परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एमालेको दशौं महाधिवेशन र नर्सको अनुभूत

अस्ति मंसिर १० देखि १२ गते आयोजना गरिएको एमालेको दशौं अधिवेशनले स्वास्थ्यकर्मीहरु माझ जरूर राजनीतिक चेतना ल्याउनेछ भनेर अनुमान गरिएको थियो। साथै द्रुत गतिमा विकसित अत्याधुनिक स्मार्ट मेडिकल सिटी भरतपुर, अन्तरराष्ट्रिय स्तरको ख्याति प्राप्त सुन्दर पर्यटकीय स्थल सौराहा आदिबारे स्वस्फूर्त रुपमा नेपालीहरुको मन मुटुमा उच्च स्थान बनाउने छ भन्ने कुरा पहिले नै मैले घोषणा गरेको थिएँ। यसका लागि सम्पूर्ण भरतपुरबासी लगायत स्वास्थ्यकर्मीहरुलाई आ–आफ्नो स्थानबाट सक्दो सिर्जनात्मक र सक्रिय भूमिका निभाउन पनि आग्रह गरेको थिएँ।

तर दुखद कुरो, राजनीति चेतना नर्सिङ पेशाकर्मीहरुमा प्रायः शून्य नै भएको अनुभूति भयो । एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एउटा पनि नर्सिङ पेशाकर्मी नपरेको पाईयो। हुनत नेकपा एमालेको बहुमतको सरकार हुँदा रिक्त रहेको नर्सिङ परिषद्का अति विशेष पदहरूमा पनि नियुक्ति नगरिएको अवस्था पहिले नै थियो। त्यस्तै चिकित्सा शिक्षा आयोग गठन गर्दा त्यसमा पनि नर्सिङ पेशाकर्मी नराखिएको तीतो यर्थाथ छँदै थियो। यी सम्पूर्ण प्रमाणहरूले नर्सहरुलाई राजनीतिक पार्टीहरुले बेवास्ता गरेका छन् भन्दा अतिशयोक्ति हुनेछैन । तर एमाले पार्टीले भने नर्सहरुलाई बेवास्ता ग¥यो भनी महसुस गर्नुको साटो एमाले समर्पित नर्सहरुमा राजनीति चेतनाको कमी भएको भनी उल्लेख गर्दा बढी यथार्थपूर्ण निचोड हुन्छ होला। समर्पण र चेतना दुइटा फरक फरक पाटा हुन। श्रीमान, बुवा, दिदी दाजु आदि एमाले हुनाले वा विद्यार्थीकालमा एमालेको भातृ सङ्गठनमा आबद्ध भएकालाई बेवास्ता गरियो भन्नुको साटो वर्तमान परिवेशमा साङ्गठानिक अभ्यास कति गरियो भन्ने कुरो अपरिहार्य हुन आउँछ राजनीति चेतनाको मापन गर्नको लागि।

हाम्रो पौरख, हाम्रो गौरव, त्यस्तै हाम्रो शान, चितवनको पहिचान बढाउने सुनौलो अवसर एमाले पार्टीले जुराई दिएकोले यसलाई सक्दो उपयोग गरौँ भन्ने आह्वान व्यापक रुपमा गरिएको थियो। पार्टीको केन्द्रीय निर्णय पनि यही नै थियो, स्थानीय तहलाई परिचालित गर्ने र नेतृत्व क्षमता विकास गराउने। यसैको फलस्वरुप केन्द्रबाट स्वास्थ्य सेवा परिचालन गर्न पूर्व स्वास्थ्य मन्त्री माननीय भानुभक्त ढकालको संयोजकत्वमा २५ सदस्य स्वास्थ्य कमिटी निर्माण गरी कार्य गरियो। साथै स्वास्थ्य विभागीय प्रमुख पूर्व स्वास्थ्य मन्त्री माननीय खगराज अधिकारीले विशेष मार्ग निर्देशन प्रदान गर्नुभयो।

विशेषतः नर्सिङ पेशाकर्मीहरु राजनीतिप्रति अति नकारात्मक भावनाले ग्रसित छन्। यो राजनीति सचेतनाको विषय सम्बन्धी कुरा कुनै समयमा कतै उठी हालेमा नर्सिङ पेशाकर्मीहरु प्रायजसो अरुची महशुस गर्ने गर्दछन्। आफ्ना लागि असुरक्षित वा असान्दर्भिक अनुभूति व्यक्त गर्दछन्। कारण राजनीतिप्रति फैलिएको नकारात्मक टीका टिप्पणीका साथै केन्द्रीय स्तरमा नर्सिङ पेशालाई समेट्न नसक्नु र जताततै नर्सहरू नै पीडित हुनुको मार नर्सिङले अत्यधिक वेहोर्नु परेकाले पनि हुन सक्दछ। लगभग सत प्रतिशत महिला यो पेशामा भएका साथै अन्य पेशाभन्दा बढी नै कार्यहरूप्रति उत्तरदायी हुनु पर्ने भएकाले राजनीतिमा समय दिन नसक्नुको प्रत्यक्ष प्रभाव नर्सिङ पेशाकर्मीमा पर्ने नै भयो।

यस पटक महाधिवेशन अवधिभर विशेष स्वास्थ्य समिति नै गठन गरेर यो भव्य उदघाटन समारोहमा र सौराहाको बन्द सत्रमा आईपर्ने स्वास्थ्य समस्या कसरी निराकरण गर्ने भन्ने कुरो पारामेडिक, चिकित्सक र राजनीतिकर्मीहरु बीच आपसी छलफल सहित विशेष समन्वय गरी कार्य सम्पादन गरिएको थियो।

अति ठूलो संख्यामा उद्घाटन समारोहमा सहभागी भएकाहरुलाई स्वास्थ्य सेवा प्रदान गरियो। ब्लड प्रेसर बढेर बेहोस् भएका, कमजोर महसुस भएर ढलेका, छारे रोग भएर त्यसको कम्पनले ढलेका, रक्सी सेवनको आदत भएका र त्यो नखाँदा त्यसको असरले ढलेका आदिलाई प्राथमिक उपचार सेवा प्रदान गरी चितवन मेडिकल कलेज पुर्याएर आवश्यक स्वास्थ्य परीक्षण गराइएको थियो। उपचार सेवा कक्षमा आउने सबैजसोलाई मास्क लगाउन आग्रह गर्दै मास्क बाड्ने काम गरियो।

त्यस्तै सौराहामा पनि उच्च स्वास्थ्योपचार सेवा प्रदान गरियो। कसैलाई पिसाब सम्बन्धी समस्या, कोही चिनी रोगका बिरामी अनि खाना नखाएको असर, त्यस्तै कसैलाई ज्वरो, कोहीलाई पखाला लागेर देखिएको गम्भिर असर यी सबैलाई बन्द सत्र भएको स्थालमा नै सेवा प्रदान गरियो। आवश्यकता अनुसार मास्क सबैलाई बाड्ने काम गरियो, धेरैको ब्लड प्रेसर नाप्ने, मधुमेयको जाँच आदि गरियो। अति नै सुझबुझका साथ समन्वयकारी भूमिका निभाएर स्वास्थ्योपचार सेवा प्रदान गरियो।

तर दुखद कुरो, राजनीति चेतना नर्सिङ पेशाकर्मीहरुमा प्रायः शून्य नै भएको अनुभूति भयो । एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एउटा पनि नर्सिङ पेशाकर्मी नपरेको पाईयो। हुनत नेकपा एमालेको बहुमतको सरकार हुँदा रिक्त रहेको नर्सिङ परिषद्का अति विशेष पदहरूमा पनि नियुक्ति नगरिएको अवस्था पहिले नै थियो। त्यस्तै चिकित्सा शिक्षा आयोग गठन गर्दा त्यसमा पनि नर्सिङ पेशाकर्मी नराखिएको तीतो यर्थाथ छँदै थियो। यी सम्पूर्ण प्रमाणहरूले नर्सहरुलाई राजनीतिक पार्टीहरुले बेवास्ता गरेका छन् भन्दा अतिशयोक्ति हुनेछैन । तर एमाले पार्टीले भने नर्सहरुलाई बेवास्ता ग¥यो भनी महसुस गर्नुको साटो एमाले समर्पित नर्सहरुमा राजनीति चेतनाको कमी भएको भनी उल्लेख गर्दा बढी यथार्थपूर्ण निचोड हुन्छ होला। समर्पण र चेतना दुइटा फरक फरक पाटा हुन। श्रीमान, बुवा, दिदी दाजु आदि एमाले हुनाले वा विद्यार्थीकालमा एमालेको भातृ सङ्गठनमा आबद्ध भएकालाई बेवास्ता गरियो भन्नुको साटो वर्तमान परिवेशमा साङ्गठानिक अभ्यास कति गरियो भन्ने कुरो अपरिहार्य हुन आउँछ राजनीति चेतनाको मापन गर्नको लागि।

विशुद्ध नर्सिङ पेशाकर्मीहरुले राजनीति गर्नु हुँदैन भन्ने धेरै तर्क सुनिन्छ । जसको फलस्वरूप नर्सहरू वर्षौंदेखि पीडितका पीडित छन्। सङ्गठन निर्माण गर्न सकी रहेका छैनन्, समूहमा छलफल चलाई त्यसलाई ठोस नतिजा दिन सकी रहेका छैनन् । त्यस्तै विभिन्न पार्टी नेतृत्व तहमा नर्सिङ पेशाको अपरिहार्यता प्रस्ट्याउन सकी रहेको छैन। राजनीति भनेको फोहरी खेल भनेर बाहिर हल्ला फैलाउने तर भित्रभित्र आफूले व्यक्तिगत फाइदा लुट्ने नर्सहरुको चाहिँ कमी छैन हाम्रो देशमा। व्यक्तिगत स्वार्थ र अति नचाहिंदो दवाव एक ठाउँमा छ भने अर्को मुख्य कुरा चाहिँ राजनीति चेतनाको नै कमी हो भन्दा फरक नपर्ला।

जसरी एमाले पार्टीले आपसी छलफल र सर्वसहमतिको पाटो अघिसार्यो, त्यो सायद नेपालको पार्टी प्रणालीमा अनुशासित र वैज्ञानिक सोचको परिणाम हो, जुन अन्य पार्टीमा देखिदैन र हुने सम्भावना पनि छैन । जसले पदका लागि थरिथरिका नाटक र बहाना गर्छन, तिनलाई नयाँ खोल लगाएर परिभाषित गरिन थालेको छ । त्यसलाई माकुने (माधव कुमार नेपाल) पारा भनेर व्यापक छलफल चलाईयो र नया शब्द माकुने पारा प्रयोग गरिएको पनि पाइयो। राजनीति उधारो होइन हाताहाती चाहियो भन्ने हुँदैन त्यसले अराजकता निम्त्याउन सक्छ जुन शैली नर्सिङमा व्यापक चल्दै आएको छ। ‘फुटाऊ र राज गर’ भन्ने सिद्दान्तले नै लथालिङ्ग बनाएको छ नर्सिङ जगतलाई। एक लाख तीन हजारको हाराहारी दर्तावाल नर्सहरू हुँदाहुँदै पनि नीति निर्माण तहमा कुनै पनि ठूलो राजनीति पार्टीहरुले नर्सलाई नलिनु दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो अवस्थाले नर्सिङ पेशाकर्मीहरु मात्र पीडित हुने होइन, बरु पुरै स्वास्थ्य सेवा प्रणालीमा, यानिकी राज्यको पुरै स्वास्थ्य प्रणाली अपाङ्ग हुन पुग्छ ।

यस्ता धेरै क्षेत्र छन् जहाँ नर्सहरुले पूर्ण नेतृत्व सम्हाल्न सक्ने खुबी राख्दछन, स्वास्थ्य विमा सेवा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य महाशाखा, नीति निर्माण स्वास्थ्य महाशाखा आदि। तर नेतृत्व तहले नर्सहरुलाई पूर्ण रुपमा वेवास्ता गर्ने गरिएको पाईएको छ। कारणहरु धेरै छन,
नर्सिङका सङ्गठन व्यापक रुपमा विस्तार गर्न नसक्नु, पार्टी सम्बन्धी सङ्गठनमा नर्सिङको दरो पकड हुन नसक्नु, नर्सिहरु बीच राजनीतिक चेतना फैलाउन नसक्नु, पाठ्यक्रममा नै राजनीति र नर्सिङ बीच अन्तरसम्बन्ध बारे अध्ययन अध्यायपन गराउन नसक्नु आदि इत्यादि।

एउटा हजामले कपाल काट्दा आफ्नो दर तोक्न सक्दछ, इलेक्ट्रिकल टेक्निसियनले आफ्नो दैनिक ज्याला तोक्न सक्दछ तर नर्सले किन आफ्नो विज्ञता कार्यको मूल्य तोक्न सकेका छैनन्, कारण नेतृत्व तहमा आफूलाई स्थापित गराउन नसक्नु नै । यो अति प्रतिस्पर्धी जमानामा स्वास्थ्यकर्मीहरु बीच आफूलाई स्थापित गराउन नसक्नु राजनीति चेतनाको नै कमी हो।

कार्य सम्पादन र कार्य क्षेत्र सफलताका हिसाबले नर्सहरू अब्बल छन् तर किन जहिले पनि पीडित जहिले पनि दमन र शोषणका सिकार भएका हुनु परेको छ । कारण राजनीति तहमा नेतृत्व लिन नसक्नु, मूल कुरो राजनीतिक चेतनाको नै कमी हुन हो भन्ने लाग्दछ । जसको प्रत्यक्ष अनुभूति यो महाधिवेशनले पनि गराइएको छ।

त्यसैले सम्पूर्ण राजनीति पार्टीका नेतृत्व वर्गलाई मेरो विनम्र निवेदन के छ भने यदि तपाईहरु देशमा स्वस्थ र उत्पादनशील नागरिकहरु निर्माण गर्न चाहनु हुन्छ भने नर्सहरूलाई आफ्नो नेतृत्व तहमा लिएर हेर्नुहोस्, जति छन् सबै सक्षम छन् जुन यसपाली मैले प्रत्यक्ष अनुभूति गर्न पाएको छु। यसले तपाईहरु लागि पनि एक असल आमाको सभ्य र असल सन्तान भनेर परिचित गराउने सुनौलो अवसर पनि प्रदान गर्नेछ।

राजनीति पार्टीका शीर्षस्थ नेताहरुले स्वास्थ्यलाई ख्यालठट्टाका रुपमा ग्रहण नगरून । मेरो हार्दिक आग्रह छ– स्वास्थ्यकर्मीहरुलाई ठूलो भीड देखाउने गणनाका वस्तुका रुपमा मात्र समावेश नगरौं, सही व्यक्ति सही स्थानमा चयन गर्ने प्रणाली विकास गरौँ। यो कुरा सबै पार्टीका शीर्षस्थ नेताहरुले मनन गरुन यही कामना ।

Facebook Comments