नेदरल्याण्ड्स्को आर्मस्टरडममा भएको नेपाल – नेदरल्याण्ड्स्बीचका एक दिवसीय क्रिकेट प्रतिस्पर्धाको पहिलो दिन निदरल्याण्डसँग हारेको नेपालले आज विजय हासिल गर्दै बराबरीमा आफूलाई उभ्याएको छ ।
टस जितेर नेपालले पहिलो पालोमा ब्याटिङ्ग गर्दै २१७ को लक्ष्य दिएको थियो । निदरल्याण्डले अन्तिम ४९ ओभरमा सो लक्ष्यको नजिक पुग्दा ९ विकेट गुमाइसकेको थियो । नेपालको तर्फबाट अन्तिम ओभरको बलिङ्मा पारस खड्का थिए । तर अन्तिम बल बाँकी हुँदा निदरल्याण्डलाई जित निकाल्नका लागि २ रनको आवश्यकता थियो । निकै रोमाञ्चित बनेको यो खेलमा पारसको अन्तिम ओभरको अन्तिम बलिङ्गमा दनेरल्याण्ड्स्को सबै विकेट गिर्न पुग्यो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २१६ रन जोडेको थियो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन र सोमपाल कामीले सर्वाधिक ६१ रन जोडेका थिए । यो नेपालले पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा प्राप्त गरेको विजय हो ।
साउन १६
आजको खेलबाट नेपाली टोलीले खेलप्रेमी नेपालीहरूलाई खुशी तुल्याएको छ । यो प्रतिस्पर्धामा जित हासिल गर्न अझै नेपालले एक प्रतिस्पर्धामा जित्नुपर्ने छ । अस्तिको खेलमा निराशाले भरिएका सामाजिक मिडिया आज खुशी र हर्षले भरिएका छन् । सोमपाल कामी म्यान अफ दि म्याच घोषित भएका छन् ।