परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रस्तावित विआरआई तथा सर्किट परियोजनाले नेपाली समाजमा पार्ने प्रभाव 

आर्थिक समृद्धि नेपाल र नेपालीको प्रमुख लक्ष्य हो । हाम्रा छिमेकी राष्ट्रहरू भारत र चीनको पनि प्रमुख लक्ष्य भनेकै गरिवी निवारण र आर्थिक समृद्धि हो । अर्थात् दक्षिण एसियामा रहेका सम्भवत सबै राष्ट्रहरूको अन्तीम लक्ष्य भनेकै आर्थिक विकास र समृद्धि हो ।
सूचना, सञ्चार तथा प्रविधिको विस्तार भएको आजको अवस्थामा कुनै एकल राष्ट्रले आफू मात्र समृद्धिको शिखर चढ्छु भन्नु दिवास्वप्न मात्र हुन्छ । प्रविधि र सञ्चारको विकास मात्र भएर पुग्दैन त्यहाँ उत्पादक र उपभोक्ताको पनि त्यत्तिकै महत्व हुन्छ । बजार नभएको उत्पादित बस्तुले देशलाई समृद्धिको शिखर भन्दा पनि अधोगतिको दिशातर्पm लैजान्छ । यस मन्त्रलाई हाम्रा दुइवटै छिमेकी राष्ट्रहरू भारत र चीनले बुझेरै हुनुपर्छ– नेपाललाई समृद्ध गराउन यातायात सञ्जालको विस्तारका लागि बेल्ट एण्ड रोड र सर्किट अवधारणाहरू अघिसारेको देखिन्छ ।
केही वर्ष यता चीनले बेल्ट एण्ड रोड मार्फत नेपालमा रेल विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र भारतले सर्किट अवधारणा मार्फत नेपाली र भारतीयहरूको समान आस्था र विचार भएका सांस्कृतिक तथा धार्मिक पहिचानलाई जोड्ने प्रयास गरेको पाइन्छ ।
छिमेकी राष्ट्रहरुको यातायात सञ्जाल विस्तारको प्रस्तावित तथा विचाराधिन परियोजनाका बारेमा नेपाल, भारत तथा चीनमा मात्र छलफल र विचार विमर्श भएको छैन । नेपालमा चर्चा गरिएका यी परियोजनाहरूले विश्व राजनीतिमा चासो राख्ने धेरै राष्ट्रहरुमा तरंङ्ग समेत पैदा गरेको छ । यसै सन्दर्भमा नेपालमा रहँदै आएका शक्तिराष्ट्रहरुका प्रतिनिधीहरूले गोप्यरूपमा र कतिपय अवस्थामा खुलेरै समर्थन र विरोध गर्दै आएका पनि छन् । नेपालको विकास र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएका बेल्ट एण्ड रोड र सर्किट अबधारणा आखिरमा के हुन् र कथंकदाचित यी अबधारणा निकट भविष्यमा वा केही दशक पछि पनि सम्पन्न भै हालेमा नेपाल र नेपालीका लागि के कस्तो अवसर अथवा चुनौतीहरू सिर्जना हुन सक्छन् भन्ने विषयमा यो लेख तयार पारिएको छ । यस आलेखमा समेटिएका विषयवस्तु तथ्यभन्दा पनि परिवेश र सैद्धान्तिक पक्षलाई आधार मानेर प्रस्तुत गरिएको छ । यस आलेखमा चीन र भारत सरकारले प्रस्ताव गरेका बेल्ट एण्ड रोड र सर्किट परियोजनाले नेपाली समाजका सामाजिक, साँस्कृतिक र विकासका सवालहरूमा पार्नसक्ने प्रभावका विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षको विश्लेषण गरिएकोे छ । यसले रूपान्तरणको संघारमा रहेको नेपाली समाज र प्रस्तावित छिमेकी भारत र चीनको विकास परियोजनाले सिर्जित हुनसक्ने सम्भावनाहरुलाई सामाजिक, साँस्कृतिक तथा विकास आयामहरूलाई मात्र समाजशास्त्रीय दृष्टिकोणबाट केलाउने जमर्को गरिएको छ ।

 

चीनको विआरआई अवधारणाः
चीनको राज्य परिषद् (स्टेट काउन्सील) ले सन् २०१५ मा चीनलाई विश्वसमुदायसँग जोडने एउटा कार्ययोजना पारित ग¥यो । यस योजना अनुसार चीनले One Belt One Road (OBOR) अर्थात् विआरआई (Belt and Road Initiative-BRI) को अबधारणा लिने र संसारलाई रोड, रेल, बन्दरगाह, पाइपलाईन मार्फत संरचना विस्तार गर्दैजाने रहेको छ ।
विआरआई योजनाले मुख्यतः दुईवटा प्रमुख लक्ष्य निर्धारण गरेकोे देखिन्छ । पहिलो, भूमिगत सञ्जालका लागि सिल्करोड आर्थिक भूमीमार्ग र सामुद्रिक सञ्जालका लागि मेरिटाइम (maritime) सिल्करोड ।
भूमीमार्गले चीनलाई अन्य विश्वसँग जोड्न तीनवटा करिडोर पहिल्याएको पाइन्छ । पहिलो, चीनबाट मध्य एसिया हुँदै युरोप । दोश्रो, पश्चीम एसियाहुँदै पर्सियन गल्फ राष्ट्रहरु (mediterranean) र तेश्रो, दक्षीण एसिया हुँदै इण्डीयन–ओसियनमा आवद्ध राष्ट्रहरु । सामुद्रिक सञ्जाल मार्पmत् एक्काइसौं शताब्दीको मेरिटाइम सिल्करोडले क्षेत्रीय जलमार्गको संरचनागत विकास र बिस्तार गर्ने योजना रहेको देखिन्छ ।
सन् २०१६ मानै ६८ वटा राष्ट्रहरूसँग चीन सरकारले द्धिपक्षीय तथा बहुपक्षीय सम्झौता गरेको र यो योजना सम्पन्न भएमा विश्वका ६५ प्रतिशत मानिसहरू यातायात मार्फत जोडीने प्रच्क्षेपण गरिएको थियो । सम्झौता गर्ने राष्ट्रहरूको सूचि दिन प्रतिदिन बढ्दै छ । हालसम्म विआरआई अवधारणामा सहमतहुँदै यातायात मार्फत जोडीन सम्झौता गरिसकेका राष्ट्रहरुको संख्या १२६ पुगिसकेको छ । अहिलेका राष्ट्रहरुको संख्यालाई हेर्ने हो भने यो विआरआई अबधारणा पुरा भएको अवस्थामा अर्थात् सन् २०४९ सम्ममा विश्वको करिब ८० प्रतिशत मानिसको यातायात सञ्जाल मार्पmत् सम्पर्क स्थापित गर्नेछन ।

नेपाल सरकारले छिमेकी राष्ट्रहरूले सम्बन्ध बिस्तारका लागि बढाएका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा सर्बप्रथम आफ्ना नागरिकको हितलाई सर्वोपरी ठानेर निर्णय गर्नुपर्ने हुन्छ ।  निर्णय गर्दा कुनै एउटा पक्ष वा दृष्टिकोणलाई मात्र आधार मानेर सम्बन्ध बिस्तारमा निर्णय गरिहाल्नु भन्दा पनि परियोजनाको सम्भावनाहरु, सम्पन्न गर्न लाग्ने समय, लगानी, उपलव्ध हुनसक्ने साधन स्रोत तथा पूर्वाधार र बातावरण, भौगोलिक बिकटता तथा नेतृत्वको सोच र क्षमता, भू–राजनीतिक अवस्था, सामाजीक–साँस्कृतिक संवेदनशिलता जस्ता आयामहरूलाई समग्र रूपमा केलाएर पाइला चाल्नु वुद्धिमानी हुन्छ ।

विआरआईका चार वटा प्रमुख उद्देश्यहरू रहेको छ । पहिलो, राष्ट्र–राष्ट्रका बीचमा आर्थिक साझेदारीका लागि एउटा बृहद् स्तरको प्लेटफर्म निर्माण गर्ने । दोश्रो, यो परियोजना लागू गर्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका नीति निर्माणमा साझेदारी बढाउने । तेश्रो, सम्बन्ध स्थापना भएका राष्ट्रहरूका बीचमा व्यापार तथा वित्तिय साझेदारी बढाउने । र, चौथो, राष्ट्रहरूका बीचमा सामाजिक तथा साँस्कृतिक साझेदारीलाई प्रोत्साहन गर्ने ।
चीन सरकारले विआरआईमा आवद्ध हुन चाहने राष्ट्रहरूसँग द्विपक्षीय तथा बहुपक्षीय सम्झौता गरिरहेको र ती राष्ट्रहरुको सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरू सम्मिलित अन्तर्राष्ट्रिय  स्तरको सम्मेलन गर्दै आइरहेको छ ।
गत अप्रिल महीनामा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले विआरआईको दोश्रो सम्मेलनमा सहभागी भै नेपालले चीनमा रहेका बन्दरगाह प्रयोग गरी तेश्रो मुलुकसँग व्यापार तथा पारबहन सुविधा लिन सक्ने द्विपक्षीय सम्झौता गर्नु भएको थियो ।

 

विआरआई मा नेपालको संलग्नता
नेपाल र चीन सरकारको बीचमा विआरआई परियोजना अवलम्बन गर्ने सम्बन्धमा १२ मे २०१७ मा द्विपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपाल र चीनको बीचमा विकट हिमालयका कारण सहज रूपमा सम्बन्ध बिस्तार हुन नसकिरहेको अवस्थामा यस सभ्झौताले दुई देशमा रहेका जनताको नागरिक–नागरिक बीचको सम्बन्ध बिस्तारमा सहज हुने उल्लेख गरिएको छ ।
नेपालले उक्त सम्झौतासँगै केरुङ्ग–काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेल सञ्जाल जोड्न चीन सरकारसँग प्रस्ताव गरेको छ । यो प्रस्ताव कार्यान्वयन भएमा नेपाल र चीनका नागरिक–नागरिक बीचको सम्बन्ध बिस्तारमा कुनै प्रकारको भूगोलले छेकबार गर्न नसक्ने प्रमाणित हुनेछ ।

 

भारत सरकारको सर्किट अवधारणा
स्वदेश दर्शन परियोजना (स्कीम) भारतको पर्यटक बिस्तार गर्ने उद्देश्यले यातायात बिस्तारका लागि चालिएको एकीकृत विकास योजना हो । यस परियोजना अनुरुप रोड तथा रेलको बिस्तारसँगै जोडिएका स्थानहरूको सञ्जालनै सर्किट अवधारणा हो । भारतको केन्द्र सरकारले यो परियोजना सन् २०१६ देखि लागु गर्दै आएको छ ।
सर्किट परियोजनाको लक्ष्य भारतमा रहेका साँस्कृतिक, सामुन्द्रिक, ऐतिहासिक तथा वन्यजन्तु निकुञ्ज जस्ता महत्वपूर्ण स्थानहरूमा पर्यटकको संख्यामा उल्लेख्य रूपमा बृद्धि गर्नु हो ।
सर्किट परियोजना अन्तरगत आन्तरिक र बाह्य पर्यटकको आवागमन बिस्तार भएमा रोजगारीको अवसर बढ्ने, पर्यटकलाई नयाँ गन्तव्यमा नौलो अनुभव दिन सकिने, सामुदायिक सामञ्जस्यता बढाउने र साँस्कृतिक तथा धार्मिक भावना अभिबृद्धि गर्ने रहेको पाइन्छ ।
सर्किट अबधारणामा शुरुका दिनमा मुख्य १३ वटा आकर्षणका केन्द्रहरु समेटिएकोमा हालआएर ती स्थानहरु थपिँदै गएका छन् ।
भारतको सर्किट अबधारणामा नेपालका दुई प्रमुख धार्मिक स्थलहरु जनकपुर र लुम्बिनी समेटिएको छ । बुद्धिष्ट सर्किटले लुम्बिनीलाई भारतको बोधगया, सागरनाथ, कुशिनगर आदि स्थानहरुसँग जोड्ने बताइएको छ । भगवान बुद्धको जीवनसँग सम्बन्धित जन्म, ज्ञानप्राप्ती तथा शिक्षादीक्षा लिएका प्रमुख स्थानहरुलाई यातायातको सञ्जालमा जोडिएको छ ।
रामायण सर्किटले नेपालको जनकपुरलाई अयोध्या तथा भगवान रामसँग सम्बन्धित अन्य स्थानहरूसँग जोड्ने भनिएको छ । रामायण सर्किटमा ११ वटा गन्तव्य पहिचान गरिएको र ती स्थानहरु भारतका छ वटा राज्यमा फैलिएका छन् । ती राज्यहरु क्रमशः उत्तर प्रदेश, बिहार, छत्तिसगड, तेलंगना, कर्णाटक, र तामीलनाडु हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा नेपाल भ्रमण गर्नुभएको थियो । त्यस बखत रामायणमा बर्णित् भगवान रामको अर्धागिंनी सीताको जन्मस्थान रहेको जनकपुरको भ्रमण गर्नु भै यस पवित्रभूमीको यातायात सञ्जाललाई भारत सरकारले प्राथमिकतामा राखेको रामायण सर्किटमा जोड्ने अठोट गर्नु भएको थियो ।
जनकपुरलाई रामायण सर्किटसँग जोडेपछि नेपाल–भारत बीचको आदिकालदेखिको सम्बन्धलाई थप उचाईमा लैजाने बिश्वास पनि गरिएको छ ।
यसरी हेर्दा आगामी केहीवर्ष भित्रमा नेपालको भू–भाग छिमेकी मुलुक भारत र चीनले शुरु गरेका सर्किट तथा विआरआई परियोजनासँग जोडिएर रोड तथा रेलको सञ्जाल मार्फत चीन र भारतसँग मात्र नभएर विश्वका झण्डै दुई तिहाई जनसंख्यासँग प्रत्यक्ष जोडिन सक्ने आंकलन गर्न सकिन्छ । नेपाल सरकारको यस किसिमको सम्बन्ध बिस्तार प्रयासले आगामी दिनमा राष्ट्रको सामाजीक, साँस्कृतिक तथा विकास कार्यमा के कस्ता अवसर अथवा चुनौतिहरू आउन सक्छन् भन्ने सम्भावनाको खोजी तथा विश्लेषण सामाजीक पक्षबाट गरिनु अर्को महत्वपूर्ण आवश्यकता हो ।

 

सर्किट र विआरआई अबधारणाका समानता
भारतको सर्किट र चीनको विआरआई अबधारणा दुवै राष्ट्रले आफ्नो इतिहासलाई पुनर्जागरणको रूपमा अघि बढाएको पाइन्छ । विआरआई करिब दुई हजार वर्ष अघिको चीन र मध्य एसिया तथा अरब देशसँग हुने गरेको ब्यापारिक सिल्करोड नै एक्काइसौँ शताब्दीको पनि सिल्करोड हो भनेर पुनः परिभाषित गरिएको सम्बन्ध विस्तार मार्ग हो ।
भारत सरकारले तय गरेको रामायण सर्किट करिब दश हजार वर्ष अघि अयोध्याका राजा रामले आफ्नो जीवनकालमा यात्रा गरेका स्थानहरूको गन्तव्य हो । बुद्धिष्ट सर्किट करिब सत्ताइस सय वर्ष अघि भगवान बुद्धले यात्रा गरेका स्थानहरूको सम्पर्क बढाउने पुनः प्रयास हो ।
त्यसरी नै विआरआई र सर्किट दुइवटै अबधारणाको लक्ष्य भनेकै २१ औं शताब्दीका लागि यातायात सञ्जाल मार्पmत् विकास र समृद्धि हासिल गर्ने रहेको देखिन्छ ।
उल्लेखित दुइवटै परियोजनाको लक्ष्य समान भएता पनि आकार, रणनीति, उद्देश्य, कार्ययोजना तथा उपलव्धीमा भने फरक दृष्टिकोण रहेको पाइन्छ । नेपालको सन्दर्भमा भारत र चीन सरकारले अघिसारेका यी सहयोगका हातहरूलाई के र कसरी हेर्दा समाज र नागरिकका लागि उपयुक्त हुन्छ अथवा हुँदैन भन्ने विषय नेपालका लागि अर्को छलफलको केन्द्रविन्दु हो । जसलाई निम्न अनुसार वुँदागत रुपमा व्याख्या गर्ने कोशिस गरिएको छ ।

 

परियोजनाको सम्बन्ध बिस्तारको रणनीतिक ढाँचा
– विआरआई परियोजना अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न सहायक हुने र सर्किट अवधारणाले भने क्षेत्रीय सम्बन्ध बिस्तारमा सहयोग गर्ने ।
– विआरआईको उद्देश्य दुई देशका नागरिक–नागरिकका बीचमा सम्बन्ध स्थापित गर्न सक्ने र सर्किट अबधारणाले भने नेपालमा स्थापित सामाजिक, साँस्कृतिक, तथा धार्मिक मूल्य, मान्यतामा सामञ्जस्यता बढाउन सक्ने ।
– विआरआईले ब्यापार र व्यवसायलाई प्राथमिकता दिएकोले नागरिकको आम्दानीमा वृद्धि गर्ने सक्ने र सर्किट परियोेजनाले भने नेपाल र भारत बीचमा पौराणिक कालदेखि रहँदै आएको समान धार्मिक तथा साँस्कृतिक सम्बन्धलाई थप उचाई प्रदान गर्न सक्ने ।

 

विकासको नमूना
– विआरआई परियोजना केन्द्रीकृत रहेको छ । यस परियोजनाको केन्द्रीय पात्र भनेकै चीन सरकार हो । यसले अन्य राष्ट्रहरूको भूमिकालाई गौड ठान्न सक्ने र अन्य राष्ट्रहरुको प्राथमिकता भनेकै चीनसँग सम्बन्ध बढाउने हो । सर्किट अबधारणाले द्धिपक्षीय भौगोलिक दुरीलाई जोडेर समान साँस्कृतिक पहिचान भएका स्थानहरूलाई समूहकृत गर्ने देखिन्छ ।
– विआरआईले कुनै एउटा स्थानबाट अर्को स्थानसम्मको गन्तव्य सुनिश्चित गर्छ अर्थात् यो रेखीय अबधारणा (linear approach) देखिन्छ । तर, सर्किट अबधारणाले निश्चित परिधि वा घेरा भित्रनै गन्तव्य सिमित राखेको पाइन्छ ।
– केन्द्रीकृत प्रयास भएकोले विआरआईको विकास प्रक्रिया केन्द्रबाट सिमान्तकृततर्फ उन्मुख हुन्छ । केन्द्रको निर्णयले प्राथमिकता पाउँछ । सर्किट अबधारणाले केन्द्र र गन्तव्यको सीमाभन्दा बाहिर रहेर स्थानीय तहमै सम्बन्ध बिस्तार भएका स्थानहरुको समान प्रकृतिको विकासको सम्भावना देखाउँछ ।

 

नेपालको सँस्कृतिमा पार्ने प्रभाव
– विआरआई परियोजनाले विश्व सँस्कृति निर्माणमा सहयोग गर्छ तर सर्किट अबधारणाले क्षेत्रीय सँस्कृति बढाउन मद्दत् गर्छ ।
– विआरआईले विश्वव्यापीकरणलाई महत्व दिन्छ तर त्यही मात्रामा सर्किट अबधारणाले महत्व दिँदैन ।
– विआरआईले हालको साँस्कृतिक पहिचानलाई कमजोर पार्न सक्छ तर सर्किट अबधारणाले साँस्कृतिक पहिचानलाई अझ सशक्त र बलियो बनाउँछ ।
– विआरआईले सँस्कृतिलाई सहज रूपमा विश्वव्यापीकरण गराउने सवालमा मार्ग प्रशस्त गर्छ तर सर्किट अबधारणाले त्यस्तो सम्भावना कम देखाउँछ ।
– विआरआई परियोजनाले नेपालको साँस्कृतिक मूल्य मान्यताको क्षयीकरण गराउन सक्छ तर सर्किट अबधारणाले साँस्कृतिक मूल्य मान्यता बढाउन सहयोग गर्छ ।

 

व्यापार व्यवसायमा पार्ने प्रभाव
– विआरआईले नेपालको प्राकृतिक स्रोत जस्तै खनिज, जैविक उत्पादन, कृषि तथा अन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सघाउँछ । सर्किट अबधारणाले स्थानीय बजारमा पु¥याउन मात्र सहयोग गर्छ ।
– अन्तर्राष्ट्रिय ब्राण्डका उत्पानको उपभोग गर्ने कार्यमा विआरआईले थप प्रभाव पार्न सक्छ । सर्किट अबधारणाले स्थानीय उत्पादनको खपतमा बढी सहयोग गर्छ ।
– विआरआई परियोजनाले प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्ने भएकोले गुणस्तरीय उपभोग्य सामग्रीको उपभोगमा टेवा पु¥याउँछ । सर्किट अबधारणाले त्यो हदसम्मको गुणस्तरीय सामग्रीको पहँुचको सम्भावना देखाउँदैन ।
– विआरआईले स्थानीय उत्पादनको बजार पहुँच अन्तर्राष्ट्रिय तहसम्म पु¥याउँछ । तर, सर्किट अबधारणामा सो कुरा पाउन कठिन हुन्छ ।
– विआरआई परियोजनाले नेपालको सन्दर्भमा कुनै एउटा देशसँग मात्र निर्भर रहँदै आएको आयात निर्यातको अवस्थालाई केही मात्रामा घटाउन सहयोग गर्छ ।  तर, सर्किट अबधारणाले चैं कुनै एउटा देशसँग रहँदै आएको निर्भरतालाई झन् बढाउने देखिन्छ ।

 

सामाजिक तहमा पार्ने प्रभाव
– विआरआईले अन्तर्राष्ट्रिय पर्यटकको आवागमनमा थप सहयोग पु¥याउँछ । सर्किटले क्षेत्रीय स्तरको धार्मिक पर्यटकको आवागमन बढाउने देखिन्छ ।
– विआरआईले अन्तर्राष्ट्रिय बजार सुलभ बनाउने भएकोले विश्वका ठूला लगानीकर्ताहरूलाई आकर्षित गरी रोजगारीका अवसरहरू बढ्दै जाने सम्भावना रहन्छ । तर सर्किट अबधारणाले अन्तर्राष्ट्रिय तहका लगानीकर्तालाई कम आकर्षण गर्न सक्छ ।
– विआरआई अबधारणा सम्पन्न भएमासाहसिक पर्यटकको आवागमनमा थप सहयोग गर्छ तर त्यस्तो सम्भावना सर्किट अबधारणामा न्यून रहन्छ ।
– विआरआई परियोजनाले धेरैभन्दा धेरै विश्व समूदायसँग सम्बन्ध बिस्तारमा सहयोग गर्छ तर सर्किट अबधारणाले त्यस्तो सम्भावना कम राख्छ ।

 

नेपालको विकासमा पार्ने प्रभाव
– विआरआई अबधारणाले विकासमा लगानी गर्न बहुपक्षीय सहभागिताको सिद्धान्त अवलम्बन गरेको देखिन्छ तर सर्किट अबधारणाले द्विपक्षीय सहयोगको मात्र कुरा गर्छ ।
– विआरआईले नेपाली समाज वा सँस्कृतिलाई बीच्छेद गर्न सक्छ तर सर्किट अबधारणाले सामाजिक वा साँस्कृतिक संरचनामा एकीकृत हुन सहयोग गर्छ ।
– विआरआईले एउटा र अर्को राष्ट्रको समाज सँस्कृति, व्यापार आदिको विश्वव्यापीकरण हुन मद्दत् गर्छ तर सर्किट अबधारणाले स्थानीयकरण हुन सघाउँछ ।
– विआरआईले विश्व सम्बन्धलाई तिब्रता दिनसक्छ र भौगोलिक जटिलताको कारणले रोकिएका विकासका सम्भावनाहरूको ढोका खोल्न मद्दत गर्छ । सर्किट अबधारणा सम्पन्न भएमा उक्त कुरा हुने सम्भावना कम हुन्छ ।
– विआरआई सम्पन्न भएमा विकास प्रकृयामा शिघ्रता ल्याउन सक्छ । सर्किट अबधारणा सम्पन्न भएमा त्यस्तो सम्भावना कम हुन्छ ।
– विआरआई परियोजनाले नेपालको विकासका क्षेत्रमा विश्व बजारबाट लगानीकर्तालाई सहभागी गराउन सहयोग गर्छ तर सर्किट अबधारणामा त्यस्तो सम्भावना कम रहन्छ ।
– विआरआईले उच्च स्तरको प्रविधि स्वदेशमा भित्रन सहज गराउँछ । तर, सर्किट अबधारणाले त्यो सम्भावनालाई सोही रूपमा सहज गराउन कठन देखिन्छ ।

 

अन्त्यमा, नेपालको सर्वाङ्गिण विकासका लागि यातायातको सहज बातावरण बनाएर सम्बन्ध बिस्तारका लागि भारत र चीन सरकारले अघिसारेका सर्किट र विआरआई अबधारणा स्वागत योग्य छन् । यस्ता परियोजनाले पूर्ण रूपमा सबै तह र तप्कामा सहयोग गर्ने अथवा नगर्ने भन्दा पनि चर्चामा रहेका दुइवटै परियोजना राष्ट्रको परिवर्तनका लागि उपयोगी प्रस्तावहरू भने अवश्य हुन् ।
‘द मिडीया एण्ड मोडर्निटी’ का लेखक– जोन बी थमसनले नब्बेको दशकमै भनेजस्तै विश्वव्यापीकरणले कुनैपनि समृद्ध राष्ट्र अथवा त्यहाँको समाजमात्र नभएर विपन्न राष्ट्र अथवा त्यहाँको समाज दुइवटै पक्षले फाइदा लिन सक्ने सम्भावनाको ढोका सँधै खुल्ला रहन्छ । नेपालको सन्दर्भमा चर्चाको शिखरमा पुगेका विआरआई र सर्किट परियोजनाले एकातिर नेपाली जीवन, सँस्कृति, व्यापार, व्यवसायलाई सम्बन्ध बिस्तार गर्दै विश्व सामु फैलन मद्दत पुग्ने हुन्छ । अर्कातिर नेपालले सम्बन्ध बिस्तार गर्दै विश्वको सँस्कृति, व्यापार, व्यवसाय, लगानीजस्ता विकासका लागि अपरिहार्य मानिएका बातावरण तयार गर्न सक्छ । यस्ता अबधारणा सफल भएमा एउटा राष्ट्र र अर्को राष्ट्रमा रहेका मानीसहरुको नागरिक–नागरिक र समुदाय–समुदाय बीचको सम्बन्ध बिस्तार गर्न थप सहज हुन्छ ।
नेपाल सरकारले छिमेकी राष्ट्रहरूले सम्बन्ध बिस्तारका लागि बढाएका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा सर्बप्रथम आफ्ना नागरिकको हितलाई सर्वोपरी ठानेर निर्णय गर्नुपर्ने हुन्छ ।  निर्णय गर्दा कुनै एउटा पक्ष वा दृष्टिकोणलाई मात्र आधार मानेर सम्बन्ध बिस्तारमा निर्णय गरिहाल्नु भन्दा पनि परियोजनाको सम्भावनाहरु, सम्पन्न गर्न लाग्ने समय, लगानी, उपलव्ध हुनसक्ने साधन स्रोत तथा पूर्वाधार र बातावरण, भौगोलिक बिकटता तथा नेतृत्वको सोच र क्षमता, भू–राजनीतिक अवस्था, सामाजीक–साँस्कृतिक संवेदनशिलता जस्ता आयामहरूलाई समग्र रूपमा केलाएर पाइला चाल्नु वुद्धिमानी हुन्छ ।
Facebook Comments