हाम्रो कांग्रेस हिङ बाँधेको टालो हो
फुटानी
यसपालि जोडतोडले वार्ता भइरहेको छ । हाम्रो काँग्रेस अहिलेसम्म गुट नभएको सन्देश दिन पनि वार्ता भइरहेको हो । हाम्रोमा गुट होइन पक्ष छ । जस्तो कि देउवा पक्ष, पौडेल पक्ष, कोइराला पक्ष, सिटौला पक्ष, गच्छेदार पक्ष र अन्य पक्षहरुमा पार्टी फैलिएको छ । अहिले हाम्रो पार्टी सरकार बाहिर भएकोले मात्र ५/६ वटा पक्षमा फैलिएको हो । यदि सरकार भित्रै हुन्थ्यो भने अरु कति पक्षमा फैलिने थियो त्यो भन्न सक्ने अवस्था छदैछैन ।
महाधिवेशन भएको चार वर्ष पुग्न लागि हाल्यो । देउवा भन्नु हुन्छ – हाम्रो पार्टी प्रजातान्त्रिक पार्टी हो । महाधिवेशन किन गरिरहनु प¥यो ?
देउवा दाइले दिनु भएको यही मुल मन्त्र जप्तै हाम्रो रिठ्ठा बोटे ठाइलो पनि परक्क बटारियो र भन्यो – हो त महाधिवेशन गर्न अहिले नै के को हतार ! हतार गर्ने कुनै काम छैन । गुट भए पो मिलाउनु, पक्ष कहिल्यै मिल्छ र मिलाउनु ! कृष्ण पक्ष र शुक्ल पक्ष मिलाउँदा मिल्ने हो र !
हाम्रो काँग्रेसमा गुट छैन । छ वटा पक्ष छन । यही छ वटा पक्षबीच यसपालि वार्ता गर्ने हो अर्को साल महाधिवेशन ठोक्ने हो । बैठक बहिष्कार गरेर हुने भए गिरिजा प्रसादका पालामा देउवा दाइले पनि धेरै पटक बहिष्कार गरेका थिए । त्यस बेला रामचन्द्रहर्ले पेलेका होइनन् र ! अहिले त हाम्रो देउवा दाइले सप्पै काम गर्न बाँकी नै छ । महाधिवेशन भएको दुई महिना भित्र गरिसक्नु पर्ने काम फुर्सद नभएर चार वर्ष पछि थालनी हँुदैछ । अब विभाग गठन गर्ने र नेविसंघ, तरुण दल जस्ता भातृ संगठनको संयोजक तोक्ने काम गर्नु पर्छ ।
रामचन्द्रहरु पटक्कै कुरा बुझ्दैनन् । २८ वटा विभाग मात्र गठन गर्ने विधानमा ब्यवस्था भए पनि फराकिलो मन गरेर देउवा दाइले ४१ वटा बनाई दिन्छु भन्नु भयो । एककक बा बा खै कुरो बुझेको ? काँग्रेस भनेको ‘हिंग नभए पनि हिंग बाँधेको टालो हो’, माकुरो नभए पनि पुरानो जालो हो । रामचन्द्रजी भन्नुहुन्छ विधान लत्याउन पाइँदैन । लत्याएकै छैन नि ! पहिला नभ्याएको काम अब गर्न खोजेको मात्र हो । अब नेविसंघ र तरुण दल हाम्रो देउवा दाइको भागमा परेपछि वयोवृद्ध संघ र झारपात विभाग, रामचन्द्र दाइको भागमा प¥यो त के गर्नु ? भाग लगाउँदै जाँदा त्यस्तो प¥यो ।
निधि दाइले भनीसक्नु भएको छ – सहमतिका लागि बैठक स्थागित गरेको भनेर । अब पौडेलजीहरु मान्नु हुन्छ भने महाधिवेशन होइन अहिले स्थगित गरिएको बैठक नै एक वर्ष पछि गर्न सकिन्छ । अब कुरा उठ्यो क्रियाशील सदस्यता वितरणको । हाम्रो काँग्रेसमा यति सदस्य भए, उति सदस्य भए भन्ने चलनै छैन नि ! हाम्रो पनि कम्यूनिष्टहर्ले जस्तो सदस्य संख्या अध्यावधिक गर्ने, लेवी उठाउने, गर्न थाल्ने हो भने केको प्रजातान्त्रिक पार्टी ! अप्रजातान्त्रिक भने भैहाल्यो नि । कुरो नबुझे पछि बडो गाह्रो छ ।
देउवा दाइ भन्नु र कांग्रेस भन्नु अब एउटै भै सकेको छ । अब महाधिवेशन साहाधिवेशन होइन, विभाग ५० वटा पु¥याउने, भातृ संगठनको संयोजक तोक्ने, वार्तालाई एक वर्षसम्म सकारात्मक दिशा तर्फ लाने, पार्टी सभापतिले टोलदेखि केन्द्रसम्म सदस्य मनोनित गर्ने र वर्तमान सरकारका विरुद्ध चर्का कुरा गर्ने नीति हाम्रो काँग्रेसले लिनु पर्छ ।
धरानमा त्यसै चुनाव जितेको होइन । देउवा दाइको नीति सफलिभूत भएको हो । एक्लै एमाले भन्नेले जिति राको ठाममा माओवादीसंग मिले पछि पनि काँग्रेसलाई हराउन सकेन । यसैगरी भक्तपुर हेर्नुहोस् ! सर्लक्क हामीले जितेका छौं । अब यस्तो सजिलो भाको बेलामा महाधिवेशन, सदस्यता वितरण, नेविसंघ र तरुण दलमा भाग वण्डा जस्ता फजुल कामतिर नेपाली काँग्रेस लाग्नु हुदैन । हाम्रो प्रजातान्त्रिक यस्तो पार्टीमा केको महाधिवेशन, केको चुनाव ? संसदीय चुनापको कुरा गर्न छोडेर पार्टीको चुनाप गर्ने कुरा कुनै हालमा चित्त बुझ्ने कुरा होइन । यसतर्फ लाग्नै हुदैन ।
अब नेविसंघ र तरुण दलमा देउवा दाइले भने अनुसारकै ५०।६० वर्ष पुगेका ठिटाहर्लाई नेतृत्व दिनु पर्छ । यसबाट विद्यार्थी वर्ग र युवाहरु लाभान्वित हुन्छन् । रामचन्द्रजीहरु कुरा बुझ्नु हुन्न । ३० वर्षको बालकलाई नेविसंघ ४० वर्षको बच्चालाई तरण दल जिम्मा लगाएर हुने हो र ! नेपाली काँग्रेस जस्तो परिपक्क पार्टीले अपरिपक्क निर्णय गर्नु हुदैन, अपरिपक्क र कलिला नेता छान्नु हुँदैन । तसर्थ देउवा दाइले जे भन्नु हुन्छ त्यसालई शिरोधार्य गर्नु पर्छ । अहिले सप्पै मिलेर देउवा दाइलाई पछार्ने बाटो खोज्दै छन् । म भन्छु जे हुन्छ हुन्छ दाइले छोड्नु हुदैन । दाइको सहयोगका लागि म छु डर मान्नु पर्दैन । जै नेपाल !