‘कविता गहिरो हुनुपर्छ’
त्यो सुनेदेखि कविजी खाल्डो खनेको खन्यै हुनुहन्छ
आफ्नो कवितालाई गहिरो खाल्डोमा राखेर
कविजी आफ्नो कवितालाई गहिरो बनाउने सुरमा हुनुहुन्छ ।
‘कविता राम्रो हुनुपर्छ’
त्यो सुनेदेखि कविता लिएर ब्युटी पार्लर धाउँदै हुनुहुन्छ
कविता लेखेको पानामा गाजल लिपिस्टिक दलाउँदै हुनुहुन्छ
कविजी आफ्नो कवितालाई राम्रो बनाउँदै हुनुहुन्छ ।
‘कविता गम्भीर हुनुपर्छ’
त्यसैले त कविजी आफ्नो कविता खल्तीमा हालेर
जोसुकैको मलामीमा पुग्नुहुन्छ
प्रायः कवितासँगै उहाँ मसानघाटमै भेटिनुहुन्छ !
Facebook Comments