परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेवार समुदायद्वारा काठमाडौँमा प्रदर्शन

सन्दर्भः गुठी विधेयक

काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँ उपत्यकाका रैथाने नेवारहरूले आज उपत्यकामा जुलुस प्रदर्शनका साथै विराेध सभा आयोजना गरेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट निस्केको जुलुसका सहभागीहरूले गुठी संस्थान विधेयक फिर्ता हैन, खारेजी नै गर्नुपर्ने माग राखेका छन् । तर सरकारले हिजै गुठी संस्थान विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिने निर्णय सार्वजनिक गरेको थियो ।

 

जुलुसमा नेवा : एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, संस्कृतिमाथिको अतिक्रमण बन्द गर, सम्पदा मास्न पाइँदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।   प्रदर्शनका कारण दिनभरि नै काठमाडौँ उपत्याकाको सवारी आवागमन प्रभावित भएको थियो । स्थानीय नेवार समुदायले  सांस्कृतिक नाच र बाजागाजा समेत प्रदर्शन गरेका थिए ।

 

Facebook Comments