विश्वमहामारी कोरोना भाईरस कोभीड (१९)को सन्त्राससंगै तथाकथित मुल प्रवाहका सञ्चार माध्यहरुले आफ्नो प्रकाशन बन्द गर्न थालेकाबेला आज आमजनसमुदायका लागि संदेश वाहकको रुपमा सामुदायिक रेडियो भरपर्दो गरी उभिएको छ ।
छापा माध्यमका धेरै प्रकाशन बन्द भएका छन्, नेपालको हरेक कुना कापचामा टेभी स्टेशन र प्रसारण छैन । जहाँ गाउँघरसंगै शहर बजारमा पनि अहिलेको अवस्थामा सामुदायिक रेडियोहरु हाम्रो देशमा आम नागरिकको हरेक पलका साथी बनेको छ ।
अहिलेको अवस्थामा शहर र बजारका आम मानिस आफ्नो घरबाट बाहिर कोही निस्किदैन, होम कोरेन्टिनमा छ । आफ्नै घरमा परिवारसंग दिन काटिरहेका बेला आफ्ना गाउँघरको हालखबर बुझ्न आज सबैजना सामुदायिक रेडियोका भरमा दिन बिताउने गरिरहनु भएको छ ।
सामुदायिक रेडियो मीता एफ.एम. (१०६.० मेगाहर्ज) लहान, सिराह कारोना भाइसर चीनमा फैलिएको बेलादेखिनै रेडियो मार्फत नगरपालिकाको सहयोगमा कोरोको भाईरसको सार्वजनिक सन्देश मूलक सूचनाहरु प्रसारण गर्दै आइरहेको छ । नेपाल सरकारले जुन दिनदेखि देशलाई लकडाउनको आह्वान ग¥यो त्यस दिनदेखि सामुदायिक रेडियो मीता एफएम विहान ७ः३० बजे देखि ९ः०० बजेसम्म स्थानीय जनप्रतिनिधीहरु र सरोकारवाला प्रशासनिक निकायहरुलाई खबरदारीको काम गर्छ भने दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म रेडियो कार्यक्रम भेटघाट प्रस्तुत गर्छ । खास गरेर यस कार्यक्रममा घरमा परिवारका कुराकानी, उपभोग्य वस्तुहरुको पूर्ति र अभाव, कालोबजारी कोरोनाबाट बच्न गरेका सावधानीहरु र विदेशबाट गाउँ घर, छिमेकमा कोही नयाँ व्यक्ति आएका जस्ता विषयवस्तुलाई समेटी टेलिफोन मार्फत कुराकानी र स्थानीय भाषाका गीत सुनाउने गर्छ । गाउँमा कोको नयाँ व्यक्ति विदेशबाट आए, दैनिक उपभोग्य वस्तुको पूर्ति र अभाव, कालोबजारीबारे स्थानीय जनप्रतिनिधिहरु के गर्दैछ भन्ने कुरा रेडियोलाई थाहा हुन्छ । र हरेक विहान मेयर, अध्यक्ष र प्रशासनिक निकायका अधिकारीहरुसगँ यी विषयमा जिज्ञासा राखी समाधान खोज्न घचघच्याउने प्रयास रेडियो मिताले गर्ने गर्छ ।
गाउँमा खेती किसानी गर्ने मानिसहरुले लकडाउन अर्थात बन्दका बारे खासै चासो राख्दैन तर रेडियो सुन्नमा चासो राख्दछ । किनभन्ने कोरोना भाइरसबारे थाहा छ । के गर्ने खेत जानै परयो गाई गोरु खेत चौरीतिर लानै पर्यो । खेती पातीको समयमा तरकारी खेती लागउनै प¥यो, आलस, तोरी, मसुरो दाल, चाना, रहरी आदी जस्ता नग्देवाली थनक्याउने चटारो छ, खेत जानै पर्यो बन्दको उल्लङ्गघन वा लकडाउनको उल्लङ्गघन होइन यो । डर त छ नि तर काम गर्नै प¥यो ।
सामुदायिक रेडियोले मिताले अहिले जनप्रतिनिधिदेखि सरोकारवाला निकायहरुलाई जगाउने, झकझकाउदै आम जनसमुदायलाई सचेत जागरुक गराउने काम गरिरहेको छ । त्यति मात्र हैन स्थानीय श्रोताहरु रेडियोमा फोनगरी आफ्नो वाडा र गाउँमा मास्क, सावुन र सेनीटाईजर वितरण गरे कि गरेनन् वाडामा निगरानी समुह गठन गरे कि गरेनन्, जनचेतनाका लागि माईकिङ भयो की भएन जस्ता प्रतिक्रियाहरु फोनमार्फ दिने गर्दछन ।
यो महामारी अवधिभरि सामुदायिक रेडियोको कुनै आमदानी छैन । न सरकारले दिन न व्यपारीले दिने र न समुदायले दिने केले धान्ने यो कुराको सोचनीय विसय बन्न थालेको छ । आज नेपालभर यो महामारीका बारेमा जति कुरा जन्ने बुझने मौका पाएका छन् त्यसमा सामुदायिक रेडियोहरुको अहम भूमिका र देन रहेको छ ।
त्यसैले रेडियोकर्मीका हिसावल आज मलाई अझ महसुस भएको छ कि सामुदायिक रेडियो विना समाज सचेत र जागरुक हुन सक्दैन । सरोकारवाला निकायलाई खबरदारी गरी रहदा उहाँहरुलाई पनि सामुदायिक रेडियोको आवश्यकता महसुस भएको छ । आज सामुदायिक रेडियो नभएको भए हाम्रो जस्तो गरिव मुलुकमा के हुन्थ्यो कल्पना गर्न सकिदैन थियो होला । तर आज मैले सरकारी निकायका प्रबुद्ध बर्गहरुलाई भन्न चाहन्छु कि तपाईलाई सरकारले तलव खुवाउछ अनि काम गर्नु हुन्छ तर सामुदायिक रेडियोकर्मीहरुले निःशुल्क सेवा गरेर तपाई आम नागरिकलाई सचेत, जागरुक र सुसूचित गराईरहेका छन् । त्यसैले म यस घडीमा सरोकारवाला निकायलाई भन्न चाहन्छु, सामुदायिक रेडियो बलियो भएमा देश समाज धेरै हिसावले सुरक्षित हुन्छ, सचेत र जागरुक हुन्छ र प्रत्येक दिन नयाँ कामको सुरुवात हुन्छ । तयसैले सामुदायिक र स्थानीय रेडियोहरु संकटका बेलाका जीवन सञ्चारक हुन । तिनलाई स्थायी बनाउन सबैले सोचौं ।