पाँच वर्षसम्म पर्खने धैर्य हरेकसँग हुनुपर्छ
संवाद

हाम्रो जस्तो देशमा साधन स्रोत र जनताको आंकाक्षाका बीचमा खाडल पर्ने गर्छ । त्यो खाडलको व्यवस्थापन सरकारले गर्नु पर्छ । तर, त्यो गर्नका लागि निश्चित समय लाग्छ । त्यसतर्फ उन्मुख छ कि छैन भनेर हेरिनु पर्छ । त्यो उन्मुख छ भने त्यो खाडल पुरिदै छ भन्ने तर्फ जाने कुरा सकारात्मक रुपमा लिनु पर्छ तर हामीकोमा के भयो भने त्यही अवस्था आउने जुन खालको जन असन्तोष हो, त्यसलाई प्रयोग गरेर व्यवस्था कै विरुद्धमा जाने विगतको प्रवृति दोहोरिन सक्ने तर्फको संम्भावना इंगित हो ।
डा.भट्टराई: यो कुरा चाहि तपाईंको अनौठो लाग्छ । तपाईंको आफ्नो खालको व्याख्या गर्ने होइन । मैले श्रृखंलावद्ध रुपमा भनेको छु सुरुमा मैले जे भनेको छु, त्यसैको निरन्तरताको रुपमा इतिहास मैले अघिनै भने । २००७ सालमा हामीले आन्दोलन ग¥यौं, ०४६ सालमा आन्दोलन ग¥यौं । पटक पटक हाम्रा आन्दोलनहरु खोसिए । पटक पटक हामीले संविधान ५र६ वटा बनाउनु पर्यो यो मुलुकमा । त्यस कुरातर्फ इंगित गरेर मैले भनेको हुँ । त्यस तर्फ जानु हुँदैन भन्ने हो मेरो भनाइ हो।