भोजन गर्ने संसारभर आ–आफ्ना तरिका छन् । पूर्वीय हिन्दू चलन अनुसार, नबोली खाने लगायत आफ्नै प्रकारका वैज्ञानिक तर्कहरू छन् भने पाश्चात्य देश्हरूमा आ–आफ्नै शैली र तौरतरिकाहरू रहेका छन् । स्वास्थ्यका दृष्टिकोणले भोजनका प्रकार ग्रहण गर्ने तरिका तथा भोजनको प्रवृत्ति जस्ता कुराहरूले महत्व राख्दछन् ।
-
भोजन गर्दा आफ्नो प्रकृति अनुकूल केही कम् अर्थात् ७५% वा ८०% गर्ने अर्थात् २०/ २५% जति कम गर्ने ।
-
भोजन गर्दा शान्त एवं तनावरहित वातावरणमा गर्नुपर्छ ।
-
भोजन बिस्तारैबिस्तारै राम्रोसँग चपाएर गर्ने । यसो गर्दा र्याल वा थुकसँग पाचन रस निस्कनुका साथै राम्रोसँग चपाएको भोजन आमाशयमा राम्ररी पोषण तथा पाचन हुन्छ ।
-
भोजन चपाउँदा मुखमा आएका र्याल वा थुकले केही पाचन रस निकाल्ने हुँदा भोजन पेटमा पुग्दा आमाशय र प्यान्क्रियाजलाई धेरै श्रम गर्न पर्दैन ।
-
हिँड्दैडुल्दै वा उठिउठी गरेको भोजनभन्दा बसेर गरेको भोजन लाभदायक हुन्छ ।
-
भोजनपश्चात् तुरुन्त धेरै पानी पिउँदा पाचनक्रियामा गड्बडी आउनसक्छ किनभने पाचन रसहरू फैलिनुका साथै खानालाई गलाउने, पचाउने रसहरूले राम्ररी काम गर्न पाउँदैनन् ।
-
हरेक समय केही न केही खाइरहने वा चपाइरहने व्यक्तिको पाचन क्रिया कमजोर हुन्छ । परिणामस्वरूप, भोजनका बेला पाचन तन्त्र पूर्ण रूपमा क्रियाशील हुन सक्दैन ।
-
भोजन गरेको तत्काल पश्चात् हिँड्ने, डुल्ने, काम गर्ने, वा खेलकुद गर्ने गर्नुहँुदैन । यसो गर्दा अक्सिजन फोक्सो, मांशपेशी लगायत अन्य अङ्गलाई बढी आवश्यक पर्नुका साथै अन्य अङ्ग बढी सक्रिय हुँदा पाचनमा असर पर्नसक्छ ।
-
भोजनलाई सकेसम्म ११५ड्ढ सेन्टिग्रेड तापक्रमभन्दा बढीमा पकाउनुहुँदैन । यसो गर्दा भोजनमा भएका पौष्टिक तत्त्व नष्ट हुन पाउँदैनन् ।
-
बिहान अर्थात् प्रातःकालीन भोजन सबैभन्दा उत्तम हुन्छ ।
-
बिहान थोरै नास्ता लिएर दिउँसोको खाना खानुभन्दा उत्तम धेरै नास्ता वा खाजा खाएर खाना ढिलो खाने वा विहानको खाजा नखाएको खण्डमा विहान ९/१० बजेसम्ममा खाना खाइसकेको राम्रो हो ।
-
सुत्नुभन्दा कम्तीमा २ घण्टाअगाडि रातीको खाना खानुपर्दछ ।
-
रातीको खाना साँझ ७ बजेसम्ममा खाइसक्नुपर्दछ ।
-
साँझ ५ बजेपश्चात् धेरै वा भारी प्रकारका खाना नखाएको राम्रो ।
-
भोजन गर्ने समय नियमित हुनुपर्दछ ।
-
भोजनमा तेल प्रयोग गर्दा सकेसम्म जैतून (olive oil) , वा virgin coconut oil नरिवलको तेल प्रयोग गरेको राम्रो । यसमा कोलेष्ट्रोल कम वा नहुनुका साथै यसमा गामा लिमोलिनिक एसिड (fatty acid) पाइने हुनाले हृदयलाई स्वस्थ्य राख्नमा मद्दत गर्छ । साथै, तोरीको वा कम कोलेष्ट्रोल भएको तेल प्रयोग गर्न सकिन्छ ।
-
५० वर्षमाथिकाले मांशाहारी खानपान कम वा सकभर नगरेको राम्रो किनभने यसबाट टक्सीन (Toxin) तथा युरिक एसिड हुनसक्छ । साथै, ५० वर्षमाथिका व्यक्तिको शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुने हुनाले जवान व्यक्ति झँै मांशाहारबाट उत्पादित अम्लहरूसँग लड्न सक्दैन ।
-
माइक्रोवेभमा पकाइएको भोजन स्वास्थ्य अनुकूल हुँदैन । यसमा पकाइएका भोजनको पौष्टिकता न्युन हुन्छ ।
-
भोजनमा हरियो, रातो तरकारी तथा सलादको मात्रा बढाउनुपर्दछ ।
-
भोजनमा अदुवा–लसुन जस्ता मसालाको प्रयोग गर्नाले रोग प्रतिरोधी क्षमतामा बृद्धि हुन्छ ।
-
भोजनमा मैदा, चिनी नून तथा चिल्लोको मात्रा घटाएमा मानिसलाई स्वस्थ एवं निरोगी रहनमा मद्दत पुग्छ ।
-
भोजनको पश्चात् तुरुन्त चिया–कफी पिउनुहुँदैन ।
-
बालबालिका तथा युवा व्यक्तिलाई पनि केही मात्रामा मासुको प्रोटिन आवश्यक हुन्छ । बालबालिकाको शारीरिक विकास तथा अभिि हरूको पनि मर्मत सम्भार गर्ने तथा केही प्रकारका प्रोटिनका अम्लहरू वनस्पतिमा नपाइने र ती जनावरको स्रोतबाट मात्र प्राप्त गर्न सकिने हुनाले बालबालिकाका निमित्त मासुको प्रोटिन आवश्यक हुन्छ ।
Facebook Comments
Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
अत्यन्तै जानकारी मुलक article….. यस्तै यस्तै प्रस्तुति हरुको अपेक्षा😊