जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नर्सको धर्म निर्वाह गर्नबाट रत्तिभर बिचलित नहोऔं
पेशाले नर्स भएकोले यो पेशाको धर्म निभाउनु मेरो पनि धर्म हुन आउँछ । अझ मानवता माथि नै ठूलो हमाला भइरहेका बेला आफ्नो धर्म निमाउनु मेरा लागि सबैभन्दा महत्वको विषय हो । अहिले जताततै विश्वव्यापी कोलाहल मच्ची रहेको छ कोरोना महामारीले गर्दा । चाहेर पनि एक क्षण आरामले बस्न सकिरहेको छैन। कोरोनाले राज्य नै थिलथीलो हुने गरी चारै तर्फबाट आक्रमण गरिरहेको रहेको छ। के पक्ष, के विपक्ष, के चिकित्सक, के वकिल, के शिक्षक, के पत्रकार, के अभिभावक सबैको दिमागमा उल्टो समयको सुई घुम्न लागेको छ, त्रास, शंका, उपशंका आदिको कालो बादल घुम्न लागेको छ ।
अहिले सीमा नाका वीरगञ्ज, विराटनगर र नेपालगन्ज लगायत त्यस आसपासका क्षेत्रहरूमा कोरोनाको व्यापक संक्रमण फैलिएर स्तब्ध बनाएको छ र यसको असर काठमाडौंमा पनि छाएको छ।
वनमा डढेलो लगाउन एउटा सलाईको काँटी नै यथेष्ट हुन्छ । त्यसैले कसैलाई पनि, कुनै क्षेत्रलाई पनि नजरअन्दाज गरिनु हुन्न। आम कठिनाईबीचमा पनि नर्सिङ शिक्षा क्रियाशील छ, आफ्नो नै पूर्ण सक्रियता र सिर्जनाशील कोसिसबाट धेरै कलेजहरुमा नर्सिङ शिक्षकहरुले जुमबाट क्लास लिएका छन् तर निजी संस्थाहरुले तलब दिएका छैनन् । तर नर्सिङ परिषद् मौन किन ? शिक्षा मन्त्रालय मौन किन ? के धर्म हो?
महानगरपालिकाका मेयर, सभासद् लगायत, सेवा प्रदायक अस्पतालका स्वास्थ्यकर्मी चिकित्सक, नर्स, पारामेंडिक र प्रशासनिक कर्मचारीहरु संक्रमित भएका छन् । प्रहरीहरु, सवारी चालकहरु लगायत मालपोत, कर कार्यालय आदीका कर्मचारीहरु, जहाँ सेवाग्राहीको भीड लाग्ने गर्दछन् ,संक्रमित भएका खबर दिनैदिनै बढी रहेका छन् । त्यस्तै आम समुदायमा समेत कोरोना संक्रमण शुरु भएको छ।
यसले अभूतपूर्वक राष्ट्रिय चिन्ता र तनाव पैदा गरिएको छ। सीमा नाकामा यसरी कोरोना फैलिनुको कारण छिमेकी राज्यबाट धेरै मात्रामा बिना चेकजाँच मानिस भित्रिनु नै हो। पीसीआर टेस्ट नगरी, क्वारेन्टाइनमा नराखी मानिस भित्रिन बिलकुलै दिनु हुन्न। सीमानाका पूर्ण बन्द गरिनु अत्यावश्यक भएको छ ।
कारण कोरोना महामारी र यसले पारेको असरको बढी त्रासले आज घरी अमेरिका, घरी जर्मनी, घरी अन्य विकसित देशहरुमा समेत आन्तरिक विवाद चुलिएको छ। हाम्रो देश पनि यसबाट अछुतो रहन सक्दैन र सकेको पनि छैन। राज्यको स्वास्थ्य सेवा प्रणाली दह्रो भएका मुलुकलाई त यो कोरोनाले क्षतविक्षत बनाई दिएको छ भने हाम्रो जस्तो मुलुकलाई झन बढी आहत पार्ने नै भयो । घरी पार्टीभित्रको आन्तररिक विवाद, घरी सीमाना मिचेको विवाद त घरी दलीय स्वार्थको विवादले गर्दा जुन गतिले यो कोरोना व्यवस्थापन तथा रोकथाममा भूमिका निभाउनु पर्ने हो त्यो हुन सकेको छैन।
कुरा आउँछ धर्म निभाउने भनेको के हो ? उत्तर सहज छ– उत्तरदायित्व बहन गर्नु र त्यो अनुरूप आफुलाई सक्रिय पार्दै सबैलाई समेटेर अगाडि बढ्नु हो । अरु उपाय छँदैछैन यस बाहेक। यो मेरो बुझाई हो, यसमा सबै सहमत हुनुहोला वा नहोला, सबैको व्यक्तिगत स्वतन्त्रता हो। नर्स भएको नाताले स्तरीय, सुरक्षित स्वास्थ्य सेवाको कुरो राख्नु, यसमा बहस चलाउनु मेरो कार्य क्षेत्र भित्र नै पर्दछ भन्ने मेरो ठम्याइ छ। अझ देशभरीको एक मात्र आधिकारिक विश्वासको नर्सिङ संगठन नेपाल नर्सिङ सङ्घको वरिष्ठ उपाध्यक्षको पदीय हैसियतले पनि यो मेरो कर्तव्य हो । नेपाल नर्सिङ सङ्घ भन्नाले काठमाडौं उपत्यका भित्रको मात्र भन्ने हुँदैहोइन, सरकारी निकायको मात्र पनि होइन र केही सिमित ब्यक्तिको खल्ती भित्रको पेवा पनि होइन । त्यसैले नर्सिङ सेवा भित्रका जुनसुकै मुद्दामा जुम मिटिङ द्वारा बहस नगराइ सुटुक्कै अरु सदस्यहरुले थाहा पाउला कि भनेर अगाडि बढ्न खोज्ने कुरा यस्तो वेलामा घातक हुन्छ ।
त्यसैले यो विषम परिस्थितिमा, सार्वजनिक सवारी साधन चल्न नसकेको अवस्था, त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा जाँदा पी सी आर टेस्ट गर्नुपर्ने अवस्था साथै त्यो टेस्ट त्यति सहज नभएको अवस्थामा केन्द्रीय समिति नर्सिङ सङ्घले जुम मीटिंगबाट सबैलाई समेट्नु पर्ने अवस्था छ। त्यो कार्य नर्सिङ सङ्घ आफैंले जुम एप किनेर एक महिना कार्यक्रम सन्चालन गरी सकेको छ, त्यसका लागि पनि मेहेनत गर्नु परेको थियो । त्यस्तै अन्य सहयोगी हातहरु विराटनगर नर्सिङ कलेज, नेपाल नर्सिङ सोसाईटी आदिका सहयोगमा सम्पूर्ण नर्सहरू, यसमा सरोकार राख्ने निकायहरू बीच छलफल चलाइएको छ। यसमा विध्न बाधाहरु नआएका होइनन्, किन जुम मीटिंग गर्नुप¥यो भनी आलोचना नगरेका पनि होइनन, काठमाडौंमा नै आउनु, एम्बुलेन्स चढेर भए पनि आउनु नभनेका पनि होइनन्।
त्यस्तै मैले व्यक्तिगत जोखिम मोलेर चलाएको कार्यक्रममा हाम्रो विमति छ, अनेक बहाना देखाएर त्यो मिटिङमा आउन भ्याउँदिन नभनेका पनि होइनन्, त्यस्तै जुममा छलफल चलाउँदा चलाउँदै नर्सको भेषमा भित्र आएर पुरै कार्यक्रम ह्याक गर्न पनि पछि नपरेका होइनन्। तर धर्म थियो, पदीय र पेशागत उत्तरदायित्व निभाउनु। त्यसैले यसलाई मैले निरन्तरता दिएको छु र दिने नै छु।
विश्व जगत कोरोनाले आक्रान्त पारेको बेला व्यक्तिगत रिस, गुट उपगुट सिर्जना गरेर असल काममा व्यवधान गरिनु हुन्न भनेर बोल्नु र लेख्नु पनि धर्म निर्वाह गर्नु नै हो। किन हो मलाई थाहा छैन–मिटिंग राखेर कति कुरा पारित गरौँ भन्दा अड्को थाप्ने गर्दछ अनि भन्ने गर्दछन्– काठमाडौं आउनुहोस् मीटिंग बसौ। जबकि कोरोनाले गर्दा यातायात चलेको छैन, उपत्यका भित्रिँदा कोरोना टेस्ट गरेर मात्र भित्रिनु पर्ने बाध्यता छ।
जिम्मेवार पेशाकर्मी तथा त्यसको नेतृत्वबाटै यस्ता असंवेदनशील गतिविधिहरु कोरोनाको महामारीका बेला देखिनु स्वाभाविक कुरा होइन । ढाँटेर, अरूलाई फसाएर आफ्नो स्वार्थपूर्ति गर्नेहरुको जमात नर्सिङमा पनि कम छैन । तर नर्सको धर्म निभाउनु नै छ त्यसैले आफ्नो धर्मप्रति दृढ रहनु ने कर्तव्य हो ।
सरकारी निकाय अहिले पनि स्वच्छ छैन, पूर्व नियोजित सोचबाट सञ्चालित छ। नर्सिङ मैत्री त छँदै छैन। नेपाल सरकारले चौथो, पाँचौं, छैठौ, सातौं आदि पदको आन्तरिक बढुवा रोकेर राखेको छ, पच्चिस वर्षसम्म एउटै पद रहेर अति ब्यवहारिक तथा दक्ष नर्सिङ जनशाक्तिले छैटौं पदबाटै अवकाश लिनु पर्दा के कस्तो बाध्यता होला । केन्द्रीय मन्त्रालयमा नर्सिङका लागि कम्तिमा पनि पाँचवटा एघारौं तहको दरबन्दी राखिनु पर्नेमा आजका दिनसम्म राखिएको छैन । नर्सिङ जनशक्ति विकास तथा प्रवद्र्धन गर्न छुट्टै विभाग तथा महाशाखा स्थापित गर्न नचाहनु, त्यस्तै निजी स्वास्थ्य संस्था र मेडिकल कलेजहरूलाई व्यवस्थित र समन्वय गर्न नसक्नु नै सरकारहरुले देखाएको नर्सिङप्रतिको पूर्वाग्रहको ज्वलन्त उदाहरण हो।
धर्म निभाउन हामी सबै मिलेर अगाडि बढ्नु पर्दछ, यसमा के निजी र सरकारी । कार्य क्षेत्र अस्पताल, समुदाय, शैक्षिक क्षेत्र भनेर विभेद गरिने नीति अवलम्बन गरिनु हुन्न।
वनमा डढेलो लगाउन एउटा सलाईको काँटी नै यथेष्ट हुन्छ । त्यसैले कसैलाई पनि, कुनै क्षेत्रलाई पनि नजरअन्दाज गरिनु हुन्न। आम कठिनाईबीचमा पनि नर्सिङ शिक्षा क्रियाशील छ, आफ्नो नै पूर्ण सक्रियता र सिर्जनाशील कोसिसबाट धेरै कलेजहरुमा नर्सिङ शिक्षकहरुले जुमबाट क्लास लिएका छन् तर निजी संस्थाहरुले तलब दिएका छैनन् । तर नर्सिङ परिषद् मौन किन ? शिक्षा मन्त्रालय मौन किन ? के धर्म हो ?
कोरोनाको महामारीले गर्दा एकल क्षेत्र हावी हुने गलत प्रवृत्तिलाई पुरै नङ्याइदिएको छ। साथै नयाँ प्रविधि अवलम्बन गर्नेतर्फ सबैको ध्यान तानेको छ । त्यसैले मैले पहिलेदेखि नै जोड दिंदै आएको कुरा हामी नर्सहरुले आफ्नो हकहितको मात्र कुरा गरेर आम मानिसहरूको स्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने मौलिक हकको जगेर्ना गर्न सक्दैनौं। बहुआयामिक तवरबाट कार्य थालनी गरिनु पर्दछ। किसान, शिक्षक, इन्जिनियर, पत्रकार लगायत सबै पक्षसंग समन्वय गरेर स्वास्थ्यको क्षेत्रमा नयाँ सोच, नयाँ अभ्यास सिर्जना गरेर कार्य थालनी गर्न सक्यौं र समाजमा सेवा पु¥याउन सक्यौं भने हाम्रो हक र अधिकारको संरक्षण र संबद्र्धनका लागि जनता स्वयं अग्रसर हुनेछन् । हाम्रो आन्दोलन भनेको आम मानिसहरूलाई सुरक्षित स्तरीय र स्वास्थ्य सेवा उपभोग गर्न आवश्यक वातवरण सिर्जना गर्नका लागि हुनु पर्दछ। त्यसैले नर्सिङ माथि गरिएको श्रम शोषणबारे अवगत गराउनु पर्दछ । अस्पतालहरू चाहे निजी हुन वा सरकारी, उनीहरुले गरेका अनियमितता बारे लेख्नु र बोल्नु पर्दछ ।
अहिलेको हामी नर्सको धर्म भनेको कोरोनाको भयबाट हाम्रो घर, समाज र देशलाई मुक्त पार्नु हो। यसलाई त्यसबेला पुरा गर्न सकिन्छ जब सम्पूर्ण नर्सहरुले आफू माथि भएको दमन, शोषण समाजिक सन्जालामा राख्नुको सट्टा नेपाल नर्सिङ सङ्घलाई लिखित रुपमा पठाउनु उपयुक्त हुन्छ । जबसम्म नर्स आफैं श्रम तथा अनेकौ शोषणबाट मुक्त पार्न सकिदैन तबसम्म स्तरीय स्वास्थ्य सेवा सम्भव छैन। तर हामी जस्तोसुकै प्रतिकुल अवस्था भएपनि आफूले सकेसम्म नर्सको धर्म निर्वाह गर्नबाट एक इन्च पनि बिचलित हुनेछैन ।