राहतमा उत्पातै उत्पात
कोरोना महामारीले दैनिक ज्यालादारी र मजदुरी गरी जीवन गुजारा चलाउन धौधौ पर्नेहरुका सरकारले राहतको प्याकेज शुरु ग¥यो । यही प्याकेज अनुसार बन्दाबन्दीमा गरिव विपन्न परिवारलाई चुल्हो चौका बाल्न सहज होस् भनेर केन्द्रीय सरकारले स्थानीय सरकारको मातहतमा एकद्धार प्रणाली अपनाई राहत वितरण गर्ने फैसला सुनायो । तर आज हाम्रा तराई मधेशमा गरिव विपन्न परिवारको चुल्हो बाल्ने कता हो कता जो हुने खाने दैनिक दुध र माछा मासुबाट चुलो जमाउनेहरुको घर परिवारमा भएकाहरुले प्रति व्यक्तिका दरले राहत पेल्टामा परेका छन् ।
राहत वितरण शुरु भएपछि लहान नगरपालिकाका शहरीया वासिन्दाहरुमा पनि लोभ जाग्यो । उनीहरुले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमाथि विभिन्न अफवाह फैलाउन शुरु गरे । लहान नगरपालिकाको वडा नं. ५ र २४ मा राहत वितरण गरेको चामल खाँदा झाडा पाखाला लागेको, चामल गन्हाउने, सडेको जस्ता भ्रमक कुराहरु पत्रपत्रिकामा प्रकाशित गराए । लहानदेखि देशकैे विभिन्न भागमा यस्तो चर्चा फैलाइयो । केहीलाई त राहतले अर्को ठूलो महामारी नै फैलाएको भ्रम भयो ।
यसका लागि उनीहरुले नयाँ तरिका अपनाएका छन् । अशिक्षा र गरिवीमा क्षमताको विकास नभएको र दैनिक ज्यालादारी र मजदुरी गरी घर परिवार चलाउनेहरुमाझ विभिन्न अफवाह फैलाइ रहेका छन् । यसले दुइवटा कार्य गरिरहेको छ, एउटा वास्तविक गरिवहरुलाई राहत लिनबाट बञ्चित गरेका छन् भने अर्को तर्फ संकटका बेला ज्यानको बाजी थापेर राहत वितवरणमा खटेका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बद्नाम र हतोत्साहित गरेको छ । अर्कोतर्फ नगरपालिका र गाउँपालिकाका वाडाहरुमा जुन राजनीतिक दल र जातले प्रतिनित्व गरेका छन् त्यहाँ तिनै जात र पार्टीको बोलबालामा राहतमा वितरण भइरहेको छ । सिरहा र सप्तरी जिल्लाका केही नगरपालिका र गाउँ पालिकाका राहत वितवरणको अवस्थाको अध्ययन पछि यो सामग्री तयार पारिएको छ
चौविस वटा वडा रहेको लहान नगरपालिकाले ८ हजार १४ गरिव तथा विपन्न घरवरिवारलाई राहत वितरण गर्ने र त्यसमा पनि हुने खाने मूख्य पाँच जातलाई कम प्रथमिकता दिई मुसहर, चमार, दुसाद, पासमान, डोम जातीलाई विशेष प्राथमिकतामा राखी नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड लहानबाट अरवा मन्सुली एक साल पुरानो चामल, थोरै चामलमा धेरै भात हुने चामल वितरण गरिएको छ ।
राहत वितरण शुरु भएपछि लहान नगरपालिकाका शहरीया वासिन्दाहरुमा पनि लोभ जाग्यो । उनीहरुले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमाथि विभिन्न अफवाह फैलाउन शुरु गरे । लहान नगरपालिकाको वडा नं. ५ र २४ मा राहत वितरण गरेको चामल खाँदा झाडा पाखाला लागेको, चामल गन्हाउने, सडेको जस्ता भ्रमक कुराहरु पत्रपत्रिकामा प्रकाशित गराए । लहानदेखि देशकैे विभिन्न भागमा यस्तो चर्चा फैलाइयो । केहीलाई त राहतले अर्को ठूलो महामारी नै फैलाएको भ्रम भयो ।
यस्तो कुरा सुनेपछि राहत लिने परिवारहरु भने चकित भए, उनीहरु भन्छन्– “राहतले हामीलाई ठूलै राहत दिएको छ । हामी कसैलाई पनि यो खाद्यान्नले झाडा पखाला लागेको छैन, चामल पनि मीठो छ, राम्रो छ । थोरौ चामलले पनि भात धेरै हुने हुँदा हामीलाई त यसले सोचेभन्दा धेरै दिन पुग्ने भएको छ ।”
यस्तो संकटका वेलामा पनि मानवीय सहयोग र संवेदनामाथि किन खेलबाड गरिन्छ भन्ने प्रश्न अहिले सिराहमा चर्चाको विषय बनेको छ । गरीवलाई भजाएर आफू दुनो सोझ्याउने तथाकथित टाठावाठाहरुको यो हर्कत देखेर जनता भने आजित छन् । यहाँ पत्रपत्रिकामा प्रकासित सामग्रीले राहत वितवरणमा केही भ्रम त छरेको छ र तर यहाँ यस घटनाले पत्रपत्रिकाहरुले भएको कुरा लेख्छन् भन्ने भ्रम चाहिँ हटेको छ । स्थानीय विपन्नहरुको निचोड छ– पत्रपत्रिकाले पनि गरिव र निमुखाहरुको पेटमा लात मार्दो रहेछ ।
नेपाल सरकारले एकद्धार प्रणालीबाट स्थानीय निकाय मार्फत राहत वितरण गर्न दिएको निर्देशनको वेवास्ता गरी विभिन्न राजनैतिक दलका जिम्मेवार व्यक्तिहरु व्यक्तिगत रुपमै राहत बाढ्न तम्सेर अघि बढेका छन् । त्यो राहत आफूखुसी आफ्ना समर्थकलाई छानी छानी बाड्ने गरेका छन् । यस्तो कार्यप्रति स्थानीय निकाय र प्रशासन पनि चुप लागेर बसेको छ । पछिल्लो चरणमा कमचारी मौत वस्दा वा मिलेमतोमा सहभागी हुँदा एक जानाले दुई तीन पटकसम्म पनि राहत लिएका छन् भने कसैको हात रित्तै रहेको छ ।
राहतबाट कोही आहत भएका छन्, कोही मरमाहत भइरहेका छन् । तर केही कमाउ धन्दा गर्न नपाएकोमा घरमै बसेर फेसबुक र टुईटरमा रिस पोख्दै मुरमुर्रिएर बसेका छन् । राहत वितरणमा सिरहा जिल्लाको सखुवा नन्कारकट्टी गाउँपालिकाको सन्दर्भमा पनि अनौठा अवस्था पाइएको छ ।
सखुवा नन्कारकट्टी गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरी साँझ विहानको जोहो गर्ने तीन हजार गरिव तथा विपन्न परिवारका लागि १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, नुहाने र कपडा धुने सावुन, सेनीटाइजर, दुई केजी चिनी राहत वितरण गरेको छ । आफूलाई टाठावाठा भनाउनेहरु राहत कुम्ल्याउन नपाएको रिसमा गरिव तथा विपन्न परिवारहरुको पेटमा लात मार्न विभिन्न किसिमका ताना बाना बुन्न थालेका छन् ।
सिरहा जिल्लाका गाउँ पालिका र नगरपालिकाहरुमा सबैतिर करिव करिव यस्तै अवस्था छ । दुख कष्टका वेलामा पनि यसरी लुछाचुडी गर्ने संस्कार हामीमा कसरी पलायो यो अचम्मको विषय बनेको छ । यहाँ राहत दिँदा पनि उत्पात, नदिँदा पनि उत्पात अर्थत उत्पातै उत्पात मात्रै चलिहरेको छ ।
गरिव निमुखालाई जीवन गुजाराका लागि नेपाल सरकारले स्थानीय निकाय मार्फत राहत वितरण गरी सहयोग गरिहेको अवस्थामा सखुवा नन्कारकट्टी गाउँपालिकाका गाउँपालिका अध्यक्षले आधा राहत खाएर तपाईहरुलाई आधा मात्रै दिएको छ, तौल कम छ, त्यसैले तपाईहरु यो राहत नलिनु र बहिस्कार गर्नु, नारा जुलुस गर्नु भनेर पाठ समेत पढाएका छन् । यही लहैलहैमा लागर विपन्न घरपरिवारहरुका केही व्यक्तिहरु राहतलाई बहिस्कार गरी घर फर्केका छन् । जसले गर्दा ती विपन्न परिवारलाई भोकै बस्न बाध्य पारिएको छ ।
सिरहा जिल्लाका गाउँ पालिका र नगरपालिकाहरुमा सबैतिर करिव करिव यस्तै अवस्था छ । दुख कष्टका वेलामा पनि यसरी लुछाचुडी गर्ने संस्कार हामीमा कसरी पलायो यो अचम्मको विषय बनेको छ । यहाँ राहत दिँदा पनि उत्पात, नदिँदा पनि उत्पात अर्थत उत्पातै उत्पात मात्रै चलिहरेको छ ।