हिजाेआज
मान्छे मृत्यु राेजिरहेकाे छ या
मृत्यु मान्छे खाेजिरहेकाे छ !
कविता
सँगसँगै
साथमा
एकान्तमा
भीँडमा
भेटिनेहरू
देखिनेहरू
भेटिन छाडेका छन्
देखिन छाडेका छन् ।
एउटा समवेदनाले
अर्काे समवेदनाकाे ठाउँ ओगटदैछ ।
एउटा सम्झनाले
अर्काे सम्झनाकाे ठाउँ लिदैछ ।
हिजाेआज
हरेक दिन
मृत्यु
फरक कथा
नयाँ कथा
लेखिरहेकाे छ ।
Facebook Comments