परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

महाभारत 

चट्याङ प्रहार

 

अल्पमत, बहुमत मात्रै सबै कुरा कहाँ हो र?

बिक्न सक्छ खसाल्ने भोट, विवेकको मत बेचिन्छ र?

बहुमत पनि हार्छ अत्याचार बढ्यो भने 

सदाचारले ढिलो-चाँडो नजितेको कहाँ छ र?

 

 

महाभारत गजब युद्ध, यता पाण्डव, उता कौरव 

अल्पमतमा यता पाण्डव, बहुमतमा उता कौरव 

पासा खेल चीरहरण तक, जय होस् जय कौरव  

अन्तिम युद्ध लडिसक्दा— छ पाण्डव, छैन कौरव !

Facebook Comments