परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कमजोर संसारका केही दरिला प्रमाण

परिवर्तनका तरङ्गहरु

केही महिनाअघि मैले यसै अनलाइनमा एउटा लेख लेखेको थिएँ, बर्तमान विश्व ब्यवस्थाका बिषयमा । कति टिक्ला र यो व्यवस्था खै ? शीर्षकको त्यो लेखमा प्राप्त प्रतिक्रियाले म उत्साही भएको थिएँ । यो लेखलाई त्यसैको अर्को भाग वा निरन्तरताका रुपमा यो लेख यहाँ प्रस्तुत गरेको छु ।

सबैलाई थाहा छ, अहिलेको विश्व ब्यवस्थाको स्वामित्व लिइहाल्न खोज्ने एक मात्र देश खोज्नुपर्यो भने अमेरिकाको नाम लिइन्छ । र, गर्वका साथ अमेरिकाले पनि विश्व ब्यवस्थाको बर्तमान प्रणालीकै वकालत गर्छ । यही अमेरिकामा एउटा नौ बर्षअघि र अर्को करिब ३२ बर्षअघि भएका दुईवटा अलग अनुहारका तर सारमा एउटै घटनाबारे बुझ्न जरुरी हुन्छ ।

पहिला पछिल्लो घटना अर्थात् सन् २०११ म भएको असफल तर मानव जीवनका लागि नै महत्वपूर्ण एउटा घटनाबाट चर्चा शुरु गरौं । न्युयोर्कको एउटा सानो गल्लीबाट आर्थिक केन्द्र बनेको वाल स्ट्रीट भन्ने ठाउँमा अनौठो आन्दोलन आरम्भ भयो । केही दिनमै यस आन्दोलनले विश्वको ध्यान आफूतिर खिच्यो । वाल स्ट्रीट कब्जा गरौं नामको यो आन्दोलनमा सहभागी हज्जारौं ब्यक्तिले अमेरिकी समाजमा आम्दानीमा बढ्दै गरेको असमान बितरणप्रति आफ्नो असहमति देखाए । बढ्दो बेरोजगारीका बिरुद्ध आरम्भ भएको यो आन्दोलन केही पछि विश्व ब्यवस्था अर्थात् पुँजीवादका बिरुद्ध खडा भयो । करिब एक प्रतिशत मान्छेमा देशको नब्बे प्रतिशतभन्दा बढी सम्पत्ती र स्रोत हुनु न्यायोचित नभएको भन्दै अमेरिकामा आन्दोलन शुरु हुनु आफैंमा विश्वका लागि अनौठो बिषय थियो । आन्दोलनमा सहभागी हुनेहरुको त कुरै छाडौं, नहुनेहरुको मुखमा पनि एउटा आँकडा झुण्डिन पुग्यो । त्यो थियो– एकका बिरुद्ध उनान्सय । अर्थात् एक प्रतिशत धनीका बिरुद्ध उनान्सय प्रतिशत गरिब । केही दिनपछि यो आन्दोलन अन्य अमेरिकी शहरमा पनि फैलिएपछि बल्ल यो बिषयलाई अमेरिकी प्रशासनले गम्भीरताका साथ लियो र अनेक उपाय लगाएर दमन गर्यो ।

निश्चित वर्ग र समुदायले लाभको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको भन्दै हजारौं युवा सडकमा आएर आफ्नो असन्तुष्टि पोखे । आन्दोलनकारीहरुले मुलुकका चार सय भन्दा कम परिवारको स्वामित्वमा देशको पचास प्रतिशत सम्पत्ती रहेको बिषय पनि निकै जोडदार ढंगले उठाए । राजनीतिक पार्टी, मिडिया र बौद्धिक समुदायले बर्तमान ब्यवस्थाको चक्रब्युहका कारण अभियानमा खासै साथ दिन सकेनन् । तर, त्यसको पनि मुद्दागत फाइदा भयो उनीहरुलाई । किनकि यो ब्यवस्था रहेसम्म हामीलाई कसैले सहयोग गर्दैनन् भन्ने कुरामा पनि आन्दोलनकारीहरु प्रष्ट भए । सडकमै तिनको लाचारीका बिरुद्ध पनि नारा तय गरिए । हामी ९९ प्रतिशत छौं भन्दै एकपछि अर्को नारा निकाल्दै सडक घन्काउने यी आन्दोलनकारीको आन्दोलन असफल पारिए पनि त्यसले केही गम्भीर सन्देश दिएर आजका मानवलाई ठूलो गुन लगाएको छ ।

निश्चित वर्ग र समुदायले लाभको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको भन्दै हजारौं युवा सडकमा आएर आफ्नो असन्तुष्टि पोखे । आन्दोलनकारीहरुले मुलुकका चार सय भन्दा कम परिवारको स्वामित्वमा देशको पचास प्रतिशत सम्पत्ती रहेको बिषय पनि निकै जोडदार ढंगले उठाए । राजनीतिक पार्टी, मिडिया र बौद्धिक समुदायले बर्तमान ब्यवस्थाको चक्रब्युहका कारण अभियानमा खासै साथ दिन सकेनन् । तर, त्यसको पनि मुद्दागत फाइदा भयो उनीहरुलाई । किनकि यो ब्यवस्था रहेसम्म हामीलाई कसैले सहयोग गर्दैनन् भन्ने कुरामा पनि आन्दोलनकारीहरु प्रष्ट भए । सडकमै तिनको लाचारीका बिरुद्ध पनि नारा तय गरिए । हामी ९९ प्रतिशत छौं भन्दै एकपछि अर्को नारा निकाल्दै सडक घन्काउने यी आन्दोलनकारीको आन्दोलन असफल पारिए पनि त्यसले केही गम्भीर सन्देश दिएर आजका मानवलाई ठूलो गुन लगाएको छ ।

अर्कोतिर यो आन्दोलनको गर्भसँग जोडिएको एउटा सानो इतिहास पनि गजब छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीका माइक्रो बायोलोजीका प्राध्यापक फ्रांक केनरले पुँजीवादी ब्यवस्था र होडबाजीका कारण आगामी एक शताब्दीमै मानव जातिका लागि पृथ्वी बस्न अयोग्य हुने भविष्यवाणी गरेका थिए, सन् २०१० मा । उनको यो चेतावनीका बिषयमा आरम्भ भएको सामान्य छलफलले आन्दोलनको भ्रुणको काम गरेको थियो । अमेरिकाजस्तो ठाउँमा विश्व पर्यावरण र विश्वब्यवस्था बिरुद्ध एकैपटक आरम्भ भएको यो असफल आन्दोलनले मानव जातिलाई दिएका केही सन्देश छन् ।

दार्शनिक अरस्तुले भनेझैं क्रान्ति सानो चीज होइन तर सानो चीजबाट निस्कन्छ । एकातिर विश्वभर पुँजीवादको निर्यात गरेर टिकेको अमेरिकामा नै आन्दोलन हुनु नै गम्भीर बिषय र क्रान्तिकारी घटना हो । त्यहाँको माटोबाटै आन्दोलन आरम्भ हुँदा विश्वमा पर्ने असर निकै शक्तिशाली हुन्थ्यो र हुन्छ । अर्कोतिर वाल स्ट्रीट कब्जा आन्दोलन थप केही समय मात्र टिकेको भए अमेरिकी ब्यवस्था संकटमा पर्न सक्थ्यो ।

संसारका मान्छे अहिले सुतेका मात्र हुन्, मरेका हैनन् भन्ने सन्देश पनि यो आन्दोलनसँगै स्थापित भएको छ । अर्कोतिर आजको मानव सभ्यता कुनै पनि दिन आफ्नै कारणले दुर्घटनामा पर्ने सम्भावना पछिल्ला मानवीय गतिबिधिले झन् बढाउँदैछ । यो त्राशको मात्रा दैनिक बढ्दो छ र विश्वका सात अरब ५३ करोड मान्छेसँग यस धर्तीको विकल्प पनि छैन । यसर्थ यही धर्तीलाई कम क्षती गर्दै उपयोग गर्ने ब्यवस्था ल्याउनु जरुरी छ, जुन पुँजीवादमा सम्भव छैन । यो चेतना विश्वभरका मान्छेले कतै न कतै बुझेर बसेका छन् भन्ने सन्देश पनि यो असफल आन्दोलनसँगै स्थापित भएको छ ।

अघिल्लो शताब्दीमा विश्वकै चर्चित् ब्यक्ति भारतीय दार्शनिक ओशो अर्थात् आचार्य रजनीशको प्रभाव बढिरहेको समयमा कट्टर हिन्दू समूहले उनको हत्या प्रयास गरेको थियो । आश्रमका चेलाहरुको सक्रियताका कारण उनको ज्यान जोगियो र उनी विश्वभर प्रवचन दिँदै मान्छेलाई वास्तविक जीवन बाँच्न सिकाउँदै हिँडे । तर, स्वदेशमा गरिएको हत्या प्रयासमा बाँचे पनि उनले स्वाभाविक मृत्यु भोग्न पाएनन् । अमेरिकामा गिरफ्तार गरेर खानापानीमा ‘थिलियम बिष मिसाएर दिइएपछि भारत फर्किएका’ उनले सन् १९९० मा प्राण त्यागे । स्वयम् भारत राज्य नै उनका गतिबिधिप्रति असन्तुष्ट रहेको समयमा जीवनको अन्तिम क्षणमा उनी नेपाल बस्न चाहन्थे । तर अमेरिकी दबावका कारण उनलाई नेपाल बस्न पनि दिइएन । बिभिन्न २१ मुलुकले त उनलाई आफ्नो देशमा पस्न नै प्रतिबन्ध लगाएका थिए । एउटा हिन्दु सन्यासीमा के थियो त त्यत्रो तागत ? यो बिषयको जवाफ चाहीँ उनका समर्थक या अनुयायी मात्र नभएर बिरोधीले पनि सम्मान गर्नुपर्ने किसिमको छ ।

विश्वभरका आम मान्छेको असन्तुष्टि र असहमतिपछि बर्तमान विश्व ब्यवस्था अझ मजबुत बनाइँदैछ तर, केवल बाहिरी रुपमा । आम मान्छेलाई आनन्द र सुख कहाँ छ ? कामका आधारमा अवसर कहाँ छन् ? वामपन्थीहरुले नारा लगाएजस्तो मुक्ति त छैन नै, दया र परोपकार पनि छैन । एक आधिकारिक आकडा अनुसार विश्वमा अहिले दैनिक करिब १ लाख ५० हजार मानिसले मृत्युवरण गर्ने गरेकोमा करिब ३० हजार ब्यक्ति पोषणयुक्त खाना नपाएर ज्यान गुमाउँछन् । अर्थात् अहिले संसारमा मृत्युवरण गर्ने ब्यक्तिमध्ये बीस प्रतिशत मानिस पोषिलो खाना खान नपाएर नै ज्यान गुमाइरहेका छन् । अर्कोतिर स्रोत, साधन र सम्पत्तिको दुरुपयोगको होडबाजी लाजमर्दो छ ।

आशोको दर्शनको सार सम्भोग हुँदै समाधिमा पुग्न सकिने थियो । ध्यानबाट सम्भोगभन्दा बढी आनन्द लिँदै मोक्षको बाटोमा पुग्न उनले विश्वभरका मान्छेलाई प्रेरित गरेका थिए । पूरै जीवनलाई नै उत्सवका रुपमा मनाउन सिकाउने उनी भौतिकताले दिक्क भएका पश्चिमाका लागि आकर्षक गुरु बने । अमेरिकामा पनि त्यहाँका स्थानीय युवाहरु उनको प्रवचन र दर्शनमा लठ्ठिए । उनका चेलाहरुको अगुवाईमा ओरेगन भन्ने ठाउँमा ६४ हजार हेक्टर क्षेत्रफलमा रजनीशपुरम नामको जोगीहरुको शहर बनाइयो । ख्रीष्टियन जगको अमेरिकालाई विश्वभरका धर्म र दर्शनको सार बाँडेर परम्परागत धर्मको बिरोध गर्ने रजनीशको अभियान पाच्य भएन । केवल एक ब्यक्तिले ध्वस्त पार्न लागेको धार्मिकताको जग बँचाउनका लागि अमेरिकी प्रशासन र चर्चका पादरीहरु एकजुट भए । सोझो रुपमा चाहीँ हजारौं युवालाई भड्काएर काममा जानबाट रोकेको आरोप उनीमाथि लगाइएको थियो । स्थानीय उद्योगपति, प्रहरी, प्रशासनलगायतले उनलाई अमेरिका छाड्न चेतावनी दिइरहे । उनीप्रतिको आकर्षण हेर्दा यस्तो लाग्थ्यो, उनी केही बर्ष अमेरिका बसिरहेमा त्यहाँको समाज पूरै रजनीशभक्त बन्नेछ । उनीप्रतिको आकर्षण हेर्दा साँच्चै अमेरिकाको पुँजीवादी ब्यवस्था र धार्मिकताको जगमा बसेको समाजको मानसिकता फेरिदिन उनी एक्लै काफी थिए झैं लाग्छ । अधिकारीहरुले दिएको देश छाड्ने चेतावनी पछि पनि उनी चेलाहरुको दबावका कारण अमेरिकामै बसिरहेपछि अन्ततः उनलाई बिभिन्न आरोप लगाएर गिरफ्तार गरिएको थियो । बयानका लागि भन्दै थुनामा राखिएको समयमा उनलाई थिलियम खुवाइयो । यो एक प्रकारको मन्द बिष थियो जसले मान्छेलाई तत्कालै नमारेर बिस्तारै कमजोर पाथ्र्यो । उनी यो कुराको आभाष भएपछि स्वदेश फर्किएर प्राण त्याग्ने मनस्थितिमा पुगेका थिए ।

ओशो राजनीश त विश्व चर्चित् ब्यक्ति थिए र उनका बिषयमा अहिले पनि खोज्ने, पढ्ने र सोच्ने गरिन्छ । तर, अघिल्लो दशकमा मात्रै भारतमा एक पठित युवा अर्को बिलक्षण प्रतिभासहित देखा परे र उसै गरी परिदृश्यबाट बिलाए पनि । फ्रान्समा पिएचडीको पढाइ सकेर स्वदेश फर्किएका राजीव दीक्षितको नयाँ पुस्तामा चेतना फैलाउँदा फैलाउँदै सन् २०१० मा ४३ बर्षको उमेरमा शंकास्पद ढंगले मृत्यु भयो । आजादी बँचाओ आन्दोलन शुरु गरेका दीक्षितका दर्जनौं प्रेरणादायी भाषण आज पनि युट्युबमा लाखौंका लागि प्रिय खुराक बनेका छन् । राजीव दीक्षित सन् २०१० मा मारिए ।

‘युज साइन्स् वाइजली’ उनको गम्भीर नारामध्ये एक थियो । विज्ञानको बढी प्रयोग गरे संसार नराम्ररी प्रभावित हुन्छ र यसलाई अत्यावश्यक अवस्थामा मात्र प्रयोग गरौं भन्ने उनको अभियान थियो । अर्कोतिर दुई शताब्दी लामो बेलायती उपनिवेश कालमा हराएको भारतीय मौलिकता फर्काउने अभियानमा थिए उनी । त्यससँगै भारतीय सभ्यताको अनौठो आत्मनिर्भरता विश्वमै उदाहरणीय र अनुकरणीय भएकाले त्यसको पुनर्जीवन उनको अभियान थियो । उनी भारतीय चिकित्साशास्त्र आयुर्वेदलाई पुनर्जीवन दिँदै सर्वसुलभ बनाउने काममा पनि लागे । एलोपेथिक औषधिको प्रयोगमै प्रतिबन्ध लगाएर अघि बढ्न सकिने उनको बिचार थियो । भ्रष्ट राजनीतिक प्रणाली, शिक्षाका नाममा सिकाइने अनावश्यक व्यवस्था तथा कोकाकोला जस्ता अनावश्यक उत्पादनमा प्रतिबन्धका पक्षमा उनले लाखौं युवालाई तयार पारे । भर्खरै फैलिँदै गरेको युट्युबप्रेमीको जमातमा उनी छोटो समयमा नै स्थापित भए ।

ठाउँठाउँमा भाषण र सम्बोधन मात्र हैन, उद्योग वा राजनीतिक निर्णयका नाममा थोपरिएका जनबिरोधी कामबिरुद्ध अदालतको पनि उनले प्रयोग गरेका थिए । उनका अभियान पनि विश्व विज्ञापन बजार कब्जा गरेर बसेका उत्पादनको विज्ञापन बन्द हुने डरले आम सञ्चार माध्यममा प्रचारमा आएनन् । न त उनको रहश्यमय हत्याको बिषय नै छानबिनको घेरामा आउन सक्यो । उनलाई बुझेकाहरु अहिले एउटा गम्भीर र क्रूर निश्कर्षमा पुगेका छन् । त्यो हो– पूरै ब्यवस्था नै फेरेर ठुलाबडाको आसन भत्काउन खोजे पछि शक्तिकुलिनहरुले कहाँ बाँकी राख्छन् र ?

अहिले चर्चामा रहेका छिमेकी मुलुक भारतका युवा कन्हैया कुमार र केही वर्ष अघिदेखि अस्ट्रेलियन पत्रकार जुलियन असाञ्जमाथि विश्वले देखाएको रबैया त प्रमाणित उदाहरण नै भइहाले । नयाँ र गम्भीर विचार बोकेर हिँड्ने मान्छेलाई संसारले सजिलै बाँच्न दिँदैन भन्ने कुरा निकोलाई टेस्लासहित दर्जनौं वैज्ञानिकबिरुद्ध अघिल्लो शताब्दीमा गरिएका अत्याचारले प्रमाणित गर्छ ।

विश्वभरका आम मान्छेको असन्तुष्टि र असहमतिपछि बर्तमान विश्व ब्यवस्था अझ मजबुत बनाइँदैछ तर, केवल बाहिरी रुपमा । आम मान्छेलाई आनन्द र सुख कहाँ छ ? कामका आधारमा अवसर कहाँ छन् ? वामपन्थीहरुले नारा लगाएजस्तो मुक्ति त छैन नै, दया र परोपकार पनि छैन । एक आधिकारिक आकडा अनुसार विश्वमा अहिले दैनिक करिब १ लाख ५० हजार मानिसले मृत्युवरण गर्ने गरेकोमा करिब ३० हजार ब्यक्ति पोषणयुक्त खाना नपाएर ज्यान गुमाउँछन् । अर्थात् अहिले संसारमा मृत्युवरण गर्ने ब्यक्तिमध्ये बीस प्रतिशत मानिस पोषिलो खाना खान नपाएर नै ज्यान गुमाइरहेका छन् । अर्कोतिर स्रोत, साधन र सम्पत्तिको दुरुपयोगको होडबाजी लाजमर्दो छ । यो रफ्तार सभ्यतासँगै बढ्दो देखिन्छ । यहाँनेर दार्शनिक कार्ल माक्र्सको एउटा भनाइ स्मरण गर्नुपर्ने हुन्छ । उनले भनेका थिए– दार्शनिकहरुले बिभिन्न कोणबाट जगतको ब्याख्या त गरे । तर, अहिलेको समस्या त्यसलाई फेर्नु हो । के हामी अहिलेका मान्छे जीवित रहँदा रहँदै यसको आरम्भ नहोला र ?

Facebook Comments