परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मातृभूमिमै अन्तिम सास फेर्ने इच्छा

पचहत्तर वर्ष अघि गोर्खा जिल्लाको लाप्राक गाउँमा जन्मिनु भएका मेरा बुबा बेलायती सेनाबाट निवृत्तभरण हुनुभयो । म पनि बुबाकै बिँडो थाम्न वि.सं. २०२२ सालमा बेलायती सेनामा भर्ती भएँ। बिभिन्न युद्ध मोर्चाहरूमा अग्रपंक्तिमा लड्दै २० बर्षको अनबरत सेवा पश्चात २०४२ सालमा सेवानिवृत्त भई नेपाल फर्किएँ । आफ्नै जन्मभूमीमा आफन्तहरूसँग हाँसीखुसी दिनहरु ब्यतित गरिरहेको थिएँ । २०५४ सालमा बेलायत सरकारले बेलायती सेनाबाट निवृत्त भएका नेपालीहरु र १६ बर्ष मुनिका उनीहरूका परिवारलाई स्थायी बसोबास अनुमति दिने निर्णय ग¥यो। त्यसबेला जेठो छोरो रवि १४ वर्ष, माईलो छोरो सुनिल ११ वर्ष र कान्छी छोरी गौरीका ८ वर्षका थिए।

हाल विश्वलाई आतङ्कित बनाई रहेको कोरोना माहामारीले बेलायतमा मात्रै ४० हजार भन्दा बढीले ज्यान गुमाई सकेका रहेछन्। त्यसमध्ये ६० जनाजति त भूतपुर्व नेपाली बेलायती सैनिक थिए। एक्कासी मेरा नयनहरुबाट आँसुका थोपाहरु पत्रिकामा टिप्किन थाले। छेवैबाट आवाज आइरहेको थियो ‘लोग्ने मान्छे भएर पनि रुन्छ’ । हुन पनि सानै उमेरदेखि कुनै अभाव त दुख भोग्नु नपरेकोले होला कहिले पनि आँखाबाट आँशु बगेको अनुभूति भएको थिएन ।

जेठो छोरो रबिको उमेर १६ वर्ष नाँघेमा सबै परिवार एकसाथ बेलायत प्रवेश गर्न नपाईने हुनाले आफ्नो घर जग्गा माइलो भाईलाई सुम्पिएर २०५५ सालमा सपरिवार बेलायत आयौं। यतापनि सबै छोरा छोरीहरु उच्च शिक्षा सकेर आ–आफ्नो पेशामा ब्यस्त हुन थाले। ठुले रबि हवाई ईन्जिनियर र माईलो होटलमा मेनेजर छन् । दुबै छोराको बिवाह भई एक एक जना छोरा र छोरी छन् । बेलायतमा कुनै पेशामा स्थायी नोकरी भएपछि बैंकबाट आवास ऋण सजिलै पाइने हुनाले दुबै छोराहरु आ–आफ्नो घर खरिद गरेर बेग्लै बसोबास गर्दै आएका छन् । छोरी गौरीका पनि राष्ट्रिय स्वास्थ्य सेवामा नर्सको रूपमा कार्यरत हुनुका साथै हाल आफ्नै प्रेमीसंग बसिरहेकी छिन्। हामी श्रीमान श्रीमती चाहिँ सुरुमै बेलायत आउने बित्तिकै नगरपालिकाले उपलब्ध गराएको आवासमा बसिरहेका छौं।

मेरो मोबाईलमा टिर्र टिर्र घन्टी बज्यो मोबाईल उठाएँ। ह्याप्पी बर्थडे ग्रान्डपा भन्ने आवाज सुनेँ। अनी यसो सिसाबाट बाहिर हेरेको त ठुलो नाती हरि पो रहेछ । उसलाई विद्यालयमा भने साथीहरुले ह्यारी भनेर बोलाउँछन्। उसको दायाँ बायाँ जेठो छोरो रबि र बुहारी मुना देखेँ। एकछिन मोबाईल बाटनै भलाकुसारी भयो ।

कफीको तातो सुर्कीसंगै पत्रिकामा आँखा कुदाई रहँदा एक्कासी मेरा आँखा तन्किए। हाल विश्वलाई आतङ्कित बनाई रहेको कोरोना माहामारीले बेलायतमा मात्रै ४० हजार भन्दा बढीले ज्यान गुमाई सकेका रहेछन्। त्यसमध्ये ६० जनाजति त भूतपुर्व नेपाली बेलायती सैनिक थिए। एक्कासी मेरा नयनहरुबाट आँसुका थोपाहरु पत्रिकामा टिप्किन थाले। छेवैबाट आवाज आइरहेको थियो ‘लोग्ने मान्छे भएर पनि रुन्छ’ । हुन पनि सानै उमेरदेखि कुनै अभाव त दुख भोग्नु नपरेकोले होला कहिले पनि आँखाबाट आँशु बगेको अनुभूति भएको थिएन। पुनः मोबाईलमा घन्टा बज्यो, उठाएँ नेपालबाट भाइले जन्म दिनको सुभकामना दिन फोन गरेको रहेछ। आज उसलाई पहिले भन्दा निकै हर्षित पाएँ। सायद लकडाउनले गर्दा एकै घरमासँगै भएरपनि प्रायः एकसाथ हुन नपाईने सबै परिवार सात हप्तादेखि एकैसाथ समय बिताउने अबसर पाएर होला। ऊसैबेला भिडियो खोलेर सबै जनाले एकसाथ जन्म दिनको सुभकामना ब्यक्त गरे।

यतिकैमा साँझले पछेउरी उघारी सकेकी थिईन। तत्पश्चात हामी श्रीमान श्रीमती निकै भावूक हुँदै लामो गन्थन ग¥यौं। बन्धुत्व र मातृभूमिको निस्वार्थ असिमित मायाभन्दा सर्वोत्कृष्ट अरु केही हुँदो रहेनछ भन्ने निर्विवाद टुंगोमा पुयौं । यदि यो कोरोना भन्ने माहामारीबाट उम्किन सफल भइयो भने हवाई यात्रा सुचारु हुना साथ जस्तो सुकै परिस्थितिसंग जुध्नु परेपनि मातृभूमि नेपाल फर्किएर अन्तिम सास आफ्नै माटोमाथि अन्त्य गर्ने दृढ अठोटका साथ सुत्ने कोठा तिर लाग्यौं ।

Facebook Comments