परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्झना र समवेदनाका केही शब्द एक अनन्य मित्रकाे देहावसानमा!

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे राजनीतिक अवधारणा मुताबिक सम्पूर्ण कम्युनिष्ट अान्दाेलन नै २००७ सालकाे प्रजातान्त्रिक क्रान्ति “अपूर्ण” रहेकाे मान्यताद्वारा सञ्चालित थियाे। कलकत्ता, बनारस वा कुनै अन्य भारतीय नगरमा अध्ययनरत् हामी विद्यार्थीहरु पनि यस भावनाबाट अलग्ग थिएनाैँ। अाफ्ना पढाइ छाडी अाअाफ्ना जन्मनगरीमा फर्केर पार्टी राजनीति गर्दैजाँदा २००८ सालमा त्रिचन्द्र कलेजमा आई. ए. काे दाेस्राेे वर्ष देखिका मेरा अभिन्न एवम् अनन्य मित्ररहेका कृष्ण श्रेष्ठ ८७ वर्षकाे पाकाे अनुभवपूर्ण जीवन बिताई गत अाइतवार, अाजकाे ६ दिन अघि यस संसारबाट सदाकाे लागि विदा भएकाे दुखद खबर हिजाे मित्र रामजी प्रसाद उपाध्या पाेखरेलबाट सुनेँ।

स्वर्गीय कृष्ण बीए

एक न एक दिन मृत्युलाई अङ्गाल्नै पर्ने ध्रुव सत्य, जीवनकाे एकमात्र सत्यसित साक्षात्कार हुनुपर्दा चाहिँ स्तब्ध- स्तम्भित नभइरहन सकिँदाे रहेनछ। मित्र कृष्णकाे खबरबाट यस्ताे नभइरहन सकिँन। हिजै धरानमा फाेन गरी उनका कान्छा छाेरामार्फत भाउजू र समस्त परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गरेँ।

अाज मित्र कृष्णमुरारि भण्डारीबाट याे फाेटाे प्राप्त भएपछि सम्झनाका यी श्रद्धाञ्जली शब्द काेर्न बसेँ।

कृष्ण अाफ्नाे शिक्षाउपाधि नै अाफ्नाे थर भएका दाेस्राे राजनीतिक व्यक्ति हुन् — कृष्ण बीए। पहिला व्यक्ति काठमाडौंका भेढासिँहवासी पूर्ण बहादुर एम. ए. हुन् जाेसँग कृष्ण पनि विद्यार्थी राजनीतिकाे क्रममा र पछिसम्म पनि परिचित थिए। तर हाम्रा कृष्ण त पूरै नगरका पर्याय थिए अर्थात् कृष्ण बीए भनेपछि साह्रा नगरले नै चिन्ने।

अत्यन्त सहृदयी ,सहयाेगी , भद्र मित्र, शिष्ठभाषी,अध्ययनशील, साहित्यकार, कवि, संघर्षशील राजनीतिक याेद्धाकाे साथै मयालु पति तथा सुयाेग्य पिताकाे अनुपम मिश्रण। त्यतिमात्र नभई नेपालकाे पूर्वाञ्चलका जाज्वल्यमान बहुमुखी प्रतिभा अनि राजनीति अत्यन्त संकीर्ण एवम् पूर्वाग्रही भएकाे कालखण्डमा पनि सबैबाट सम्मानित।

अविभाजित कम्युनिष्ट अान्दाेलनकालखण्डमा पूर्वाञ्चल क्षेत्रका एक जब्बर खम्बा रहेका कृष्ण कम्युनिष्ट राजनीतिमा उच्च स्थान हाँसिल गर्दैजाँदा पनि सदा संयमित, सन्तुलित एवम् विवेकशील पात्र रहे, बिराटनगरवासी केदारप्रसाद उपाध्याय जस्तै। यस्ताे विरल गुणवेत्ता थिए, मेरा मित्र। उनकाे व्यक्तित्त्वकाे अर्काे अाकर्षक पक्ष उनकाे मधुर मुस्कान थियाे। मुटुका बिरामी कृष्ण अावश्यक अाैषधाेपचारकाे सिलसिलामा काठमाडौं अाँउदा उनी मसँग नभेटी जाँदैनथ्ये।

कम्युनिष्ट राजनीति अनेक गुट- उपगुटमा अत्यन्त पूर्वाग्रही रही कार्यरत् रँदा पनि कृष्णले अाफ्ना सहृदयी गुण कहिल्यै गुमाएनन्, बरु अरु परिष्कृतरूपले कायम राखे। पछि अाफ्नाे पार्टीगत निर्णय बमाेजिम Nepal Afro- Asian Solidarity Organisation का महासचिव भई काम गर्दा उनकाे सदाशयताबाट उनकै पार्टीका घनघाेरविराेधी रहेका अनेक नेताका सन्तान वा सम्बन्धीहरु पनि साेभियत संघका सम्बन्धित संस्थाहरुका भातृत्व सहयाेगबाट प्राप्त उच्च शिक्षाकाे छात्रवृत्तिसहित नि:शुल्क वसाेबासकाे लाभ उठाउन वञ्चित रहेनन्।

पछि राजनीति अरु तितरवितर हुँदा अाहत कृष्ण अाफ्नै राजनीतिक मान्यतामा रहेर अाफ्नाे प्रियनगरीमै बसी यथाशक्य साहित्यिक तथा सामाजिक कार्यकलापमा संलग्न हुन छाडेनन्, कृतज्ञ संघसंस्था र व्यक्तिहरुले पनि उनकाे समुचित मानसम्मान गरिरहन चुकेनन्। याे हाम्राे अदूषित , अप्रदूषित सामाजिक सँस्कारकाे उज्वल परम्परा हाे।

श्रवण शक्तिबाट प्राय पूरै वञ्चित हुँदा पनि उनी मलाई सुस्वथ्यताकाे अाफ्नाे शुभकामना दिन चुक्दैनथ्ये। म अाफ्ना कुरा भाउजूमार्फत राख्दथ्येँ । यता निक‌ै‌ समय भएकाे थियाे यस्ताे अादानप्रदान नभएकाे। हिजाे अचानक यस्ताे दुखद खबर पाएँ । एउटा युगकाे मैत्रीकथा अचानक टुट्याे, खाली सम्झनामात्र , अब त अलविदा मित्र, विदा कृष्ण मात्र भन्न बाँकी रहने गरी।

कृष्णकाे अन्तिम यात्रामा पूरै नगर सहभागी भएकाे र सामाजिक संघसंस्था तथा मिडियाले समुचित श्रद्धाञ्जली दिएकाे सुन्दा मन अाभारले भरिलाे भयाे।

तिमी जहाँ छाै, त्यहाँ तिम्राे अात्मालाई चिरशान्ति प्राप्त हाेस् भन्दै अब म पनि जय नेपालकाे अभिवादनद्वारा याे अन्तिम विदाईपत्र यहीँ टुुङ्ग्याउँद छु।

Facebook Comments