परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कमरेड मुक्तिको ताण्डव जनक्रान्ति

मोटरबाटो समेत राम्ररी नपुगेको कालिकोटमा ‘स्वागत गेट’ भने पक्की थियो । चिटिक्क रङ्गरोगन पनि गरिएको थियो । रातो र नीलो रंगले पोतिएको। गेटको निधारमा हँसिया हथौडा चम्किलो आकार । लेखिएको थियो, ‘स्वागतम’ । स्वागत गर्नेको नाम चाहिँ थिएन । अहिलेका लागि हाम्रो स्वागतमा ठिङ्ग उभिएको छ– स्वागत गेट । यो गेटबाट शुरु हुने बाटोसित म पूर्ण अनिभज्ञ छु ।

भारी बिसायौं । हातमुख धोयौं । अनि बरण्डामा ओच्छाइएको गुन्द्रीमा विश्राम मुद्रामा आफैंलाई थचक्क बिसायौं । कामरेड मुक्तीको आदेश रहेछ– “आमसभा पछि उनी त्यहाँ आउने, हामीसित कुराकानी गर्ने । अनिमात्र, खाना र सुत्ने कुराको निर्णय हुने” घरवेटीले सुनाए । हामी सबैले सबैका अनुहार हे¥यौं । हाम्रा निधारमा प्रष्ट प्रश्न चिन्ह थिए– हाम्रो गाँसबासको अझै टुंगो छैन ? काकुलाई आँखाले खोजेको त उनी भित्ता पट्टी फर्किएर के पो सोचिरहेका थिए । हाम्रो अनुहारमा अन्यौल, आशंका र अत्यास थियो ।

पछाडि फर्केर हेरेँ, टर्रो शुन्यता छ । जुन हामीले छाडेर आएको । अगाडि झन भयानक शुन्यता जस्तो देख्छु, जहाँ हामीलाई जानु छ । प्रश्नै प्रश्नहरु छन् । उत्तर खोज्नु छ ।

हाम्रो दायाँ मुन्तिर नीलो सफा तीला नदी पूर्वबाट पश्चिम तर्फ निर्भय, निडर, स्वच्छ, एकनाश बगिरहेको छ । वायाँतर्फ, बाटोका लागि खोस्रिएका, फुटाइएका, खनिएका क्षतविक्षत पहाड छ । यी नदी र पहाड दुवै इतिहासका अमर साक्षी हुन । अर्थात, दक्षिणमा तीला, उत्तरमा पहाडबिच हामी मध्यमार्गी भएर अबको तीन दिन यात्रा गर्नुछ ।

हामी अपरिचितको स्वागत गर्नेमा बल्ल मानिस थपिदै छन् । ती मध्येका एक हुन, रत्नबहादुर शाही । मध्य उमेरका फुर्तिला, हँसिला, रसिला । किन हो, सबै उनलाई काकु (काका) भन्थे । हामीलाई पनि त्यही आत्मीय र मिठो लाग्यो– काकु । यात्राभर उनलाई त्यही नामले सम्बोधन गर्यौ । नाम हो या सम्मान !

रत्न काकु, रैथाने कालीकोटे । कर्मथलो जुम्ला । यो बाटो निमार्णका सहजकर्ता । त्यसैले सबैले उनलाई चिन्ने नै भए । हाम्रा पनि सहजकर्ता अनि पथप्रदर्शक । यात्राका सारथि । नाईके । उनले देखाएको बाटोमा हामीलाई आँखा चिम्लेर हिड्नु छ । तोके अनुसार खानु, बस्नु र विश्राम गर्नुछ ।

गेटबाट छिरेपछि हामीले यो संसारलाई वाइवाई गर्यौ र अर्को संसारमा आत्मसमर्पण । बाटो सुनसान थियो । बाटो जस्तो बाटो चकमन्न थियो । पहाड फुटेर खस्दै थियो । हिडने ठाउँमा पर्याप्त खाल्डाहरु थिए । बाटो माथिबाट खसेका ढुङ्गाले छेकिएका थिए । थोरै मानिस, कतै कतै, दायाँबायाँ भित्ता खोस्रिदै थिए । ‘टयाङ्टयाङ’ को आवाज, अलि परबाट कोही कतै खुसखुस, फुसफुस गरेका स्वरहरु जस्तो सुनिन्थ्यो । ती श्रमिक बाटो ठेकेदारका मासिन रहेछन् । ठेकेदारले माओवादीलाई चन्दा दिएर, काम साटेका रे । काकुले खुसुक्क सुनाए ।

अब अगाडि मानव बस्ती नभए जस्तो मलाई भानभयो । “नत्र त कामकाजीहरु दिउँसो सदरमुकाम जानेको लर्को हुनुपर्ने ?” मनमनै मनलाई सोधे । तर त्यो प्रश्नको उत्तर खोज्न अझै अप्ठ्यारो बाटो पार लाउनु छ ।

तीला वगेको एकनाश आवाज निरन्तर पहाडमा ठोक्की रहेको थियो । धर्ती र आकाश बिच कतै चराचुरुङ्गीको चिरविर घरि सुनिन्थ्यो, घरि विलाउथ्यो । त्यसबाहेक हामीले फेरेको सास हामी सुनिरहेका थियौं । पर कतै गुनगुन गरेको सुनिएको आभाष हुन्थ्यो । सायद ती श्रमिक हामीलाई देखेर केही भन्दैछन् । मैले यस्तै अडकल काटेँ ।

गाउँले हिडिरहेकै बाटो भत्काएर, नयाँ बाटो बनाउने यो विकासले हाम्रो पैदल यात्रा झन कठिन बनाएको थियो । हामी हाम्रो ज्यानलाई भत्किएको, भिरालो, खोस्रिएको, वाङ्गो बाटोमा मेसो मिलाउदै, हिडदै यियौं ।

कहिले तेर्सो, कहिले ठाडो, कहिले उकालो, कहिले ओरालो । कहिले हात खुट्टा टेक्दै मास्तिर लाग्नुछ । कहिले चार हातपाउमा तलतिर खसाल्नु छ । साना बुट्यान सहारा बनेका छन् । तिनकै बुटा समातेर हामी यो कठिन बाटो तय गर्दैछौं । फोड्नलाई तयार पारिएको पहाड, खस्ला कि भन्ने दरो डर मनमा हुँडलिएर बसेको छ ।

यसरी, बिचबिचमा ज्यानलाई तन्काउँदै, हामी भत्केको पहाड छिचोल्दै थियौं । पहाडी माटोले हाम्रो ज्यान र लुगा खैरिसकेको थियो । मध्यान्हको घाम थियो । पसिनाले हामी नुहाईसकेका थियौं ।

हामीलाई बाटो देखाउन काकु तम्तयार थिए । उनको जोश हेर्न लायक थियो । राती परेको पानीले भखरै खनेको बाटोमा ठाउँठाउँ पैह्रो गएको थियो । यिनै अप्ठयारो बाटो पार गर्ने अदम्य सहास हामीमा ल्याउनु थियो । बाटो जस्तो लाग्ने बाटो पार लगाउनु थियो । काकुको शब्दमा ‘ट्रेक’ खोलेको बाटो। अनि त्यो बाटो देखाउन काकु हाम्रा लागि ‘ट्रेक’ खोल्दै थिए । अनि कतैकतै, उनी आफैं चिप्लिएर लडिरहेका हुन्थे । त्यसपछि ‘यस्ता नाथे बाटो त कालिकोटे मान्ठाले कति हिन्यो, कति’ भन्थे ।

वास्तवमा हामी हाम्रो बाटो आफैं बनाउदै अघि बढदै थियौं । यसरी लामो एकनाश हिडाईपछि एउटा अग्लो डाँडामा पुगियो । जहाँबाट अब तल ओरालो झर्नुछ ।

हामीले डाँडाबाट तल्तिर खुल्ला चौरमा गाउँलेको ठूलो भेला जस्तो देख्यौं। अस्पष्ट अनुहारहरु। हामी जहाँ थियौं त्यहाँबाट तल टाउकाहरुको भिड मात्र देखिन्थ्यो। धेरै टाउकाहरु नियमबद्ध भएर एकातिर, अर्कातर थोरै टाउकाहरु स्टेज जस्तोमा देखेपछि, कुनै ‘आमसभा’ हामीले अनुमान लगायौं।

आँखालाई तिखो पारेर नियाल्दा रातो व्यानर देखिन थाल्यो । व्यानरमा केही लेखिएको छ । जुन यहाँबाट पढ्न सकिन्न । ‘हामीलाई त्यहाँ जानुछ’ काकुले औंला ते¥याएर निर्देशन गरे ।

डाँडा काटेर तल्तिर खुला मैदानमा आईपुग्दा हामी आमसभामा मिसिइसकेका थियौं । काकुले मञ्चमा आसन ग्रहण गरेकाहरुसित साउती गरे । हुन त अघि बाटोमै हाम्रो बारेमा सूचना पुगिसकेको काकुले नै बताएका थिए । ‘भिसा जो हानेका थियौं’ हाम्रो पनि फूर्ति कम थिएन । माथि आसनमा बसेकाहरु अब हामीतिर अगाडि बढे । परिचयको साटासाट भयो ।

कालो कोट । त्यसभित्र कालै इष्टकोट । कालै भादगाउले टोपी । अनि कालो फ्रेमको चश्मा । खैरो दौरा शुरुवाल लगाएका । पातलो ज्यान । होचो कद । अनुहारमा झुसे दारी र जुँगा । निधारमा बेस्सरी अबिर टीका । खुट्टामा नयाँ चाइनिज जुत्ता । कालीकोटको यो कालै भेष ।

परिचय गराइयो । कामरेड मुक्ति । उनी, माओवादीले निर्माण गरेको गाउँ जनसरकारका नियुक्त जनसरकार प्रमुख । उनकै आदेशमा त्यहाँ हरेक निर्णय हुनुपर्ने अदृश्य निर्देशन छ ।

आफ्नो गद्दीबाट निकैबेर नियालेपछि उनी हामी भएतिर तल झरे । अबिर मागे । कसैले एकचोटी कसैलाई पहि¥याइसकेको जङ्गली फुल पातको माला ल्याइदिए। पहिला मच्चिएर हात मिलाए । अबिर माला लगाइदिए । अनि, हात चसक्क हुनेगरि फेरि हात मिलाए । केही बोलेनन्।

शायद, आदेश भइसकेको रहेछ । त्यसपछि आमसभामा ल्याइएका लगभग आधाभन्दा बढीले त्यही शैलीमा हात मिलाए । मलाई लाग्यो, यसका लागि पनि तालीम नै लिनुपर्ने होला । सबैको अनुहार गम्भीर थियो । महिला, पुरुष एक समान हात मिलाउँदै मुठ्ठी उठाएर कसिइरहेका थिए ।

यसरी झण्डै एक घन्टा बित्यो । मेरा हात गलिसकेका थिए । हात मिलाउने कार्यक्रम सिद्धिएपछि अगाडिको वेन्चीमा बस्नलाई ठाउँ मिलाइयो । म मनमनै भिसाको करामत ठानेर गद्गद थिएँ । यस्तो स्वागत पाएकोमा हामी सबै दङ्ग थियौं । फर्केर हेरेँ, काकुको अनुहार उज्यालो देखेँ ।

हामीलाई यो घटना क्यामरामा उतार्नु थियो । त्यसको जोरजाम भयो । घाम अस्ताउनु अघि जति सक्दो दृश्य कैद गर्नु छ । सहकर्मी नारायण र म त्यसैमा सक्रिय भयौं ।

पिली । कालीकोट । खुल्ला चौर । तलतिर उही तीला बगिरहेछ । पारि दैलेख जिल्लाको अधिनस्थ भुभाग । चौर मास्तिर पिली गाउँ । त्यो भन्दा माथि लगभग लेक सुरु हुन्छ । सदरमुकाम मान्माबाट आधा दिनको बाटो ।

चौरमा छिर्न एउटा ढोका विनाको द्वार जस्तो थियो । त्यहीबाट भित्र बाहिर गर्ने कडा आदेश । भित्र छिरिसकेकालाई बाहिर निस्कन त्यति सजिलो छैन। द्वारमा खुट्टालाई तगारो बनाएर जनसरकारका सेना बसेका थिए । तिनकै नियन्त्रणमा सबथोक भइरहेको थियो ।

सभामा वृद्धा, महिला, केटाकेटी सबै थिए । थाह भयो, हरेक घरबाट अनिवार्य उपस्थितिको उर्दी जारी गरिएको रहेछ । हामीलाई भने कार्यक्रम स्थलको जहाँकही जान रोकतोक लगाइएन ।

सामेल भेलाको खासखुसबाट थाह भयो । झण्डै चार घन्टादेखि उनीहरु त्यहाँ थिए । कोही कोही त तीन चार घन्टाको बाटो छिचोलेर आएका रहेछन् । उमेर काटेका वृद्ध र काखे वालक च्यापेका आमाहरु पनि छन् ।

डेढ घन्टा जति बिसाएको आमसभा फेरि शुरु भयो । म गेटनिर पुग्दा “अँध्यारोमा हिडन गाह्रो हुन्छ’ भन्दै केही महिला र पुरुष फर्कन अनुमति माग्दै थिए। तर, जनसरकारका जनसेनाले उनका कुरामा ध्यान दिइरहेका थिएनन् ।

काठको खाँबोमा झुण्डयाइएको स्पिकरमा चर्को भाषण धन्किन थाल्यो । उनै कामरेड मुक्तीले माईक मोर्चा सम्भालिसकेका रहेछन् ।

‘हाम्रो जनक्रान्तीमा यी शाही कुत्ताहरु’ उनी जोरजोर चिच्याउदै थिए । तल भेला भएकालाई सोद्धा थाह भयो, ‘यो बोल्ने क्रम उनैबाट सुरु भएर उनीमै सिद्दिँदो रहेछ’ । बेलाबेलामा कामरेड मुक्तीले विश्राम लिदाँ मात्रै अरुले पालो पाउँदा रहेछन् ।

हामी त्यहाँ वसुन्जेल उनी नै बोलिरहे । उनको भाषण, ‘शाही कुत्तबाट शुरु भएर, शाही कुत्तामै सिद्धिन्थ्यो’ । घामले डाँडा काटेपछि चौरमा धमिलो छाउन थाल्यो । भेला भएकाहरुको अनुहार अँध्यारा देखिन्थ्ये । “घर कसरी पुग्ने, कतिवेला छाड्ने हुन” यिनै चिन्ताहरुले हुनुपर्छ ।

काकुले के के चाँजोपाँजो मिलाए कुन्नी । हामी भने गाँस र बासको व्यवस्था मिलाइएको घरतिर लाग्यौं । आमसभा कति बेला सिद्धियो थाह भएन । साँझको रिमरिममा हामी बास बस्ने घरको आँगनमा थियौं ।

भारी बिसायौं । हातमुख धोयौं । अनि बरण्डामा ओच्छाइएको गुन्द्रीमा विश्राम मुद्रामा आफैंलाई थचक्क बिसायौं । कामरेड मुक्तीको आदेश रहेछ– “आमसभा पछि उनी त्यहाँ आउने, हामीसित कुराकानी गर्ने । अनिमात्र, खाना र सुत्ने कुराको निर्णय हुने” घरवेटीले सुनाए । हामी सबैले सबैका अनुहार हे¥यौं । हाम्रा निधारमा प्रष्ट प्रश्न चिन्ह थिए– हाम्रो गाँसबासको अझै टुंगो छैन ? काकुलाई आँखाले खोजेको त उनी भित्ता पट्टी फर्किएर के पो सोचिरहेका थिए । हाम्रो अनुहारमा अन्यौल, आशंका र अत्यास थियो ।

झमक्क रात परिसकेको थियोे । हामी चुपचाप कामरेड मुक्ति पर्खिरहेका थियौं । आँगन पारि निष्पट अँध्यारो छ ।

अब झमक्क रात परिसकेको छ । हामी चुपचाप कामरेड मुक्तीलाई पर्खिरहेका छौं । आँगन पारि निष्पट अँध्यारो छ । तीला बगेको वेगको आवाज झनझन कान नजिक हुँदैछ । झ्याउँकिरी कराएको स्पष्ट सुनिन्थ्यो । गाउँमा कुकुर पनि भुक्दै थिए । आकाश अँध्यारो थियो । किनभने, हामी औंसी रातको नजिक थियौं । ताराहरु भने आफ्नै लयमा थिए ।

घडीले आठ बजाउन आँटिसकेको थियो । कामरेड मुक्ति आफ्नो दलबल सहित आइपुगे । न उनले हाम्रो बारेमा सोधे, न हाम्रो यात्रा उद्देश्यबारेमा जान्न खोजे । न बास र गाँसको व्यवस्थाबारे जानकारी लिए ।

फेरि एकोहोरो शुरु गरे, “शाही कुत्ता, दलाल, सुराकी, सिआईडी” । अब भने यी सबै उनी हामीलाई नै भन्न र सुनाउन खोजिरहेको जस्तो मलाई लाग्यो । अब त उनी, “मानव अधिकार, पत्रकारका नाममा सिआईडी गर्ने” भनेर खुलेरै चर्किन थालिसकेका थिए । हामीतिर घोसे नजर लगाउदै आउने बित्तिकैको उनको यस्तो शुरुवाती स्वागत मन्तव्य थियो ।

जुन डेढ घन्टाभन्दा बढी एकोहोरो चल्यो । हामी उनलाई चुपचाप सुनिरहेका थियौं । “दैैलेखको जस्तै घटना यहाँ पनि हुनसक्छ” उनले यसो भनेपछि, मेरो मन चिसो भयो । मलाई आफू अघोषित कब्जामा परेको भान हुन थाल्यो । दैलेखमा केही महिना अघि पत्रकार डेकेन्द्र थापालाई माओवादीले जिउँदै गाडेर मारेका थिए।

उनी किन त्यसो भनिरहेका थिए, मैले बुझ्न सकेके थिएन । तर हाम्रो वर्तमान उनकै हातमा थियो । “त्यो ग्यालीलको गोली आईपुग्यो?” उनी आफूसित आएका डफ्फालाई सोद्धै थिए । इजरायली ग्यालील राईफल माओवादीले सेनाबाट लुटेका थिए । त्यसका लागि गोली कहाँबाट आउने हो, थाह भएन।

यसरी एकोहोरो चर्किरहेका बेला, हाम्रो टोली नाईके काकु तात्तिए, “तपाईको यस्तो व्यवहार हो भने, हामी अहिल्यै फर्कन्छौं” उनले तेसो भनेपछि मैले दिउँसै हातखुट्टा टेकेर आएको बाटोमा यो रातमा हिड्ने कुरा कल्पेँ । रौं ठाडा भए ।

तर काकुको हस्तक्षेप पछि दोहोरो कुराकानीको ढोका भने खुल्यो । मेरा छेउमा बसेका वरिष्ठ पत्रकार कुन्द दाईले उनलाई प्रश्न सोध्न खोजे । उनले प्रश्नको उत्तर दिएनन् । उल्टै प्रश्न राखे,  “माओवादीबारे तपाईंको विचार के छ?” यस्तै असमन्जसमा समय बित्दै थियो । उनी भने रटिरटाउ एउटै कुरा दोहराई, तेहराईरहेका थिए । खुसुक्क घडी हेरेको एघार बजिसकेको छ । म चुपचाप छु । उ दिनभरि बोलेको । यहाँ पनि अझै बोल्दैछन् ।

मध्यरात भइसकेको थियो । अब भने कामरेड मुक्ति थाकेछन् । हामीलाई केही भनेनन् । बल्ल घरेवेटीलाई खाना खुवाउन र सुताउने आदेश दिए । हामीतिर हेर्दा पनि नहेरी अँध्यारोमा बाटो लागे । सात बजे नै पाकेको भात खाने जाँगर कसैमा रहेन । फाल्न नहुने अन्न त्यसै छाडेर सुत्यौं ।

हामीलाई जानकारी गराइएको थियो । यो आमसभा, यो भेलाको उद्देश्य गाउँमा शान्ति सन्देश फैलाउनु थियो । युद्ध विरामको सन्देश दिनु । तर, यो आठ १२ घन्टामा हामीले कोही त्यसबारे बोलीरहेको पाएनौं । कसैमा त्यसबारे थोरै चिन्ता भेटेनौं । कामरेड मुक्ति त झन केवल मर्ने र मार्ने मात्रै कुरा गर्दै थिए ।

बाटोमा केही अन्जान गाउँले भेटिए । उनीहरुले आफ्नो उकुसमुकुस पोखे– कामरेड मुक्ति जनसरकार प्रमुख बन्नु अघि मान्मामा होटेल खोलेर बसेका रहेछन् । त्यो पनि भट्टी पसल अर्का गाउँले नाक खुम्चाएर थपे । “त्यसअघि गाउँबाट कुकडा (कुखुरा) चोरेको आरोपमा लखेटिएका” अर्काले थपे । दौडाहमा हिँडेका राणाकालीन बडाहाकिमलाई झैं कामरेड मुक्तिलाई हरेक साँझ गाउँलेले खरायो भेटी चढाउनु पर्ने रहेछ । उनको प्रिय मासु रे । पिली छाड्ने बेलामा उनको वास्तविकता थाह पायौं र ‘ताण्डव जनक्रान्ति’को नाङ्गो सत्यवोध पछि हामीले पिली छाड्यौं ।

अर्को तितो सत्य । हामी फर्किएको महिना दिन जतिमै सडक निमार्णका लागि मुकाम बनाएका नेपाली सेना माथि माओवादीले हमला ग¥यो । आक्रमणमा ६० भन्दा बढी नेपाली सेना मारिए। माओवादीतिरको हाताहातीको यकिन तथ्याङ्क छैन । मैले नपत्याएको शान्ति प्रवाह अनि युद्ध विरामको प्रतिफल त्यही थियोे ।

विहानै, पिली छाड्ने सल्लाह राती नै तय भएको थियो ।

हिडने बेला थाह भयो, कामरेडलाई भेटेर मात्रै पिली छाडने आदेश रहेछ । तर हामीले उनलाई पर्खेनौं । उनलाई टेरेनांै । उनी पनि भनेको समयमा देखा परेनन् ।  गाउँको बाटो, तेर्सो पारेर हामीले यात्राअघि बढायौ ।

बाटोमा केही अन्जान गाउँले भेटिए । उनीहरुले आफ्नो उकुसमुकुस पोखे– कामरेड मुक्ति जनसरकार प्रमुख बन्नु अघि मान्मामा होटेल खोलेर बसेका रहेछन् । त्यो पनि भट्टी पसल अर्का गाउँले नाक खुम्चाएर थपे । “त्यसअघि गाउँबाट कुकडा (कुखुरा) चोरेको आरोपमा लखेटिएका” अर्काले थपे ।

दौडाहमा हिँडेका राणाकालीन बडाहाकिमलाई झैं कामरेड मुक्तिलाई हरेक साँझ गाउँलेले खरायो भेटी चढाउनु पर्ने रहेछ । उनको प्रिय मासु रे । पिली छाड्ने बेलामा उनको वास्तविकता थाह पायौं र ‘ताण्डव जनक्रान्ति’को नाङ्गो सत्यवोध पछि हामीले पिली छाड्यौं ।

Facebook Comments