लागि तर्क गर्ने खालका प्रवृत्तिहरु पनि देखा परे । जेहोस् हामीले महामारीलाई नियन्त्रण गर्दै लगेका थियौं, फेरि यो दोस्रो लहर खतरनाक बनेर आयो । यस दोस्रो लहरमा विभिन्न प्रकारका ‘न्यू भेरियन्टस्’ देखा परे । हामी त्यसको पनि सामना गर्न जोडतोडले लाग्यौं । स्वभाविक रुपमा एकाएक ठूलोे मात्रामा चाहिँदा अक्सिजनको कमी भयो । ठूलो मात्रामा चाहिदा अक्सिजन सिलिन्डरको कमी भयो । ठूलो मात्रामा अक्सिजन ल्याउनु पर्दा ट्याङ्करहरुको कमी भयो, ठूलो मात्रामा चाहिदा आइसीयू बेड र भ्यान्टिलेटरहरु कमी भए ।

तर यस्ता कुराहरुलाई हामीले तदारुकताका साथ आवश्यकताका आधारमा समाधान गर्दैगयौं । र, अब सिलिन्डर र अक्सिजनको समस्या लगभग समाधान भएको छ । उपयुक्त व्यवस्थापन हुन सके भेन्टिलेटरको पनि समस्या अब लगभग छैन । युद्धस्तरमै हामी विदेशबाट नै यी चिजहरुको आपूर्ति गरिराखेका छौं, ल्याइराखेका छौं । सिलिन्डर प्लेनमा राखेर हामीले ल्यायौं । आकस्मिक रुपमा हामीलाई कठीनाई आइपरेकाले प्लेनमा राखेर ल्यायौं । जसबाट एउटा अक्सिजन सिलिन्डरको मूल्य मात्र पनि ५० सौं हजार पर्नगयो । तर पनि जनताको ज्यान जोगाउनु महत्वपूर्ण कुरा भएकोले हामीले जीवन रक्षातर्फ ध्यान दियौं । जनताको धैर्य र सामुहिक प्रयासले गर्दा संक्रमणको ‘ग्राफ’ लगातार माथि जाने कुराबाट अब तेस्रोतिर लागेको छ । यो सकारात्मक छ, । केही दिनभित्र त्यसलाई ओरालोे लगाउन सक्छौं भनेर हामी प्रयासरत छौं ।

हाम्रोमा खोप (भ्याक्सिन) बनेको थिएन, बनाउन सक्ने क्षमता छैन अहिले पनि । हाम्रो जस्तोे सानो देश आफैँ खोप बनाउनेतिर लाग्यो भने त्यो धेरैै समय लाग्न सक्थ्यो र त्यो ठूलो खर्चको विषय पनि बन्न सक्थ्यो । हाम्रोे अनुसन्धनकोे क्षमता, हाम्रो साधन स्रोतको क्षमता र अनुभवहरुलाई समेत ख्याल गर्दा आफैंले खोप बनाउन तत्काल सम्भव थिएन । तर खोप उत्पादक देश भारतले खोप लगाउन थाल्दानथाल्दै हामीले पनि खोप लगाउन शुरु ग¥यौं । दक्षिण एसियामा भारतपछि खोप लगाउन सुरु गर्ने देश हामी नै हौं । अन्यत्र खोप पुगेकै थिएन, हामीलाई मित्रराष्ट्र भारतले १० लाख मात्रा (डोज) खोप अनुदानमा दियो । मित्रराष्ट्र चीनले आठ लाख मात्रा खोेप अनुदानमा दियो । हामी थप किन्ने प्र्रयासमा लाग्यौं र २० लाख मात्रा खोप हामीले भारतबाट ल्याउने भनेर भुक्तानी पनि ग¥यौं । तर १० लाख मात्रा खोप आउन सक्यो, अरु विभिन्न कारणहरुले त्यहाँ व्यवधान पैदा भयो । बाहिर पत्रपत्रिकामा भनिएको जस्तो, हल्ला चलाइए जस्तो भने होइन । हामीकहाँ केही त मिशन पत्रकारितावाला छन्, जसको काम उपलब्धि देख्दै नदेख्ने, उपलब्धिको चर्चा नैे नगर्ने र कमजोरी कहाँ छ त्यो मात्रै खोतल्ने हो । कमजोरी रहेनछ भने पनि बनावटी कमजोरी सिर्जना गरी चर्चा गर्ने हो । अन्तरकुन्तरबाट जबरजस्ती खोतलेर मार्मिक कहानीहरु बनाउने, निकाल्ने हो ।

महामारीका बेलामा स्वभाविक रुपमा मार्मिक स्थिति बन्छ पनि । मानिसहरुको निधन भइराखेको छ, पीडामा छटपटाइरहेका छन्, अनिश्चितता छ । निसहाय स्थिति छ । यस्तो पीडादायी स्थिति कम गर्न प्रयास गर्ने वा त्यस्ता प्र्रयासहरुलाई साथ दिनुको साटो त्यो दर्दनाक स्थितिलाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्नेखालका प्रवृति बोकेका तत्वहरु, शक्ति र व्यक्तिहरु छँदैछन् ।

हामी अहिले पनि अरु स्वास्थ्य सामग्रीहरु– किट्सहरु, मास्क, ग्लोब्स्, पीपीई अथवा अरु स्वास्थ्य सामग्रीहरु, औषधि, सिलिन्डर, अक्सिजन, भेन्टिलेटर, स्क्यान मेसिन लगायतका सामानहरु हाम्रो आवश्यकता अनुसार धान्न सक्ने खालको स्थितिमा पु¥याउन हामी लागी परेका छौं । हाम्रो ध्यान फेरि पनि (क) रोग सर्न नपाओस्, (ख) सरिहाल्यो भने त्यसको उपयुक्त उपचारको व्यवस्था होस् र (ग) सर्नै नपाओस् भन्नका लागि सकेसम्म छिटो खोपको प्रबन्ध गर्नेमा केन्द्रित छ । । यसका निम्ति हामी भारतसँग, चीनसँग, संयुक्त राज्य अमेरिकासँग, बेलायतसँग, रुससँग विभिन्न देशहरुसँग कुराकानी गरिरहेका छौं । खोप÷भ्याक्सिन ल्याउने हाम्रो प्रयास जारी छ । हामी विश्वस्त छौं, निकट भविष्यमा हामी खोप ल्याउन सक्षम हुनेछौं ।

हामी यस सन्दर्भमा संयुक्त राष्ट्रसंघसँग, विश्वबैंकसँग कुरा गरिराखेका छौं । हाम्रो विकासका विभिन्न साझेदारहरु, अन्य सहयोगी अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग पनि कुरा गरिराखेका छौं । सरकारले आफ्ना सम्पूर्ण प्रयास यसमा केन्द्रित गरेको छ भने निजी क्षेत्रलाई पनि हामीले यस काममा साथै लिएका छौं र सहकार्य गरिराखेका छौं । यस अवस्थामा म सबैलाई नआत्तिन र यस कठीन परिस्थितिको सामना गर्ने दिशामा सरकारका प्र्रयासहरुमा हातेमालो गर्दै अगाडि बढ्न फेरि पनि आग्रह गर्न चाहन्छु । र, तपाई पत्रकारहरु मार्फत सरकारका तर्फबाट गरिएका यी आग्रहहरु बिना भ्रम आम जनतामा पुग्नेछन् भन्नेमा पनि म विश्वस्त छु ।

अब म एकैछिन राजनीतिक सन्दर्भको कुरा गर्छु । हामीले देशमा लोकतान्त्रिक प्रणाली, अर्को शब्दमा भन्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली ल्यायौं । त्यस प्रणालीलाई व्यवस्थित गर्न र मुलुकलाई सुशासन सहित विकासको बाटोमा अगाडि बढाउनका लागि सुप्रबन्ध र सुसञ्चालन गर्न संविधान सभाबाट हामीले संविधान बनायौं । अब देशलाई संविधानको रचनात्मक प्रयोग गर्दै, लोकतन्त्रको सही ढंगले उपयोग गर्दै, जनताका समस्या समाधान गर्दै, सामाजिक सुव्यवस्था र सुशासन कायम गर्दै विकासको बाटोमा अगाडि बढ्नु पर्ने आवश्यकता नै आजको प्रमुख आवश्यकता हो ।

हामीले संविधान जारी भएपछि निर्वाचन ग¥यौं । अहिलेको सरकार वा सरकारको नेतृत्व वा अहिलेको सरकार सञ्चालन गर्ने पार्टी नेकपा एमाले त्यो निर्वाचनका समयमा सत्तामा थिएन । एमालेले सञ्चालन गरेको निर्वाचन थिएन, त्यो । अहिले प्रमुख प्रतिपक्षमा रहेको दलका नेताको नेतृत्वमा, अरु प्रतिपक्ष दलहरु सहभागी भएको सरकारले गराएको निर्वाचनबाट झण्डै दुईतिहाईको हैसियत प्राप्त गरी जनताकोे अभिमतबाट संविधानसम्मत यो सरकार बन्यो । तर हिंसाको बाटोबाट लोकतन्त्र सिद्धाउन हिँडेका शक्ति हिंसालाई निरन्तरता दिन नसक्ने भएपछि शान्तिपूर्ण बाटोमा आउनु एउटा कुरा हो । हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि, म यो शब्दलाई फेरि दो¥याएर भन्न चाहन्छु कब्जा, हिंसाको बाटोबाट लोकतन्त्रका विरुद्ध, लोकतान्त्रिक प्रणालीका विरुद्ध, संवैंधानिक र शान्तिपूर्ण बाटोहरुका विरुद्ध चलाइएको हिंसात्मक गतिविधिबाट कब्जा गर्न नसकेपछि गरिएको तरिका परिवर्तन उहाँहरुकै शब्दमा भन्दा ‘ट्याक्टिकल मुभ’ थियो चुनाव । ‘ट्याक्टिकल मुभ’को नीति अवलम्बन गरी शान्तिपूर्ण ढंगले लोकतान्त्रिक प्रक्रियामा आउन बाध्य भएपछि फेरि यही बाटोबाट सत्ता कब्जा गर्ने नीति कायम राख्नु बुझ्न सकिने कुरा हो । केही पक्षको त्यो नीति हुनु कुनै अनौठो पनि होइन । उहाँहरु त लोकतन्त्रकै विरुद्ध हिँड्नु भएको हो । उहाँहरु हिंसाकै मार्गमा हिँड्नु भएको हो । लोकतन्त्रलाई सिद्धाउनकै लागि लाग्नु भएको हो । नत्र अरु केका लागि लाग्नु भएको थियो त्यसबेला ? लोकतान्त्रिक प्रणाली थियो, संवैधानिक बाटोबाट चाहेका कुराहरु प्राप्त गर्न सकिने बाटाहरु खुला थिए । फेरि पनि केका लागि हिंसात्मक बाटो हिँड््नु भएको थियो ? समग्रमा उत्तर एउटै छ– लोकतान्त्रिक प्रणालीका विरुद्ध बलजफ्ती सत्ता कब्जा गर्ने र तानाशाही शासन चलाउने उद्देश्यका साथ हिँड्नु भएको थियो । त्यो सम्भव नभएपछि चाल बदल्नु भयो उहाँहरुले, तरिका बदल्नु भयो । यो त एउटा कुरा हो तर लोकतान्त्रिक भनिने शक्तिहरुले पनि संवैधानिक बाटो, जनताको सार्वभौमसत्ता, जनताको अभिमतबाट, जनताको आदेशबाट शासन प्राप्त गर्ने वा सरकार बनाउने र सञ्चालन गर्ने लोकतान्त्रिक बाटो, शान्तिपूर्ण बाटो हुनुपर्दछ र त्यस प्रक्रियाबाट अगाडि बढ््नु पर्छ भन्ने कुरा छाड्नु चाहिँ आश्चर्यको विषय हो । अहिले त आपूmलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथ अङ्गिकार गरेर कुदेजस्तो लाग्छ– सत्ता कब्जाको बाटोमा ।

सरकार चलाउन पनि नदिने, काम गर्न पनि नदिने, सधैँ वितण्डा खडा गर्ने, कुप्रचार गर्ने, असभ्य प्रचार गर्ने, गालीगलौज गर्ने, जनतामा भ्रम फिजाउन खोज्ने यस्तै प्रयासहरु हुँदैआए र गत वर्षदेखि त यी प्रयास अत्यन्त तीव्र भए । मलाई ताजुव के लाग्यो भने, एकथरी शक्ति त्यस्तो हुनु त ठिकै थियो तर आपूmलाई प्रजातान्त्रिक शक्ति भन्नेहरु पनि अब “केपी ओलीले गराएको चुनावमा नेपाली काँग्रेसले भाग लिँदैन” भन्न थालेका छन् । यो कुन लोेकतान्त्रिक परिभाषा अन्तर्गत, कुन संवैधानिक परिभाषा अन्तर्गत कुन प्रणाली र कुन प्रक्रियाको कुरा हो फलानोले गरेको चुनाव भाग नलिने भन्ने ? कसले गरेको चुनावमा चाहिँ भाग लिने त ? केपी ओलीले गरेको चुनावमा भाग नलिने हो भने कसले गरेको चुनावमा चाहिँ भाग लिनुपर्ने ? चुनावमा भाग लिन के नेपाली काँग्रेसले प्रधानमन्त्रीको टिकोे लगाई दिएको सरकार हुनुपर्ने ? जनताले छानेको प्रधानमन्त्री नहुने ? अहिलेको प्रधानमन्त्री निर्वाचनबाट देशमा सबैभन्दा बढी ‘पपुलर भोट’ ल्याएको, अहिलेका प्रमुख दुईवटा प्रतिपक्षी पार्टीले ल्याएको सिट मिलाउँदा पनि एक्लै बढी हुने गरी प्रतिनिधि सभामा सिट प्राप्त गरेको पार्टी, जनताको विश्वास जितेर आएको पार्टी, अरुले नै गराएको चुनावबाट त्यो हैसियत प्राप्त गरेको पार्टीको नेतृत्वमा चुनावमा नजाने रे ! कुन लोकतान्त्रको परिभाषाभित्र पर्छ यो ? कुन लोकतान्त्रिक प्रक्रिया, अभ्यास र आचरणभित्र कहाँनिर पर्छ यो ?

लोकतन्त्र भनेको एउटा अनुशासित प्रणाली हो, अराजकता होइन । मैले पटकपटक भन्दै आएको छु, अस्ति पनि भनेँ, आज पनि भन्छु, लोकतन्त्र अराजकता होइन, अनुशासनहीनता होइन । हामी कसैले पनि लोकतन्त्रमा क्षणिक स्वार्थका लागि अनुशासनहिनता, अराजकता, दलीय अनुशासन, दलीय प्रणाली, दलीय पद्धति, कानूनी प्रक्रिया विपरितका स्वेच्छाचारी विकाउ मनोवृत्ति, विभिन्न प्रकारका लोभपापकोे प्रयोग गरिने वा त्यस प्रयोगको फन्दामा पर्ने खालका परिपाटीलाई प्रश्रय दिनु हुँदैन । यदि हामी लोेकतन्त्रलाई एउटा उत्तम व्यवस्था मान्छौं भने, यसको सुरक्षा र समाजलाई अगाडि बढाउने कुरामा लोकतन्त्रको स्वस्थताकोे आवश्यकता महशुस गर्छौं भने यस्ता अवाञ्छित अभ्यासहरु हामीले त्याग्न सक्नु पर्दछ । यस्ता कार्य स्वीकार्य हुन सक्दैनन्, ग्राह्य हुन सक्दैनन्।

मलाई त नेपाली काँग्रेसको बोली सुनेर आश्चर्य लागेको छ । नेपाली काँग्रेस उत्तेजना र आवेशमा अहिले प्रचण्डपथ र प्रचण्डलाई गुरु थापेर हिडेको छ । कस्तो हठ आपूmले चुनाव गराउनु पर्ने रे । चुनाव जितेको भए सरकार बनाए हुन्थ्यो नि त । उहाँहरु आफैँले गराएको चुनावमा २३ सिटमा झर्नु भएको होइन? चुनावमा २३ सिट ल्याउनेको नेतृत्वमा चाहिँ चुनाव हुनुपर्छ भन्ने, के भनेको त्यो ?

म सबैलाई आग्रह गर्न चाहन्छु, आवेश र उत्तेजनाको राजनीति नगरौं । अहिले लोकतान्त्रिक भएन अरे । लोकतान्त्रिक के गर्दा हुन्छ ? सडकबाट हुन्छ लोकतन्त्र कि जनताको अभिमतबाट, संविधानसम्मत ढङ्गले हुन्छ ? संविधान र कानूनसम्मत ढङ्गले सरकार निर्वाचित हुन्छ र त्यसले निर्वाध काम गर्न पाउँछ र गर्छ । उसले आफ्ना कर्तव्य पालना गर्छ । होला, उहाँहरुलाई प्रधानमन्त्री बन्न मन थियो होला । किर्ते नामहरु लिएर राष्ट्रपतिकोमा जानु, अरु पार्टी फुटाएर लोकतान्त्रिक अभ्यासका नाममा कोही प्रधानमन्त्री हुनका लागि जानाजान अरु पार्टीहरुभित्र बागी–विद्रोही सिर्जना गर्नु, दलहरुभित्र अन्तर विग्रह गराउनु, यी के लोकतन्त्रलाई बलियो बनाउने, दलीय व्यवस्थालाई परिस्कृत गर्ने, दलहरुभित्र अनुशासन कायम गर्ने कार्य हुन ?

लोकतन्त्र भनेको एउटा अनुशासित प्रणाली हो, अराजकता होइन । मैले पटकपटक भन्दै आएको छु, अस्ति पनि भनेँ, आज पनि भन्छु, लोकतन्त्र अराजकता होइन, अनुशासनहीनता होइन । हामी कसैले पनि लोकतन्त्रमा क्षणिक स्वार्थका लागि अनुशासनहिनता, अराजकता, दलीय अनुशासन, दलीय प्रणाली, दलीय पद्धति, कानूनी प्रक्रिया विपरितका स्वेच्छाचारी विकाउ मनोवृत्ति, विभिन्न प्रकारका लोभपापकोे प्रयोग गरिने वा त्यस प्रयोगको फन्दामा पर्ने खालका परिपाटीलाई प्रश्रय दिनु हुँदैन । यदि हामी लोेकतन्त्रलाई एउटा उत्तम व्यवस्था मान्छौं भने, यसको सुरक्षा र समाजलाई अगाडि बढाउने कुरामा लोकतन्त्रको स्वस्थताकोे आवश्यकता महशुस गर्छौं भने यस्ता अवाञ्छित अभ्यासहरु हामीले त्याग्न सक्नु पर्दछ । यस्ता कार्य स्वीकार्य हुन सक्दैनन्, ग्राह्य हुन सक्दैनन्।

नेकपा एमालेका विरुद्ध लागेर, नेकपा एमालेका विरुद्धमा हस्ताक्षर गराउन उक्साएर, त्यस्ता व्यक्तिहरुलाई उच्चसम्मान, उच्च मर्यादा दिएर यसखालका प्रवृत्ति र शैलीले लोकतन्त्र कहाँ पुग्छ ? जसपाबाट ३२ जना सांसद भएकोलाई १२ जनाको हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डहरु प्रयोग गरेर यसखालको परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौं ? म यहाँ नागरिक समाजका मुर्धन्य हौं भन्ने बुद्धिजीवि साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु– के हामीले यस्तै कुरालाई बढावा दिने हो ? यस्तै अभ्यास लोकतन्त्रका अभ्यास हुन् ? यस्ता अभ्यासहरुकोे सन्दर्भमा बुद्धिजीवि, म सबै बुद्धिजीविलाई भनिराखेको छैन, केही बुद्धिजीवि साथीहरु तपाईहरु यस्ता अनुचित कुराको विपक्षमा किन चुइक्क बोल्न सक्नुहुन्न ? यस्ता कुरा लोकतन्त्रमा ग्राह्य छैनन्, स्वीकार्य हुँदैनन् किन भन्न सक्नुहुन्न ?

दलीय पद्धतिमा दलीय अनुशासनको महत्व हुन्छ र पालना गर्नुपर्छ । दल छान्ने, छोड्ने, अर्को बनाउने  अधिकार छ । तर त्यसको विधि हुन्छ । त्यही दलभित्र बसेर अनुशासन उलङ्घन गर्नु यो किमार्थ शोभनीय हुन सक्दैन, उचित हुन सक्दैन । यसर्थ म सबैलाई आग्रह गर्न चाहन्छु, कब्जा गर्छौं भन्ने कुरा, आफूले भनेको जस्तो भएन भने प्रतिगमन भयो भन्ने कुरा, आपूmले भनेको जस्तो भएन भने ‘कू’ भयो भन्ने कुरा बन्द गर्नुहोस् । ‘कू’ भनेको के हो ? देख्नु भएको छ ? बुझ्नु भएको छ कि यत्तिकै भन्नु भएको हो रिस उठेर ? ‘कू’ केलाई भनिन्छ ? संविधान अनुसार अगाडि बढ्दा ‘कू’ हुन्छ ? संविधानको पालना गर्दा ‘कू’ हुन्छ ? लोकतान्त्रिक अभ्यास गर्दा ‘कू’ हुन्छ ?

संसदको मौजुदा गणित उपयुक्त रहन सकेन र त्यो देशको आवश्यकतालाई पूरा गर्न सकेन, देशको आवश्यकता र संसदको मौजुदा गणितको बीचमा ठूलो ‘ग्याप’ भयो, मैले अस्ति पनि भनेको थिएँ । जुन कुरा अहिले त पुष्टि नै भयो । संसदको मौजुदा गणित फोहोरी खेलकोे माध्यम भयो । ‘वल्ला घरको नरे पल्ला घर सरे, पल्ला घरको नरे वल्ला घर सरे’ जस्तो । यस दलकाले उस दलमा सही गरेको छ । दलीय अनुशासनको कुनै अर्थ छैन । बिकेको छ । बिकेर आफ्नो दलको प्रधानमन्त्री हटाउने र विपक्षी दलकोे प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । के उनीहरु पवित्र गौदान गर्न कुदेका होलान् ? के यो परोपरी काम होला ? के जनमतको कदर यही हो ? कि त्यसका पछाडि अरु केही होला ? जेहोस्, अहिलेकोे प्रतिनिधि सभा जुन भर्खरै विघटन भयो, त्यसको संख्या, त्यसको गणित कतिसम्म विश्रृङ्खलित भइसक्यो । कतिसम्म अशक्त भइसक्यो, कतिसम्म भद्रगोल भइसक्यो भन्ने त हालैका घटनाक्रमले नै उजागर गरेका छन् ।

मैले दलको अध्यक्षको हैसियत र संसदीय दलको नेताको हैसियतले एमालेमा रहेको १२१ सिट र अर्को पार्टीका अध्यक्ष महन्थ ठाकुरजी र उहाँको संसदीय दलका नेता राजेन्द्र महतोजीकोे हस्ताक्षरसहितको समर्थनमा १५३ सिटको दावी लिएर म सम्माननीय राष्ट्रपतिज्यूकोमा गएँ । संसद विघटन नहोस्, वैकल्पिक सरकार दिन सकियोस्् । अरुले दिन सक्ने स्थिति रहेन । त्यसो हो भने धारा ७६ को ५ अनुसारको वैकल्पिक सरकार पनि मै दिन्छु भनेर लागेँ । मैले अगाडि विश्वास गरेको थिइनँ कि यो स्थिति बनाउन सक्छु भनेर । तर राजनीतिमा कहिले कहिले छिटै परिवर्तन आउँछ । छिटै परिस्थितिमा फेरबदल आयो ।

मैले पहिले भनेको थिएँ, अस्ति भर्खरै विश्वासको मत प्राप्त गर्न सकिनँ । परिस्थितिमा तात्विक अन्तर आएको छैन । यद्यपि संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन तीन दिनको समय दिँदा पनि अरु दलले पनि पार लगाएको स्थिति होइन, अरुले पनि पार लगाउन सकेका थिएनन् । तर पनि फेरि पार लगाउन सक्ने हुन कि भन्ने लागेर ७६ को उपधारा ५ को सरकार गठन गर्न मैले मार्ग प्रशस्त गरेँ र सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गरेको थिएँ, निवेदन गरेको थिए ।

वैकल्पिक सरकार बनाउन कतै अवरोध गरिएको छैन । यस पटक समय छोटो भयो भन्नुभो उहाँहरुले तर समय छोटोे भएनछ भन्ने कुरा त दुईवटै पक्षले नै आफ्नो दावी प्रस्तुत गर्न समयभित्रै सकेकोबाट पुष्टि भयो नि । वर्षौदेखि त आफ्नो खालको तयारी रहेछ नि त । तयारी छँदैथियो, यहीँ दलहरु छँदैथिए, यहीँ सांसदहरु छँदैथिए भने २४ घन्टा पुग्यो कि पुगेन, साढे २३ घन्टा भयोे कि साढे २४ घन्टा भयो कि २४ सै घन्टा पुग्यो जस्ता हिसाब गरेर आलोचनाका लागि आलोचना गर्नु बेग्लै हो । समय पर्याप्त रहेछ भन्ने कुरा त दावी प्रस्तुत गरेकोबाटै देखियो ।

मेरो विचारमा दलीय प्रणालीमा म अहिले १२१ भोटको प्रतिनिधित्व गर्छु । होला, एकछिन एउटा मुद्दामा  अनुपस्थित हुने, भोेट नदिने, सरकारलाई समर्थन प्राप्त हुन नदिने जस्ता गद्दारीपूर्ण कामहरु कसैले गरे होलान् । अनुशासनहिन, अराजक कामहरु गरे होलान् । तर त्यो एउटा घटना विशेषको कुरा हो । अनुशासनहीन काम हो त्यो । लोकतन्त्रमा, दलीय व्यवस्थामा, दलीय अभ्यास अन्तर्गत स्वीकार्न त के सोच्न पनि नसकिने कुरा हो त्यो । तर पनि एकपटक देखा प¥यो भने सधैँ त्यही कायम छ भन्ने होइन । किनभने पार्टीबाट कारबाही पनि गरिएको छैन र उनीहरुले पार्टी छोडेका पनि छैनन् । त्यसो भएको हुनाले मैले १२१ र जसपाले ३२ सिटको प्रतिनिधित्व गरेर १५३ सिट सहित मैले दावी गरेको हुँ । त्यसलाई असफल बनाउनका लागि, त्यो हुन नदिनका लागि अथवा वैकल्पिक सरकार बन्न नदिनका लागि उहाँहरुले फर्जी हस्ताक्षरसहितको, लोकतन्त्रिक मर्यादा र आचरण विपरितको धृणित अभ्यासका साथ दुषित कागज सम्माननीय राष्ट्रपतिज्यूकोमा प्रस्तुत गर्नुभयो । जसले एउटा अन्यौलको स्थिति पैदाभयो । मैले दावी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर अर्कातिर छ । त्यो हस्ताक्षर छ भन्ने हो भने राष्ट्रपतिकोमा होइन भनेर निवदेन दिएका छन् । राष्ट्रपतिज्यूलाई आह्वान गर्दै सार्वजनिक ढंगले बोलेका छन्, हाम्रो हस्ताक्षर होइन भनेर । जसले मलाई समर्थन गरेको छ, त्यो दलका पनि अलिकति उता गएका छन् । त्यहाँ मान्न सकिने खालको स्थिति छैन, एक त संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सदस्यले त्यहाँ दलकोे नेताले मात्रै होइन, सदस्यले दावी गर्न सक्छ तर ७६(२) को आधारमा भनेको दलीय समर्थनका आधारमा हो ।

यो दलीय व्यवस्था हो । दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन । यो दलीय व्यवस्थामा व्यक्तिगत नृत्यको कुनै अर्थ रहँदैन । लोेकतन्त्र एउटा अनुशासित, मर्यादित र सामुहिक प्रणाली हो । उहाँहरुले व्याख्या गर्नुभयो, राजनीतिमा अनुशासनहीन, अराजक, ‘सोलो डान्स’ले महत्व पाउनु पर्छ तर त्यस्तो हुँदैन । यो दलीय प्रणाली अन्तरगतको कुरा हो । जे भए पनि उहाँहरु अन्यौल खडा गर्न सक्षम हुनुभयो, जसले गर्दा मेरो दावी पनि राष्ट्रपतिज्युले भरपर्दो ठान्न सक्नु भएन, उहाँहरुकै कारणले ।

संविधानको ७६ को उपधारा ५ अनुसारको सरकार बन्न नसकेपछि संविधानमा के छ त भनेर भन्दा संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बन्न वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा अर्को कुनै विकल्प छैन । प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको नयाँ निर्वाचनका लागि मिति तोक्ने व्यवस्था छ । त्यसबेला प्रतिनिधि सभा विघटनगरी नयाँ निर्वाचनका लागि मिति तोक्नु पर्नेहुन्छ । संविधानको व्यवस्था यो हो । ‘कू’ कहाँनिर भयो त्यहाँ ? अहिले केही बुद्धिजीविहरु न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा ओर्लनु वडो दुखको कुरा हो ।

लोकतन्त्रमा यस्तो हुनुहुँदैन । हाम्रो निष्ठा लोकतन्त्रप्रति हुनुप¥यो । हाम्रो निष्ठा संविधानप्रति हुनुप¥यो । हाम्रो निष्ठा देश र जनताप्रति हुनुप¥यो । संविधानमा एउटा व्यवस्था छ, अनि त्यस व्यवस्थाको अपव्याख्या गरेर संविधानप्रति निष्ठा नराखेर अन्यथा काम गर्ने कुरा विल्कूलै सही होइन, हुन सक्दैन । अब मुद्दा फेरि हाल्छौं भनेर मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मद्दा हाले पनि त्यही हो, दलवल सहित मुद्दा हाले पनि त्यही हो । धेरैले सही गरेर मुद्दा हाले पनि त्यहीँ हो, सच्चाइ त सच्चाइ नै हुन्छ । धेरैले मोर्चा कस्ने, बल पु¥याउने, हतियारका लडाइँमा, बलका लडाइँमा यस्ता कुराको अर्थ हुन्छ । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । न्यायलाई मोर्चाले, दबावले, प्रचार–कुप्रचारले प्रभावित गर्न सक्दैन, गर्नु हँुदैन । र, म विश्वास गर्छुृ, संविधानको ७६ को उपधारा ५ अन्गर्ततको सरकार बन्न समय दिएर, दावी पनि परेर, दावी सदर हुन सक्ने अवस्था नदेखे पछि राष्ट्रपतिज्यूले राष्ट्रपतिको अधिकारको अन्यथा प्र्रयोग गर्ने संविधानमा म कुनै प्रावधान देख्दिनँ । यस धारा अन्तरगत अरु कसैले गर्ने होइन, भरपर्दो आधार, ठोस आधार प्रस्तुत हुन सक्यो कि सकेन भन्ने कुरा अरुले होइन राष्ट्रपतिले ठहर गर्ने कुरा हो । राष्ट्रपतिले ठहर गर्नुभयो र राष्ट्रपतिले ठहर गर्दा त्यसलाई नपुगेको देख्नुभयो र म कानूनविद् मित्रहरुलाई, संविधानविद् मित्रहरुलाई र बहसमा उत्रिएका बौद्धिक समुदायलाई आग्रह गर्न चाहन्छु, राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने यो मात्रै ठाउँ हो । त्यस माथि कहीँ उजुरी लाग्न वा त्यसमा कुनै हेरफेर गर्न सकिने स्थिति हुँदैन । कुनै उजुरी लाग्दैन त्यस प्रश्नमा ।

राष्ट्रपतिको अधिकार पनि नमान्ने, राष्ट्रपतिको पद पनि नमान्ने, मर्यादा पनि नगर्ने कस्तो लोकतन्त्र खोजी रहनु भएको हो ? आज एउटा प्रेत संस्थाको प्रतीक स्वरुप भीमकाय स्केच बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राख्दा कसैकसैलाई कति आनन्द आएको होला । लोकतन्त्रका नाममा यस प्रकारका घृणित क्रियाकलाप गर्न कति मन लागेको होला । राजसंस्था अब हाम्रा लागि एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल, विशाल फोटो बनाउने र जनताबाट निर्वाचित, जनप्रतिनिधित्वको, गणतन्त्रको सर्वोच्च प्रतीकका रुपमा रहेको संस्थालाई एउटा प्रेत संस्था, सामन्ती संस्थाको खल्तीमा लगेर राख्नेसम्मको हर्कत हामीले अहिले पनि देख्यौं । लोेकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग योे भन्दा बढी के हुन्छ र ?

यसरी दुष्प्रचार र राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगरौं भन्ने मेरो आग्रह छ । म खास गरेर देशभक्त शक्तिहरुलाई, लोकतान्त्रिक शक्तिहरुलाई आग्रह गर्न चाहन्छु, हामीले हल्काफुल्का ढङ्गले सोच्ने, क्षणिक स्वार्थका पछाडि कुद्ने, अतिवादी शक्तिहरुबाट निर्देशित हुने वा अतिवादी शक्तिहरुसँग साँठागाँठ गरेर लाचार छायाँको रुपमा तिनको पछिपछि लाग्ने खालका कमजोरीहरु गर्नुहुँदैन । इतिहासले हामीलाई परख गर्नेछ भन्ने कुरा बुझ््नु पर्दछ, सम्झिनु पर्दछ ।

के अहिलेको प्रणाली, अहिलेको सरकार सञ्चालन पद्धति तानाशाही छ ? एकपटक सम्झिनुहोस् त २०४८ सालको निर्वाचन पछि शान्तिपूर्ण जुलुस सडकमा निस्किदाँ पनि सोझै गोली ठोकेर मान्छे मारिन्थ्यो । त्यसवेला लोेकतन्त्रमै पनि हामी ५० औं पटक गिरफ्तार भएका छौं, ५० औं पल्ट । नेताहरुले चुटाई खाएको छ, सर्वसाधरणले त खायोखायो, मारियो मारियो । नेताहरुले चुटाई खाएका छन्, अङ्गभङ्ग पारिएको छ लोकतान्त्रिक भनिने पार्टीको शासनकालमा । के अहिले त्यस्तो दमन छ र ? त्यस्तो तानाशाही छ र ? त्यसबेला लोकतन्त्र आइसकेपछि कर्मचारीहरु फडानी गरिएको होइन, पजनी गरिएको होइन ? अनाधिकृत ढंगले फाडेको होइन कर्मचारी ? लोकतन्त्र आइसकेपछि जागिर गुमाएका शिक्षकहरु अहिलेसम्म पनि बेहालको स्थितिमा छन् । लोकतन्त्र आएपछि जागिर गुमाएका, निष्काशन गरिएका, ठाडै वैचारिक हिसाबले भेदभावपूर्ण ढङ्गले निष्काशन गरिएका घटना हाम्रै सामु छन् । त्यस्ता अभ्यासतिर हामी नफर्किऔं न अब । त्यस्ता अभ्यासतिर फर्किने सपना नदेखौं न अब हामी ।

अब लोकतान्त्रिक अभ्यासलाई इमान्दारीका साथ अगाडि बढाऔं । अनि कुनै अस्पताललाई चाहिएको होस् कि नहोस् स्वास्थ्य सामग्रीहरु, एक्स–रे मेसिनहरु, अन्य सामग्री हस्पिटलका लागि चाहिएको भनेर किन्यो । आवश्यक थिएन वा चलाउने मान्छे छैन, अहिलेसम्म त्यस्ता सामग्रीहरु सडिरहेको स्थिति पनि छ । अनावश्यक सामग्रीहरु किनेर सडाइदिने, सरकारलाई घाटा पु¥याउने, राज्यकोषको दुरुपयोग गर्ने, यस्ता खालका मुख मिठ्याउने र जीव्रो चाट्ने अभ्यास नगरौं न कमसेकम । हामी एउटा स्वच्छ, पारदर्शी, लोकतान्त्रिक, मर्यादित अभ्यास र परिपार्टीतर्फ इमानदारीका साथ जाऔं न अब, म सबैलाई यही आग्रह गर्न चाहन्छु ।

स्पष्ट पार्न चाहन्छु, अहिले म यस्ता कुराहरुमा अल्मलिन चाहन्नँ । म कोभिड–१९ बाट मारमा परेका जनतालाई कोभिड–१९ को मारबाट सकेसम्म छिटो मुक्ति दिलाउने प्रयासहरुमा केन्द्रित छु र रहनेछु । मलाई विथोल्ने कोसिस भइराखेको छ । मुद्दा हाल्ने, फिराद पत्र लेख्न लगाउने । म कोेभिडका विरुद्ध लडौं कि डेढ सय मुद्दाका डेढ सय फिराद पत्र लेखेर बसौं ? अनि गफ गर्दा जनताका र लोकतन्त्रका गफ गर्ने तर जनताप्रति कुनै चिन्ता छैन, लोकतन्त्रको चिन्ता छैन, जनताका समस्याप्रति चिन्ता छैन । त्यस्तो खालको स्थिति नगरौं भन्ने मेरो सबैलाई अनुरोध छ ।

अब म तपाईहरुलाई भन्न चाहन्छु, यस्तो अवस्थामा पनि बेरोजगारी बढ्न नपाओस्, मूल्य वृद्धि हुन नपाओस्, कालाबजारी हुन नपाओस्, जम्माखोरी हुन नपाओस् र जनतालाई थप कष्ट हुन नपाओस्, आपूर्ति व्यवस्थामा तलमाथि पर्न नपाओस्, उपभोग्य वस्तु र सामग्रीहरुको अभाव हुन नपाओस्, भन्ने तर्फ मेरो ध्यान केन्द्रित छ । समाज सहज ढङ्गले चलोस्, उद्योगधन्दाहरु सहज ढङ्गले चलुन भनेर हामी आलोपालो मिलाइकन, भौतिक दूरी कायम राखेर, जनस्वास्थ्य सम्बन्धी नियम पालना गरेर भएपनि आर्थिक जनजीवनलाई पनि, सामाजिक जनजीवनलाई पनि सकेसम्म सहज र स्वभाविक ढङ्गले सञ्चालन गरौं भन्ने तर्फ मेरोे र मेरोे सरकारको ध्यान गएको छ, गइरहेको छ ।

विकास निर्माणका कामहरु तिनलाई पनि निरन्तरता दिनु जरुरी छ । विकास निर्माणका हिसाबले, अर्थतन्त्रलाई चलायमान राख्ने हिसाबले, जनताको रोजगारी र आयस्रोतका हिसाबले यी सबै कुराका हिसाबले क्रियाशील हुनु जरुरी छ । बालबालिकाको शिक्षाको श्रृङ्खला नटुटोस् । यसका निम्ति स्कुल चल्न सक्ने ठाउँमा स्कुल चलाउने, चलाउन नसक्ने ठाउँमा अनलाईन प्रविधिबाट सञ्चालन गर्ने प्रयास गर्नु परेको छ । हामीले प्रविधिको कतिसम्म युद्धस्तरमा विकास गर्नु परेको छ भने यसभन्दा अगाडि २०७६ भदौंमा म सिंगापुर जाँदा, त्यहाँबाट मैले ‘जुम’मार्फत मन्त्रिपरिषद्का साथीहरुसँग एउटा अन्तरक्रिया गरेको थिएँ, के छ नेपालको स्थिति, कस्तो छ भनेर । त्यसबेला त्यो मिटिङ खुव चर्चाको विषय बनेको थियो । तर अहिले जुम मिटिङ एकदम सामान्य भइसक्यो । अनलाईन सिकाईका कुराहरु सामान्य कुरा जस्ता भइसके, विज्ञान र प्रविधिको तीव्र प्रयोगद्वारा यो सम्भव भएको हो । हामीले यसखाले प्रविधिको विकासलाई पर्खिरहन सक्दैनौं, तीव्र प्रयोगमा हामी जानुपर्छ । हामी गरिराखेका पनि छौं । यसै बीचमा हामीले थुप्रैखले प्रविधिको विकास, भूमिको क्षेत्रमा, जमिनको क्षेत्रमा, माटोको क्षेत्रमा, वनको क्षेत्रमा, पानीको क्षेत्रमा अथवा अरु वैज्ञानिक, खोज, अध्ययन र अनुसन्धानको क्षेत्रमा गरिरहेका छौं । यो मन्त्रीमण्डलको कार्यकालभन्दा अगाडि साधारणतया भन्ने हो भने ‘ड्रोेन’ का बारेमा नेपालीले खासै सुनेको पनि थिएन होला । आज तपाईंहरु सबैले ‘ड्रोेन’ जान्नु हुन्छ, केहीले चलाउनु पनि हुन्छ होला । यस बीचमा फोरजी सेवा, फाइभजीको परीक्षण लगायतका कामहरु, इन्टरनेटको सुविधा यी सब कुराहरुमा हामीले तीव्रता दिएका छौं । डिजिटलाइजेशनको क्षेत्रमा थुप्रै कुराहरु भएका छन् । कार्यालयहरुमा, हाजिरीहरुमा, अन्य कुराहरुमा डिजिटल सिस्टमको प्रयोग भएको छ । एप्सहरुको प्रयोग, नागरिक एप्सहरु लगायत एप्सहरुको निर्माण तथा सञ्चालन भएको छ । यस्ता फेहरिस्त बताउनतर्फ म अहिले जान्न । मैले भन्न खोजेको यत्ति हो, यस्ता सबै कामहरु हामीले यो असामान्य परिस्थितिका बीचमा पनि गरिराखेका छौं ।

निराशा हाम्रो गन्तव्य होइन । हामी आजका कठीनाइहरु सामना गर्छौं, सुन्दर भविष्यको सपना देखेर । आजका अप्ठ्यार दिनहरुमा बाँच्छौं, भविष्यका सुन्दर सपना बोकेर । यदि भविष्य अन्धकार देख्न थाल्यो भने मान्छे मौजुदा परिस्थितिका कठीनाइहरुसँग जुध्न सक्दैन । ती कठीनाइसँग जुधेर बाँच्न पनि सक्दैन । त्यसकारण हामीले जनतालाई र आफूलाई पनि आशावादी बनाउनु पर्छ, केही गर्छु भन्ने आत्मविश्वास जगाउनु पर्छ ।

म आग्रह गर्न चाहन्छु, जनतालाई गुमराहमा पर्न नदिऔं । हाम्रो प्यारो देश, यो गौरवपूर्ण इतिहास बोकेको, सधैँ स्वाधीन रहेको, स्वाभिमानी जनताको यो देश, यसले शिर निहु¥याउनु पर्ने स्थिति आउन नदिऔं । यो हामीले नै गर्ने हो । जनतालाई निराश हुन नदिऔं । जनतालाई निराश बनाउने कोसिस भइराखेको छ । जुन व्यवस्था आएपनि उस्तै हो, केही पनि हुँदैन भनेर एकोहोरो हल्ला फैलाइएको छ । कतिपय विद्धान मित्रहरुका अभिव्यक्ति आजकाल अनलाइन, टिभीहरु म हेर्छु । तिनीहरुमा केपी ओली नेतृत्वको सरकारले एउटा सिन्को भाच्यो अहिलेसम्म ? अहिलेसम्म केही ग¥यो ? अँह केही पनि गरेन भनेर उहाँहरु मच्चिमच्ची  प्रचार गरिरहनु भएको छ । अझ यिनीहरु कसैसँग आशा गर्नु बेकार छ भनेर बारम्बार भनी रहनु भएको छ ।

के हाम्रो देशको भविष्य अन्धकार छ ? कुनै प्रणाली आएपनि केही हुँदैन, कुनै नेताले पनि केही गर्दैन ? उहाँहरुको यो कस्तो सोख हो सबै भ्रष्ट छन्, सबै भ्रष्ट हुन्छन्, कोही पनि सद्धे हुँदैनन् भन्ने । यो रुची कसरी उहाँहरुमा पलाएको? यस देशलाई के अनैतिकहरुको अखडा बनाउन खोजेको ? भ्रष्टहरुको अखडा बनाउन खोजेको ? विश्वभरी वद्नाम बनाउन खोजेको ? जनतालाई निराश पार्न खोजेको ? कि के हो ? देश बनाउने हो भने हामीले जनतालाई निराश बनाउने होइन, जनतालाई सही विश्लेषण र सूचना दिनुप¥यो । जनतामा आत्मविश्वास र आशावादीता जगाउनु प¥यो । निराश जनताले देश बनाउँदैन । कोही पनि निराश व्यक्तिले उन्नति प्रगति गर्न सक्दैन । निराश हुँदै गयो भने त मानिस नैराश्य (डिप्रेसन) तिर जान्छ । निराश जनता जहिले पनि देशका लागि, विकासका लागि प्रभावकारी हुँदैनन् । त्यो देशका नै लागि खतराको कुरा हुन्छ । नैराश्यले, दिशाहिनताले सामाजिक विश्रृङ्खलता, सामाजिक उच्छृङ्ंखलता, सामाजिक अन्योल र अस्तव्यस्ततातर्फ लैजान्छ ।

निराशा हाम्रो गन्तव्य होइन । हामी आजका कठीनाइहरु सामना गर्छौं, सुन्दर भविष्यको सपना देखेर । आजका अप्ठ्यार दिनहरुमा बाँच्छौं, भविष्यका सुन्दर सपना बोकेर । यदि भविष्य अन्धकार देख्न थाल्यो भने मान्छे मौजुदा परिस्थितिका कठीनाइहरुसँग जुध्न सक्दैन । ती कठीनाइसँग जुधेर बाँच्न पनि सक्दैन । त्यसकारण हामीले जनतालाई र आफूलाई पनि आशावादी बनाउनु पर्छ, केही गर्छु भन्ने आत्मविश्वास जगाउनु पर्छ ।

हामीसँग समृद्ध नेपाल, सुखी नेपाली बनाउने आर्दश गन्तव्य छ । महान गन्तव्य छ । हामीसँग सबैको साझा राष्ट्रिय आकांक्षा छ । हामी अँध्यारोमा हिँडिराखेका छैनौं, हामी कता जाँदैछौं भन्दा खै कता हो कता भन्ने स्थिति छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउन हामी अगाडि बढ्दैछौंं । त्यो हामीले गन्तव्य तय ग¥यौं, आकांक्षा तय ग¥यौं । त्यो स्वतः प्राप्त हुन्छ भन्ने होइन । त्यो आकांक्षा प्राप्त गर्न हामी सचेत प्रयास गर्छौं, सङ्गठित ढंगले गर्छौं र सक्रियताका साथ गर्छौं । अनि मात्रै हामी ती कुरा प्राप्त गर्न सक्छौं । त्यसकारण म सञ्चारकर्मी साथीहरुलाई भन्न चाहन्छु, मेरा निम्ति होइन, यो सरकारका निम्ति होइन, एउटा व्यक्ति विशेषका निम्ति होइन, देशका निम्ति, देशको भविष्यको निम्ति, हाम्रा युवाहरुका निम्ति, हाम्रा बालबालिकाहरुका निम्ति, भावी सन्ततीहरुका निम्ति कलम चलाउनु होस् । एउटा बुढो मान्छेले सयौं वर्ष बाँच्ने रुखको विरुवा किन रोप्छ ? पाँच वर्ष पछि मात्रै फल्ने र अरु पचासौं वर्ष फल्ने वृक्षको विरुवा किन लगाउँछ एउटा डाँडाको जून भइसकेको व्यक्तिले ? उसले आफ्ना लागि भनेर होइन, सन्ततीका लागि भनेर लगाउँछ । त्यहाँबाट आउने फल पनि उसले भेट्न नसक्ला । त्यसले ठूलो भएर दिने अक्सिजनमा स्वास फेर्न पनि उसले नभ्याउने हुनसक्ला । तर उसले विरुवा लगाउँछ। हामी सन्तान दर सन्तान हुँदै यहाँ आएका छौं र हामीभन्दा पछि पनि पुस्तान्तर हुँदै बढ्छ मानवजाति । त्यसकारण हामी भोलिका लागि यी कामहरु गरिराखेका छौं ।

म हाम्रो युवा पुस्ता, युवापक्तिलाई आग्रह गर्न चाहन्छु, कृपया कुनै प्रकारका भ्रममा नपर्नुस् । अहिले अस्वस्थता मच्चाउनेहरु को छन् ? चारपटक प्रधानमन्त्री भइसकेका, पार्टीका सभापति भइसकेका, ७० वर्षभन्दा माथि उमेर कटिसकेका, अब केही लिनुदिनु नभएका अवस्थाका मान्छेहरुले अस्तव्यस्तता मच्चाएका छन् । उनीहरुमा युवाहरुको भविष्य, हाम्रा बालबालिकाहरुको भविष्य, त्यतापट्टिको चिन्ता छैन । उनीहरुलाई आफ्नो अह्म, आफ्नो अहंकारको चिन्ता छ । त्यसका लागि ज्यान फालेर लागेका छन् अहिले पनि, देशका लागि होइन । १२÷१५ वर्ष पार्टीको नेतृत्व गरिराखेका मान्छे, प्रधानमन्त्री भइसकेका मान्छेहरुमा फेरि पनि आफ्नै अहंकार, आफ्नै दम्भ । अनि म के पाउँछु र मैले के पाएँ ? अहिलेको लडाइँ यही हो । यो अस्वस्थ किन छभन्दा तिनै चारजना मान्छे, तिनै चारजना मान्छेको स्वार्थ, तिनै चारजना मान्छेको अतृप्त छुद्दे, अतृप्त भोगको अभिलाषा । कहिल्यै चित्त नबुझ्ने, कहिल्यै पेट नभरिने, कहिल्यै तिर्ख नमेटिने अगस्ते महत्वकांक्षा ।

यही अगस्ते महत्वकांक्षाले गर्दा देश दिनदिनै बिग्रिँदै छ । म हाम्रा युवाहरुलाई भन्न चाहन्छु, नयाँ पिढीलाई भन्न चाहन्छु, देश र जनताप्रति इमान्दार रहनु पर्छ, देश र जनताका लागि केही गर्छु भन्ने देशभक्त र लोकतान्त्रिक शक्ति र व्यक्तिलाई भन्न चाहन्छु, आग्रह  गर्न चाहन्छु, केही मान्छेका लहडबाजीमा देशलाई बर्बाद हुन नदिऔं । उनीहरुमा अरु कुनै सोच छैन, अरु कुनै उद्देश्य छैन केवल छ त सत्तास्वार्थ । नपाएकाहरुको होइन, पाइसकेकाहरुको अतृप्त सत्तास्वार्थ । हो, त्यो सत्ता स्वार्थ प्राप्तिका लागि लोकतान्त्रिक बाटोबाट हिँडेर जान जो पनि स्वतन्त्र छ, जसले पनि पाउँछ लोकतान्त्रिक बाटोबाट, संवैधानिक बाटोबाट । तर असंवैधानिक, अलोकतान्त्रिक, अनुचित, अस्वस्थ र फोहोरी बाटोबाट ती चिजहरुका निम्ति वातावरण धमिल्याउने, दुर्गन्धित पार्ने र राष्ट्रलाई आज पनि र भोलिका लागि पनि गम्भीर घाटा पार्ने हर्कत भइरहेका छन्, यस्ता कुरामा युवापंक्ति सजग रहनुपर्दछ ।

म युवाहरुलाई आह्वान गर्न चाहन्छु, तपाईंहरु अब काँधमा अभिभारा बोकेर अगाडि बढ्न तयारी गर्नुस् । देश बिग्रिन नदिनुस् । देशको वातावरण बिग्रिन र निराशा फैलिन नदिनुस् । तपाईहरु आफ्ना मनमा निराशाका कुनै प्रकारका टुसाहरु पनि पलाउन नदिनुस् । सञ्चार जगतसँग मेरो आग्रह छ, कृपया देश र जनताप्रति इमानदार बनौं । लोकतन्त्रको पक्षमा, देश र जनताको पक्षमा जनतालाई सचेत, सङ्गठित र सक्रिय पारौं । सही, सकारात्मक र सक्रिय भूमिकाका निर्वाह गर्नका लागि म जनताले छानेको निर्वाचित प्रतिनिधिका हैसियतले, प्रधानमन्त्रीका हैसियतले जिम्मेवारीका साथ सबैलाई आग्रह गरिरहेको छु, आह्वान गरिरहेको छु ।

अहिले हामीले चालेको अभियान सरकारको मात्र अभियान होइन, यो राष्ट्रको अभियान हो । कोभिडविरुद्धको लडाइँ राष्ट्रको लडाइँ हो । लोकतन्त्रको रक्षा र यसको सिर्जनात्मक प्रयोगका साथ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउँदै सामाजिक न्याय र समानतासहितको समृद्धि हासिल गर्ने हामी सबैको साझा दायित्व र सपना हो । यस दायित्वमा डटेर लाग्न म फेरि पनि एकपटक सबैलाई हार्दिक आग्रह गर्दछु ।

Facebook Comments