एउटी गर्भवती महिला ज्योतिषको घरमा गई
सोधी, ‘यो गर्भमा के छ? बन्छ के यो पछि गई’ ?
ज्योतिष भन्छ, ‘बधाई छ, छोरो हुन्छ बेला भई
राजनीति गरी चम्कन्छ पार्टीको एक घटक भई’
बल्झियो राष्ट्रको प्रेम, मर्यादा कोखकै पनि
आत्महत्या गरी त्यसदिन जन्म त्यसको नहोस् भनी
Facebook Comments