जमिन्दारीप्रथाको विभत्स हैकम र बदलाको ज्वाला
रात्री बसमा काठमाडौंबाट हिँडेको दाङ जिल्लाको लमही पुग्दा बिहानको घाम मज्जाले लागिसकेको थियो । लमही, देउखुरीको केन्द्रविन्दु । दाङ जिल्लालाई बीचको सानो पहाडले दाङ र देउखुरी भनेर छुट्याएको छ । देउखुरी नेपालकै एक उर्वर भुमि मध्येमा पर्छ ।
मैनापोखरवासीले चह¥याउने तितो सुनाए– “कैलाश शम्सेरका सामु उभिएर बोल्नु थारु कमैयाका लागि अकल्पनीय नै थियो । उनीहरुको हैसियत मनव सरह समेत थिएन । कमैलाले बिहे गरेको पहिलो रात बेहुली मालिकलाई सुम्फनु पर्दथ्यो।” उनीहरुका आँगनमा कैलाशकै घाम उदाउँथ्यो। उनकै घाम अस्ताउँथ्यो। उज्यालो पनि उनैसित माग्नु पथ्र्यो । अँध्यारो पनि उनी नै दिन्थे। शोषण, दमन, अत्याचारकने फेहरिस्त धेरै लामो छ। यहाँ वख्यान गरेर साध्य छैन। त्यसैको प्रतिशोध, बदलाको भावना ज्वाला बनेर कमैयाको छातीभित्र दनदनी बलिरहेको थियो, जुन बढैया तालमा माछा लुटेर उनीहरुले पोखे।
कुरा अड्चालिस सालको अन्त्यतिरको हो । उद्धेश्य, दाङदेखि कन्चनपुरसम्म थारु जातीमा रहेको बाल बधुवाँ मजदुरका बारेमा अनुसन्धान गर्नुथियो। यो काम बाल सरोकार केन्द्र (सिविन) को पहलमा भएको थियो । मुल जिम्मेवारी पत्रकार मित्र गोपाल गुरागाईले लिनु भएको थियो । मैले अनुसन्धान सहयोगी भुमिका निभाएको थिए । यसको महत्वपूर्ण पक्ष नियमित फारम भरेर तथ्याङ्क सङ्कलन गर्नु मात्रै थिएन । कयौं व्यक्तिको सयौं घन्टा अन्तर्वार्ता लिनु पनि थियो । त्यसैले पनि म एउटा पत्रकार त्यस काममा छानिएको हुनुपर्छ ।
दाङमा हामीले देउखुरी उपत्यकामा मात्रै काम ग¥यौं । त्यो पनि लमही बजारको आसपासमा । सानो झुप्रे बजार अनि दक्षिणतिर भारतको कोईलाबास जाने बाटोतर्फ फैलिएको बस्ती र सिंचाई कार्यलयको कम्पाउण्ड घेरिएको एउटा अफिस । प्रहरी कार्यलय । गाविस भवन । यति नै मैले देखेको । लमही पञ्चायत कालदेखि नै संवेदनशील ठाउँमा पथ्र्यो । तर, त्यसको कारण भारत सिमाना नाका कोईलाबास थियो । नेपाली काँग्रेस र कम्युनिष्टहरूले आफ्ना आन्दोलनमा त्यो नाकाको खुब उपयोग गरेका थिए । त्यसैले स्थानीय प्रहरी प्रशासनले लमहीलाई गौडा बनाएको हुनुपर्छ ।
हामीले हाम्रो काम त्यहीँबाट शुरु ग¥र्यौं । लमही आसपासका गाउँमा हाम्रो खोजी अनुरुप बाल बँधुवा मजदुर पाएनौं । तर, कमलरी प्रथा व्यापक भेटियो । थारु महिलाहरु जमिन्दारका घरहरुमा घरेलु काममा लगाउने गरेको प्रत्यक्ष देख्यौं । यिनै तथ्याङ्क बटुलेर, दुईचार अन्तर्वार्ता लिएर दुई दिनको बसाई पछि म नेपालगञ्जतिर लागें ।
सँधै पैदल हिडेरै गन्तब्य पुगिरहेका स्थानीय बासिन्दाहरु अझै यी बाहानहरुमा चढ्न अभ्यस्त भइसकेका थिएनन । जुन मैले आफ्नै यात्रामा देखें, महशुस गरेँ । उनीहरुका अनुहार गाडी भित्र आत्तिएका, त्रसित भएका देखिन्थे । कति त बसको सिटमा समेत बस्न डराईरहेका थिए । र, बीचको खाली ठाउँमा थचक्क बसेका थिए ।
अब, हामीलाई बाँके जिल्लाको बारेमा बुझ्नु थियो । मैले आफ्नो जीवनको एउटा कालखण्ड नेपालगञ्जमा बिताएको हुँ । त्यसैले चिने जानेका पनि धेरै थिए । म बाँके जिल्लासित धेरथोर परिचित छु । नेपालगञ्जमा मैले प्रारम्भिक अध्ययन अनुसन्धान गरँे । जसमा बर्दिया र कैलालीका बारेमा पनि बुझ्ने मौका पाएँ । किनभने ती भेगका जमिन्दारहरु कि नेपालगन्ज कि त धनगढी बस्छन् भन्ने मलाई थाह थियो ।
अध्ययनको क्रममा बाँकेको राप्तीपारि जसलाई बघौडा क्षेत्र भनिन्छ । त्यहाँको पनि फत्तेपुरमा यो समस्या ब्यापक रहेको पत्तो लाग्यो । तर, राप्ती पारिको त्यो गाउँ एक्लै जाने सम्भावना कम र जोखिम धेरै भएको सल्लाह पाएपछि म त्यता गईन । हुनत, बहुदल आएपछि नेपालगञ्जमै पत्रकारिता गर्दा साथीहरुसित एकपटक त्यहाँ पुगिसकेको थिएँ । त्यो साईकल यात्रा थियो । राप्तीको बालुवाले ठाउँ ठाउँ पुरिएको बाटोमा त्यसबेलाको यात्रा सकसपूर्ण बनाएको थियो । थारु, अवध यादव अनि मुसलमानहरुको आ–आफ्नौ सिमाना छुट्टाछुट्टै तीन गाउँमा म त पुगेको थिएँ । नेपाल सरकारको उपस्थिति न्यून देखेको केही गाउँमा आर्थिक कारोबार समेत भारतीय पैसामा हुने गरेको मैले आफैंले देखेको र भोगेको हुँ । उनीहरुको आवतजावत र अन्य दैनिक कृयाकलाप पनि भारततिरै हुने गथ्र्यो । तर, यसपटक भने म त्यतातिर गईन । बर्दिया र बाँके सिमानामा पर्ने गाउँहरुमा सिमित भ्रमण गिरियो । थोरै मानिसहरुसित कमै कुराकानी गरेर म बर्दिया मैनापोखर भएर सदरमुकाम गुलेरिया पुगे ।
मैनापोखर र त्यस आसपासका गाउँहरुमा पहाडेहरुको (बिभिन्न पहाडी जिल्लाबाट बसाइँसराई गरेका) बाक्लो बसोबास थियो । पश्चिम नेपालको यो भेगमा नेपाल कम्युनिष्ट पार्टी (माले)बाट एमाले, माक्र्सवादीबाट एमाले भएकाहरुको जमात बढ्दो थियो ।
मैनापोखरको उत्तरपट्टी भेगमा राणा परिवारको ठुलो मौजा (हकभोग गर्दै आएको जमिन) रहेछ । त्यही रहेको बढैया तालमा पसेर कमैया थारुहरुले एकैरातमा सारा माछा लुटेछन् । त्यो उनीहरुको प्रतिशोध र बिरोधको विगुल रहेछ । कैलाश शम्सेरलाई त्यस भेगमा जमिन्दार भनेर सबैले चिन्दथे । उनको मौजामा सयौं परिवार कमैया र स–साना नानीहरु नेपालगञ्जदेखि काठमाडौंसम्म कमलरी (महिला घरेलु कामदार) राखिएका थिए । कमलरीमाथि अत्याचार घरभित्रै हुने भएकोले धेरैकुरा थाह नै हुँदैन थियो ।
मैनापोखरवासीले चह¥याउने तितो सुनाए– “कैलाश शम्सेरका सामु उभिएर बोल्नु थारु कमैयाका लागि अकल्पनीय नै थियो । उनीहरुको हैसियत मनव सरह समेत थिएन । कमैलाले बिहे गरेको पहिलो रात बेहुली मालिकलाई सुम्फनु पर्दथ्यो ।” उनीहरुका आँगनमा कैलाशकै घाम उदाउँथ्यो । उनकै घाम अस्ताउँथ्यो । उज्यालो पनि उनैसित माग्नु पथ्र्यो । अँध्यारो पनि उनी नै दिन्थे । शोषण, दमन, अत्याचारकने फेहरिस्त धेरै लामो छ । यहाँ वख्यान गरेर साध्य छैन । त्यसैको प्रतिशोध, बदलाको भावना ज्वाला बनेर कमैयाको छातीभित्र दनदनी बलिरहेको थियो, जुन बढैया तालमा माछा लुटेर उनीहरुले पोखे ।
नेपालगन्जमा पहिलो आधुनिक होटल स्नेह होटल खोल्ने पनि तिनै कैलाश शम्सेरका आफन्तहरु थिए । तिनीहरु हुन, पञ्चायत कालका जल्दाबल्दा दिदीबहिनी– गीता राणा र अम्बिका राणा । गुलेरिया पुग्दा रमाईलो भयो । त्यहाँ सिविन संस्थाका बारेमा थाहा पाउनेहरु पनि भेटिए । बजारमा एमालेको स्थानीय सभाको तयारी भईरहेको रहेछ । गोपाल गुरागाई नामकै अर्का एमाले नेता धनकुटा जिल्लाबाट सांसद भइसकेका थिए। म पनि गोपाल गुरागाईकै मान्छे भएर पुगेको । अनि, दुई गोपाल बीचको नामको अन्यौलले मैले केही समयका लागि अपरिचित एमाले कार्यकर्ताको पगरी भिर्नुपरेको थियो ।
गुलेरियाबाट भने हामी दुई भयौं । एकजाना स्थानीय सहकर्मी, सहयात्री मसँग कन्चनपुरसम्मको यात्रामा थपिनुभयो । अनि, मेरो कर्म यात्रामा सहजता पनि थपियो । हामी गुलेरियामा भने बसेनौं । बर्दियाको ताराताललाई हामीले झण्डै एक हप्ताका लागि हाम्रो मुकाम बनायौं ।