परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आचार्य विश्वनाथ र उनको लक्षणग्रन्थ साहित्यदर्पण

अमर–कृति

संस्कृत भाषामा साहित्यसृजनको क्रम ई.पू. आठौं शताब्दीअघि (वैदिक युगलाई छाडेर) देखि प्रारम्भ भएको मानिन्छ । साहित्यका बारेमा गहन अध्ययन गरी त्यसका लक्षण खुट्याउने काव्यशास्त्रीय परम्परा भने ‘अग्निपुराण’ बाट प्रारम्भ भएको पाइन्छ ।

अग्निपुराणको ३३७ देखि ३४७ औं अध्यायसम्मका ११ अध्यायमा साहित्यबारे चर्चा गरिएको छ । यसमा काव्यलक्षणका साथै यससँग सम्बद्ध रस, अलङ्कार, रीति, विभिन्न साहित्यिक विधा, काव्यका गुण–दोष लगायतका थुप्रै सैद्धान्तिक पक्षहरूबारे विवेचना गरिएको छ । महर्षि व्यासप्रणीत अग्निपुराणलाई पूर्वीय काव्यशास्त्रको पहिलो लक्षणग्रन्थका रूपमा लिन सकिन्छ ।

यसपछिका आचार्य हुन् भरतमुनि । पूर्वीय काव्यशास्त्रका आद्याचार्यका रूपमा प्रतिष्ठाप्राप्त भरतमुनिको ‘नाट्यशास्त्रम्’ ग्रन्थ यस क्षेत्रका लागि एक अद्वितीय उपलब्धि मानिन्छ ।

यसरी साहित्य सिर्जना हुन थालेको निकै समयपछि मात्र साहित्यशास्त्रबारे विवेचना–विवक्षा हुन थालेको पाइन्छ । भरतमुनिपछि भामहको ‘काव्यालङ्कार’ दण्डीको ‘काव्यादर्श’, उद्भटको ‘अलङ्कारसारसंग्रह’, वामनको ‘काव्यालङ्कारसूत्र’, रुद्रटको ‘काव्यालङ्कावर, आनन्दवर्धनको ‘ध्वन्यालोक’, अभिनव गुप्तको ‘ध्वन्यालोकलोचन’ (ध्वन्यालोककै व्याख्या), राजशेखरको ‘काव्यमीमांंसा’, मुकुल भट्टको ‘अभिधावृत्तिमातृका’, भट्टतौतको ‘काव्यकौतुक’, भट्टनायकको ‘हृदयदर्पण’, कुन्तकको ‘वक्रोक्तिजीवित’, धनञ्जयको ‘दशरूपक’, महिम भट्टको ‘व्यक्तिविवेक’, राजा भोजको ‘सरस्वतीकण्ठाभरण’ र ‘श्रृङ्गारप्रकाश’, क्षेमेन्द्रको ‘औचित्यविचार चर्चा’ र ‘कविकण्ठाभरण’, मम्मट भट्टको ‘काव्यप्रकाश’, रुøयकको ‘अलङ्कारसर्वस्व’, वाग्भटको ‘वाग्भटालङ्कार’ र ‘काव्यानुशासन’, हेमचन्द्र सूरिको ‘काव्यानुशासन’, जयदेव (पीयूषवर्ष) को ‘चन्द्रालोक’, विद्याधरको ‘एकावली’, विद्यानाथको ‘प्रतापरुद्रीय’ आदि थुप्रै लक्षणग्रन्थहरूपछि विश्वनाथ कविराजले ‘साहित्यदर्पण’ रचना गरेका हुन् ।

साहित्यदर्पणमा दशवटा परिच्छेद छन् । मूल पाठ कारिका (पद्य) मा छ भने विषयको तर्कवितर्कद्वारा व्याख्या एवम् प्रशस्त उदाहरणहरू समेत प्रस्तुत गरिएका छन् । पहिलो परिच्छेदमा मङ्गलाचरणसहित तीनवटा कारिका छन् । यस परिच्छेदमा मङ्गलाचरण, काव्यप्रयोजन, काव्यलक्षणको स्थापना, गुण र दोषका स्वरूपको व्याख्या–वर्णन छ ।

उनीपछि पनि केही चिन्तकले विभिन्न ग्रन्थ लेखेका छन् । भानुदत्त, रूपगोस्वामी, केशव मिश्र, अप्पøय दीक्षित, पण्डितराज जगन्नाथ आदि थुप्रैको नाम यस क्षेत्रमा आउँछ । तीमध्ये उल्लेख्य विद्वान्मा पण्डितराज जगन्नाथको नाम आउँछ । उनको लक्षणग्रन्थ ‘रसगङ्गाधर’ यस क्षेत्रको उल्लेख्य ग्रन्थ हो ।

आचार्य विश्वनाथको समय ईशाको चौधौं शताब्दी मानिएको छ । संस्कृत काव्यशास्त्रीय परम्पराका उल्लेख्य विद्वान्को रूपमा विश्वनाथको नाम लिने गरिन्छ । उनको लक्षणग्रन्थ ‘साहित्यदर्पण’ उनीपूर्वका थुप्रै ग्रन्थको अध्ययन, चिन्तन, मननपछि रचना गरिएको हुनाले साहित्य शास्त्रसम्बन्धी एउटा उत्कृष्ट आधिकारिक ग्रन्थको रूपमा रहेको छ । उनी तत्कालीन भारतवर्षको कलिङ्कदेशको उत्कलनिवासी थिए भन्ने कुरा साहित्यदर्पणको रूढिलक्षणाको चर्चाका क्रममा दिइएको उदाहरण ‘कलिङ्गः साहसिकः’ ले पुष्टि गर्दछ ।
विश्वनाथ विद्वान् कुलका थिए भन्ने कुरा साहित्यदर्पणमै आफ्ना पिता चन्द्रशेखर १४ भाषाका ज्ञाता, सान्धिविग्रहिक महापात्र, महाकवीश्वर आदि उपाधिप्राप्त विद्वान् एवम् अलङ्कारशास्त्रबारेका पनि विद्वान् र कवि भएको प्रमाण विभिन्न उदाहरणहरू प्रस्तुत गर्ने क्रममा चर्चा गरेबाट थाहा हुन्छ ।

विश्वनाथले “मम तातापादानां महापात्रचतुर्दशभाषाविलासिनी उत्तुङ्ग महाकवीश्वर श्री चन्द्रशेखर सान्धिविग्रहीकाणाम्….” (मेरा पिता चौध भाषाका ज्ञाता, महाकवीश्वर चन्द्रशेखर सान्धिविग्रहिक महापात्र..) भनी उल्लेख गरेका छन् । यति मात्र होइन उनका कुप्रा बा (वृद्ध प्रपितामह) पनि विद्वान् कवि थिए भन्ने कुरा “अस्मद्वृद्धप्रपितामहसहृदयगोष्ठी गरिष्ठ…” भन्ने उल्लेख (साहित्यदर्पण) गरेबाट प्रमाणित हुन्छ ।

यस्तो विद्वत् कुलका कुलशेखर विश्वनाथ स्वयम् समेत अठार भाषाका ज्ञाता, सान्धिविग्रहिक महापात्र, कविराज आदि उपाधि एवम् विशेषणयुक्त प्रकाण्ड साहित्याचार्य भएको कुरा समेत साहित्यदर्पणका हरेक परिच्छेदको अन्तमा दिइएका पुष्पिकावाक्य (इति श्रीमन्नारायणचरणारविन्द….) बाट पुष्टि हुन्छ ।

विश्वनाथले साहित्यदर्पणका अतिरिक्त प्रभावती परिणय (नाटक), चन्द्रकला (नाटिका), राघवविलास (महाकाव्य), नरसिंहविजय (खण्डकाव्य), कंसवध (काव्य), कुवलयाश्चरित (काव्य), प्रसस्तिरत्नावली (१६ भाषामा लेखिएको) र काव्यप्रकाशदर्पण (मम्मटको काव्यप्रकाशको व्याख्या) आदि विभिन्न विषयका कृतिहरू रचना गरेको कुरा साहित्यदर्पणमै कतिपय ठाउँमा उल्लिखित भएको पाइन्छ ।
यस ग्रन्थको विश्वनाथकै पुत्र अनन्तदासले ‘लोचन’ नामक टीका लेखेका छन् भने यस ग्रन्थका बारेमा धेरै विद्वान्ले टीका प्रस्तुत गरेका छन् । रामचराण तर्कवागीश, महेश्वर भट्टाचार्य, हरिदाससिद्धान्तवागीश, जीवानन्द विद्यासागर, कृष्णमोहन ठक्कुर, शालग्राम शास्त्री एवम् नेपाली विद्वान् शेषराज शर्मा रेग्मीले समेत यस ग्रन्थको टीका÷व्याख्या प्रस्तुत गरेका छन् ।

साहित्यदर्पणमा दशवटा परिच्छेद छन् । मूल पाठ कारिका (पद्य) मा छ भने विषयको तर्कवितर्कद्वारा व्याख्या एवम् प्रशस्त उदाहरणहरू समेत प्रस्तुत गरिएका छन् । पहिलो परिच्छेदमा मङ्गलाचरणसहित तीनवटा कारिका छन् । यस परिच्छेदमा मङ्गलाचरण, काव्यप्रयोजन, काव्यलक्षणको स्थापना, गुण र दोषका स्वरूपको व्याख्या–वर्णन छ ।

दोस्रोमा २० वटा कारिका छन् । यसमा वाक्यको स्वरूप, महावाक्य, पद, अर्थ आदिबारे विवक्षा छ भने शब्दशक्ति अभिधा, लक्षणा र व्यञ्जनाको सभेद र सोदाहरण लक्षण बताइएको छ ।

‘साहित्यदर्पण’ अर्थात् साहित्यको ऐना नाम जुराइएको यस ग्रन्थले साहित्यलाई ऐनामा अनुहार देखाएझैं छर्लङ्ङ पारिदिन्छ । यस ग्रन्थको अध्ययनबाट साहित्य र यससँग सम्बद्ध सबै विधाका बारेमा विशद ज्ञान प्राप्त गर्न सकिन्छ । साहित्यकार, साहित्य–समीक्षकका लागि मात्र होइन नाटक र चलचित्रका सर्जक, निर्माता, निर्देशक, अभिनेता÷अभिनेतृ लगायतका सम्पूर्ण रङ्गकर्मीका लागि पनि यो ग्रन्थ अत्यन्त ज्ञानवद्र्धक छ ।

अन्य आकर्षणहरू

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

नेपाल हुन्थ्यो कहाँ?

तेस्रो परिच्छेदमा २६७ कारिका छन् । यसमा रसबारे सविस्तार चर्चा छ । साथै भाव, रसाभास, भावाभास, नायक र नायिकाका र तिनका भेदोपभेदबारेका लक्षणको वर्णन छ । नायक नायिकाका गुण र अलङ्कार, नायकका सहयोगी, दूत आदिका बारेमा पनि भेदोपभेदसहित चर्चा गरिएको छ ।

चौथो परिच्छेदमा १४ वटा कारिका छन् । यसमा काव्यका भेदोपभेदबारे निरूपणका साथै ध्वनिका बारेमा विशद चर्चा छ ।
पाँचौं परिच्छेदमा पाँचवटा कारिका छन् । यसमा व्यञ्जनाविरोधी मतको खण्डन र व्यञ्जनावृत्तिको स्थापना प्रस्तुत गरिएको छ ।
छैटौं परिच्छेद सबैभन्दा लामो छ । यसमा ३३७ वटा कारिका छन् । यसमा दृश्य र श्रव्यकाव्यका भेदोपभेदसहित सविस्तार चर्चा छ । रूपक, उपरूपकका विविध भेदोपभेद वर्णनका साथै श्रव्यकाव्यका गद्यतर्फका कथा, आख्यायिका तथा पद्यका खण्डकाव्य, महाकाव्यबारे वर्णन गरिएको छ ।

सातौं परिच्छेदमा ३२ वटा कारिका छन् । यस परिच्छेदमा काव्यदोषको वर्णन गरिएको छ । पद, पदांश, वाक्य, अर्थ र रसदोषको सविस्तार परिचय यसमा दिइएको छ ।

आठौं परिच्छेद १६ वटा कारिकाको छ । यसमा माधुर्य, ओज, प्रसाद गुणबारे सविस्तार चर्चा छ ।

नवौं परिच्छेद रीतिविषयमा केन्द्रित छ । पाँचवटा कारिकामा व्याख्या गर्दै रीतिका चार भेदको चर्चा यस परिच्छेदमा गरिएको छ ।
दशौं परिच्छेद अलङ्कारचर्चामा केन्द्रित छ । ९९ वटा कारिका भएको यस परिच्छेदमा अलङ्कारबारे विभिन्न विद्वान्का मतको उल्लेख गर्दै आवश्यकता अनुसार कतिपय मतको खण्डन पनि गर्दै अलङ्कारका भेदोपभेदको सोदाहरण चर्चा गरिएको छ ।
यसप्रकार १० परिच्छेदमा रचित यस ग्रन्थमा जम्मा कारिका सङ्ख्या ७९८ छ भने कारिकामा रहेका सूत्रात्मक कुराहरूको सविस्तार र सोदाहरण व्याख्याका साथै विभिन्न विद्वान्का सम्बद्ध मतहरूको सर्वेक्षण गर्दै तिनको आवश्यकता अनुसार समर्थन र खण्डन समेत प्रस्तुत गरिएको छ ।

कुनै न कुनै रूपमा हिजो–आजका कला–प्रशिक्षणका प्रायः जसो विषयमा यी ग्रन्थकै कुरा अधिकांश रूपमा रहेका छन् । यी ग्रन्थको अध्ययन नगरी कलाकार बन्नै सकिँदैन भन्ने त होइन तर राम्रो सङ्गीतज्ञ बन्नका लागि शास्त्रीय सङ्गीतको जे जति महत्व छ त्यति नै महत्व रङ्गकर्मी एवम् चलचित्रकर्मीहरूका लागि यी ग्रन्थको छ भन्दा कुनै अत्युक्ति हुँदैन ।

‘साहित्यदर्पण’ अर्थात् साहित्यको ऐना नाम जुराइएको यस ग्रन्थले साहित्यलाई ऐनामा अनुहार देखाएझैं छर्लङ्ङ पारिदिन्छ । यस ग्रन्थको अध्ययनबाट साहित्य र यससँग सम्बद्ध सबै विधाका बारेमा विशद ज्ञान प्राप्त गर्न सकिन्छ । साहित्यकार, साहित्य–समीक्षकका लागि मात्र होइन नाटक र चलचित्रका सर्जक, निर्माता, निर्देशक, अभिनेता÷अभिनेतृ लगायतका सम्पूर्ण रङ्गकर्मीका लागि पनि यो ग्रन्थ अत्यन्त ज्ञानवद्र्धक छ ।

पिण्डेश्वर विद्यापीठ, धरानका पूर्व पीठप्रमुख तथा प्राध्यापक स्व.पं. टीकाप्रसाद शर्मा वस्तीको कथन — “हामी वनारसमा मध्यमाका विद्यार्थी हुँदा प्रसिद्ध चलचित्र निर्देशक राजकपुर ‘साहित्यदर्पण’ पढ्थे । राजकपुर साहित्यदर्पण पढेर फिल्म निर्देशक बनेका हुन् ।”
वास्तवमा टीका गुरुको यो भनाइ मननीय छ । साहित्यकारहरूलाई ‘साहित्य के हो ?’ भन्ने विषयमा, समीक्षकलाई समालोचना गर्नका लागि कृतिको मर्म पहिल्याउन, साहित्यका अध्येताका लागि साहित्यको रसास्वादन गर्ने तरिका र सिप प्राप्त गर्न यो ग्रन्थ उपयोगी छँदैछ, रङ्गकर्मी र चलचित्र क्षेत्रका शिल्पीहरूलाई त यो झनै महत्वको छ ।

विशेष गरी रूपक उपरूपकको विषयमा, नायक–नायिकाभेदका विषयमा, रस–अलङ्कार आदिका विषयमा अचेल दिइने प्रशिक्षण आदिका लागि पनि आधारभूत ग्रन्थ ‘नाट्यशास्त्रम्’ (आचार्य भरतमुनि) र ‘साहित्यदर्पण’ नै रहेका छन् ।

कुनै न कुनै रूपमा हिजो–आजका कला–प्रशिक्षणका प्रायः जसो विषयमा यी ग्रन्थकै कुरा अधिकांश रूपमा रहेका छन् । यी ग्रन्थको अध्ययन नगरी कलाकार बन्नै सकिँदैन भन्ने त होइन तर राम्रो सङ्गीतज्ञ बन्नका लागि शास्त्रीय सङ्गीतको जे जति महत्व छ त्यति नै महत्व रङ्गकर्मी एवम् चलचित्रकर्मीहरूका लागि यी ग्रन्थको छ भन्दा कुनै अत्युक्ति हुँदैन ।

लेखकको ‘अवलोकन’ समीक्षा सङ्ग्रहमा प्रकाशित (२०६९)

Facebook Comments