परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मेरो हुलिया श्रमजिवी वर्गको रक्षा गर्ने हो

मन्त्री गोकुल बाँस्कोटा

(सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले शनिबार बनेपामा डाँडापारी सन्देश साप्ताहिकको बार्षिक उत्सब कार्यक्रममा दिनु भएको भाषणको संपादित अंश ।

मलाई केही मित्रहरुले चौकीदार भनेर भन्नुभएछ, मलाई यस्तो लाग्छ कुनै जिचहरुको चोरी,डकैती र भ्रष्टाचार गर्नुभन्दा त चौकीदार बन्नु नै राम्रो हो ।

केही प्रतिष्ठित महानुभावहरुले भन्नु भएछ, यस्को हुलिया चाहिन्छ । म वकिल होइन न त प्रहरी नै । हुलिया खोज्दै हिड्नु पर्ने म कुनै अपराधी पनि होइन । मेरो जे हुलिया छ त्यो हुलिया काभ्रे जिल्लाले बनाइदिएको छ । मेरो हुलिया तपाईहरुका माझ म यसैगरी देखाइरहन्छु ।

मेरो हुलियाले कहिल्यैपनि पैसा आउँछ भनेपछि तस्करीको आरोप लागेकाहरुको बहस गर्न गएन । मेरो हुलियाले राम्रो कमाई हुन्छ भनेपछि राजश्व छल्नेहरुको बारेमा बहस गर्नुपर्छ भनेर यो पेशा हो भनेर पनि भन्दैन । मेरो हुलिया यही डाँडापारी, रोशी, इन्द्रावती, नगरकोटको फेदिमा बन्यो । पाँचखाल र भकुन्डेका फाँटहरुमा पनि पुगे, तेमाल र यिनै भेगहरुका जनतासँग डुल्दा डुल्दै बनेको हो मेरो हुलिया ।

एउटा कुरा म स्पष्ट राख्न चाहन्छु, आक्रमणको पनि एउटा तरिका हुन्छ, व्यक्ति माथि हमला गरेर, जसरी हतोत्साहित गर्न खोज्दै हुनुहुन्छ, मलाई अचम्म लागेको छ । वौद्घिक र सम्मानित नागरिकहरु जस्को म नाम लिन चाहान्न, जस्ले मेरो हुलियाको बारेमा खोजिरहनु भएको छ । हुलिया हाजिर छ हजुर, सर्वहारा बर्गको रक्षा र हित, श्रमिक बर्गको रक्षा र हितका निम्ति, कानूनहरु बनाउन, सरकार चलाउन र न्याय बचाँउनका निम्ति यो हुलिया बाँकि छ ।

मेरो हुलियाले कहिल्यै पनि पैसा आउँछ भनेपछि तस्करीको आरोप लागेकाहरुको बहस गर्न गएन । मेरो हुलियाले राम्रो कमाई हुन्छ भनेपछि राजश्व छल्नेहरुको बारेमा बहस गर्नुपर्छ भनेर यो पेशा हो भनेर पनि भन्दैन । मेरो हुलिया यही डाँडापारी, रोशी, इन्द्रावती, नगरकोटको फेदिमा बन्यो । पाँचखाल र भकुन्डेका फाँटहरुमा पनि पुगे, तेमाल र यीनै भेगहरुका जनतासँग डुल्दा डुल्दै बनेको हो मेरो हुलिया ।

मलाई धेरै साथीहरुले प्रश्न उठाउनु भयो, धेरै भाइरल भएको छ यो भनेर  । के हो ? कसैले चिनेको छैन भनेर ।  चिनेरै त हो काभ्रे जिल्लाका जनताले यत्तिधेरै माया गरेर देशभरीकै दुई नम्बरमा पर्नेगरी बढी भोट दिनुभएको । म ती महानुभावहरुलाई संझन्छु । किन मानिसहरु जब न्यायसँगैको परिर्वतनलाई संस्थागत गर्ने प्रयाश हुन्छ तब त्यसका विरुद्घमा लाग्छ ।मिडिया काउन्सिल विषयमा बहश र विवाद चलिरहँदा म दावाका साथ भन्छु , के पत्रकारीताको क्षेत्रमा बर्ग पक्षधरताको गन्ध छ कि छैन ? बर्ग पक्षधरताको गन्ध  छैन भने व्यक्तिगत पक्षको बहशमा उत्रिर्नु नपर्ने हो । जब विषयलाई मोडन् र तोड्नका निम्ति आएका चिजहरुका कन्टेन्ड माथि बहश नगरेर रुप माथि बहश गर्ने, प्रस्तुती माथि बहश गर्ने अझ त्यो पनि नगरी फलानालाई चिनेको छैन, फलानाको हुलिया मिलेन भनेर भन्दैछन् । चिनेर चाँहि के गर्नु हुन्छ  त ? कानून त आयो आयो ।

तर त्यो कानुन केका  निम्ति आयो ? म बताउन चाहान्छु ठूला मिडिया र साना मिडियासँग सँगै बाच्न पाउनु पर्छ । भ भन्न चाहान्छु कि साना मिडियाले पनि विज्ञापन पाउनु पर्छ कि पर्दैन । काम गर्ने श्रमिकहरुले पैसा पाउनु पर्छ कि पर्दैन ? विदेशबाट लगातार विदेशी च्यानलहरु विज्ञापन आइरनु पर्ने हुन्छ कि हुँदैन । यस हिसाबले नेपाली मिडियाको क्षेत्रमा आमुल परिर्वतन जनताको चाहाना हो । ६२/६३ सालको जनआन्दोलनको  मुख्य मगसद पनि हो । समाजवाद निर्माण गर्ने कुरा देशले लिएको लक्ष्य ह/ ।

समाजवादी समाज न्यायमा आधारित हुन्छ । न्यायले ठूलाहरुको मात्र हित गर्दैन । सक्नेहरुको मात्र हित समाजवादले गर्दैन । बलियाहरुको मात्र हित पनि गर्दैन ।

समाजवादी राज्यको विशेषता हो तल्लो बर्गलाई पनि बाच्न पाउने अधिकार दिनु, बोल्न पाउने अधिकार दिनु र लेख्न पाउने अधिकार दिनु ।  श्रमको मूल्य पाउने अधिकार पनि दिनु । तर आज यसका विषयमा समानुपातिक विज्ञापन दिन लाग्यो रे भनेर एकलौटी अथवा आम्दानकिो ठूलो हिंसा आफूमा केन्द्रित गर्न सक्नेलाई यत्तिखेर मन पोलेको होला । विदेशी समाचार च्यानलहरुले विज्ञापन रहित समाचार बजाउनु पर्दा नेपालको दुई चार रुपिया जोगिएला । त्यस्ले अरु कसैलाई असर पर्ने होला । त्यसैगरी स्वरोजगार मूलक मिडियाहरु ( ती आफ्ना खेतको ज्याला गर्ने संस्थाहरु) को हकमा करिब दुई करोड रुपियासम्मको बार्षिक कारोबार हुनेहरुको हकमा आपशी समझदारीको आधारमा पारिश्रमिक निर्धारण गर्ने कुरा हुनु र अरुको हकमा तहगत भएपनि पारिश्रमिकको व्यवस्था गर्नुपर्छ भनेर  भन्दा कसैले कमाई गरीरहेको र अकुंत कमाई रहेको ठाउँमा रोक लागेर अन्यत्र वितरण गर्नु पर्ने भएकाले होला तिव्र आक्रमणहरु भए हुन्छन् अझैपनि ।

क्लिन फिड नीति ल्याउँदा बहश गर्न नसक्नेहरुले ? न्यूनतम् पारिश्रमिक दिनु पर्छ भन्दा दिनु हुँदैन भनेर कराउनेहरुले र मेरो हुलिया खोज्नेहरुले जवाफ दिनुपर्छ कि पर्दैन । उहाँहरु सम्मानित हुनुहुन्छ उहाँहरुलाई म सोध्न चाहान्छु माहानुभाववहरु तपाईहरु कुन मानवअधिकारको कुरा गर्दै हुनुहुन्छ ? कुन श्रमिक अधिकारको कुरा गर्दै हुनुहुन्छ र कुन समाजवाद र कुन लोकतन्त्रको कुरा गर्दैहुनुहुन्छ  र कुन गणतन्त्रको कुरा गर्दै हुनुहुन्छ ।

त्यसैले मिडिया विद्येयक प्रचार गरेजस्तो होइन । हामीले भनेका छौ लेखेकै आधारमा कोही कसैमाथि मुख थुन्दिनी, कलम थुत्दिने यो कुरा हामी गर्न सक्दैनौ । हाम्रो संविधानले यस्तो अधिकार पनि दिएको छैन । हामी लोकतन्त्रका निम्ति लडेका हौं । जब श्रमिकहरुका कुरा हुन्छन् तब कम्यूनिष्ट सरकार, दुई तिहाईको बहुमतको सरकार तानासही भयो भनेर कराउँछन् । अहिले यस्तो कोकोहोलो मच्चाइएको छ ।

मिडिया त मोदीको पक्षमा पनि थिएन नी, अघिल्लो पल्ट विछट्टै थियो, यो पल्ट थिएन । हामी अहिले काम गरिरहेका छौ तर सरकारलाई बदनाम गर्नका निम्ति एउटा स्याँल हुईया मचाइदिने गरिरहेछन् । स्यालहुईया मच्चाइदिएपछि के भयो भने जनताको ध्यान अन्यत्र मोडिन्छ । राम्रो कुराजति लुकाएर नराम्रो कुरा जति हाइलाइट गर्ने ?

क्लिन फिड नीति ल्याउँदा बहश गर्न नसक्नेहरुले ? न्यूनतम् पारिश्रमिक दिनु पर्छ भन्दा दिनु हुँदैन भनेर कराउनेहरुले र मेरो हुलिया खोज्नेहरुले जवाफ दिनुपर्छ कि पर्दैन । उहाँहरु सम्मानित हुनुहुन्छ उहाँहरुलाई म सोध्न चाहान्छु माहानुभाववहरु तपाईहरु कुन मानवअधिकारको कुरा गर्दै हुनुहुन्छ ? कुन श्रमिक अधिकारको कुरा गर्दै हुनुहुन्छ र कुन समाजवाद र कुन लोकतन्त्रको कुरा गर्दैहुनुहुन्छ  र कुन गणतन्त्रको कुरा गर्दै हुनुहुन्छ । यसमा छलफल हुनुपर्दछ । यहाँ सुकुम्बासी समस्या, भूमिहिन समस्याका लागि देशभरी नै आयोग बनाईरहँदा फेरि अर्को कोकोहोलो मचाइने छ । देशका प्रतिकृयावादी तत्व, सामन्ती अभिजात बर्गले फेरि श्रमिक बर्गका विरुद्घ धावा बोल्नेछ । विश्व साम्राज्यवादीहरु पनि त्यसमा देखा पर्न  सक्नेछन्, त्यस्ता तत्वहरु सल्वलाउन सक्नेछन् कि यहाँ  सम्पती माथिको अधिकार लुटिदैछ भनेर हल्ला गर्नेछन् ।  हामी भनरहेका छौ । हाम्रो देशका कुनैपनि नागरिकहरलाई भूमिको पहूँच पाउने  अधिकार हुनेछ, कानूनले पनि भनेको छ । गाँस बास र कपास पाउने हक र अधिकार हुनेछ भनेर हामीले संविधान बनाएका छौ । जब त्यसको प्रर्वदन गरिनेछ यहाँ हल्ला के मचाईछ भने सम्पती माथिको अधिकार खोसियो भनेर हल्ला चलाइनेछ ।

किनभने चिजलाई भड्काउनु छ । हुन दिनुछैन । किनभने जनता बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ हामीले बुझेको लोकतन्त्र त्यो हो । जनता सवृद्घ भए भने देश संवृद्घ हुन्छ हामीले लिएको नीति यही हो । यसका लागि त लाख लाख चोटी कम्यूनिष्टको दम्म भनेपनि, करोड चोटी अझ कोटीकोटी  दोहोराएपनि यो दम्मचाँहि देखाई रहन्छौ । हुलिया खोज्नेहरुले खोजे हुन्छ । केपी वलीको हुलिया खोजेपनि हुन्छ गोकुल बाँस्कोटाको हुलिया खोजेपनि हुन्छ । जस्को हुलिया खोजेपनि हामीले जनतामा कमिटमेन्ट गरेर आएको कुरा पुरा गरेरै छोड्छौ ।

हाम्रो कुरा के हो भने कामलाई डिस्टबेन्स् गरिदिनका लागि हल्ला मचाउनु भएन ।  अब मजदुरहरुको तलब बढ्यो, चिया मजदुरहरुको भर्खर समस्या समाधान भयो । व्यापारीहरुलाई अनुदान चाहिने तर मजदुरहरुलाई ज्याला बढ्न नहुने ? जब ज्यालाको प्रश्न आउँछ अनि कम्यिूनिष्ट सरकारको पालामा उद्योग धन्दामा के हो ? के हो ? भनेर हल्ला चलाइइन्छ । के ज्याला दिनु नपर्ने के शोषणयुक्त समाज नै समाजवाद हो । समाजवाद प्रति हाम्रो कमिटमेन्ट हो नी ।   कि होइन ?  नेपाली काग्रेसको होकी होइन ?

यो मिडिया काउन्सिल मात्र होइन चालु अधिवेशनमै आम संचार ऐन पनि आउँछ यसमा पनि बहश हनेछ । स्वनियमको अधिकार राख्छौ नै भन्या छौ । आफै घोषणा गर्नुहोस्, आफ्नो कानून आफै बनाउनुस् । आफ्नो कानूनको पालना आफै गर्नुहोस् । हामीलाई कुनै दण्ड सँजाय दिनुछैन । हामीत साम्यवादको विचार राख्छौ जहाँ सेना, पुलिस राज्यसत्ताकै कल्पना छैन । आउनुस् सैदान्तिक तरिकैबाट बहश गरौं न त , दुई तिहाईको कम्यिूनिष्ट सरकार भन्नुहुन्छ भने । अहिले हामीले साम्यवाद जसरी त भनेका छैनौ । आवधिक निर्वाचन प्रणालीबाट दल र नेता छान्न पाउने प्रणाली आधुनिक समाजको सबैभन्दा उत्तम लोकतान्त्रिक प्रणाली हो । साम्यवाद भित्रको पनि र पूजिवाद भित्रको पनि । नागकिरहरुले आवधिक निर्वाचन प्रणालीबाट छनोट गर्न पाउने अधिकार भएकै छ । अब यहाँ जब सरकारले आफ्ना एजेन्डा र चुनावी घोषणा पत्रहरु छन् ती पुरा गर्न तिर त लाग्छ । लागू भएन भने पनि कराउँछन् । मानौ वृद्घभत्ता बढेन भनेर पनि कराउँछन् । बृद्घ भत्ता बढाउछु भन्या थियो  बढाएन भनेर काग्रेंसले चिन्ता लिएको देख्छु, किन चिन्ता लिन,ु त्यो त सिंधै लाभ हुने कुरा हो । बरु धुप हालेर बस्नु नी नबढाहोस् नबढाहोस् भनेर बस्नु नी । जनता त रिसाउथे । चिन्ता नलिइदिनु पर्ने कुरामा पनि चिन्ता लिइदिएको छ ।

हामी स्पष्ट छौ, आरिस, कुण्ठा, र यो रोइलो फेरि पनि चुनाव नजितिने भइयो भनेर हो । भोली नै सरकार ढाल्दिनी जस्तो गर्या हुन्छ । अब कुराले सरकार ढल्दैन किनकि संसदमा बहुमत छैन ।  बहुमत नभई सरकार ढल्दैन । त्यसैले चाहाना राखेर हुँदैन । पाँच बर्षसम्म यो सरकार चल्छ । पाँचबर्षपछि पनि अहिले छिमेक तिरको जस्तै हुन्छ । जनताले दिएको म्यानडेट अनुशार हामी चल्ने हो रिस गरेर भएन ।   हामी कोही संगपनि प्रतिसोधको भावनामा छैनौ । स्वच्छ बहश गरौं, व्यवसाहिक धर्म निर्भाह  गरौं । र अन्ततमा आलोचनाहरु जतिनै होउन मेरो हुलिया श्रमजिवि बर्गको रक्षा गर्ने हुलिया हो यही बुझ्नुस् । 

हामीले प्रेस स्वतन्त्रतालदाई खण्डित गर्ने काम गर्दैनौ । तर म दवाका साथ भन्छु के अमेरिकामा प्रेसका लागि कानूनी व्यवस्था छैन, अपराधिक गतिविधि रोक्नका लागि, राष्ट्रएता माथि धावा बोल्दा कार्वाही हुँदैन र ? बेलायत, फान्स सबैमा जरिवनाको व्यवस्था छ । भारतमा दुबै अदालत सकृय हुन्छ ।

हामीले दण्ड जरिवाना मार्फत समाजलाई यातना दिएर नियन्त्रणमा लिन्छु भनेका हैनौ । स्पष्ट भए हुन्छ पोलपोटको शासन छैन, लोकतान्त्रिक कमियुनिष्टहरुको शासन छ यो देशमा । यो हामीलाई सित्तै प्राप्त भएको पनि हैन र हामी यसका फगत उपभोक्ता होइनौ । हामी लोकतन्त्र स्थापना गर्दाका संस्थापक हौं हामी । हामीले प्रेस स्वतन्त्रतालदाई खण्डित गर्ने काम गर्दैनौ । आजको सरकार लोकतान्त्रिक गणतन्त्रको संस्थापक हो । त्यसैले शंका गर्न आवश्यक छैन ।

यो निरर्थक हल्ला के का लागि ? अब वाटो बनायो भने बाटो बन्यो भन्दैन धुलो उड्यो भन्या छ । विकासका निर्माताहरुले देखाइदिउन पिच हुनुभन्दा धुलै नउडे के  उड्छ ?  काम भएन भन्या हुन्छ । भएका काम लेखेकै हुँदैन । चार सय बटा झुलुङगे पुल बनेका छन् । कसैले लेख्यो ? गने हुन्छ, होकी होइन भनेर । के त्यहाँ विकास भएन होला ? कि चारसयबटै पुलहरु एकै ठाउँमा राखेर लाइन लगाइदिए विकास हुन्छ ?  यहाँ त सपना देखे, सपना देख्ने भन्छ । किन नेगेटिभ तिर ? काम हुँदैछ । अब शुनकोशीमा मोटर बोट चल्दैछ । अब त्यहाँ मोटरबोट चल्यो भने पानी जहाज चलाउनी भनेर मोटर बोट चलायो भनेर कराउँछन् । जहाँ जे सम्भव छ त्यहाँ त्यही चलाउने हो नि । समुन्दै त छैननी , सय जना बोक्छ कि दुई सय जना बोक्छ क्षमता जति छ त्यति चल्छ नी । नदी प्रणालीबाट जोडिएको यातायात प्रणाली जोड्ने भन्या हो नी  । एक सय ४० किलोमिटर रेल्वेको वाटो बनिसक्यो त्यो कसैले ल्याउँदैन रेल आएन भन्छ । आजभोलि खुसी भाछन् आजको भोली आउँदैन भनेर चिनिया राजदुतले भन्नु भो भनेर । देख्यौं, खुचिङ हामीले आउँदैन भन्या होइन भनेर भन्छन्, आजको भोली आउँदैन भन्या हो । तपाईको घर पनि आजको भोली बन्दैन । तपाईको छोरा पनि आजको भोलि डाक्टर बन्दैन । स्पष्ट छ जानु पर्यो स्केल र कोर्ष पुरा गर्नु पर्यो । बिलकुल उडाउने ढँगले मात्र लागेका छन् । जति उडाउनुहोस्, स्याल हुँईया मचाएर केही हुँदैन । कुकुर भुकिरहन्छ, हात्ती लम्कि रहन्छ ।

राजनीतिक अभियानमा हामी पनि जागरण चलाई रहेका छौ । उहाँहरुको जागरण अभियानमा पनि भुक्क भुक्क त देख्यौ नी त्यो त हामीले भनेनौ त ।

अब पत्रकारिता भनेका छन् देश टुक्राउँछु भनेर भन्दै हिड्छन्, देश टुक्रयाँउनु पर्यो भनेर भर्ती हुन पर्यो भन्दै सम्पादकीए लेख्छन् त्यो पनि पत्रकारिता भयो ?  हेर्नुकेही छैन कानून केही थाहा छैन अनि भन्या छ पत्रकारहरुलाई कार्वाही गर्नी भनेर कराउँछन् । के पत्रकारहरु संविधान भन्दा एक तह माथिका हुन् । नेपालका पत्रकारहरुले थाहाँ पाउनु पर्छ कानून भन्दा माथि प्रेस हुँदैन । प्रेसको  आफ्नै कानूनहुन्छ त्यही कानूनमा रहेर पत्रकारिता हुन्छ । यहाँ पत्रकारिता पनि बर्ग ‘बाएस’ छ । पत्रकारितामा राजनीति छ । पत्रकारितामा पुँजीवादीहरु पनि छन् समाजवादीहरु पनि छन् । अहिले कोकोहोलो मच्चाउनेहरु पुँजीवादीहरुको संयुक्त प्रयाश हो ।

पत्रकारिताको कोणबाट यसलाई बलियो बनाउँ भनेर आएको हल्ला यो होइन । यहाँ श्रमिकहरुको हक स्थापित हुने भयो । साना मिडियाहरु पनि चल्न सक्ने भए समानुपातिक विज्ञापन पो दिन्छु भन्छ । मेरा आएका विज्ञापन बाग लगाउनु पर्ने भो । अनि बाँकि राख्छन् तीनले । माछाले माछाको आहारा खाने जस्तो गर्नु भएन । पत्रकार साथीहरुलाई पनि मेरो अनुरोध छ । समानुपातिक विज्ञापन नीति लागू गर्ने कि नगर्ने ? हामी प्रेशका लागि संसारमा भएका चलेका मान्यतालाई कुल्चिएर जाँदैनौ । तर, सबै त्यही मानक हो भनेर पनि जाँदैनौ ।

हामी स्पष्ट छौ, आरिस, कुण्ठा, र यो रोइलो फेरि पनि चुनाव नजितिने भइयो भनेर हो । भोली नै सरकार ढाल्दिनी जस्तो गर्या हुन्छ । अब कुराले सरकार ढल्दैन किनकि संसदमा बहुमत छैन ।  बहुमत नभई सरकार ढल्दैन । त्यसैले चाहाना राखेर हुँदैन । पाँच बर्षसम्म यो सरकार चल्छ । पाँचबर्षपछि पनि अहिले छिमेक तिरको जस्तै हुन्छ । जनताले दिएको म्यानडेट अनुशार हामी चल्ने हो रिस गरेर भएन ।   हामी कोही संगपनि प्रतिसोधको भावनामा छैनौ । स्वच्छ बहश गरौं, व्यवसाहिक धर्म निर्भाह  गरौं । र अन्ततमा आलोचनाहरु जतिनै होउन मेरो हुलिया श्रमजिवि बर्गको रक्षा गर्ने हुलिया हो यही बुझ्नुस् ।

साभारः http://www.chakrapath.com 

Facebook Comments