जुविथामा खल्बल

एउटा खाल्डोखुल्डी सिद्धिएको थिएन, अर्काे शुरु भयाे । हिजाे, विस्फोटपछिका खाल्डाहरू, आज विस्फाेटका लागि खनिएकाे खाल्डाे । अब, विस्फाेटका लागि खनिएकाे खाल्डे बाटाे तय गर्नुछ ।

पिली पुग्नुअघि, सेनाले बाटाे बनाउन विस्फाेट गरेपछिका खाल्डा थिए । अहिले माओवादीले उही सेनालाई राेक्न बाटाेमा खाल्डो खनेका छन् । खाल्डाहरू एम्बुस थाप्नका लागि खनिएका हुन । खाल्डाहरू खाली थिए । त्यसैले डर छैन ।

‘मान्माबाट सेनाकाे गश्ती हिडेका चाल पाउने वित्तिकै यहाँ चहलपहल शुरु हुन्छ’ काकुले बताए । उनी थप्दै थिए, ‘सेनाकाे बुटकाे चाल पलभरमै यहाँ गुन्जिन थाल्छ’  ।

‘यी डाँडाका थुम्काहरूले सघाउँछन्, यिनका चाेर आँखाले सुराकी गर्छन्’ काकुलाई उनका सुराकीले बताएका रे ।

बाटाेमा खाल्डाे आउने क्रम जारी छ । निश्चित दुरीमा खाल्डा खनिएका छन् । सेनाका लागि खनिएका यस्ता एम्बुसमा परेर सेनाकाे मात्रै हाेईन, धेरै सर्वसाधारणकाे समेत धेरै क्षति भएकाे छ ।

बाटाे पनि हिजाेकाे जस्ताे थिएन । हिँडन सजिलाे छ । पुरानै चलन चल्तीको बाटाे भत्काएर ट्र्याक खाेल्न भ्याइसकिएकाे रैनछ । पिलीबाट यता माओवादी नियन्त्रण छ । त्यसैले सेनाकाे प्रवेश, ठूलै दुर्घटना निम्तयाउनु हाे ।

बाटाे देखेरै, मैले अनुमान लगाएँ । याे गाउँले राजमार्ग हुनुपर्छ । ‘यस भेगका, सबैकाे वीरेन्द्रनगर, नेपालगन्ज र ईण्डिया जाने मुल बाटाे यही ‘नभन्दै काकुले मलाई जानकारी गराए । उनले थपे ‘याे महिना त मानिसकाे लर्काे लाग्ने गर्थ्याे, एकले अर्कालाई किनार लाएर हिँड्नु पर्थ्याे ।’

याे बेला । ए, हाे त नी हामी दशैँकाे मुखमा छौँ । तीन दिनपछि घटस्थापना हाे । युद्ध विराम, शान्तिका कुरा पनि दशैँलाई ध्यान दिएर गर्न थालिएकाे रहेछ ।

साेधपुछ, कुराकानी सिद्धिने छाँट छैन । हरेक गाउँलेसित हरेक प्रश्न छ । उनीहरूले अपरचित, नाैलाे मान्छे जाे भेटेका छन् । मनमा गुम्सिएका उकुसमुकुस निकाल्नु छ । रिस पाेख्नु छ । ती अवाेध बाल जिज्ञासा । वृद्ध चिन्ता । महिला रहर । सबैकाे निदान, उनीहरू हाम्राे उपस्थितिमा खाेजिरहेका छन । अनि, कामरेडहरूलाई आफुले जानेका अर्धज्ञान ओकल्नु छ । शहर भाेगिरहेका हामीसित‌ै भए पनि थाेरै प्रतिशाेध उतार्नुछ ।

बाटाे सम्म छ । सुनसान छ । काेही आउने छैन । काेही जाने छैन । काकुले भनेजस्ताे मानिसको लर्काे अब सम्झनामा सीमित भएछ । परपरसम्म काेही कतै देखिएनन । भेटिएनन । कस्ताे बाटाे, कसको बाटाे जहाँ पाइतालाका डाेबहरू नै छैनन् ।

सहकर्मी नारायण र म, काकुकाे लयमा हिँडेका छैनौँ । समुहबाट कहिले अघि, कहिले पछि हुन्छौं । हाम्रो कामलाई जे सहज हुन्छ, त्यहि गर्छौँ। चाहिए जति छायांकनमा व्यस्त छौँ । त्यसैले हाम्रो हिडाइ अन्यकाे भन्दा असामान्य छ । कहिले, बाटाे छलेर उकालाे चढीरहेका हुन्छौं । कहिले, आेरालाेतिर झर्छौँ । हामीलाई क्यामराकाे आँखाबाट वर्तमान कैद गर्नुछ ।

तर, क्यामराकाे आँखा हाम्रो जस्ताे भावना बोकेर हिँडदैन । ऊ जीवित छैन, उसमा हामीले ज्यान भर्नुपर्छ । शब्दहरूकाे, ध्वनि र संगीतकाे संयाेजन, सम्पादन गर्नुपर्छ । याे सबै काममा, हामी एउटा टाेली नै बनेर लागेका छौँ । शसस्त्र युद्धका कारण विस्थापितहरूकाे यथार्थ चित्रण गरेर देखाउने महत्त्वपूर्ण जिम्मेवारी हामीले लिएका छौँ । याे काममा हामीलाई नेतृत्व दिने काम पत्रकार, लेखक, डकुमेन्ट्री निर्माता माेहन मैनालीले गर्नु भएकाे थियाे । अर्का सहकर्मी मित्र सुशील मैनाली याे खाेजमा मुगु र डाेल्पाकाे कठाेर यात्रामा गए । म याे यात्रामा छु । नारायण सँगै छन् ।

हामी र तिला नदी सँससँगै छौँ । फरक, ऊ माथिबाट तलतिर बग्दैछ, हामी ऊ आएतिरकाे वाटाे पच्छयाउँदै छौँ । तिला कहिले साँघुरिएर सानाे गल्छी भएर अघि बढ्छ, कहिले फराकिलाे भएर बग्छ । उत्तरी आकाश उज्यालाे छ । नीलाे गगन सफा र सुन्दर छ । बाेट बुट्यानले हरियाली जाेगाउने धर्म छाडेका छैनन् । अहिलेसम्म खेतबारी  देखेका छैनौँ । बाटाेमा हामी छौँ । बाटाेमा केवल हामी मात्र‌ै मानिस छौँ ।

एकाेहाेराे, कहिले तेर्साे, कहिले अलि अलि उकालाे अनि आेरालाे हिँडाइ जारी छ । काकु अघिअघि, हामी पछिपछि । उनकाे गतिमा हामी हिँडन अक्षम छौँ । ‘काकु त एकदिनमै मान्मा–खल‌ंगा गर्छन्’ टाेलीकै कसैले सुनाएका ।

हिँड्दै थियौँ, काकु हराए । हामी भने, त्यही बाटाेकाे पुच्छर समातेर हिडिरहेका छौँ । अगाडि,  तिलाकाे किनारमै, ढुंगाले आेढार बनाएकाे मुन्तिर उनकाे आकृति देखियाे । उनकाे आकृति नजिक धुवाँले रेखा काेरेर उडिरहेकाे देखिन्थ्यो । मानव उपस्थितिकाे संकेत देखियाे । पिली छाडेपछि, हामीले भेटेका पहिलाे मानव उपस्थिति । मनमनै लाग्याे, ‘वाह रे, काकुकाे व्यवस्थापन’ ।

यहाँ दुःखकाे एउटा कथा हामीलाई पर्खेर बसेका रै’छ । काठमाडौंकाे नख्खु चाैकमा माओवादीले सशस्त्र प्रहरी प्रमुख कृष्णमाेहन श्रेष्ठलाई विहानकाे उज्यालाेमा हत्या गरे । त्यसकाे अँध्यारो यहाँ छाएकाे रहेछ ।

त्यही हत्या आराेपमा पक्राउ परे, एक युवा, काठमाडौंमा । उनकै आमाबाबु याे अनकन्टार, निर्जन बाटाेमा चिया पसल खाेलेर बसेका रहेछन् । थाहा भयाे, ‘चिया पसल’ त बहना मात्रै रहेछ । काेही बटुवा छाेराकाे खबर वाेकेर आउँछ कि भन्ने आशमा यी दम्पति दिनभर बाटाे कुर्दा रहेछन् । दुई बर्षअघि हामीजस्तै नाैला मान्छे भेटेका रे, उनीहरूले । पत्ता लगाउँदा थाहा भाे, लेखक, समालाेचक, अनुसन्धानकर्ता मन्जुश्री थापा २ बर्ष अघि त्याे बाटाे हिँडेकी रहिछन् ।

‘त्यसपछि त हाम्ले, गाउँले नै पहिला जस्ताे हिँड्या देखन्या नाई’ आमाले सुनाइन् । पसलमा आफैँले बनाएकाे चिया खाएर दिन काट्दा रहेछन् । दाहिने भएर वग्ने तिला नदिसित साउती गर्छन् । हराएका छाेराकाे खबर ल्याउने डाकिया कबै त आउला भनेर आशाकाे आँगन फैलाएर रुँघेर बसेका छन् । तिनका लागि हामीसित पनि केही खबर थिएन । उनीहरूका चाउरिएका निधार निराशाले खुम्चिए ।

पातलाे चिया, मिठाे मानेर खायाैँ । घाँटी ताताे भयाे । आँत रसायाे । मन हल्का भयाे । हिजाेदेखिकाे खाली पेट, सँगै ल्याएकाे खानेकुराले अलिकता आँटिला भर्यौँ । केहिबेर आराम गर्यौँ ।  वास्तवमा, काकुकै व्यवस्थापन रहेछ ।

आश्वसन र भराेसाकाे नक्कली आश दिएर, आशैमा बाँचेका ती आमाबाबुसित विदा माँगेर हामी अघि लम्कियौँ । पर पुगेर फर्किहेर्दा, उनीहरू दुवैजना हामीलाई आशाकाे दृष्टिले हेरिरहेका थिए ।

सशस्त्र युद्धको याे राष्ट्रिय घाउ । ‘गाँउघरमा यस्ता मलम नलागेका घाउ कति हाेलान्, कति’, म यही साेच्दै उकालाे लागेँ । मध्यान्ह छ । घाम टाउकाेमाथि छ । दुई खुट्टा निरन्तर अघि बढिरहेकाे छ । मध्य घाम, तातिएकाे पहाड, निलाे आकाश सँगसँगै छ । तल, उही निलाे, निख्खर शीतल तिला हामीलाई जिस्क्याउँदै स्वच्छन्द बगिरहेकै छ ।

अगाडि के ? प्रश्नहरू छन् । हामी कुनै भ्रमण तालिका, समय र स्थान ताेकेर हिँडिरहेका थिएनौँ । जहाँ आेच्छयान,  त्यही बास । जहाँ चुल्हाे, त्यहीँ गाँस । काकु व्यवस्थापनकाे मुल सूत्र त्यही थियाे । यही सूत्रलाई आत्मसात गरेर हामी हिँडिरहेका छौँ, हिँडिरहेकै छौँ ।

बाटाेमा ठूलै घना बस्ती आइपुग्याे । जुविथा । डाँडामा झपक्क लहरै घरहरू । घरहरू एकका मुन्तिर अर्काे चाङ लागेका छन । एउटाकाे घरकाे आँगन, अर्काे घरकाे छाना । कस्ताे मिलेकाे, कस्ताे आकर्षक । एउटा घरकाे छत, अर्काे घरकाे आँगनमा काटेका धान सुकाईएका थिए । केटाकेटी खेल्दै थिए । केही युवा धानकाे भारी वाेकेर गाँउमा भित्र्याउदै थिए ।

तल, ठूलाे फाँट अझै पनि पहेंलो फैलिएकाे थियाे । काट्न बाँकी खेत, पाकेका धानले झपक्क थियाे । फाँट मुन्तिर, नजिकै तीला वगिरहेकै छ । ‘दुई बाली धान मनग्गै फल्छ’, काकुले सुनाए, एउटा चैतमा, एउटा यहि बेला ।’

धानबारीमा किसानहरूकाे लर्काे देखियाे । काेही धान काटदै थिए, काेही काटिएकाे धान मिलाएर चाङ मिलाउँदै । महिला पुरुष बाराबरी । ‘यहाँ सामुहिक खेती गरिन्छ’, माओवादी शासनको उर्दीपछि यस्ताे भएकाे रहेछ । ‘सबै, सबैका खेत राेप्छन्, काट्छन् अनि बराबरी बाँड्छन् ।’ टाेलीकै कसैले हामीलाई बताए । धानखेतका बीचमा एउटा मचान थियाे । मचानमा काेही थिएन । मचान केका लगि थाहा छैन ।

हामी यी दृश्यहरूबाट हाैसियौँ । नारायण क्यमेरा वाेकेर यताउता दाैडिन थाले । म उनकाे पछाडी, केहि छुटला भनेर सतर्क भए । यात्रामा पहिलाे चाेटी देखेकाे याे गाँउले चहलपहलले हामीलाई अत्याएकाे थियाे । सबथाेक, सबै कुरा एकसाथ छायांकन गर्न हत्तार थियाे । हाम्रो अप्रत्याशित गतिविधिले गाउँलेलाई कति वेला तर्साएछ, हाेशै भएन ।

एक हुल, गाँउले एकजना नेता जस्ता देखिने मान्छे सहित हाम्रो काममा तँगाराे हाल्न आएपछि मात्रै हामीले क्यामराकाे आँखा बाहिरकाे संसार देख्यौँ । गाउँलेकाे भिँड जम्मा भइसकेकाे रहेछ । सबै हामीलाई अनाैठाे दृष्टिले एकाेहाेराे हेरिरहेका थिए । त्यसपछि, साेधपुछ, कुराकानी भनेर धान काटिसकेकाे खेतमा लगे ।

गाउँले भेला भए । धानबारी छाडेर महिला पुरुष जम्मा भए । केटाकेटी खेल्न छाडेर आइपुगे । सबै चुपचाप छौँ । मुखामुख गर्दैछौँ । भर्खर काटिएकाे धानकाे तिखाे घाेच्ने जरा खेतमै छ । त्यहाँ बस्न अप्ठ्याराे छ । हामीले सजिलाेका लागि आलाे आली राेज्याै । हामी कसैलाई पर्खिरहेका थियाै । ‘गाउँ जनसरकार प्रमुख आउँदैछन्’ काकुले थाहा पाइसकेका रहेछन । केहीबेरकाे पर्खाइपछि उनी कतैबाट त्यहाँ हत्तारिँदै आइपुगे । उनीसितै, अघि धान भित्र्याउँदै गरेका युवा साथमै थिए । शायद, हाम्रो खबर उनैले पुर्याएका हाेलान् ।

औपचारिक परिचय शुरु भयाे । उनले आफ्नाे नाम कामरेड नाेबरु भनेकाे जस्ताे लाग्छ । यकिन छैन । त्यसै पनि त्यसताका सुरक्षाका लागि उनीहरू आफ्नाे नाम फेरिरहन्थे । अनुहार याद छ । कलिलाे दार्ही जुँघा । पातलाे ज्यान । उमेरले बीस पनि नकाटेका जस्ताे अनुमान लगाएँ । टाउकाेमा उन्युकाे ढपक्क टाेपी, उन्युकै स्विटर । सानाे कद ।

सानाे स्वरमा नम्र बाेली । कामरेड मुक्तीकाे ठयाक्कै उल्टाे । कुरा सुन्दा अलि पढेलेखेका जस्ताे लाग्याे । हामीले अन्तर्वार्ता नै त हाेईन, तर उनले बाेलेका कुरा खिच्याै । एकाेहाेराे, आफ्नाे बाहेक अरुका कुरा नसुन्ने पारा उही थियाे । तर, उनी गाउँलेलाई पनि आफ्नाे कुरा राख्न दिन्थे । तर, सबै उनकै कुरामा हाेमा हाे मात्र‌ै मिलाई रहेका थिए ।

यस क्रममा उनले सामुहिक खेती ‘कम्युन शासन’ का बारेमा बुझाउन खाेजिरहेका थिए । तर, गाउँलेका अनुहारले यसबारे अनभिज्ञता जनाइरहेका थिए । सयौँ बर्षकाे आफ्नाे खेत सामुहिक हुँदा उनका अनुहारमा खासै हर्ष देखिएकाे थिएन ।

हामीले भेलाकाे यताउता क्यामरा घुमाउन थाल्यौं । ‘ यीऽऽऽ यस्तै थिए, हेलीबाट गाेली दागेका’ केही नाकमा सिगान चुहाइरहेका केटाकेटीले हाम्राे क्यामरा देखाउदै बाल अवाेधपन पाेखे । त्यसले मलाई झसङ्ग बनायाे । ‘सेनाले आकाशबाट गाेली दाग्दा, उनीहरूका आँखा खुल्लै थिए ।’ यसले उनका बाल मनाेविज्ञानमा के असर पारेकाे हाेला ? म फेरि अनुत्तरित प्रश्नहरूबाट घेरिएँ । मन भारी भयाे । युद्धकाे याे घाउ कसले टाल्ने हाेला ? कसले मलम लाउने हाेला ? म आफैँ यी प्रश्नहरूकाे घेरामा अल्मलिएँ । घेरिएँ । अघाेषित कव्जामा परेँ ।

अलिक पर, दुई वृद्धा हामीले सुनून् भनेरै अलिक ठूलाे स्वरमा खासखुस गर्दै थिए, ‘ अन्न त छन्, नुन लिन शहर जान पाइएकाे छैन ।’ केही महिला, ‘ चाडपर्व आयाे, लुगा फेर्नुपर्ने कसरी कुनी?’ सुनाउँदै थिए ।

अलिक रिसाए जसरी, झाेक्किए जसरी, सम्झाउँदै थिए । हाम्राे टर्च लाम यात्रासित वेखुसी थिए । 'हाम्रा कामरेडहरूले नचिनेर एकतर्फि फायर गरेका भए' उनीहरूमध्ये एकले भन्न भ्याए । उनकाे कुराले हामीलाई पनि झस्कायाे । हाम्राे हालत, थाकेकाे अनुहार देखेर उनीहरूले दया पाेखे । केही बेरकाे भलाकुसारीपछि विदा भए । जे हाेस नाग्मा पुगियाे ।

साेधपुछ, कुराकानी सिद्धिने छाँट छैन । हरेक गाउँलेसित हरेक प्रश्न छ । उनीहरूले अपरचित, नाैलाे मान्छे जाे भेटेका छन् । मनमा गुम्सिएका उकुसमुकुस निकाल्नु छ । रिस पाेख्नु छ । ती अवाेध बाल जिज्ञासा । वृद्ध चिन्ता । महिला रहर । सबैकाे निदान, उनीहरू हाम्राे उपस्थितिमा खाेजिरहेका छन । अनि, कामरेडहरूलाई आफुले जानेका अर्धज्ञान ओकल्नु छ । शहर भाेगिरहेका हामीसित‌ै भए पनि थाेरै प्रतिशाेध उतार्नुछ ।

हामीलाई भने हत्तार छ । हामीलाई भन्दा काकुलाई हत्तार छ । उनले ताेकेकाे वासस्थल पुग्न अब ढिला भइसक्याे । सुर्यस्तअघि पुग्न असंभव भइसक्याे । बीचमा अर्काे ठहर छैन । उनी आफ्नाे हाउभाउ र अनुहारमा त्यही देखाउँदै थिए । अन्तत, मुख फाेडेरै, कामरेड नाेबेरुलाई यही कुरा बताए । तर, उनकाे कुरा बिस्तारै विस्तारमा सिद्धिने छाँट छैन । हाम्राे चिन्ताले उनलाई छाेएकै छैन ।

केही नलागेपछि, आखिरमा हामीले हाम्रो एक पक्षीय निर्णय सुनायौँ । बैठक समाप्तिकाे घाेषणा गर्यौँ । सबैसित जवर्जस्ती विदा माग्यौँ । आफ्नाे बाटाे तताउने भयौँ । मैले जुवेथालाई डाँडा मास्तिरबाट मधुराे हुँदै गएकाे घाम मुन्तिर पारेर एकचाेटी हेरेँ अनि मनमनै विदा मागेँ ।

अबकाे बाटाेको टुंगो छैन । काकुले भने अनुसार पुग्नुपर्ने ठाउँकाे नाम । नाग्मा । हामी अब एकाेहाेराे, एकसुरमा, एक गतिमा हिँडिरहेका छौँ । एक दिनकाे बाटाे । आधा दिन जुवेथाले खाइसक्याे । अब, हामीलाई दाेब्बर गतिमा हिँड्नु छ । हामी त्यही गतिमा लम्किरहेका छौँ ।

नारायण र मैले सल्लाह गरेर हाम्रो छायांकन सामग्री पाेकाे पार्यौँ । किनभने, अब समय छायांकन लायक छैन । हामीलाई चाहिने जति उज्यालाे पुग्दैन ।

हिँड्दा हिँडदै घामले डाँडाे काट्याे । बिस्तारै वातावरण अँध्यारो हुँदै थियाे । हाम्राे अगाडिकाे बाटाे देख्न गाह्रो हुँद‌ै गइरहेकाे थियाे । अब, हाम्रो यात्रा हामीले नचाहेकाे अँध्याराेमा  पार हुँदै थियाे । टर्च हुनेले टर्च बाले । माेबाइल हुनेले त्यसकाे सदुपयोग गरे । बाटाे त्यति उकालाे आेरालाे थिएन । हिँड्न सजिलै थियो ।

अँध्यारो हुदाँ सबैतिर सुनसान अझ बढेकाे थियाे । हाम्राे दायाँ वगिरहेकाे तिला नजिकैबाट बगिरहेकाे भान हुन्थ्यो । टर्चहरूको उज्यालाे लाम लागेर हिँडिरहेकाे थियाे । काकु सबभन्दा अगाडि थिए । उनकाे टर्चकाे उज्यालाेलाई उनका पछाडिकाेले, पछाडिकोलाई पछाडिकोले पच्छयाउँदै हामी निष्पट अँध्यारोमा हिँडिरहेका थियौँ । पानी परेकाले ठाउँ ठाउँमा बाटाेले खाेलाकाे रुप लिएकाे थियाे । हामी खाेलारूपी बाटाेमा छत्लयाङछुत्लुङ गर्दै अघि बढिरहेका थियौँ । पसिनाले आधा भिजेकाे शरीरकाे आधा भाग पानीले भिजाइरहेकाे थियाे ।

यसरी, अँध्यारोमा हामी राती करीब दस बजे नाग्मा पुग्यौँ । नाग्मालाई हामीले अँध्यारोमा टेक्यौँ । अँध्यारोमै देख्यौँ । यसको असली रूप थाहा भएन ।

पुगेकाे केही क्षणमा केही मानिसकाे आगमन भयाे । फेरि पुछताछ शुरु भयाे । तर, उनीहरू हाम्राबारे जानकार रहेछन् । माओवादी हाेल टाइमर रे।

अलिक रिसाए जसरी, झाेक्किए जसरी, सम्झाउँदै थिए । हाम्राे टर्च लाम यात्रासित वेखुसी थिए । ‘हाम्रा कामरेडहरूले नचिनेर एकतर्फि फायर गरेका भए’  उनीहरूमध्ये एकले भन्न भ्याए । उनकाे कुराले हामीलाई पनि झस्कायाे । हाम्राे हालत, थाकेकाे अनुहार देखेर उनीहरूले दया पाेखे । केही बेरकाे भलाकुसारीपछि विदा भए । जे हाेस नाग्मा पुगियाे ।

काकुले कुकडा (कुखुरा) काे व्यवस्था गरेका रैछन् । कुकडाकाे झाेलभात खाइयाे । केही बेरमै, अँध्याराे काेठामा, काेही कसैसित नबोली निदाइसकेका थियौँ ।

 

Facebook Comments
Prateek
Comments (0)
Add Comment