(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असार छ गते विश्व योग दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यक्त गर्नु भएको विचारको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ– सं.)
तनाव कम गर्नु नै योगको उद्धेश्य
यस सुखद् अवसरमा म यहाँहरु सबैलाई, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई र विश्वकै सम्पूर्ण मानव जातिलाई योग दिवसको अवसरमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।
आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, मानवलाई स्वच्छ, सुखी, शान्त राख्न योगदान गरोस् र, मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न बनाउन सकियोस् भन्ने योगको उद्देश्य हो । यो उद्देश्य पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् म फेरि शुभकामना भन्न चाहन्छु ।
पूर्वीय समाजमा व्यक्तिगत रुपमा हरेक दिनलाई हामीले योग दिवसको रुपमा मनाउँदै आयौं । कसैले थाहा नपाउनु बेग्लै कुरा हो तर हजारौ वर्षदेखि यो जीवनको अंगको रुपमा दैनन्दिन कार्यको रुपमा, दिनको प्रारम्भको रुपमा योग अभिन्न अंगको रुपमा रहदै आयो ।
हामी अलि तनावग्रस्त दुनियाँमा छौं, भ्याउँदैनौं, नभ्याउने कुराले झन तनाव हुन्छ । त्यस कारण बिहान अलिकति समय निकाल्ने दिनभरीको तनाव, हप्ता भरीको तनाव, महिना भरीको तनाव, वर्ष भरस्को तनाव र जीवनभरीका तनावबाट मुक्त हुने–त्यो नै योगको उद्देश्य हो ।
योग ऋषीमुनीकै पालादेखि
योगका विभिन्न पक्षहरुका बारेमा म अहिले जान चाहन्न किनभने हामीसँग समय पनि धेरै छैन् । अहिले मैले भनेर योग सम्बन्धी चर्चा पर्याप्त हुने पनि होइन । यसको अभ्यास लिपी बन्न भन्दा अगाडि, भाषा बन्न भन्दा अगाडिदेखि सुरु हुदै आयो । मान्छेले सोध्दै गयो, खोज्दै गयो । यो श्रृष्टिको उत्पतिको बारेमा मान्छेले सोच्यो । जीवन भनेको के हो ? त्यसको बारेमा सोच्यो । र, जीवन कसरी स्वास्थ्य रहन्छ ? आहार, व्यायम, आराम तीन ओटा अथवा बाँच्नका लागि खाना, शारीरिक श्रम गर्नु र आराम लिनु । तीन ओटा कुरा आवश्यक छ कम्तिमा । त्यसलाई कति व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा सोच्यो ।
हाम्रा ऋषिमुनीहरुले हजारौ वर्ष अगाडि, हजारौं पनि धेरै हजार वर्ष अगाडि यस सम्बन्धमा चिन्तन मनन् गरे । साधना गरे । खोज गरे । अध्ययन, अनुसन्धान गरे ।
आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, मानवलाई स्वच्छ, सुखी, शान्त राख्न योगदान गरोस् र, मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न बनाउन सकियोस् भन्ने योगको उद्देश्य हो । यो उद्देश्य पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् म फेरि शुभकामना भन्न चाहन्छु ।
हामी गीतामा योगको वर्णन पाउँछौं । कृष्णले अर्जुनलाई उपदेश दिंदा योगको बारेमा बताएका छन् । योगको महत्वको बारेमा भनेका छन् । कृष्णले गीतामा कपिलमुनीको वर्णन गरेका छन्, योगी कपिलमुनी जस्तो योगी । कपिलमुनी अर्थात लपतञ्जलीको युग भन्दा पनि धेरै अगाडिका । पतञ्जलीको युग ई.सं को एक–डेढ सय तिर मानिन्छ । तर, त्यस भन्दा १३ सय वर्षदेखि १५ सय वर्ष अगाडि द्वापरयुगमा कृष्णले अर्जुनलाई उपदेश दिंदा योगको बारेमा चर्चा गर्नुभो । त्यो मात्रै होइन, मोहनजोदाडो सभ्यता हामीले हे¥यौं भने योगमुद्रामा मुर्तीहरु भेटिन्छ, पाँच हजार वर्ष अगाडि । यो अब महाभारतकालीन अथवा द्वापर युग भन्दा, त्रेतायुग भन्दा पनि अगाडि मोहनजोदाडो सभ्यतामा योगमुद्रामा मुर्तीहरु भेटिन्छन् । हाम्रा विभिन्न समयमा उत्खनन् भएका मुर्तीहरुमा योग भेटिन्छन् ।
अहिलेसम्म भेटिएका सभ्यताहरु, उत्खनन्हरु जुन पुराना सभ्यताहरु मानिन्छन् ती एसियाली सभ्यताहरु, दक्षिण एसियाली सभ्यताहरु हुन । यसमा योगको कुरा गर्दा त्यसबखतका मुर्तीहरुमा योग मुद्राका मुर्तीहरु पाइन्छन् । अथवा कमसेकम अहिले भन्दा पाँच हजार वर्ष अगाडि, छ हजार वर्ष अगाडिका हाल उत्खनन् भएका मुर्तीहरु हेर्दा योग मुद्राशनमा बसेका मुर्तीहरु पाइन्छन् । अथवा योग आज होइन धेरै धेरै पहिलेदेखि थियो ।
हामी वेदमा गयौं भने वेदले योग र योगीहरुको वर्णन गर्छ । हाम्रा प्राचिनतम् शास्त्रहरुले योग र योगीहरुको वर्णन गर्छन । जतिबेला अन्धकारले छोपेको थियो त्यस बेला ज्ञानको शुन्यताको जस्तो स्थिति थियो, ज्ञान केही पनि थिएन, जैविक इच्छा मात्रै थिए । प्रारम्भिक जैविक इच्छा भनेको बाँच्ने इच्छा हो । जीजिविषा । बाँच्ने इच्छा जीवको पहिलो संकेत हुन्छ । त्यो मात्रै थियो । चेतनाको हिसाबले अन्धकारलाई पनि अन्धकारले छोपेको थियो । त्यस बेला एउटा ज्ञानमय वाणी पैदा भयो ॐ भन्ने । ॐ बाट अहम्, भयम् आदिबाट भाषातिर गयो । संकेतबाट भाषातिर गयो दुनियाँ । भाषामा सँगसंगै ज्ञानहरु संकलित हुन थाले । ज्ञानहरु संकलन प्रारम्भिक चरणदेखि नै योगा ज्ञानको, मानवीय चेतनाको एउटा अभिन्न अंगको रुपमा आयो । र, त्यसको प्रारम्भ, त्यसको सुरुवात हामीले गर्व गर्न सक्छौं धर्तीको यही भागमा भएको थिए, जहाँ हामी बसोवास गर्दछौं । मैले धेरै ठाउँमा भन्ने गरेको छु, वेदका ऋचाहरुको रचना यही भएको थियो । वेदका ऋचाहरुको रचना विभिन्न ऋषिमुनीहरुले गण्डकी किनार, कोशी किनारमा गरेका थिए । त्रेतायुगको वाल्मिकी आश्रम यही छ । व्यासले गण्डकी किनारमा वेदको अध्ययन, रचना, संकलन गरे । ती चिजहरु हाम्रो भूमिमा हुने गर्दथे ।
हामी पनि त्यही गरौं व्यक्तिगत तवरमा जसरी योगलाई हाम्रा ऋनिमुनीहरुले, जान्नेहरुले पहिलेदेखि आफ्नो जीवन पद्धती बनाए । हामीले ऋषिमुनी हे¥यौं भने झरिला, भरिला देखिन्छन् । ती झरिला, भरिला किन छन् ? बेस्सरी मासु भात खाएर झरिला, भरिला भएका होइनन् । यी नियमले झरिला भरिला भएका हुन् । खानेको नियम, बस्नेको नियम, आहारको, बिहारको, आरामको, व्यायमको अथवा खानाको र व्यायमको अत्यन्तै सन्तुलित र अहिलेसम्म पनि तीन ओटै कुराको संयोग एकै ठाउँ भएको चिज हो– योग ।
अहिलेसम्म सबैभन्दा पुराना मन्त्रहरु वेदका मन्त्रहरु हुन् । सबै भन्दा पुरानो लय वेदको लय हो । सबभन्दा पुराना छन्दहरु वेदका छन्दहरु हुन । वेद खाली वेद मात्रै होइन, यसमा छन्दको, लयको पनि सृष्टि भएको हो । र, वेदको सबैभन्दा प्रमुख मानिएको मन्त्र गायत्री मन्त्र,
ॐ भूर्भुवः स्वः
तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात् ।।
कोशी किनारमा बसेर वशिष्ट ऋषीले रचना गरेका थिए ।
अर्थात सबै भन्दा पहिलो मन्त्र यहीँ बन्यो । भाषा यहीँ बन्यो, लिपी यहीँ बन्यो, सबै यहीँ बन्यो । सबै भन्दा दीर्घजीवि र सबै भन्दा सारगर्वित मन्त्र गायत्री मन्त्र यहीँ कोशी किनार, चतराधाममा बन्यो । त्यसै कारण यस भूमिलाई भन्ने गरिन्छ– तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, देवभूमि । किनभने देवताहरु यहीँ बस्थ्ये । यो देव भूमि हो र ज्ञानको सृजना यहीँ भएको थियो, यहीँबाट विस्तार भएको थियो । यसरी हामी गर्व गर्न सक्छौं ।
हामी पनि त्यही गरौं व्यक्तिगत तवरमा जसरी योगलाई हाम्रा ऋनिमुनीहरुले, जान्नेहरुले पहिलेदेखि आफ्नो जीवन पद्धती बनाए । हामीले ऋषिमुनी हे¥यौं भने झरिला, भरिला देखिन्छन् । ती झरिला, भरिला किन छन् ? बेस्सरी मासु भात खाएर झरिला, भरिला भएका होइनन् । यी नियमले झरिला भरिला भएका हुन् । खानेको नियम, बस्नेको नियम, आहारको, बिहारको, आरामको, व्यायमको अथवा खानाको र व्यायमको अत्यन्तै सन्तुलित र अहिलेसम्म पनि तीन ओटै कुराको संयोग एकै ठाउँ भएको चिज हो– योग । शारीरिक व्यायम । व्यायम गरेपछि स्वास बढ्छ । अथवा शारीरिक व्यायमको प्रणायामसँग सम्बन्ध हुन्छ भन्ने कुरा जुन व्यायम गर्नुस् स्वास बढ्छ । त्यसले प्रणायम व्यायमसँग सम्बन्धित छ भन्ने देखाउँछ । व्यायमको प्राणसम्बन्धी आयाम, त्यसलाई प्रणायम भन्छौं । त्यो प्राणायम त्यसले सम्पूर्ण रक्तसंचार मात्रै होइन, त्यसले मस्तिष्कमा उपयुक्त ढंगले अक्सिजन पु¥याउँने, मस्तिष्कलाई ताजा राख्ने र स्वास्थ्य राख्ने काम पनि गर्छ । योगामा यो विशेषता पनि छ । अर्को ध्यान । ध्यानमा गएपछि मस्तिष्कलाई जो अतृप्तीबाट, इष्र्याबाट, अंहकारबाट ग्रष्त भएर विकृत हुन्छ अनि डिप्रेसन, डिप्रेसन भन्दा अलि बढ्ता पनि जान सक्छ । इष्र्या गर्दा, गर्दा, गर्दा, गर्दा, गर्दा, गर्दा मान्छे इष्र्या भावले जलिजलिकन आफैंलाई बडो असहज स्थितिमा पु¥याउँछ । तिनीहरुबाट मुक्त गर्ने विषय र मस्तिष्कलाई आत्मनियन्त्रणमा राख्ने विषय । मस्तिष्कलाई नियन्त्रणमा राख्ने भनेको दुईओटा पक्ष हुन्छ, एउटा प्राकृतिक पक्ष अर्को सचेतन पक्ष, वैचारिक पक्ष, सामाजिक पक्ष, बनाएका थिति मुल्य मान्यता विकास गरेका सभ्यताका पक्ष ।
विवेकी मानिस
अब प्राकृतिक पक्ष भनेको पशुपंक्षीहरुले जस्तो व्यवहार गर्छ– त्यो प्राकृतिक पक्ष हो । राम्रो घाँस देखेपछि आफ्नो हो कि होइन, खान मिल्छ कि मिल्दैन त्यसलाई मतलब छैन, खान्छ । राम्रो घाँस देखेपछि गोरुले खान्छ, भैसीले खान्छ, जनाजरले खान्छ ।
तर मिठो खाने कुरा देख्दैमा मान्छेले खाईहाल्दैन । किनभने पसलमा त देख्छ नि उसले, भोक लागिराख्या हुन्छ, मिठो खानेकुरा देख्छ र पनि खाँदैन । किनभने उसको मस्तिष्कले काम गर्छ । उसले विचार गर्छ यो खाने कुरा मेरो हो कि होइन ? मेरो लागि बनेको हो कि होइन ? मसँग त्यो खाने कुराको हक लाग्नेगरीको कुनै अवस्था छ कि छैन ? त्यो बेच्न राखेको हो भने किन्ने पैसा मसँग छ कि छैन ? मलाई उधारो त्यस व्यापारीले पत्याउँछ कि पत्याउँदैन ? सबै हिसाब गर्छ । नत्र भोक लाग्यो भन्दैमा खाँदैन ।
तपाई मेरो घरमा आउनु भयो, मेरो घरमा स्वादिस्ट खाना बनेको छ, तपाईलाई भोक पनि लागेको छ । म तपाईलाई खाना खाउँ भन्छु तपाई भन्नु हुन्छ होइन म घरमै गएर खान्छु । तपाईलाई भोक लागि राखेको छ, खाना तयार छ तर तपाई भन्नुहुन्छ म घरै जान्छु खानलाई, आज यहाँ खान्न । त्यहाँ उसले किन त्यसो भन्यो भनी तपाईं विचार गर्नुस् त उसले सोचेको हुन्छ– यहाँ मैले पहिल्यै खान्छु भनेको थिईन, मेरा लागि यहाँ खाना बनेको छैन, मेरा लागि मेरै घरमा खाना बनेको छ । घरमा खाना बढ्ता भएर उभ्रिन्छ, यहाँ खाना पुग्दैन फेरि पकाउनु पर्छ । त्यस कारण मैले यहाँ खाना खानु हुँदैन । प्राकृतिक पक्ष भनेको त भोक लागेपछि खानु हो । तर तपाई त्यो प्राकृतिक पक्ष “खाउँ खाउँ” लागेको त थियो भन्ने हुन्छ । तर त्यो मनको पक्ष भन्छौँ नि हामी अर्थात मस्तिष्कको पक्ष, सामाजिक अनुशासनको पक्ष त्यसले खाउँ भन्न दिदैन ।
हृदयबाट होइन, मस्तिस्कबाट बोलिन्छ
कसैले भन्छ नि, म मस्तिष्कले होइन मनले काम गर्छु । म हृदयबाट भन्छु, हृदयबाट बोलिँदैन, हृदय चाहिँ मस्तिष्क जस्तो होइन । चेतना हृदयमा होइन मस्तिष्कमा हुन्छ । त्यसको परिपक्क पाटो चाहिँ मस्तिष्कले दिन्छ । त्यो मस्तिष्कलाई हामीले हरदम शान्त, समाजिक, थिति प्रवन्ध, मानवीय सभ्यताको उचाईमा उठेको सभ्य स्थितिमा राख्न सक्नुपर्छ । लोभ, पाप, काम, क्रोधबाट मुक्त भन्न्ने गरिन्छ नि, त्यो भनेको त्यही हो । त्यसबाट मुक्त । खासगरी इष्र्या जस्ता कुराहरुबाट, अतृप्ती जस्ता कुराहरुबाट, अहंकार जस्ता कुराहरुबाट आज दुनियाँ नराम्ररी ग्रस्त छ । युद्ध किन भइराखेको छ ? कसैले आफ्नो अहंकार वा स्वार्थका निम्ति । अरुका हक अधिकारहरु, अरुका स्वभाविक नैशर्गिक अधिकारहरु, बाँच्न पाउने हकहरु, तिनीहरुको कदर गर्ने हो भने अरुको अधिकारको कदर पूर्ण रुपमा गर्ने हो भने समस्या कहीँ पनि आउँदैन । मान्छेले उचित, अनुचित छुट्याएर उचित मात्र कदम चाल्दिने हो भने समस्या आउँदैन । तर, मान्छे उचित होइन, अहंकार पूर्तिका निम्ति कदम चाल्छ, स्वार्थ पूर्तिका निम्ति कदम चाल्छ । त्यसो भएर समस्याहरु आउँछन् । त्यसलाई नियन्त्रण कसरी गर्ने त ? असहिष्णुताबाट कसरी जोगिने त ? त्यसलाई ध्यानले नियन्त्रण गर्छ । यसर्थ ध्यानको महत्व छ ।
नेपालमा योग दिवस २०३६ सालबाट
हाम्रो देशले व्यक्तिगत तवरमा उहिलेदेखि मनाउँदै आएको भएतापनि संस्थागत रुपमा २०३६ साल तिरबाट योग दिवस मनाउन शुरु ग¥यौँ । त्यसपछि ०७२ सालबाट हामीले राष्ट्रिय योग दिवस विधिवत रुपमा मनाउने ग¥यौँ । यो राम्रो कुरा हो । आज हामी अन्तर्राष्ट्रिय योग दिवस मनाईरहेका छौँ । तर यसको अर्थ राष्ट्रिय योग दिवस हुनु हँुदैन भन्ने होइन । योगको उत्पत्ति भएको ठाउँमा राष्ट्रिय योग दिवस हुन्छ नै ।
ध्यान दिवस होइन बुद्ध जयन्ती
साथीहरुले ध्यान दिवसलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्ने कुरा उठाउनु भएको छ । त्यसको अर्थ र महत्वलाई म बुझ्छु । एउटा मात्रै कुरामा अलिकति ख्याल गर्नु पर्छ । बुद्ध जन्मिएको वा बुद्धले ज्ञान प्राप्ति गरेको भनेको अथवा महापरिनिर्वाण प्राप्त गरेको दिनलाई ध्यान दिवस हामीले भन्यौँ भने दुनियाँमा ध्यान दिवस सकिन्छ । बुद्धको जन्म, ज्ञान र मृत्यु त्रियोग दिवस हो, त्यो दिवस जसलाई संयुक्त राष्ट्रसंघले सन् १९९९ मा पारित गरेर सन् २००० देखि नेपाली पात्रो अनुसार वैशाख २ गतेलाई मनाउने गरेको छ ।
अस्ती भर्खर युयान अथवा बुद्ध जयन्ती हामीले भियतनाममा मनायौँ । अर्को वर्ष भरसक हामी नेपालमा मनाउँन खोज्दै छौँ । त्यसका लागि लुम्बिनीमा छिटो काम सम्पन्न गर्नुप¥यो । बुद्ध जसको ध्यान, ध्यानबाट प्राप्त हुने शान्ति संयम । यस पाटामा बुद्धको असाधारण योगदान छ । त्यो कुरा ओझेलमा पर्ने खतरा हुन्छन् । बुद्ध जयन्तीलाई ध्यान दिवस भन्यो भने सबैको ध्यान दिवसमा मात्रै जान्छ ।
अर्को, म के कुरा सचेत गराउन चाहन्छु भने दुनियाँमा विभिन्न धर्महरुका बारेमा पनि रस्साकस्सी चलिराखेको छ । अन्तर्राष्ट्रिय ध्यान दिवस भनेर बुद्ध जयन्तीलाई ओझेलमा पार्ने त्यो पनि कोसिस हुनसक्छ । त्यस कारण ध्यान दिवसलाई छुट्टै दिन पारेर ध्यान दिवस मनाउन जरुरी हुन्छ । बुद्ध मानव जातिका यस्ता सपुत हुन, सन्तान हुन, यस्ता महानायक हुन, यस्ता महामानव हुन जसलाई विश्वले भगवान मानेको छ । जसका विचारहरु, जसका सन्देशहरु यति वर्ष पछि पनि अझ ताजा भएर, अझ धेरै मानिसलाई प्रभावित गरेर आईरहेका छन् । त्यस्तो बुद्ध जुन नेपालमा जन्मिएका हुन, ती बुद्धलाई ओझलमा पर्न दिनु हुँदैन । बुद्धलाई ओझेलमा नपारीकन अरु कामहरु गर्नुपर्छ ।
योगका सबै पक्षहरु नेपालले जति अरुले बुझ्दैनन् । धर्तीको यस भेगले जति अरुले बुझ्दैन । यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिदैन । यहाँको पानीले जति योग बुझ्न अन्यत्रको पानीले साथ दिदैन । यहाँको वातावरणले जति योग अन्यतिरको वातावरणले बुझ्दैन । वातानुकुलित ठाउँ (एसी) मा बस्नु र प्राकृतिक शितल हावामा बस्नु ज्यादै फरक कुरा हो । एसीमा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जुन प्राकृतिक शितल हावामा बसेर हुन्छ । छाना मुनी पनि शितल हुन्छ, बोधी वृक्ष मुनी पनि शितल हुन्छ । किन बुद्ध छाना मुनी नबसेर बोधी वृत्त मुनी बसे ? फरक छ ।
यसका निम्ति हामीले केही कामहरु गर्न बाँकी छ । सबभन्दा पहिलो त एउटा राष्ट्रिय ध्यान केन्द्र बनाउने । हामीले कि विश्व ध्यान केन्द्र बनाउने ? किन ध्यान, विश्व ध्यान केन्द्र बनाउने भन्ने हुनसक्छ । किनभने ध्यानका सर्जक नै हाम्रा पुर्खा हुन । त्यस कारण नेपालमा विश्व ध्यान केन्द्र स्थापना गर्न सकिन्छ ।
आजकल योग, योगा हुन लागिसक्यो । लगभग योगभन्दा योगा परिचित हुन लागिसक्यो । जे सुकै होस् आकार लाउनु र नलाउनुले केही छैन, कुरा एउटै हो ।
योगका सबै पक्ष नेपालले जति अरुले बुझ्दैनन्
योगका सबै पक्षहरु नेपालले जति अरुले बुझ्दैनन् । धर्तीको यस भेगले जति अरुले बुझ्दैन । यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिदैन । यहाँको पानीले जति योग बुझ्न अन्यत्रको पानीले साथ दिदैन । यहाँको वातावरणले जति योग अन्यतिरको वातावरणले बुझ्दैन । वातानुकुलित ठाउँ (एसी) मा बस्नु र प्राकृतिक शितल हावामा बस्नु ज्यादै फरक कुरा हो । एसीमा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जुन प्राकृतिक शितल हावामा बसेर हुन्छ । छाना मुनी पनि शितल हुन्छ, बोधी वृक्ष मुनी पनि शितल हुन्छ । किन बुद्ध छाना मुनी नबसेर बोधी वृत्त मुनी बसे ? फरक छ ।
त्यस कारण यो ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, देवभूमि । यस भूमिलाई त्यसैगरी हामीले अगाडि बढाउनु पर्छ । आग्रह उत्तेजनातर्फ होइन, समृद्धि र सभ्याता तर्फ । आज अलिकति देशलाई आग्रह, उत्तेजना, आवेश र कसैका स्वार्थका लागि त्यत्तापट्टि लैजान खोजिइएको छ । तर देशलाई अब समृद्धितिर, सभ्यतातिर, सुशसंगत परिपाटीतिर लैजानु पर्छ । क्रोधतिर होइन, उत्तेजनातिर होइन, आवेशतिर होइन सुशान्त, प्रशन्न चिन्तन, शान्त चित्त जसले हरेक व्यक्तिलाई मानसिक रुपमा स्वास्थ बनाउँछ त्यसतर्फ लैजानु पर्छ । क्रोधमा परेपछि त माया गरेकी श्रीमतीलाई पनि पड्याङ्ग हिर्काइदिन्छ । त्यो पागलपन भएन र ? रिस उठेका बेला आमाले आफ्नो अत्यन्तै प्यारो छोराछोरीलाई चड्याम्म चड्काउँछिन । त्यसो गरेको भनेको मन थिर नभएर हो । रिसै उठेको भए पनि त्यो बच्चा शत्रु हो र ? त्यसलाई ठ्याम्म हिर्काईदिन्छ । किनभने क्रोध भनेकै त्यही हो । आफ्नैं सन्तानलाई सबभन्दा बढी माया गरेको सन्तानलाई पनि हिर्काइदिन्छ । त्यस कारण क्रोधबाट बच्न योगमा जाऊँ । हाम्रो छिमेकीको एउटा असाध्धै सुधो कुकुर्नी थिइनन् । कसैलाई कहिले नटोक्ने, एक दिन पछाडिबाट आएर मेरो खुट्टा टोक्दिई । किन टोकिछ भनेर हेर्दा त उसले बच्चा पाएको रहेछ । उसलाई डर लाग्यो यसले मेरो बच्चा केही गर्दिने हो कि ? सन्तानप्रतिको माया त्यस्तो हुन्छ । मलाई पनि उसले नचिनेको, नजानेको होइनथ्यो । मप्रति पनि उसलाई विश्वास थियो तर सन्तानको मायाले छेउमा आउँदा बच्चा लगिदिन्छ कि भन्ने उसलाई पीर प¥यो । मलाई पनि मायैँ गर्थी त्यसले, तर उसको सन्तानको अगाडि म अलिकति पराई भएँ खुट्टोमा क्याप्प टोक्दियो । तर कहिले कहिले आमाहरुले त्यति माया गरेको बच्चालाई पनि चड्कन लगाईदिन्छन् । क्रोध त्यस्तो चिज हो ।
कर्मयोगीको देश
अस्वस्थ शरीर, अस्वस्थ मन–वचन, अस्वस्थ मानसिकताबाट बँच्न, आफूलाई अस्वस्थ चिन्तन प्रवृत्ति जस्ता अनेक कुराहरुबाट ग्रसित हुन नदिन योगमा जाऊँ । सबैमा म यही आह्वान गर्न चाहन्छु । योग दिवस आज देशभरी सञ्चालन भइराखेको छ । अनेत्र पनि त्यस्तै योगहरु भइरहेका छन् देशभरी अनि देशव्यापी रुपमा । यो योगीहरुको, कर्म योगीहरुको देश हो । नेपाललाई कर्मयोगीहरुको देश बनाइ राख्नु पर्दछ । योगका विभिन्न पाटाहरु छन् । ती पाटाहरु मध्ये हामी आम जनताको पाटो भनेको कर्मयोग हो । योग पनि गर, कर्म पनि गर । यस अर्थमा योग दिवसको अवसरमा म शिक्षा मन्त्रीज्यू र उहाँको मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । अरु सबै साथीहरु जो यसमा लाग्नु भएको छ, सबैलाई धन्यवाद । यो कार्यक्रम आयोजना गर्न क्रियाशील संघ संस्था र महानुभावहरु सबैलाई धेरै धन्यवाद ।
आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गराउन पहल गर्ने मेरा मित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि धन्यवाद ।
म आजको योग दिवसका दिन हामी सबैलाई मनका योगी बन्न आग्रह गर्दछु । म तपाईहरु कस्ता कस्ता बस्त्र धारण गर्नुस् भन्दिन । मनका योगी हुनुस्, बस्त्र आफ्नो खुसीको कुरा हो । मनको योगी बन्नुस् भन्ने हार्दिक आग्रह सहित आफ्नो भनाई टुङ्गयाउँछु, सबैको भलो होस्, धन्यवाद ।