चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले महिलालाई आर्थिक शसक्तिकरणका लागि चेम्बर अफ कमर्सले सहजीकरणको कार्य गर्ने बताउनुभएको छ ।
नेपाल महिला चेम्बरले काठमाडौंमा बिहीबार आयव्जना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले महिलाद्वारा उत्पादित सामानको व्यापारका लागि भारत र चीनले सहयोग गर्ने भएकाले अन्तराष्ट्रिय क्षेत्रमा नेपाली महिलाद्वारा उत्पादित सामाग्रीको स्थान हुने जानकारी दिनुभयो । नेपालको जुनसुकै स्थानमा महिलाद्वारा उत्पादित सामाग्रीको बजार प्रबद्र्धनमा नेपाल महिला चेम्बरले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीको पक्षपोषकका रूपमा नेपाल महिला चेम्बर अफ कमर्शले कार्य गदै आएको बताउँदै यसलाई निरन्तरता दिइने प्रतिवद्धता प्रकट गर्नुभयो ।
कार्यक्रममा क्यान्सर र मुटु रोगजाँचको स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । जसमा चेम्बर अफ कमर्शका पदाधिकारी, कर्मचारी र सर्वसाधारणका लागि खुला गरिएको थियो । यसैगरी कार्यक्रममा नेपाल उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अञ्जना ताम्राकारलाई महिला उद्यमशीलताको विकासका लागि योगदान गरेबापत् सम्मानित गरिएको थियो । कार्यक्रमको संयोजक राज्यलक्ष्मी सिंहले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।
Facebook Comments