तेह्रथुमका नेत्रप्रसाद गुरागाईंलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय
- प्रतिवेदनमा उल्लिखित गुठी जग्गा गुठीकै नाममा कायम गर्ने विषयमा आवश्यक कारवाही गर्नका लागि गुठी संस्थान ऐन, २०३३ को दफा ५२ बमोजिम गुठी संस्थानलाई निर्देशन दिने
- प्रतिवेदनले सिफारिस गरे बमोजिम विभिन्न जिल्लाका जग्गा रोक्का राखी व्यक्ति विशेषका नामबाट बदर गरी नेपाल सरकारको नाममाप्रचलित कानून बमोजिम कायम गर्न आवश्यक कारवाही अगाडि बढाउने
- प्रतिवेदनमा उल्लिखित कीर्ते गरिएको र ठगी भएको विषयमा अनुसन्धान गरी आवश्यक कारवाही गर्न गृह मन्त्रालय मार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिने
- जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित भ्रष्टाचार सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लेखी पठाउने
- उपरोक्त बमोजिम कार्यहरू गरी सम्बन्धित निकायले प्रगति विवरण ३÷३ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गर्ने