परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बहुरुपी सर्दु खोलाका केही जीवन कथाहरु

सर्दु खोला । सर्दुका बारेमा पहिला मैले सुनेको हो । देखेको होईन । भेटेको होइन ।

डेढ दशक अघि । हामी सामुदायिक रेडियोकर्मीहरुलाई द्वन्द्व र शान्ति पत्रकारिता बुझाउन देशभर हिडिरहेका थियौं । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुला, उत्तर हुम्लादेखि दझिण झापासम्मका रेडियोकर्मीलाई ठाउँठाउँ भेला गरेर एक हप्ते रेडियो समाचार, रेडियो कार्यक्रम निमार्णका तरिकाको सैद्धान्तिक र व्यवाहारिक ज्ञान सिकाउथ्यौं । प्रशिक्षण दिने काम म र मित्र भरत भुसाल गथ्र्यौं । अनि, त्यसको व्यवस्थापन अग्रज गोविन्द पोखरेल सम्हाल्नु हुन्थ्यो । जसको पूर्ण संयोजन र कार्यक्रम परियोजनाको जिम्मेवारी सामुदायिक रेडियो अभियन्ता रघु मैनालीले लिनु भएको थियो ।

तालिममा गोविन्द पोखरेल पनि आफ्नो लामो पत्रकारिताको अनुभव साटेर सहभागीलाई चनाखो बनाउनु हुन्थ्यो । हामीहरु तालिममा द्वन्द्व व्यवस्थापन र शान्तीका लागि सामुदायिक रेडियोको भुमिका बुझाउथ्यौं ।

मलाई लाग्यो अरुबेला कसैलाई ढुङ्गा, कसैलाई वालुवा, कसैलाई काठ दाउरा दिएर पेट भर्न सघाउने सर्दु खोला निकै स्वार्थी रहेछ, मिटरब्याजी जस्तो । उसले ती सामग्री नौलो बस्तीबासीलाई सित्तैमा दिएको होइन रहेछन्, असुल्दा झिटिमाटी नै पार्दो रहेछ भन्ने लाग्यो।

बिराटनगरमा दिनभरिको काम पछि, साँझको शितल खान होटलको आँगनमा वातमार्ने क्रममा मैले पहिलो चोटी सर्दु खोला धरानको पश्चिम किनारबाट बग्ने कुरा चाल पाएको थिएँ । तर, त्यसबेला कथा सर्दु खोलाको थिएन । अग्रज गोविन्द पोखरेल पञ्चायतकालमा आफ्नो लामो जेल जीवन सुनाउँदै थिए । हामी धरान नजिक थियौं । उनले सुनाए, ‘कसरी त्रिलोचन मैनाली र उनलाई धनकुटाबाट हातखुट्टा हथकडी र नेल लगाएर ओरालो धरान झारियो’ । पीडादायी त्यो कथा लामो छ । त्यसैक्रममा सर्दु खोला किनारै किनार ढुङ्गा र बलौटे बाटोमा घिसार्दै उहाँहरुलाई मधेश जेल सरुवा गरिएको विवरण थियो, जुन उहाँको आततायी पञ्चायत विरुद्धको विद्रोहको संस्मरण थियो ।

त्यसबेला, मेरो ध्यानको एकाग्रता सर्दुमा भन्दा उहाँहरुको पीडा, आस्था र सहासमा थियो । त्यो साँझ वितेको लामो समय भईसक्यो । सर्दुलाई मैले बिर्सिएको थिएँ । तर, उहाँहरूले पाएको त्यो सुन्दा नै मन छियाछिया हुने यातना भने मनबाट कहिल्यै निकाल्न सकिन । मेरो मनमा पनि घाउ बनेर रहिरह्यो । दुखीरहयो ।

अहिले, सर्दु खोला मेरो छिमेकी भएको छ । आमा, घर बनाएर धरान बस्न थालेपछि । अब भने सर्दुसित साईनो गाँसिएको छ । हुनत, धरानमा मेरा आफन्त कोही छैनन । बुवातिरका एकजना पनि छैन । आमाका भने केही आफन्त बिहे भएर, बसाई सरेर, यहाँ आई बसेका छन् ।

अहिले, म विहान–विहान सर्दु किनार पुग्छु। कहिले वारिपारि गर्छु। कहिले उ वगेको दिशा पच्छयाउँछु। कहिले उ वगेर आउने माथिल्लो भागतिर उकालो लाग्छु। तर, म बस्ने ठाउँ, सर्दुको किनार भने होईन। थोरै हिडेपछि त्यहाँ पुगिन्छ। पारि जानलाई झुलुङ्गे पुल छ। झुलुङ्गे पुल सिद्धिने बितिक्कै पहाडी उकालो शुरु हुन्छ। पहाड छपक्क जङ्गलले ढाकेको छ। एउटा ग्रेभल बाटो मास्तिर लाग्छ। त्यसको सङ्केत, डाडा माथि बसोबास छ। ‘यहाँबाट एउटा उकालो अनि ओरालो झरेपछि अर्को झुलुङ्गे पुल आउँछ, जसको ठयाक्कै सिरानमा विष्णुपादिका मन्दिर छ’। त्यही बाटोका नियमित पदयात्री पदमबहादुर लिम्बुले खरर्र हुलिया बताए। मलाई त्यहाँ पुग्नु छ । योजना बनाउँदै छु।

त्यही बाटो आधा हिडेपछि, एउटा व्यवस्थित घर भएको ठाउँसम्म त पुगें । त्यो भन्दा उकालो चढेको छैन । घरको आँगनमा रंगिचंगी फुल फुलेका थिए । घर पछाडि रहेको झुप्रो शायद सुंगुरको खोर हुनुपर्छ । तिनले चिच्याएको आवाजले अन्दाज लगाएँ । एउटा रातो रङ्गको स्कुटी पनि थियो । म त्यहीँबाट फर्कें । फेरि सर्दु खोला किनारमा आईपुगे । बाटोमा सिरु घारी सेताम्मै थियो । पहाडका थुम्कामा सेतो बादलले सपक्क घुम्टो ओडेको थियो । खोला सफा कन्चन दक्षिण पश्चिम बगिरहेको थियो । राती केहीबेर परेको पानीको असर हुनुपर्छ ।

यसरी पटक पटक सर्दु खोला किनार पच्छयाउँदा, यसबारे जान्ने उत्सुकता बढने नै भयो । झुलुङ्गे पुलतिर जाने बाटो र खोेला किनारमा एउटा लामो केही पक्की, केही टिनका अनि केही अस्थायी घरटहराहरु छन् । त्यो चोकमा टाँगिएको बोर्डमा जोर सखुवा चौक लेखिएको छ । जहाँ एक जोडी सखुवाका रुख कैयन वर्षदेखि जोडिएर उभिएका थिए । तर मान्छेले आफ्नो जोडी बनाउने उन्मादमा ती जोडीलाई जरैदेखि उखलेर फ्याकेछन् । अब, त्यही टिनको पातोमा लेखिएको नाममात्र छ।

खोला किनारको बस्ती नयाँ हो भन्ने कुरा त्यसको नामबाटै पत्ता लाग्यो । ‘नौलो बस्ती’ । घुमी हिड्दा, त्यहाँ मिश्रित बसोबास पनि देखेँ । भोजपुरी र मैथली बोल्ने भेटेपछि अडकल अकाट्य भयो । राई, लिम्बू त्यसै चिनिन्छ । धरानको कुनै पनि बस्ती, टोल ती जाति विना अधुरा हुन्छन् । केही घरमा तुलसीको मोठ देखेपछि क्षेत्री बाहुनको बसोबास पक्का भयो । दमाई, कामी पनि नहुने कुरै भएन । त्यसैले यो नयाँ बस्ती गासँ, बास र कपासको खोजीमा हिडेका परदेशीहरुको एकमुष्ट आश बनेको रहेछ ।

सर्दुले उनीहरु मध्ये केहीलाई ढुङ्गा दिन्छ । केहीलाई वालुवा दिन्छ । अनि, केहीलाई बगाएर ल्याएको काठ दाउरा दिन्छ । जो, बेला बेलामा उनका पेट भर्न सघाईरहेको छ ।

अन्य आकर्षणहरू

आफैं न्यास्रिएको विचरा दशैं

गाउँ यात्रा

जुम्लामा हल्ला हमला

जुविथामा खल्बल

म यति बुझेपछि फर्के । विहानको हिडाई टुंगियो ।

त्यही दिनदेखि पूर्वबाट बादल माडरिएर आयो । वङ्गालको खाडीमा हलचल मच्चिएछ । पूर्व पुरै पानी पानी भयो । वेमौसमको वर्षा एकोहोरो बर्सिन थाल्यो । झण्डै एक किलोमिटरको दुरीमा मेरो घरसम्म सर्दुको गडगडाहट सुनिन थाल्यो । बिहानको शान्त, सुशील सर्दु नराम्ररी अशान्त भएको मैले टाढैबाट महशुस गरिरहेको थिएँ । रातभर छिमेकीको अग्लो एभेकाडो विरुवाका पातहरु मेरो कोठाको झ्याल किनार एकनासले पानी थोपा बजाइरहेको थियो । एकनासको झरी निरन्तर थियो।

विहान उठ्दा, पानी सिमसमे भएको रहेछ । म झटपट सर्दु किनार पुगेँ । उ चिन्नै नसकिने भएर मुरमुरीदै गडगडाहटका साथ पहेंलो लेदो भएर ठूलो आकारमा दौडिरहेको थियो । नौलो वस्तीका बासिन्दा, पुलले थाम्नै नसक्ने गरी झुलुङ्गे पुलमा झुम्मिएका थिए । सर्दुको तामाशा हेर्न म जस्तै अरु पनि त्यहाँ पुगेका रहेछन् । हल्लाहरु बीच, सर्दुले गरेको विनाशको गाईगुइ पनि आयो । ‘सर्दुले मोटरसाईकल सहित मान्छे बगायो, पहाड खोस्रेर बनाएको घर भत्किंदा, दुईटा नानीको ज्यान गयो । नभन्दै, यी गाईगुइ सत्य खबर भए । मोटरसाईकल भेटिएन, लास नौलो बस्ती तल्तिर फेला प¥यो । फुस्रे नजिक दुई नानीहरुको पनि घरकै माटोले पुरिएर ज्यान गएकै रहेछ ।

मलाई लाग्यो अरुबेला कसैलाई ढुङ्गा, कसैलाई वालुवा, कसैलाई काठ दाउरा दिएर पेट भर्न सघाउने सर्दु खोला निकै स्वार्थी रहेछ, मिटरब्याजी जस्तो । उसले ती सामग्री नौलो बस्तीबासीलाई सित्तैमा दिएको होइन रहेछन्, असुल्दा झिटिमाटी नै पार्दो रहेछ भन्ने लाग्यो ।

सर्दु खोला । लम्पाटे झर्नाबाट शुरु हुन्छ । चतरा, कोशीमा सिद्धिन्छ । यो नितान्त सुनसरीको रैथाने खोला हो । सुनसरीमा शुरु भएर सुनसरीमै सिद्धिने। नौलो बस्ती मुन्तिर पनि सर्दु किनारमा मानव बसोबास छ । ती भने नौला होईनन् । मास्तिर जिरो किलोमा अर्को झुलुङ्गे पुल छ । नौलो बस्तीमा झै जिरो किलोमा पनि पक्की सडक पुलमा गएर टुंगिन्छ । जिरो किलोमा भने अर्ध निमार्णमा तेर्सिएको आधा पक्की पुल खोला बीचमा उभिएको छ ।

त्यहाँबाट, दायाँबायाँ पहाडको सिरानी छ । त्यसैले राई गाउँ पुग्न अलिकति उकालो लाग्नुपर्छ ।

अनि आईपुग्छ, फुस्रे बजार । धरान–धनकुटा मार्गमा पर्ने पुरानो बसोबास । त्यसमाथि भने, सर्दुले मानव बस्तीको सङ्गत छाड्छ । जङ्गलको बाटो भएर, उ आफ्नो उदगम लम्पाटे झर्ना पुग्छ । फुस्रे माथिको बन, सामुदायिक बन हो ।

अब हिउँद शुरु भयो, ‘सर्दुमा ढुङ्गा र वालुवा मात्रै देखिन्छ’ जिरो किलोकी मनमाया राईले सुनाईन । वास्तविकता यही हो, सर्दुको आकार छैन, निश्चित सिमाना छैन। न उसलाई रात पर्छ, न दिन झुल्किन्छ। हिउँदमा पनि एक झरी दन्कियो भने उ फेरि खहरे भेल बनिदिन्छ।

यो वर्ष पूर्वका पहाडहरुलाई पहिरोले दुखायो । बडादशैंको आशिर्वाद र अक्षताले आफ्नो दैवी शक्ति देखाउन सकेन । तराई पनि डुब्यो । खेतमा काटनलाई ठिक्क भएका धान र अन्य बाली पानी डुबानमा परे । म क्षतिलाई आँकडामा राखेर देखाउने कुरामा विश्वास गर्दिन । अङ्कमा गनेर देखाउनु अमानवीय लाग्छ । त्यही क्षति कसैका लागि सामान्य हुन्छ, कसैका लागि असमान्य भैदिन्छ । जसको पूर्ति केही राहत र साहयताले गर्न सक्दैन । मलाई लाग्छ, यसले धेरैको आशा चकनाचुर पा¥यो ।

हामी मान्छे, सदैव, परापूर्वकालदेखि खोला, नदी, समुन्द्र किनार खोज्दै हिड्छौ । पानीको थोपाको खोजीमा अहिले पनि हजारौं माइल पार गर्ने अफ्रिकन हात्तीहरु झैं । हरेक सभ्यताले, व्यापार–व्यवसायले पानी किनार खोजिरहेको इतिहास साक्षी छ । अनि हामी उ हिडने, उ चर्ने, उ वग्ने, उसले चल्मलाउने हरेक बाटो अवरोध गरिरहेकै छौं । त्यसपछि नदी आफ्नो बाटो खोज्दै हामीले बनाएको नौलो बस्ती छिर्छ । विध्वंस गर्छ । हरेक ठाउँ, हरेक वर्ष यही दोहोरिन्छ । यो बढिरहेको छ । हरेक बर्ष बढ्दो छ ।

नदीसित हाम्रो धार्मिक, साँस्कृतिक जिवन सम्बन्ध छ । त्यसैले हरेक पर्व, मेला, महोत्सवका लागि पनि सकभर खोला खोज्छौं । संसारभर यही चलिरहेको छ ।

र अन्तमा, हामी हिन्दु धर्म मान्नेहरु त नदीको कोशौ पर बस्ने भएपनि अन्ततः हामी मृत्युपर्यान्त पनि फेरि उहीँ नदी किनार रोज्छौं । जीवनको लीला बदल्न ।

Facebook Comments