परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अष्टाध्यायीभन्दा लोकप्रिय सिद्धान्त–कौमुदी

अमर कृति

अमरकृति नामक यस स्तम्भमा पाणिनीय संस्कृत व्याकरणका बारेमा यस अघि चर्चा गरियो । संस्कृत भाषाको शुद्धता एवं एकरूपताका लागि पाणिनिको अष्टाध्यायी नै आधार ग्रन्थ हो । यसमा उनले सूत्ररूपमा व्याकरणका नियम बनाएका छन् ।

पाणिनिको समयमा सम्झनसकियोस् भनेर सूत्रबद्धरूपमा वा छन्दमा (कविताका रूपमा) लेख्ने चलन थियो । व्याकरणसम्बन्धी पाणिनिका नियम पनि सूत्रका रूपमा छन् । उनका सूत्रलाई अध्याय, पाद र सूत्र-सङ्ख्याका क्रममा राखिएको छ ।

अष्टाध्यायी अथवा सूत्रपाठको पहिलो सूत्र ‘वृद्धिरादैच्’ हो । यसको सङ्केत नम्बर १.१.१ रहेको छ । त्यसैगरी, दोस्रोमा ‘अदेङ् गुणः’ छ । यसको सङ्केत नम्बर १.१.२ छ भने अष्टाध्यायीको अन्तिम सूत्रका रूपमा ‘अ अ इति’र यसको सङ्केत नम्बर ८.४.६८ रहेको छ ।

सिद्धान्त-कौमुदी

सुरु सुरुमा पाणिनीय सूत्रपाठका क्रममा नै संस्कृत व्याकरणको पठन–पाठन हुने गर्थ्यो । शब्द निर्माण गर्ने क्रममा अष्टाध्यायीको क्रममा रहेका सूत्रहरूको प्रयोग अव्यावहारिक पाइनथाल्यो । एउटा शब्द निर्माण गर्दा कहिले पहिलो अध्याय त कहिले आठौँ अध्यायमा पनि पुग्नुपर्ने हुनसक्थ्यो ।

यही असहजता अन्त्य गर्न भट्टोजि दीक्षितले पाणिनिका सूत्रलाई समेटेर सिद्धान्तकौमुदी नामक ग्रन्थ रचना गरे । संस्कृत व्याकरणको यस ग्रन्थको पूरा नाम “वैयाकरणसिद्धान्तकौमुदी”हो ।

प्रक्रियाकौमुदीका आधारमा रचना गरिएको आफ्नो यस ग्रन्थका बारेमा भट्टोजि दीक्षितले प्रौढ मनोरमा टीका (कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ;भाष्य– नेपाली बृहत् शब्दकोश) पनि लेखेका छन् ।

सिद्धान्त–कौमुदीलाई प्रक्रिया–पद्धतिसम्बन्धी सर्वोत्तम ग्रन्थ मानिन्छ । यसमा अष्टाध्यायीमा रहेका सबै सूत्रलाई समावेश गरिएको छ । ती सूत्रहरूलाई विभिन्न प्रकरणहरूमा व्यवस्थित गरिएको छ । सबै धातुहरूका रूपको विवरण दिइएको छ । लौकिक संस्कृत व्याकरणको विश्लेषण गरेर वैदिक–प्रक्रिया एवं स्वर–प्रक्रियालाई अन्त्यमा राखिएको छ ।

सिद्धान्त–कौमुदीले ज्यादै लोकप्रियता हासिल ग¥यो । यतिसम्म भयो कि पाणिनीय व्याकरणको प्राचीन पद्धति एवं तेह्रौँ शताब्दीमा वोपदेवले रचना गरेको संस्कृत व्याकरणको ग्रन्थ ‘मुग्धबोध’ आदि व्याकरणका पद्धतिहरू हराउँदै गए ।

पाणिनीय व्याकरणमा भट्टेजि दीक्षितको सिद्धान्त–कौमुदीलाई महाभाष्यको छोटो तर बृहत् सारका रूपमा लिन थालियो । उनले यसमा अष्टाध्यायीका सबै तीन हजार ९५५ वटै सूत्रको शास्त्रार्थ पद्धतिका आधारमा विस्तृतरूपमा व्याख्या गरेका छन् ।

सिद्धान्त–कौमुदीमा अष्टाध्यायीका सूत्रहरूलाई क्रम बदलेर उपयुक्त शीर्षकमा समेटेर तिनको व्याख्या गरिएको छ । यसैका कारणले पनि सिद्धान्त-कौमुदी अष्टाध्यायीभन्दा बढी लोकप्रिय हुनपुगेको हो । यो ज्यादै व्यवस्थित हुनुका साथै सजिलै बुझ्न सकिने छ ।

संस्कृत व्याकरणका महापण्डित वरदराज महापण्डित भट्टोजि दीक्षितका शिष्य हुन् । उनले सिद्धान्त–कौमुदीका आधारमा मध्यसिद्धान्त–कौमुदी, लघुसिद्धान्त–कौमुदी र सार–कौमुदी नामका ग्रन्थ रचना गरेका छन् ।

वैयाकरण–सिद्धान्त–कौमुदीमा धेरैले टीका लेखेका छन् । तीमध्ये वासुदेव दीक्षितले लेखेको ‘बालमनोरमा’टीका व्याकरण पढ्न चाहनेहरूका लागि सहज एवं उपयोगी मानिन्छ ।

पाणिनीय व्याकरण अध्ययनका महत्त्वपूर्ण विशेषताका रूपमा रहेका केही विषय यस्ता छन्–

१.   प्रत्याहारः पाणिनीय व्याकरणमा ‘अइउण्’आदि माहेश्वर सूत्रहरूका आधारमा बनेका ‘अच्’आदि प्रत्याहार ।

२.   इत्संज्ञकः अष्टाध्यायीमा इत्संज्ञा गरिएका अन्तिमका ‘हल्’आदि ।

३.   अधिकारः पूर्वीय प्राचीन परम्परा अनुसार कुनै पनि शास्त्रको थालनीमा त्यो शास्त्र पढ्न उपयुक्त पात्र ठह¥याइएको व्यक्ति, शास्त्रका आरम्भमा बताइने अनुबन्ध चतुष्टय (विषय, सम्बन्ध, अधिकारी र प्रयोजन) मध्ये एक ।

४.   अनुवृत्तिः व्याकरण अनुसार अगिल्लो सूत्र वा नियमको अर्थ पछिल्लो सूत्र वा नियमसँग पनि सम्बन्धित रहने क्रिया ।

५.   अपकर्षः कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम;घटाउने या घट्ने प्रक्रिया;ह्रास ।

६.   सन्धिविषयक शब्दः व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित भई एकरूप भएर मिल्ने काम वा नियम ।

७.   केही संज्ञाः

क.  अङ्गः प्रत्यय लगाएर शब्द निर्माण हुने कुनै धातु वा प्रातिपदिक । कुनै मूल वस्तुको पूरक, सहायक, सहयोगी, अप्रधान वा गौण अंश ।

अन्य आकर्षणहरू

धर्म परिवर्तन

बुढ्याइँ दुखेको छ मेरो !

च्यातिएको रुपियाँ

मिलेन दक्ष सारथी

ख.  प्रातिपदिकः क्रियादेखि बाहेक अरू नाम, सर्वनाम, विशेषण आदि शब्द वा मूलपदमा अर्को कुनै रूप थपिइसकेपछिको (नाम, विशेषण आदि शब्दको) अवस्था।

ग.   पदः वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि ।

घ.  भ संज्ञाः सुरुको अक्षर य वा स्वर वर्ण भएको प्रत्ययभन्दा अगाडिको पद भ संज्ञा हुन्छ ।

ङ.   विभाषाः कुनै दुई पक्षमध्ये एक;विकल्प;अथवा ।

च.  उपधाः व्याकरणमा कुनै शब्दको अन्तिम अक्षरभन्दा पहिलेको अक्षर ।

छ.  टि संज्ञा : व्याकरणमा प्रत्यय, शब्दको मूल रूप(प्रातिपदिक वा धातु) का पछिल्तिर लागेका प्रत्यय ।

ज.   घि संज्ञाः व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग ।

झ.   स्थान संज्ञाः वर्णहरू उच्चरित हुने विभिन्न उच्चारण स्थान (कण्ठ, तालु, ओष्ठ आदि)

ञ.   ह्रस्व-दीर्घ-प्लुत संज्ञाः व र्ण उच्चारण हुँदा लाग्ने समयका आधारमा छुट्टिने वर्णका किसिम ।

ट.    उदात्त, अनुदात्त, स्वरित् संज्ञाः उच्च, सामान्य र निचा स्वरका आधारमा छुट्टिने वर्णका किसिम

ठ.    अनुनासिकः मुख र नाक दुवैबाट उच्चारण हुने वर्ण ।

ड.   सवर्ण संज्ञाः एउटै स्थान र प्रयत्नबाट उच्चारण गरिने वर्णहरू

ढ.    संयोगः दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्‍व एक साथ मिल्ने वा जोरिने काम; मिश्रण;मेल ।

ण.   सम्प्रसारणः

त.   गुणः व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीनवटा अक्षर ।

थ.  वृद्धिः व्याकरणमा अवर्ण अर्थात् अ, आदेखि पछि एच् अर्थात् ए, ओ, ऐ र औमा कुनै एकका स्थानमा ऐ वा औ हुने एक सन्धि ।

द.    लोपः व्याकरणका नियमानुसार शब्दका कुनै अक्षरको अल्पाइ;वर्णलोप ।

ध.   आदेशः संस्कृत व्याकरणका अनुसार एक वर्णका स्थानमा अर्को वर्ण वा ध्वनि आउने क्रिया;अक्षर–परिवर्तन ।

न.   आगमः कुनै शब्‍दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम -स्‍वरागम, व्‍यञ्‍जनागम, आदिवर्णागम, अर्थागम आदि) ।

८.  शब्दसिद्धिका लागि सहायक अन्य केही उपाय ।

Facebook Comments