खवरदार नेताहरू ! चिताको आगोमा रोटी पोलेर नखाऊ
सन्दर्भ : नेपाल भारत सिमा बहस
आँट छ भने नजिक आउनुहोस् ! तपाईंलाई घृणाले भरिएको एउटा जल्दोबल्दो बीभत्स कहानी सुनाउँछु।
उहिले हजुरबाहरूले भन्ने गर्थे– ‘चिताको आगोमा रोटी पोलेर नखानु’। उनीहरूका विचारमा दुस्मन कै भए पनि मुर्दा जलिरहेको चिताको आगोमा खानेकुरा पकाएर खानु भनेको नीच र क्रूर दुष्कर्म हो। यो हरकत प्राकृतिक रूपमा अमानवीय, आपराधिक, अधोरी र निर्मम प्रतिशोध हो भने आध्यात्मिक रूपमा महापाप।
विडम्बना नै भनौं– भय त अन्जान बस्तु वा व्यक्तिबाट हुनुपर्ने थियो तर आफ्नै कुलभित्रका र साँध जोडिएका छिमेकीबाट भइरहेछ। भारतले नेपालमाथि गरेको चरम ज्यादतिको कुरा गर्ने हो भने संवत् २०१९ साल बैशाखदेखि असोजसम्म छ महिना जवारलाल नेहरू सरकारले र २०२७ साल पुसदेखि २०२८ साल भदौसम्म नौ महिना इन्दिरा गान्धी सरकारले नेपालमाथि नाकाबन्दी लगाए। अहिलेको नेपाली जेठो पुस्ताको मनमा भारतप्रति घृणा जगायो। २०४५ साल चैतदेखि २०४७ साल असारसम्म राजीव गान्धी सरकारले १५ महिना नेपालमाथि फेरि नाकाबन्दी लगायो। यसले अहिलेको अधवैंशे नेपाली पुस्ताको मनमा भारतप्रतिको घृणा बाक्लो बनायो। भूकम्पले जर्जर बनाएको नेपालमाथि २०७२ साल असोजदेखि फागुनसम्म छ महिना नरेन्द्र मोदी सरकारले अर्को नाकाबन्दी लगायो। अहिलेको युवा पुस्तामा उसप्रति चरम घृणा बढायो।
अहिले हामीकहाँ यस्तै क्रूर प्रवृत्ति र कुकृत्यहरू छताछुल्ल भएका छन्। छिमेकी राष्ट्र भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा राँको झोसेर नेपाल आमाको शरीरमा आगो लगाइरहेछ। यता नेपाली जनताका असली इच्छाको प्रतिनिधित्व गर्न नसक्ने समर्पणवादी नेता बाबुराम भट्टराई, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो, सरिता गिरी, विमलेन्द्र निधी, प्रदिप गिरी, अमरेश कुमार सिंह, चित्रलेखा यादव र उपेन्द्र यादवहरू नेपाल आमाको शरीरमा दनदनी लागेको त्यही आगोमा रोटी पोलेर खान पाखुरा बटार्टै बुरुक्र उफ्रिएका छन्।
सच्चा राष्ट्रवादी देखिन केही समय अघि भारतपरायण तिनै नेता तथा तिनका पार्टीहरू कुर्लिए– लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा जारी गर। उनीहरूले सोचेका थिए– विगतका सरकारझैं वर्तमान सरकार पनि लाचार छ। नयाँ नक्सा जारी गर्ने आँटै गर्दैन। त्यसपछि आफू सच्चा राष्ट्रवादी भइन्छ। तपाईं हामीले चिनेकै छौं– वास्तवमा यी राष्ट्रका लागि यस्ता खलनायक हुन, जो मौका पर्दा अप्रत्यासित ढंङ्गले पराक्रमी राष्ट्रिय नायक भएको ढोङ्ग रच्छन्।
सोचेजस्तो सधैं हुँदैन। त्यस्तै भयो। कुरा विल्कुल उल्टो भयो। भारतप्रति सधैं समर्पण र अखण्ड भक्तिको परराष्ट्र नीति लिएका विगतका सरकारहरूको ठीकविपरीत प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाली राष्ट्रियता रक्षाको सानदार शुभारम्भ ग¥यो। भारतले लामो समयदेखि हडपेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको अध्यावधिक नक्सा जारी भयो। त्यसै अनुरूप आवश्यक पर्ने संविधान संशोधन गर्न संशोधन प्रस्ताव सङ्घीय संसद्मा दर्ता गरायो।
भारतपयारण नेताहरूको मन यो अकल्पनीय आघातले विचलित भयो। त्यसपछि आत्मघाति नेताहरू सार्वजनिक रूपमा बर्बराउन थालेका छन्। समर्पणको अङ्कमालसहित उनीहरू भारतभक्तिका प्रलाप खुलेरै गाउन थालेका छन्। उनीहरूले समर्पणवादी दर्दनाक चित्कार शुरु गरे– यसो गर्नु हुँदैनथ्यो, भारत रिसाउँछ, भारतलाई नसोधी नक्सा जारी गर्नुहुन्नथ्यो, जनता असन्तुष्ट भएको बेला राष्ट्रियताको कुराको के मतलब ? यस्तै यस्तै नानाभाँति। कस्तो नीचता ! कुरा सुन्दै जो–कोही स्वाभिमानी व्यक्तिका कान रिसले रनक्क हुने। धन्य हो ! आफ्नो जन्मभूमिको माटोभन्दा प्यारो र बलियो पराइ–लगाव ।
यतिले नपुगेर लेनदेनको विनिमय दर प्रष्ट नखुलेका केही नेता जनमतले असान्दर्भिक घोषित गरिसकेका मुद्दाहरूलाई फेरि उठाउँदै छन्। उनीहरूले प्रदेशको सीमाङ्कन हेरफेर, अङ्गीकृत नागरिकतामा सहजता, सङ्घीय आयोग गठन जस्ता विषय देशको सीमा परचक्रीले हडपेको विषयसँगै जोडेर यी मुद्दामा पनि संविधान संशोधन हुनुप¥यो भनी दलाली शुरु गरेका छन्। अथावा भनौं– उनीहरू रगत र दूधलाई एकै ठाउँमा घोलेर नयाँ रङ सिर्जना गर्न तल्लीन भए र भइरहेछन्। नेपाली सार्वभौमिकताको विरुद्धमा यस्ता दुष्ट्याइँपूर्ण कर्कश ध्वनीहरू निर्लज्ज गुञ्जिन्छन् भन्ने कुरा आश्चर्यजनक पनि थिएनन्। स्वाभाविकै हो, हावामा तैरिएको जुनसुकै पातले हावा अनुसार नै आफ्नो गति तय गर्छ। स्वाधीनताको उत्साह नै नभएका हृदयहरूमा गुलामी सिवाय के नै बाँकी हुन्छ र ! नेपालका लागि राष्ट्रघातिहरू अब नवजात पनि त रहेनन्।
मालिक भक्ति बिथोलिए पछि उनीहरूको भाग्यमाथि अनिष्ट मडारियो। शायद यस्तै कुप्रवृत्तिलाई व्यक्त गर्न नेपालीमा ‘कुलङ्गार’ शब्द बनेको होला। परचक्रीका अनर्थकारी परामर्शमा रमाउँदै केही दुष्ट आत्माहरू थरिथरिका संशोधन प्रस्ताव अघि सारेर तेलमा पानी मिसाउन दत्तचित्तले कस्सिए। कुरा छर्लङ्गै छ– पानी मिसाएको तेलमा राष्ट्रियताको दियो बल्न सक्तैन। सम्प्रभुत्ताका बिरुद्धमा दुस्मनका हिंस्रक पञ्जाहरू फैलिएको बेला नै देशभक्तिको प्रकाश अधिक चम्किलो बल्ने गर्छ र बल्नुपर्छ। त्यसैले तेलमा पानी मिसाउने अघमहरू बिरुद्धको खवरदारी नेपाली नवयुवा र देशभक्तहरूको काँघमा फेरि एकपटक आएको छ। राष्ट्रघात दुस्कर्म हो भन्ने पाठ उनीहरूलाई व्यवहारबाटै पढाइ दिनुपर्ने बेला भइसकेको छ।
आफूलाई नेता तथा राजनीतिक विश्लेषक भनाउने एकथरिले कुटिल तर्क अघिसारेका छन्– ‘संसद्मा प्रस्ताव राख्न पाइन्छ’। हो पाइन्छ, तर त्यो प्रस्ताव राख्ने ढङ्ग असाधारण भयो भने त्यसको तात्पर्य खतरनाक हुन्छ। जसरी मन्दिर प्राङ्गडमा आयोजना गर्दैमा सबै कार्य पवित्र हुँदैनन्, त्यसैगरी संसद्भित्र गरिएका सबै कुरा देश र जनताका हितमा हुन्छन् नै भन्ने छैन।
राष्ट्रवादको अर्थ मातृभूमिप्रति अपार श्रद्धा र गौरव कायम गर्नु हो। देशप्रेम, देशवासी हुनुको स्वाभिमान र देशप्रतिको बलिदानी भावना असल नागरिकका शास्वत गुण हुन्। हामीले आफ्नो देशलाई माया गर्दा, देशवासी हुनुको गर्व गर्दा र देशप्रतिको बलिदानी भावना विकास गर्दा भारतबिरोधी गतिविधि देख्नेलाई भारतीय शासकका वैचारिक कमारा हुन् भनी बुझ्नुबाहेक अरू कुनै तर्क बाँकी रहँदैन।
अनि नेपाली राष्ट्रियताको कुरा गर्दा कसैले आफूबिरुद्ध ठान्छ भने हामीले बेलैमा बुझ्नुपर्छ, तिनीहरूले हाम्रो देशप्रति दुर्नियत र गिद्देदृष्टि राखेका छन्, थरिथरिका दाउपेच र छदम षड्यन्त्र गरिरहेका छन्। यस्तो परिस्थितिमा नेपाली जनता जाग्नै पर्छ। सबैभन्दा पहिला कठपुतली नेताहरूलाई सकेसम्म चर्को स्वरमा जोरदार प्रश्न गर्नुपर्छ– नेताज्यू ! नेपाली खोल ओडेर संसद्भित्र तिम्रा कुटिल स्वार्थको कोलाहल कहिलेसम्म मच्चाउँछौ ? याद गर ! अहङ्कार र स्वार्थपूर्ति गर्न अरूलाई दिइने आधातमा कडा प्रतिधात पनि लुकेको हुन्छ। देशलाई कमजोर बनाएर तिमी ठूलो नेता हुन सक्तैनौ। यस्ता सिल्ली र घामट कार्य तत्काल बन्द गर।
केही वर्षदेखि भारतीय शासकहरू नेपालभित्र मन्द विष फैलाउन भगीरथ प्रयत्न गरिरहेका छन्। राष्ट्रियताको मौलिक तत्व सामाजिक सहिष्णुता समाप्त पार्न उनीहरूले नेपाली लेण्डुप दोर्जेहरू समयक्रममा जन्माइरहेका छन्। हामीले बुझेका छौं, नदीको मर्यादा हुन्छ, किनारा हुन्छ तर बाढीको कुनै किनारा हुँदैन, मर्यादा हुँदैन। देशद्रोही र बाढीमा पूर्ण समानता छ। यिनीहरूले थोरै समयका लागि भए पनि भयानक ताण्डब र विध्वंस मच्चाउन सक्छन्। त्यसैले चित्त, भक्ति सबै अरूलाई नै तन्मयपूर्वक अर्पेका दुराचारीसँग जनता सदा चनाखो रहनुपर्छ, खबरदारी गर्नुपर्छ।
बुझ्झकीहरूले भन्थे– जुवाडेले पैसाको बाजी लगाउँछ, प्रेमीले दिलको बाजी लगाउँछ, सिपाहीँले ज्यानको बाजी लगाउँछ र, एउटा देशद्रोहीले राष्ट्रियता नै बाजी लगाउँछ। अहिले राष्ट्रियतालाई बाजी लगाउन केही निर्लज्ज नेताहरू कस्सिएर लागेका छन्। निकृष्ठता नै देशद्रोहीहरूको सम्पूर्ण शक्ति हो।
राष्ट्रियताको लडाइँ निकै निर्मम हुनेगर्छ। राष्ट्रियताबिरुद्धको अपराध गर्न पटकपटक छुट पाएर अझ अधोपतनतर्फ लागेका नेताहरूलाई अब दण्ड अनिवार्य छ। यो संसारमा निकृष्ठताभन्दा अधिक सामर्थवान् अरू कैयन चिजहरू छन् भन्ने नाङ्गो ज्ञान राष्ट्रघातिहरूलाई सार्वजनिक रूपमै दिनु जरुरी भइसकेको छ। खराब लालसाका पछिलागेका राष्ट्रघातिबिरुद्ध नेपालीहरूले कडा प्रतिवाद गर्नैपर्छ। नेपाली जनता यिनका दुर्बुद्धिको अन्त्यष्टी छिटै गर्न तम्तयार रहनुपर्छ।
विडम्बना नै भनौं– भय त अन्जान बस्तु वा व्यक्तिबाट हुनुपर्ने थियो तर आफ्नै कुलभित्रका र साँध जोडिएका छिमेकीबाट भइरहेछ। भारतले नेपालमाथि गरेको चरम ज्यादतिको कुरा गर्ने हो भने संवत् २०१९ साल बैशाखदेखि असोजसम्म छ महिना जवारलाल नेहरू सरकारले र २०२७ साल पुसदेखि २०२८ साल भदौसम्म नौ महिना इन्दिरा गान्धी सरकारले नेपालमाथि नाकाबन्दी लगाए। अहिलेको नेपाली जेठो पुस्ताको मनमा भारतप्रति घृणा जगायो। २०४५ साल चैतदेखि २०४७ साल असारसम्म राजीव गान्धी सरकारले १५ महिना नेपालमाथि फेरि नाकाबन्दी लगायो। यसले अहिलेको अधवैंशे नेपाली पुस्ताको मनमा भारतप्रतिको घृणा बाक्लो बनायो।
नेपालले दिलभरि क्रोधका निसानाहरू दबाएर भारतसँग पटकपटक मित्रताको हात बढाएका प्रशस्त उदाहरण छन्। यसका विपरीत भारतले आफ्नो अहङ्कार कहिल्यै छोडेको छैन। तर खुसीको कुरा नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि इतिहासले एउटा अपरिहार्य मार्ग तय गरिसकेको छ। शक्ति शस्त्रमा होइन, मनोबलमा हुन्छ। सही अडान, धैर्य, साहस र निष्ठा विजयका शक्तिशाली आधार हुन्। तसर्थ, सरकार नअत्तालिई सबैखाले पहल गर्न क्रियाशील रहनुपर्छ। जनस्तरमा समेत भीषण राष्ट्रिय एकता र सङ्कल्पबद्ध सक्रियता प्रदर्शन गर्नुपर्छ।
भूकम्पले जर्जर बनाएको नेपालमाथि २०७२ साल असोजदेखि फागुनसम्म छ महिना नरेन्द्र मोदी सरकारले अर्को नाकाबन्दी लगायो। अहिलेको युवा पुस्तामा उसप्रति चरम घृणा बढायो। विगतमा सुस्ता, महेशपुर अतिक्रमणका घटना त छँदै थिए, अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा खुलमखुला हडप्ने दुस्साह नरेन्द्र मोदी सरकारले ग¥यो। सबै नेपालीका मनमा घृणा र आक्रोश झनझन बाक्लो भइरहेको छ। भारतले बेलैमा बुझे हुन्छ– अपमान कहिल्यै विगत हुँदैन। यो सधैं चक्रवर्ती हिसाबले एकमुष्ट भएर वर्तमानमा मडारिइरहन्छ।
समयले आह्वान गरिरहेछ– देश लुट्नेहरूसँग साँठगाँठ गर्नेहरू हो ! लोभ र अहङ्कारले भ्रमित भएका तिम्रा बुद्धि बेलैमा सच्याएनौ भने समयको कालचक्रमा पेलिएर घुलोपिठ्ठो हुनेछौ। तुच्छ निजी आवश्यकताका लागि परचक्रीका गुलाम बन्ने कायरहरू केवल पशुतुल्य जीवन बाँच्छन् भन्ने कुराको साक्षी इतिहास छ। घर जलाएर अन्त आनन्द नखोज। राष्ट्रियताको उपहास तिम्रै लागि धेरै महँगो हुनेछ। तिम्रो धुत्र्याइँ नै तिम्रो सर्वनासको करण बनेर आएका दिन के होला? बेलैमा सोच।
नेपालले दिलभरि क्रोधका निसानाहरू दबाएर भारतसँग पटकपटक मित्रताको हात बढाएका प्रशस्त उदाहरण छन्। यसका विपरीत भारतले आफ्नो अहङ्कार कहिल्यै छोडेको छैन। तर खुसीको कुरा नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि इतिहासले एउटा अपरिहार्य मार्ग तय गरिसकेको छ। शक्ति शस्त्रमा होइन, मनोबलमा हुन्छ। सही अडान, धैर्य, साहस र निष्ठा विजयका शक्तिशाली आधार हुन्। तसर्थ, सरकार नअत्तालिई सबैखाले पहल गर्न क्रियाशील रहनुपर्छ। जनस्तरमा समेत भीषण राष्ट्रिय एकता र सङ्कल्पबद्ध सक्रियता प्रदर्शन गर्नुपर्छ।
देशका लागि लडेर मर्न नडराउनु नेपालीहरूको खानदानी संस्कार हो। सबै मिलेर भीष्म प्रतिज्ञा गरौं– आफ्नो सुन्दर र प्यारो मातृभूमि नेपालमाथि परचक्रीको क्रूर पञ्जा त के त्यसको छायाँसम्म पनि पर्न दिने छैनौं। फेरि एकपटक याद गरौं– नेपाली गौरव उचाल्न ज्यानको बाजी लगाउनु नेपालीको पुख्र्यौंली प्रण र सनातनी सङ्कल्प हो।