दैनिकी

२०७५ कात्तिक १४ गते, बुधबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

विशेष अदालतले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष भक्तमान श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

वाइड बडी विमानका करण नेपाल वायु सेवा निगम ऋणमा डुब्दै गएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ । निगमको कमाइ २६ करोड र खर्च ७६ करोड रहेको समाचारमा जनाइएको छ ।

आफ्नो परामर्शलाई अनादार गरेको भन्दै लोकसेवा आयोग सरकारसँग असंतुष्ट रहेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

चीन सरकारको सहयोगमा गण्डकीलगायत प्रदेश नं. २ र ३ मा गाई फर्म खोल्न लागिएको र त्यसका लागि ३२ अर्बका चिनियाँ गाई खरिद गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री आफैँ मन्त्री र आफैँ ठेकेदार बनेको समाचार विवरण कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

लुम्बिनीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ महिनाभित्रै सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाइएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे भूठो र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको अभियोगमा पाथीभरा अनलाइन खबरका सम्पादक हरिप्रसाद मानन्धर पक्राउ परेको समाचार पनि राजधानी दैनिकमा नै प्रकाशित छ ।

देशमा राजस्व असुली दर उच्च र पूँजीगत खर्च न्यून हुँदा राष्ट्रको ढुकुटीमा ८० अर्ब रूपैयाँ थुप्रिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कायकर्ताबीच झगडा हुँदा गोली लागी एकजनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पबाट धराहरा पुनः निर्माणको कामले गति लिन लागेको र तिहार अगावैे धराहराको जग हाल्ने तयारी भइरहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

जापानी राजकुमारी अयाकोले सर्वासाधारणसँग विवाह गरेकाले उनको राजकुमारी पदवी गएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments
Comments (0)
Add Comment