धनार्जनको नयाँ अाविष्कार- एक सय पैंसठ्ठीमा दुई सय सत्तरी सिट ल्याम्ने !

फुटानी

हाम्रो माउवादी केन्द्रका सर्वकालिक अध्यक्ष तथा सत्ताप्राप्ती खातिर र अाफन्तजन हिताय कर्मका सुप्रिम कमाण्डर काम्रेस प्रचन्नको बचन पुरागर्न काम्रेस धनार्जनले राजिनामा दिए । अर्थमन्त्री जस्तो चट्ट मिलेको, उख्खुम स्वादिलो, भयङ्कर मिठो, अर्थतन्त्र धूलोपिठ्ठो, गमर्क्याउन पाम्ने पद हाम्रो काम्रेसले झ्याप्प छाडिदिए । धनार्जन जस्तो सफल अर्थमन्त्रीलाई निकालेर एमालेहर्ले के गर्न खोजेका हुनन् मलाई त कन्सिरी तातेर अाम्छ । कस्तो कुरा नबुझेको एमालेहर्ले ? तर, तिनार्को केही लाग्दैन । देउवाको छोरा, विनोद चौधरी, इण्डिया, अम्रिका र काम्रेस प्रचन्नलाई नै घाँटी घाँटी अाम्ने गरी चित्त बुझाइ सकेपछि धनार्जनलाई हेप्ने त्यो एमाले भन्ने को होर ! एमालेलाई हाम्रो धनार्जनले रौं बराबर पनि गनेनन् । रिखीलाई अन्तर्वार्ता दिदा नै हाम्रो धनार्जनले `क्लिएर´भन्देका छन् – त्यो एमाले भन्ने को हो भनेर । हुन पनि हो हाम्रो पार्टी माउवादी केन्द्रको भविष्यको सदावहार अध्यक्ष बन्न कन्धनी कसेर बसेका हाम्रै धनार्जनलाई थाहा नहुन सक्छ । माउवादीका महान सर्वहारा प्रचन्न, देउवा, रघुनाथ घिमिरे, इण्डियाका उपेन्द्र हिरावत, विनोद चौधरीहर्लाई छेलोखेलो बनाएपछि नाथे एमालेलाई कोल्ले टेर्छ हँ ?

कहिले सिसी केम्राको फुटेज मेटाएकोमा विरोध गरेकाछन्, कहिले रघुनाथ र उपेन्द्रले त्यस्तो मिहिनेत गरेर बजेट बनाइदिदा पनि बाहिरिया भनेर अारोप लगाकाछन्, कहिले विनोद चौधरी र जैविरले यसो गरी खाउन त भनेर सेनेटरी प्याड, ३/४ सय विद्युतीय गाडी, चाउचाउमा हाल्ने प्राणघातक मसला र यसो ५०/६० अर्बको सञ्चार उपकरणको सामान ल्याम्न भन्सार छुट दिएकोमा विरोध गरेका छन् । `धनार्जनले १८ अर्ब सके छ´ भनेर अारोप लाम्दै छन् । अहिल्यै कहाँ १८ अर्ब अायोर ! तथापि अर्थमन्त्री भएसी `लटर्रपटर चनामटर´ त हुन्छनी । खै कुरो बुझेका ! मह काढनेले बेलामा हात चाट्यो त कुन ठूलो कुरो हो ? बिचरा ! विनोद चौधरी, जै विर, धनार्जन, प्रचन्न, रघु, उपेन्द्रहर्ले यसो दुखम सुखम गरेर एक डेड खर्ब जोडजाड गर्लान । त्यहाँ भन्दा बढी उनर्ले पनि के चाहिँ गर्लान र !

अब सिसी केम्राले १४ गते खिचेको फुटेज हेर्नु पर्यो भनेर बबाल गर्नेहर्लाई त हाम्रा धनार्जन काम्रेसले `एमाले भन्ने को होर त्यल्लाई फुटेज देखाउनु पर्ने´भनेर रिखीलाई गज्जबको जवाफ दिए । वास्तमा तुलोमा हालेर जोख्ने हो भने त्यो अन्तर्वार्ता लिने र दिनेको हल खुब मिलेको थियो । मुलाई असाध्य मुन परेको अन्तर्वार्ता । हाम्रो धनार्जन काम्रेसले गज्जबको जवाफ दिए । जसले जे भनोस् काम्रेस धनार्जन चाहिँ पढेलेखेकै छन केरे । अनि कहिले कही जिब्रो त चिप्लिन् छनी । बोल्दा बोल्दै अाफूले ल्याएको बजेटले सरासर समाजवादमा पुराउने र अब अाम्ने संघिय चुनाउमा अाफ्नो पार्टीले लहर लगार दुई सय सत्तरी सिट सजिलै जित्ने भनिदिए । एक सय ६५ सिटमा मात्र प्रत्यक्ष उमेदवार उठेर जित्ने व्यवस्था छ भन्ने भुसुक्कै विर्सेछन् । हाड नभाको जिब्रो बुध्दि अनुसार चल्ने त होनी । ७० सिट जित्छ भनेको भे कार्जेकर्तालाई व्याख्या गर्न सजिलो हुन्थ्यो केरे ! जे होस् नेतोले बोलेपछि हामीले पनि `होहो पाडरी हो, होइन भन्ने को´भन्नै पर्छ ।

नमस्कार है विध्वंसे काका ! अाज त अाम्दा अाम्दै पानीले चुट्नु चुट्यो । झुम्री काकी चाहिँ खै त काका ! यो सण्डे र मलाई चिया खुवाउछिनकी भनेको ।

भित्रै होला । जान भनेर अाइज ।  अनि हौ भिरघरे ! हाम्रो जनार्जनको नाम बिगारेर धनार्जन बनाका थियौ, राजीनामा मागेका मागेई थियौ । अब त राजीनामा दिए ढुक्क भयो होलानी ! साँच्चै भन्ने हो भने उनले कौनै अपराध गरेको थिएन । यसो १०/२० अर्ब चिरिप्प झ्याप पार्नु स्वभाविकै हो । अब त्यो १४ गते राति रघु र एउटा भारतीय नागरिक उपेन्द्र भन्नेलाई बजेट मिलाउन लगाउनु पनि अस्वभाविक हुदैहोइन । उनारू कहाँ अनधिकृत मान्छे हुनर ! हाम्रो र विनोद चौधरीको भलाइको लागि काम गर्नेहरू हुन । ज्यान फालेर काम गर्नेहर्लाई अाफ्नो बनाम्न पनि जान्नुपर्छ । त्यसै एमालेहरू निहुँ खोज्छन् ।

हौ काका ! धनार्जनले राजीनामा दिदैमा जघन्य अपराधबाट मुक्ति पाम्छन जस्तो मलाई चाहिँ लाग्दैन । त्यही मन्त्रालयका पनि दुईजना बाहेक अरु पस्न नपाम्ने गोप्य कोठामा एउटा भारतीय र अर्को पूर्व कर्मचारी राष्ट्रले दिनै नहुने कर नै मिनाहा दिने र व्यापारी पोष्ने काम गर्नु राष्ट्रद्रोहको अपराध हो । जति ठूलो कुतर्क गरे पनि यस्ता अपराधीलाई पाता कसेर कानुनी कारवाही गर्नुको विकल्प छैन् । हाम्रो कांम्रेसका सभापति देउवा दाइलाईसमेत लटरपटर पारिसके । प्रचन्न जस्ता धूर्तको बानी व्यहोरा देउवामा पनि सरी सक्यो । संगतको फल कांम्रेसले चाख्नु पर्ने भयो । अब अाम्ने चुनाउसम्मा कांग्रेससँग टाँसिएका विषालु कम्निष्टे लाभ्राहरू झड्कारेर फाल्न नसक्ने हो भने हाम्रो कांम्रेस पनि सकिन्छ ।

जान्ने पल्टिएर चडेर कुरो नगर भिरघरे ! हाम्ले पनि राजनीति जानेको छ । हाम्रो प्रचन्नकै कारनले यो सरकार बनेको हो । देउवा प्रधानमन्त्री भएको पनि प्रचन्नकै कारनले हो । यसो १०/२० अर्ब लटरपटर पारे भन्दैमा हामीलाई तिमार्को कांम्रेसले छाड्न मिल्छ ? तिमार्ले छाडे पनि हामी छाड्ने छैनौ । एक्ला एक्लै चुनाउमा जाने हो भने ओलीले हामीहर्लाई काँही पनि जित्न दिदैनन् ।

हौ भिरघरे दाइ ! ओलीले एक्कै गाँस बनाम्छन् भन्ने कुरा चाहिँ काकाले ठिकै गरे है । वास्तवमा यिनारूमा एक्लै चुनाउमा जाने शक्ति पनि छैन् र हिम्मत पनि नाई । कांम्रेसले झड्कार दिने हो भने पाहा बजारिए जसरी डुङ्गामा बजारिने छन् ।

यो सण्डे पनि निकै गफ दिने भए छ । हेर सण्डे ! तँ भनेको ओलीको भक्त होस् । तँलाई केही थाहा छैन । हामीसँगको गठबन्धन तोड्यो भने हामी मात्र होइन कांम्रेस पनि रहँदैन । स्थानीय निकायको चुनाउमा पनि हामीले गर्दा कांम्रेसले जितेको हो । साँची गमेर हेर्दा हाम्रो प्रचन्नर धनार्जनले गर्दा जनताले अमन चैन र सुशासन भोगिरहेका छन् । सप्पै चिज सस्तो भएको छ । हाम्राहर्ले सप्पै काम राम्रै राम्रो गरेकाले एमालेहर्ले देखि सहेन । अब धनार्जनले त भनी नै सके । यही बजेट जस्ताको तस्तै खर्च गर्ने हो भने सरासर समाजवादमा पुगिन्छ भनेर । समाजवाद समाजवाद भनेर नथाक्ने सप्पैलाई अरु नीति, सिद्धान्त, विचार, दर्शन, व्यवहार केही नचाहिने बनाइ दिए धनार्जनले ।

अनि हौ काका ! १६५ सिटमा चुनाउ हुन्छ माओवादी एक्लैले २७० स्थानमा जित्छौ पनि भनिदिए हैन । हिसाब चाहिँ धनाअार्जनले कुन विश्वविद्यालयमा पढेका रान ? हिसाबमा उल्कै लम्वर ल्याका रान रपो अनर्थमन्त्री भएका हुन क्यारे । हौ काका तिम्रो कुरा सुन्दा मेरो पनि कन्सिरी तातेर अाम्छ ।  अब हामी लाग्छौ घरतिर । लौ काका

जै नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment