डेटलाइन, बर्दिया, कन्हरा ।
आफ्नाे घर खाेज्दै,
उनीहरू जंगल पसेका थिए ।
माघी विशेष
आफ्नाे जमिन माग्दै,
उनीहरू वनवास गएका थिए ।
कन्हराकाे विरानाे वनमा,
उनीहरूले वास राेजेका थिए ।
हरेक वर्ष,
माघीमा हुने
आफ्नाे माेलमलाईका विरुद्ध
काशीराम र उनीहरू
वगावत गर्दै थिए ।
त्याे कमैया प्रथा विरुद्ध
जंगलबाट उठेकाे आवाज थियाे ।
२७/२८ वर्षअघि
उनीहरू विरानाे वनमा
माघी मनाउँदै थिए ।
उनीहरू माघी त
आज पनि मनाउँदैछन्
तर मलाई यो नसोध्नुहोला –
अहिलेको डेटलाइन कहाँ ?
Facebook Comments