काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँ उपत्यकाका रैथाने नेवारहरूले आज उपत्यकामा जुलुस प्रदर्शनका साथै विराेध सभा आयोजना गरेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट निस्केको जुलुसका सहभागीहरूले गुठी संस्थान विधेयक फिर्ता हैन, खारेजी नै गर्नुपर्ने माग राखेका छन् ।
जुलुसमा नेवा : एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, संस्कृतिमाथिको अतिक्रमण बन्द गर, सम्पदा मास्न पाइँदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण दिनभरि नै काठमाडौँ उपत्याकाको सवारी आवागमन प्रभावित भएको थियो । स्थानीय नेवार समुदायले सांस्कृतिक नाच र बाजागाजा समेत प्रदर्शन गरेका थिए ।
Facebook Comments