नेपाल नर्सिङ संघले प्राप्त गरेका उपलब्धिलाई नजरअन्दाज नगरियोस्
- नर्सिङ शिक्षाको गुणस्तरमाथि कुनै हालतमा सम्झौता गरिनु हुन्न । विभिन्न विश्वविद्यालयमा हुने शैक्षिक गतिविधी, पाठ्यक्रममा सुधार गरी विश्व स्तरको बनाउनु जरुरी छ । जस्तो त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर नर्सिङमा नर्सिङ शिक्षा र स्वास्थ्य व्यवस्थापन सम्बन्धी ५० घन्टाको मात्र सैद्धान्तिक कक्षा हुनु, प्रमुख विषयमा प्रयोगात्मक परिक्षाको व्यवस्था नहुनु आदि हुन । यस बाहेक अरु धेरै कुरामा तालमेल छैन ।
- अनुगमन गर्ने निकाय नेपाल नर्सिङ परिषद् र सम्बन्धित सरोकालवाला निकायहरु चुस्त र दुरुस्त बनाउन दवाब दिने र यसका लागि आवश्यक वातावरण तयार पार्न सहयोग जुटाउन नसक्नु पनि अर्को कारण हो । यसका लागि नर्सिङ सङ्घले “जनताको स्वास्थ्य हाम्रो कर्तव्य” भन्ने अभियान नै शुरु गरी जहाँ जहाँ स्वास्थ्य सम्बन्धी कार्य सम्पादन जरुरी छ, त्यहाँ सम्पर्क गरी कार्य गर्ने तथा समन्वय गर्न आवश्यक शाखा कार्यलयहरु स्थापना गर्नु पर्छ ।
- स्वास्थ्यको गुणस्तर कायम गर्न नर्सको अहम भुमिका रहन्छ । यसका लागि प्रत्येक स्थनीय निकाय नगर पालिका, उपमहानगर पालिका र महानगर पालिकामा नर्सिङको छुट्टै अनुसन्धान इकाई खडा गरी अन्य सरोकारवाला निकायहरुबीच सहजीकरणको भुमिका निर्वाह गर्ने गर्नु पर्छ ।
- सामुदायिक स्वास्थ्य सहज बनाउन नर्सिङ मानव स्रोत विकास गर्ने कार्ययोजना नै निर्माण गरी काम अघि बढाउनु पर्छ । त्रिभुवन विश्व विद्यालय लगायत नेपाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा पनि सामुदायिक स्वास्थ्य नर्सिङ अध्ययन अध्यायपन गर्ने गराउर्ने वातावरण तयार गर्नुपर्छ ।
- नेपाल सरकारले स्तरीय सेवा प्रदान गर्न नर्सिङ सेवालाई उचित पारिश्रमिकको व्यवस्था मिलाउनु आवश्यक छ ।
- नेपालभर स्कुल नर्स कार्यक्रम लागु गर्न नेपाल सरकारलाई घचघच्याउनु जरुरी छ ।
- सुपथ, सर्वसुलभ, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा आफ्नो दायित्व र कर्तव्य हो भन्ने बोध गराउन केन्द्र सरकारका स्वास्थ्य मन्त्रालय, विभाग र महाशाखाहरुमा सम्बन्धित नर्स विज्ञहरुको पद स्थापना गर्न दवाब सिर्जना गर्नु पर्छ ।
- नर्सिङ महाशाखा केन्द्र र प्रदेश तहमा समेत खडा गर्नु पर्छ ।
- प्रत्येक प्रदेशमा नर्सिङ सङ्घको कार्यालय खोली समन्वय अघि बढाउनु पर्छ ।
- निकट भविश्यमा हरेक उद्योगहरुमा औद्योगिक नर्स कार्यक्रम लागू गराउनु पर्छ ।
- पुरुषहरुलाई पनि नर्सिङ शिक्षामा अवसर दिनु पर्छ ।
त्यसैले अहिले के भन्न हामीलाई बाध्य पारिएको छ भने कसैले पनि यती लामो इतिहास भएको साथै स्वास्थ्य क्षेत्रमा अति धेरै काम गरेको नेपाल नर्सिङ सङ्घलाई नजर अन्दाज गर्ने दुस्वप्ना नदेखोस् । नर्सहरुलाई गलत ढंगले उक्साएर संघकै मान मर्दन नगरियोस् । अहिले केही नर्सहरुले थालेको अनसन पेशागत भन्दा बढी राजनीतिक स्वार्थ प्रेरित देखिएको छ । यस कार्यले नर्सिङको एकताको सुत्राधार, विश्वास र भरोसाको एक मात्र संगठन नेपाल नर्सिङ सङ्घलाई सदाका लागि धरासयी बनाउने कोशिस गरेको छ । यो कुरा नर्सहरुले वेलैमा वुझ्नु जरुरी छ । तसर्थ आजकै दिनदेखि नेपाल नर्सिङ सङ्घलाई पुनः माया गरौ, हाम्रा अग्रजहरुको देनलाई मनन गरौं, उहाँहरुलाई गाली बेइज्जती होइन, सम्मान गरौं । यसैबाट नै हामी सम्पूर्ण नर्सहरुको भलो हुन्छ । यसोगर्दा न कोही हार्छ न कसैको क्षती नै हुन्छ ।