विश्वकपमा नेपाली राष्ट्रिय भण्डा

 

थिम गितमा देखिएकाे नेपाली झण्डा

विश्वकप फुटवल–२०१८ को थिम गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डासहित एक नेपाली ढाका टोपी लगाएर कराइरहेको भिडियो सामाजिक सञ्जालमा  सार्वजिनक गरिएकाे छ । विश्वकै प्रतिष्ठित प्रतियोगिताको थिम गीतको भिडियोमा नेपाली झण्डा समावेश भएपछि नेपाली दर्शकहरुमा उत्साह थपेको महशुस गरिएकाे  छ ।

अहिले सामाजिक सञ्जालहरुमा भिडियोमा देखिएका व्यक्तिकाबारेमा चासो बढ्न थालेको छ । उक्त भिडियोका दर्शकहरुले ती व्यक्तिप्रति निकै चासो देखाएर हेरेका छन् ।

विश्वकप फुटवल प्रतियोगिता १४ जुन २०१८ देखि १५ जुलाईसम्म रसियामा सञ्चालन हुनेछ । रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजन गर्दैछ । यो विश्वकप फुटबल प्रतियोगिता पहिलो पटक पूर्वी युरोप तथा दुई वटा महादेशमा सञ्चालित हुनेछ । आगामी जुन १४ बाट शुरु हुने बिश्वकपको फाइनल जुलाई १५ मा हुनेछ । बिश्वकप ३२ राष्ट्रले भाग लिनेछन् ।

Facebook Comments
Comments (0)
Add Comment