परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ठडिँदैछ धरहरा

फोटो फिचर

काठमाडौँ । २०७२ साल बैशाखको भूकम्पले ढलेको धरहरा उठेको हेर्ने अभिलाषा हरेक नेपालीलाई छ । धेरैका मनमा धरहरा तत्कालै ठडिने कुरामा दुबिधा पनि थियो । तर अहिले धरहराको निर्माणले गति र लय समातेको छ । पहिले जस्तापाताको बेराभित्रै हराएको धरहरा निर्माण कार्य अब बाहिरबाट हेर्दा देखिन थालेको छ । गोश्वारा हुलाक लगायतका सरकारी कार्यालय हटाएर निर्माणको काम सुरु भएको लामो समय जग बनाउनमै लागेको थियो । तर, अब नयाँ बन्दै गरेको धरहराका तला देखिन थालेका छन् । भीमसेनकालीन पुरानो धरहराको भाँच्चिएको अवशेषलाई सुरक्षितै राखेर बनाउँदै गरिएको नयाँ धरहरा अब समयानुकूल बलियो पनि बन्दैछ । फलामे डण्डी र सिमेण्टको प्रयोगबाट बन्दै गरेको धरहरा यस्तो देखिन थालेको छः

नयाँ बन्दै गरेको धरहरासँगै पुरानो धरहराकाे अवशेषालाई जालीले छोपेर राखेको देख्न सकिन्छ । नयाँ धरहरा पहिलेको नाै तलेकाे तुलनामा दाेब्बर अग्लो र  भूकम्प प्रतिरोधक हुनेछ । तस्बीरः परिसंवाद डट कम

Facebook Comments