अल्पमत, बहुमत मात्रै सबै कुरा कहाँ हो र?
बिक्न सक्छ खसाल्ने भोट, विवेकको मत बेचिन्छ र?
बहुमत पनि हार्छ अत्याचार बढ्यो भने
सदाचारले ढिलो-चाँडो नजितेको कहाँ छ र?
महाभारत गजब युद्ध, यता पाण्डव, उता कौरव
अल्पमतमा यता पाण्डव, बहुमतमा उता कौरव
पासा खेल चीरहरण तक, जय होस् जय कौरव
अन्तिम युद्ध लडिसक्दा— छ पाण्डव, छैन कौरव !
Facebook Comments