ख्यालख्याल ठानिने तर गम्भीर समस्या ल्याउन सक्ने रोग लाइपोमा 

हाम्रो मानव शरीरमा हुनसक्ने विभिन्न स्वास्थ्य समस्या मध्ये लाइपोमा (Lypoma) पनि एउटा हो । हुनत यो समस्यालाई चिकित्सकहरुले त्यति गम्भीर समस्याको रुपमा लिने गर्दैनन् । तर यो धेरै मानिसले भाग्नु परिरहेको समस्या भएकाले यस बारेमा साधारण जानकारी भयो भने समस्या समाधान गर्न तर्फ लाग्न सरल होला भन्ने लागेर यस लेखमा केही महत्वपूर्ण जानकारी राख्ने कोशिस गरिएको छ ।

लाइपोमा

साधाण भाषामा लाइपोमा भनेको मानिसको शरीरिमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोकोे साधारण डल्लो (ट्युमर) हो । यसको आकार धेरैजसो पाँचदेखि दश सेण्टिमिटरको गुच्चा जस्तो छाला बाहिरबाट देख्न सकिने डल्लो हो । यो   शरीरका एक वा एक भन्दा बढी भागमा आउन सक्छ । हातले छोएर चलाउँदा डल्लो हल्लिने खालको हुन्छ । धेरै जसो यो छालाको मुनि आउने भए पनि कुनैकुनै मांशपेशीसम्म पनि फैलिएको हुन सक्छ । यो समस्या शरीरका विभिन्न भागहरु जस्तै अनुहार, तिघ्रा ,गर्दन, हात, खुट्टा पाखुरा, कुम तथा कुमको पछाडि र मुखभित्र पनि आउन सक्ने हुन्छ ।  कसैैकसैलाई फोक्सो, आन्द्रा तथा मस्तिस्क आदि समेतमा आउन सक्ने रहेछ । यो साधारणतया नदुख्ने हुनाले छालाको मुनि भएको डल्लो बाहिरबाट देख्ने भएपछि मात्र व्यक्तिले थाहा पाउने हुन्छ । तर पनि समस्या शरीरका विभिन्न भागमा आउन सक्ने भएको हुनाले यसका केही लक्षण र चिन्हहरु ठाउँ विशेषमा भिन्न पनि हुनसक्छन् । जस्तै आन्द्रामा भयो भने दिसामा रगत देखा पर्न सक्छ । उमेरका हिसावले यो समस्या पैतालिसदेखि सत्तरी वर्ष र महिलामा भन्दा पुरुषहरुमा बढी देखिने अनुसन्धानहरुले बताएका छन् ।

 

लाइपोमा हुने कारण

लाइपोमा आउनुको कारण अहिलेसम्म यही हो भन्ने बारेमा यकिन हुन सकेको छैन । तापनि अहिलेसम्मको अनुभबाट बंशानुगत समस्याको रुपमा देखिएकोछ । एक पुस्ताको परिवारको कुनै सदस्यलाई यो समस्या देखिएको थियो भने अर्को पुस्तामा पनि आउने गरेको पाइएको छ । लाइपोमा विभिन्न किसिम र आकारका पनि पाइएका छन् र कुनै कुनै लाइपोमा दुख्ने खालको पनि हुन सक्छ र विशेष गरेर बढी मात्रामा मध्यपान गर्ने पुरुषहरुमा आउने गरेको देखिन्छ ।

लाइपोमाको पहिचान

लाइपोमाको पहिचान खास गरेर चिकित्सकले डल्लोलाई छामेर गर्ने गर्छन् । तर कहिलेकाहीँ यसको स्वरुप सिस्ट  ९ऋथकत० संग पनि मेल खाने हुन सक्छ । जाँच गर्दा छाम्दा दुख्ने र अप्ठेरो लाग्ने भएमा क्यान्सरको शङ्का निवारण गर्न वायोप्सी जाँच पनि गराउनु पर्ने हुनसक्छ । यसका साथै लाइपोमा नै हो भनी एकिन गर्न र यसको वरिपरीका अंगहरु जस्तै नसा, लिम्फनोड, रक्तनलीहरुसम्म फैलिएको छ कि भनेर हेर्न सिटीस्क्यान तथा एम आर आइ आदि पनि गराउन सक्छन् । यसबाट लाइपोमा माङ्शपेशीका साथै हड्डीसम्म पनि छोइ सकेको छ छैन भन्ने पनि एकिन गर्न सकिन्छ ।

लाइपोमा साधारण समस्या हुँदाहुँदै पनि समस्याको विभिन्नताले गर्दा यदि हड्डीमा छोएछ भने सार्कोमा ( हड्डीको क्यान्सर) पनि हुन सक्छ । त्यसैले यस्ता गम्भीर खालको लाइपोमालाई अर्थोअन्कोलाजिष्ट (हड्डीको कयान्सरका चिकित्सक) लाई जँचाउनु पर्ने हुन्छ ।

समस्याको व्यवस्थापन तथा उपचार

साधरणतया लाइपोमाको  उपचार गराउन पर्दैन भनी चिकित्सकहरुले भन्ने गर्छन् । तर यसले व्यक्तिलाई दैनिक जीवनमा केही अप्ठेरो भयो, बाधा पा¥यो वा लाइपोमाको किसिम र संलग्न शारीरिक अङ्गका आधारमा उपचार गर्नुपर्ने हुन सक्छ । तर यसको उपचार औषधि सेवनबाट नभइ सर्जिकल तरिकाबाट मात्र हुँदै आएको छ  । त्यस मध्ये साधारण अवस्थामा विशेष प्रकारको सियोबाट लाइपोमा भित्र रहेको बोसो तानेर निकाल्ने गरिन्छ । कुनै कुनै चिकित्सकहरुले स्टे¥वाइड इन्जेक्सन पनि दिने गरेको पाइन्छ । यस विधिले समस्या पूरै निर्मुल हुने नभइ डल्लोलाई खुम्च्याएर मात्र राख्ने गर्छ । यसलाई निर्मूल गर्न चिरफार गरी डल्लो नै निकाल्नु पर्छ ।

यस समस्याबाट कसरी बनाउन सकिन्छ भन्ने बारेमा अनुसन्धानका पूर्ण निचोडहरु छैन तर रक्सी खाने, मध्यपान गर्ने जस्ता वानी व्यवहारवाट बच्न सकेमा भने लाइपोमाबाट बच्न सघाउ पुग्छ ।

यसरीे शरीरमा आउने लाइपोमा साधारणतया गम्भीर समस्या होइन, तापनि यसको आकार, सम्लग्न अ्ग आदिले गर्दा यसले गम्भीर रुप पनि लिन सकिने हुनाले बेलाबेलामा जाँच गराइरहनु पर्ने हुन्छ । यसरी परीक्षण गर्देै जाने क्रममा कुनै अप्रत्यासित परिवर्तन देखियो, दुख्ने भयो, आकर छिटो छिटो, असाधारण रुपबाट बढेर आयो वा छामेर हेर्दा डल्लो कडा भएर नहल्लिने भयो भने यस प्रति गम्भीर भएर आवश्यक उपचार तुरुन्तै गर्नुपर्छ ।

विषयगत श्रोत :

1.     Diagnosis strategy of adipocytic soft-tissue tumors in adults: a consensus from European expert,
2.     Salvatore Lorenzo Renne, Soft tissue Adipose tissue tumors Lipoma and variants Lipoma, 2002-2022,
3.     Pathology : ttps://www.pathology
4.     https://my.clevelandclinic.org/health/diseases/15008-lipomas
Facebook Comments
Sanu T
Comments (0)
Add Comment