पुस ७ गते, शनिबार
दाङमा पुस ६ गते भएको बस दुर्घटनमा मृत्यु हुनेको संख्या २३ पुगेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगको संगठन कमिटिको सदस्यमा निर्वाचित भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघ महिनादेखि प्रदेशभित्र जन्मिने छोरीको बीमा गरिने घोषणा गर्नुभएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।
पोखराबाट दिल्ली प्रस्थान गरेको नेपाल–भारत मैत्रीबस भारतको आगरामा दुर्घटना हुँदा चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु हुनुका साथै थोरैमा आठ यात्री घाइते भएको समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ
पुस ६ गते, शुक्रबार ।
दाङमा शैक्षिक भ्रमणबाट विद्यार्थी लिएर फर्किएको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।
नेपाली कांग्रेसमा अब आठ महामन्त्री हुने र केन्द्रीय कार्यसमितिको सदस्य एक सय ७१ हुने भएको समाचार पनि अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।
भारतले बाँकेस्थित नेपाल–भारत सीमा नजिकको दशगजानेर नियमविपरीत सडक निर्माण गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
कलंकी–कोटेश्वर खण्ड निर्माण कार्य सम्पन्न भइसकेपछि पनि सरकारलाई हस्तान्तरण गर्नेबारे टुङ्गो नलागेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।