ट्वाक्क यता उहाँको पद बहाली,
ठ्याक्क उता कोरोनाको हालीमुहाली
लक्डाउन भए पनि पदको दायित्व त पूरा गर्नैपर्यो
यस्तो महामारीमा नियम र प्रकिया मात्रै हेरेर भयो ?
“जसरी भए पनि” “यसरी या उसरी भए पनि”
जनताको आवश्यकता आपूर्ति त गर्नै पर्यो
त्यसको जिम्मेवारी पनि नयाँ पदवालालाई नै पर्यो
अनि त आपूर्तिको के दुःख ?
के आपूर्ति, कति आपूर्ति,
यतै आपूर्ति, उतै आपूर्ति,
ला आपूर्ति, ले आपूर्ति,
ल ला लि ली लु लू ले लै लो लौ लं ल: सम्मै आपूर्ति
ओहोहो नयाँ पदवालाको फूर्ति !
भाग्यमा छ भने उसको आपूर्ति मिलाउन कोरोना पनि आइपुग्छ
भाग्यमा स्वतन्त्र हिँडडुल लेखेको छैन भने
झ्यालखानाबाट सरकारले मुक्त गरेको बन्दी पनि
छुटेर घर पुग्दा आफ्नै घरभित्र “लक्डाउन” मा पर्छ
भाग्यमा छ भने हुनै नसक्ने उल्का, अनौठो पनि हुन्छ
चार मिर्गौलावाला प्रधानमन्त्री अन्त कुन देशमा हुन्छ ?
Facebook Comments