सहकर्मी सम्पादक र प्रकाशकलाई ‘तिमी’ को दम्भ त्याग्न चेतावनी पत्र
पत्रकारितामा “तिमी” बहस
सहकर्मी सम्पादक तथा प्रकाशक मित्रहरु
नमस्कार !
आशा गर्छु– तपाईंहरुलाई वेसै छ । मलाई चाँहि केही नैतिक, सार्वजनिक र पेशागत लज्जावोध, असहजता र वेचैनी उत्पन्न भएकाले यो पत्र तपाईंहरुलाई लेखेको हुँ ।
सन्दर्भले झलझली सम्झाएको एउटा नेपाली उक्तिबाटै पत्रको थालनी गर्छु– ‘भिड्दाको फल जय या काल, सहँदाको फल पराजय र काल’ । सहँदाको फल समाप्ती नै समाप्ती ! यस्तो दोहोरो मृत्यू मेरा लागि स्वीकार्य हुनै सक्तैन, त्यसैले भिड्दाको फलमा मैले कम्तिमा पनि खतरनाक अवसर देखेँ । मलाई कसैले भनेको पनि थियो– भिड्नेको जीवनमा ज्यान हुन्छ । त्यसैले आज म मेरै सहकर्मी तपाईं मित्रहरुका नाममा पाखुरा सुर्किएर यो चेतावनी पत्र लेख्दै छु ।
मित्र, पत्र त धेरै थरिका हुन्छन भन्ने तपाईंलाई हेक्का हुनुपर्छ– प्रेम पत्र, संझना पत्र, आदर पत्र, होसियारी पत्र, चेतावनी पत्र, सन्देश पत्र, प्रशंसा पत्र, आरोप पत्र, फिराद पत्र, जाहेरी पत्र, वक पत्र आदि इत्यादि । एउटा सहकर्मीका नाताले तपाईंसंग लुकाउनु के नै छ र ! मेरो दिलको कुरा भन्छु, मेरो इच्छा थियो- तपाईंलाई प्रेम पत्र लेखौं, मेरो इच्छा थियो- तपाईंलाई सम्झना पत्र लेखौं, सम्मान पत्र लेखौं, मरो इच्छा थियो- तपाईंलाई प्रशंसा पत्र लेखौं । खै कसलाई के भनौं र ! शायद मेरो भाग्यै खोटो, मेरा यी इच्छा यो जुनीभरी अधुरै रहने भए भन्ने अत्यास लाग्न थालेकोछ ।
मैले यहाँ शाव्दिक धाँधली भन्नुको खास अर्थ छ । किनभने यी भाँति नमिलेको भत्खरु जस्ता लाग्ने तर्कहरु हुन । यसका लागि अलिकति भाषाका बारेमा कुरा गरौं । भाषाशास्त्रीहरुका अनुसार भाषामा प्रयोजनपरक भेदहरु (language registers) हुन्छन् । भाषाको प्रयोजनपरक भेद भन्नाले भाषा प्रयोग गर्दाका बखतको प्रवृत्ति वा मनोवृत्ति, मिजास, अपनाइएको रुख वा चेष्टा र औपचारिकताको स्तरजस्ता कुराहरुलाई जनाउँछ । सामान्यतया यी भेदहरुलाई अति औपचारिकदेखि अति अनौपचारिक गरी पाँच भाग लगाइएको छ– स्थीर वा अगतिशिल भेद, औपचारिक भेद, व्यावसायिक/प्रोफेसनल भेद, अनौपचारिक भेद र आत्मीय वा वैयक्तिक भेद ।
चेतावनी पत्र लेख्नु पर्नाको इरादा शुरुमै स्पष्ट पार्न चाहन्छु– यो चेतावनी पत्र कसैलाई गाली गर्न वा होच्याउन होइन, पत्रकारिताको पेशागत मर्यादा र स्तरीयतालाई पुन एकपटक सम्झनु पर्ने आवश्यकतातर्फ तपाईंहरुलाई घचघच्याउन अभिप्रेरित छ । सहकर्मी भित्रहरु, म यो कुरा चिया पसलमा बसेर तपाईंहरुसंग हाँसीमजाकमा पनि गर्न सक्थें । तर सबै सरोकारवालाहरुलाई थाहा हुनुपर्ने विषय भएकाले मैले अलि चुनौतिपूर्ण बाटो रोजेर तपाईंलाई सार्वजनिक रुपमै ठाडो चेतावनी पत्र लेख्दैछु । यसले तपाईंको चित्त नराम्ररी कुँडियो भने पनि बुझी राख्नुहोला, धरोधर्म ! म रत्तिभर पछुताउने छैन ।
यति भनीसकेपछि अब म सोझै मुद्दामा प्रवेश गर्छु । समय–प्रसङ्गमा पटकपटक उठ्दै आएको मतमतान्तर अहिले फेरि सार्वजनिक रुपमा शुरु भएको छ । पत्रकारितामा प्रयोग भइरहेको ‘तिमी’ सर्वनामप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हालै प्राज्ञहरुलाई सार्वजनिक सम्बोधन गर्दा व्याङ्ग्योक्ति दिनुभयो– पत्रकारहरुले त मर्यादित शव्द प्रयोग गर्न बिर्सिसकेका छन् र घरमा बाबुआमालाई पनि तिमी नै भन्दा हुन । ठ्याक्कै त होइन उहाँको आशय यस्तैजस्तो लाग्छ । यस अभिव्यक्तिपछि त ‘तिमी’ को विवाद छताछुल्ल भएको छ ।
पत्रकारहरु पाखुरा सुर्किएर तिघ्रा बजार्दै मैदानमा उत्रिएका छन् । एकथरि पत्रकारहरुले त एक स्वरले शाव्दिक धाँधली शुरु गरेका छन् । केही पत्रकारहरुको दावी छ– हाम्रा परिवारहरुमा पनि तिमी शब्द बोल्ने गरिन्छ । त्यसैले यो प्रयोग स्वभाविक छ । पत्रकारहरु बुरुक्क उफ्रिएर अर्कोखाले फेसवुके अभिव्यक्ति दिन्छन्– यिनीहरुलाई के अब ‘बक्स्योस्’ भन्नु पर्ने ? पत्रकारहरु थप तर्क दिन्छन– ‘तिमी पछि ‘तपाईं’ चलाउँदा भोलि ‘हजुर’ किन नचलाउने भन्ने प्रश्न आउला । तिमी शव्द पनि आदरार्थी नै हो । आफूले गरेको अभ्यास आफैंलाई चित्त बुझेन भने सच्चिउँला नत्र … । यो हाम्रो पत्रकारिताको शैली हो आदि इत्यादि ।
यसमा मेरो खरो प्रतिवाद छ मित्रहरु । मेरा लागि यी तर्क होइनन्, अहंकार हुन । निजी अहंकारको पक्षपोषण पेशागत मर्यादा होइन । अहंकारले सधैं अफ्ठ्यारा कुराहरुलाई आदर्श मानेको हुन्छ । सार्वजनिक रुपमा हामीले गरिरहेका यस्ता कच्चा वौद्धिक हमलाहरुले पत्रकारिता पेशालाई नै रुग्ण बनाउँछ । यसका लागि म यहाँ केही सन्दर्भ, उदाहरण, दृष्टान्त र भाषाका सर्वोपरी मान्यताहरु राख्न चाहन्छु ।
नेपाली भाषाको प्रयोजनका हिसावले साथीसंगाती समूहको अनौपचारिक वृत्त र पारिवारिक तथा वैयक्तिक नातासम्वन्धको आत्मीय वृत्तमा मात्र “तँ र तिमी” सर्वनामको पनि प्रयोग हुनेगर्छ । साथी संगातीमा समूहका मान्यताहरु लागु हुन्छन् भने परिवारमा पारिवारिक मान्यता र संस्कारले सम्बोधन वा सर्वनामहरुलाई निर्दिष्ट गरेको हुन्छ । यस्तो भाषा पारस्पारिक हुन्छ । साहित्यको भाषा सिर्जनशील र गतिशिल हुन्छ । यसमा व्यक्ति होइन, पात्रहरु हुनेहुँदा पनि साहित्यमा ‘तिमी’ सर्वनामको प्रयोग स्वभाविक मानिदै आएको छ । यस बाहेक प्रयोजनका हिसावले स्थीर वृत्त, औपचारिक वृत्त र व्यावसायिक (प्रोफेसनल) वृत्तमा सञ्चार वा सम्बोधन गर्दा “तँ र तिमी” सर्वनामको प्रयोग मान्य छैन ।
मैले यहाँ शाव्दिक धाँधली भन्नुको खास अर्थ छ । किनभने यी भाँति नमिलेको भत्खरु जस्ता लाग्ने तर्कहरु हुन । यसका लागि अलिकति भाषाका बारेमा कुरा गरौं । भाषाशास्त्रीहरुका अनुसार भाषामा प्रयोजनपरक भेदहरु (language registers) हुन्छन् । भाषाको प्रयोजनपरक भेद भन्नाले भाषा प्रयोग गर्दाका बखतको प्रवृत्ति वा मनोवृत्ति, मिजास, अपनाइएको रुख वा चेष्टा र औपचारिकताको स्तरजस्ता कुराहरुलाई जनाउँछ । सामान्यतया यी भेदहरुलाई अति औपचारिकदेखि अति अनौपचारिक गरी पाँच भाग लगाइएको छ– स्थीर वा अगतिशिल भेद, औपचारिक भेद, व्यावसायिक/प्रोफेसनल भेद, अनौपचारिक भेद र आत्मीय वा वैयक्तिक भेद ।
नेपाली भाषाको प्रयोजनका हिसावले साथीसंगाती समूहको अनौपचारिक वृत्त र पारिवारिक तथा वैयक्तिक नातासम्वन्धको आत्मीय वृत्तमा मात्र “तँ र तिमी” पनि प्रयोग हुनेगर्छ । साथी संगातीमा समूहका मान्यताहरु लागु हुन्छन् भने परिवारमा पारिवारिक मान्यता र संस्कारले सम्बोधन वा सर्वनामहरुलाई निर्दिष्ट गरेको हुन्छ । यस्तो भाषा पारस्पारिक र अनौपचारिक हुन्छ । साहित्यको भाषा सिर्जनशील र गतिशिल हुन्छ । यसमा व्यक्ति होइन, पात्रहरु हुनेहुँदा पनि साहित्यमा ‘तिमी’ सर्वनामको प्रयोग स्वभाविक मानिदै आएको छ । यस बाहेक प्रयोजनका हिसावले स्थीर वृत्त, औपचारिक वृत्त र व्यावसायिक (प्रोफेसनल) वृत्तमा सञ्चार वा सम्बोधन गर्दा “तँ र तिमी” सर्वनामको प्रयोग मान्य छैन । यी अवस्थाहरुमा भाषाको प्रयोग नियमवद्ध, व्यवस्थित, प्रमाणिक, सर्वस्वीकार्य र स्थापित वृहत्तर सामाजिक नियमहरुद्वारा निर्देशित हुन्छन र हुनुपर्छ ।
पत्रकारिता अनौपचारिक वा मनलाग्दी पेशा होइन र यो आत्मीयताको सिद्धान्तमा आधारित भएर पनि चल्दैन । पत्रकारिता बकाइदा औपचारिक पेशा हो, यसले ‘स्ट्याण्डर्ड’, सन्तुलन र तटस्थताको सिद्धान्त अवलम्बन गरेको वकालत गर्छ । पत्रकारिता विशेषगरी समाचारको भाषा अनौपचारिक होइन ‘स्ट्याण्डर्ड’ भाषा हो । यसको भाषा तथा शैलीलाई पत्रकारिताका सिद्धान्त, मान्यता र प्रचलनहरुद्वारा स्पष्ट ढंगले सूत्रवद्ध गरिएको हुन्छ ।
शपथ लिदाको भाषा, अदालती फैसलाको भाषा, पाठपूजाको भाषामा गतिशिलता पाइदैन । यो भाषा स्थीर र अति औपचारिक हुन्छ । त्यस्तै औपचारिक र व्यावसायिक/प्रोफेसनल सञ्चारको भाषा नियमबद्ध ढंगले व्यवस्थित गरिएको हुन्छ । यो बढी जानकारीमूलक, तथ्यपरक तथा वस्तुगत हुन्छ, बहुआयामिक हुन्छ । प्रमाणिक र स्तरीय सामाजिक अभ्यासहरुबाट निर्दिष्ट हुन्छ ।
यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग मेरो आंशिक असहमति छ । उहाँले “पत्रकारितामा तिमी सर्वनाम प्रयोग गर्नेहरुले पारिवारमा बाबुआमालाई पनि तिमी भन्छन् कि क्याहो” भन्ने आशय व्यक्त गर्नुभएको छ । प्रधामन्त्रीको त्यो अभिव्यक्तिमा मेरो असहमति के हो भने घरमा बाबुआमालाई ‘तिमी’ भन्ने गरेकै भए पनि पत्रकारितामा ‘तिमी’ भन्ने छुट हुँदैन, पाइँदैन । पत्रकारिता अनौपचारिक वा मनलाग्दी पेशा होइन र यो आत्मीयताको सिद्धान्तमा आधारित भएर पनि चल्दैन । पत्रकारिता बकाइदा औपचारिक पेशा हो, यसले ‘स्ट्याण्डर्ड’, सन्तुलन र तटस्थताको सिद्धान्त अवलम्बन गरेको वकालत गर्छ । पत्रकारिता विशेषगरी समाचारको भाषा अनौपचारिक होइन ‘स्ट्याण्डर्ड’ भाषा हो । यसको भाषा तथा शैलीलाई पत्रकारिताका सिद्धान्त, मान्यता र प्रचलनहरुद्वारा स्पष्ट ढंगले सूत्रवद्ध गरिएको हुन्छ । निश्चित पेशागत विधि र रिती अनुसार नियमवद्ध बनाइएको हुन्छ । पत्रकारितामा सिर्जनशील लेखनका सीमित विधाहरु हुन्छन्, जसमा ‘तिमी’ सर्वनाम प्रयोगमा ल्याउन सकिन्छ उदाहरणका लागि फिचर लेखन, संस्मरण लेखन आदि ।
नेपाली भाषामा ‘तपाईं’ शव्द न त चाकरीको शव्द हो न त भारदारी वा वहिस्कृत नै । यो शव्द नेपाली सामाजिक मर्यादा अनुसारको संस्कारी र सोभनीय सर्वनाम हो । नेपाली व्याकरणकारहरुले “तपाईं, यहाँ, उहाँ” आदि शव्दलाई द्वितीय र तृतीय पुरुषलाई सम्बोधन गरिने आदरार्थी र मानवोधक सर्वनामका रुपमा परिभाषित गरेका छन् । यसैगरी केही नेपाली व्याकरणकारहरुले “बक्स्यो, बक्स्योेस्” जस्ता सर्वनामलाई “प्रभुत्व” जनाउने अर्थमा प्रयोग हुने भनी परिभाषित गरेका छन् ।
यस्तै अर्को पक्ष पत्रकारितामा पनि जातिवाचक नाम, समूहवाचक नाम र व्यक्तिवाचक नाममा दिइने सर्वनाम एउटै हुँदैन । जात, पद वा समूहलाई मात्र उल्लेख गर्नुपर्दा त्यसमा ‘तिमी’/’उनी’ सर्वनाम प्रयोग गर्न मिल्छ । जस्तै वाहुनहरुले पाठ गरे, सञ्चार मन्त्रालयका सचिवले भने, सिपाहीँहरु हिँडे, खेलाडीहरु मैदानमा उत्रिए आदि । तर व्यक्तिको नाम उल्लेख गरिसकेपछि भने ‘तिमी’ सर्वनाम असोभनीय र अपाच्य हुनजान्छ । तसर्थ भाषाको प्रयोजनपरक भेदलाई कसरी सही ढंगले प्रयोग गर्ने भन्ने कुरा पर्गेल्न सक्ने क्षमता र हेक्का रहनु पत्रकार हुन चाहिने न्यूनतम योग्यता भित्रकै कुरा हो । किनभने हामी भाषालाई सबैभन्दा बढी प्रचलनमा ल्याउने पेशाकर्मीभित्र पर्दछौं ।
नेपाली भाषामा ‘तपाईं’ शव्द न त चाकरीको शव्द हो न त भारदारी वा वहिस्कृत नै । यो शव्द नेपाली सामाजिक मर्यादा अनुसारको संस्कारी र सोभनीय सर्वनाम हो । नेपाली व्याकरणकारहरुले “तपाईं, यहाँ, उहाँ” आदि शव्दलाई द्वितीय र तृतीय पुरुषलाई सम्बोधन गरिने आदरार्थी र मानवोधक सर्वनामका रुपमा परिभाषित गरेका छन् । यसैगरी केही नेपाली व्याकरणकारहरुले “बक्स्यो, बक्स्योेस्” जस्ता सर्वनामलाई “प्रभुत्व” जनाउने अर्थमा प्रयोग हुने भनी परिभाषित गरेका छन् ।
नेपालमा २०४६ सालतिर बहुदलीय व्यवस्था पुनरस्थापना भइसकेपछि तत्कालीन राजाले प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गर्दा धुवाँधार आपत्ति जनाउने पनि नेपाली पत्रकारिता नै थियो । त्यसवेलाको नेपाली पत्रकारिताले व्याख्या गर्दै औंलो ठड्याएको विषय थियो– जननिर्वाचित प्रधानमन्त्रीलाई ‘तिमी’ भन्नु यो सरासर सामन्ती हैकम हो । राजाले ‘तिमी’ भन्दा सामन्ती हैकम हुने त्यही शव्द तपाईं पत्रकार र सञ्चार संस्थाले जननिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, अनि न्यायकर्मीहरु, विभिन्न पेशा र वर्गका महानुभाव लगायतलाई दैनिक र बारम्बार औपचारिक रुपमा लेख्दा र प्रशारण गर्दा चाहिँ तपाईं पत्रकार सामन्त ठहरिनु नपर्ने उन्मुक्तिको विशिष्ठ कारण चाहिँ के होला प्रियमित्रहरु ?
म तपाईंलाई सन्निकट विगतको एउटा घटना स्मरण गराउँन चाहन्छु । नेपालमा २०४६ सालतिर बहुदलीय व्यवस्था पुनरस्थापना भइसकेपछि तत्कालीन राजाले प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गर्दा धुवाँधार आपत्ति जनाउने पनि नेपाली पत्रकारिता नै थियो । त्यसवेलाको नेपाली पत्रकारिताले व्याख्या गर्दै औंलो ठड्याएको विषय थियो– जननिर्वाचित प्रधानमन्त्रीलाई ‘तिमी’ भन्नु यो सरासर सामन्ती हैकम हो । राजाले ‘तिमी’ भन्दा सामन्ती हैकम हुने त्यही शव्द तपाईं पत्रकार र सञ्चार संस्थाले जननिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, अनि न्यायकर्मीहरु, विभिन्न पेशा र वर्गका महानुभाव लगायतलाई दैनिक र बारम्बार औपचारिक रुपमा लेख्दा र प्रशारण गर्दा चाहिँ तपाईं पत्रकार सामन्त ठहरिनु नपर्ने उन्मुक्तिको विशिष्ठ कारण चाहिँ के होला मित्रहरु ?
पत्रकारितामा सर्वनाम प्रयोग बारे पहिला पहिला पनि धेरै छलफल र वहस भएका थिए । शरच्चन्द्र वस्तीहरुले यो वहसको नेतृत्व गर्नुभएको थियो । ओहदा वा शक्तिका आधारमा सर्वनामको प्रयोग हुनुहुँदैन भन्ने मान्यता त्यसवेला स्वीकार गरिएको कुरा हो । म यहाँ केही उदाहरण दिन्छु । वि.सं. २०५१ सालमा रेडियो नेपालको लोकप्रिय कार्यक्रम “घटना र विचार” मा कुन्दन अर्याल, शार्दुल भट्टराई, गोकुल बाँस्कोटा, सुरेश आचार्य र म लगयतका साथीहरु बसेर समान सम्बोधनका लागि सबैलाई ‘तपाईं’ शव्द प्रयोग गर्ने र राजालाई पनि सम्बोधन गर्दा ‘बक्स्योस्’ नभन्ने र यसका ठाउँमा ‘कर्मवाच्य’ प्रयोग गर्ने निर्णय गरेका थियौं– जस्तो कि “श्री ५ वीरेद्रबाट ‘फलानो’ कार्यक्रमको समुद्घाटन भयो ।” यसो गर्दा “तपाईं वा गरिबक्स्यो” को असमान झमेलामा फस्नु पर्दैन भन्ने हाम्रो निचोड थियो । त्यसवेला रेडियो नेपालका एक उच्च अधिकारीले स्टुडियोमै आएर राजालाई अपमान गर्न पाइदैन भनी आपत्ति समेत जनाएका थिए । यसखाले अभ्यास त्यसबखतका विशेषगरी केही वामपन्थी र नेपाली कांग्रेस समर्थक साप्ताहिक पत्रपत्रिकाहरुले समेत प्रचलनमा ल्याएका थिए ।
कान्तिपुर दैनिकको दुई वर्ष अघि २०७४ फागुन ७ गते प्रकाशित रजत विशेशाङ्क “रजत यात्रा”को पहिलो लेख कान्तिपुरका सम्पादकको थियो– “हामीले हिँडेको बाटो” । यो लेखमा कान्तिपुर प्रकाशन प्रा.लि.का अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियालाई तीन ठाउँमा ‘सर’ शव्दले सम्बोधन गरिएको छ भने एक ठाउँमा ‘उहाँ’ सर्वनाम प्रयोग गरिएको छ । तर त्यही लेखमा पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई ‘तिमी’ सम्बोधन गरिएको छ । अनि पत्रिकाको अग्रभागमा प्रकाशित समाचारहरुमा पनि प्रधानमन्त्री, सरकार तथा समाजका विभिन्न ओहदामा रहेका व्यक्तिहरुलाई ‘तिमी’ शव्दले सम्बोधन गरिएको छ ।
अर्को अलिभिन्न उदाहरण छ । हामी (म, घमराज लुईटेल, जितेन्द्र राउत, मघु आचार्यहरु) ले २०५४ सालमा रेडियो सगरमाथाबाट प्रशारित कार्यक्रममा सबैलाई समान रुपले ‘तपाईं’ सर्वनाम प्रयोग गर्ने निर्णय ग¥यौं । साहित्यकार जनकप्रसाद हुमागाईहरुले बाल साहित्यमा समेत ‘तपाईं’ शव्द प्रयोग गर्नुपर्छ भनी अभियान चलाइरहनु भएको थियो । त्यो अभियानलाई उचित ठानेर रेडियो सगरमाथाबाट प्रशारित हुने बालकार्यक्रममा समेत हामीले ‘तपाईं’ सर्वनामलाई नै प्रचलनमा ल्याएका थियौं । त्यसो गर्नुका पछाडिको हाम्रो तर्क थियो- मान्छेलाई पद, उमेर, जात, लिङ्ग र शक्तिका आधारमा होइन, उसको स्वाभिमान र गरिमाका आधारमा समान ढंगले सम्बोधन गरिनुपर्छ । हामीले यस्तो शैली निर्धारण गरिरहेका वेला गोरखापत्र, कान्तिपुर जस्ता पत्रपत्रिकाले राजालाई ‘बक्स्यो’, ठूला ओहदावालालाई ‘तपाईं’ र किसान, मजदुर, दलित, महिला लगायत आम जनतालाई ‘तिमी’ सर्वनाम प्रयोग गर्दथे । कान्तिपुरमा यो चलन २०६२ सालसम्म चलेको थियो । त्यसपछि उसले सबैलाई ‘तिमी’ लेख्न थालेको हो तर २०६४ सालमा गणतन्त्र घोषण नहुँदासम्म तत्कालीन राजालाई भने ‘तिमी’ लेख्ने आँट गरेको थिएन ।
अर्को एउटा प्रसङ्ग पनि मलाई सधैं याद आउँछ । जसलाई म नेपाली पत्रकारिताको प्रतिनिधि चरित्रका रुपमा लिने गर्छु । जुन सम्झिदा मेरो मनमा निकै खिन्नता हुन्छ । कान्तिपुर दैनिकको दुई वर्ष अघि २०७४ फागुन ७ गते प्रकाशित रजत विशेशाङ्क “रजत यात्रा”को पहिलो लेख कान्तिपुरका सम्पादकको थियो– “हामीले हिँडेको बाटो” । यो लेखमा कान्तिपुर प्रकाशन प्रा.लि.का अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियालाई तीन ठाउँमा ‘सर’ शव्दले सम्बोधन गरिएको छ भने एक ठाउँमा ‘उहाँ’ सर्वनाम प्रयोग गरिएको छ । तर त्यही लेखमा पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई ‘तिमी’ सम्बोधन गरिएको छ । अनि पत्रिकाको अग्रभागमा प्रकाशित समाचारहरुमा पनि प्रधानमन्त्री, सरकार तथा समाजका विभिन्न ओहदामा रहेका व्यक्तिहरुलाई ‘तिमी’ शव्दले सम्बोधन गरिएको छ ।
कान्तिपुरको त्यही बयानमा ठूलो स्वरमा भनिएको छ– “यो हाम्रो शैली हो … तपाईं लेख्दा त चोर र वलात्कारीलाई पनि तपाईं लेख्नुपर्ने हुन्छ । त्यसैले हामीले सबैलाई तिमी लेख्ने निर्णय ग¥यौं ।” यस्तै खोचे तर्कले पत्रकारिताको शैली निर्धारण गर्ने हो भने मित्रहरु, तपाईंका नाकको डाडीमै ठोक्किने गरी चोर औंलो ठड्याएर म प्रश्न गर्छु– त्यसो हो भने के यसको अर्थ ‘तिमी’ लेखेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सरकारी कर्मचारी, प्राध्यापक, डाक्टर, इन्जिनियर, नर्स लगायतका प्रतिष्ठित पेशाकर्मीहरु, समाजका विभिन्न ओहदा र पेशा-व्यवसायमा संलग्नलगायत आम नेपालीलाई चोर र बलात्कारी कै दर्जामा राख्नुभएको हो ?
कान्तिपुरले तिमी सर्वनाम प्रयोग गर्नुको सार्वजनिक वयान पनि त्यही रजत यात्राकै “कान्तिपुरको तिमी” शिर्षकको आधा पेज लामो लेखमा छ –“वर्ग–विभेद आदरार्थी भेदभावमार्फत गरिरहेका रहेछौं … अनि सम्बोधनमा रहेको भेदभाव हटाउने निचोडमा पुग्यौैं” । सामन्ती चेतलाई क्रान्तिकारी लेपन लगाउँदा लगाउँदै पनि यसरी नेपाली पत्रकारीतामा डोकाले छोपेको ‘विरालो म्याउँ’ गरिहाल्छ । आफ्नो मालिकलाई चाँहि नेपालकै सर्वोच्च व्यक्ति ठानेर ‘सर’ र ‘तपाईं’ नै सम्बोधन गर्नु पर्ने ! बाँकी सारालाई ‘तिमी’ । मित्रहरु ‘तिमी’ लेख्ने होडबाजीले सामन्ती संस्कारको जुवामा थाहै नपाई हामी आफैं पो नारिइसकेका छौं त । कान्तिपुरको त्यही बयानमा ठूलो स्वरमा भनिएको छ– “यो हाम्रो शैली हो … तपाईं लेख्दा त चोर र वलात्कारीलाई पनि तपाईं लेख्नुपर्ने हुन्छ । त्यसैले हामीले सबैलाई ‘तिमी’ लेख्ने निर्णय ग¥यौं ।” यस्तै खोचे तर्कले पत्रकारिताको शैली निर्धारण गर्ने हो भने मित्रहरु, तपाईंका नाकको डाडीमै ठोक्किने गरी चोर औंलो ठड्याएर म प्रश्न गर्छु– त्यसो हो भने के यसको अर्थ ‘तिमी’ लेखेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सरकारी कर्मचारी, प्राध्यापक, डाक्टर, इन्जिनियर, नर्स लगायतका प्रतिष्ठित पेशाकर्मीहरु, समाजका विभिन्न ओहदा र पेशा-व्यवसायमा संलग्नलगायत आम नेपालीलाई चोर र बलात्कारी कै दर्जामा राख्नुभएको हो ?
पत्रकारितामा शैली भनेको धारणागत खाँका हो । यसले भाषाको स्वरुप र पत्रिका वा प्रशारण संस्थाको भाषागत पनलाई मात्र होइन, मिडिया हाउस र संलग्न पत्रकारको मनशाय, नियत, मिजास, रवैया र सोचको स्तरलाई समेत प्रतिविम्वित गर्नेगर्छ । तसर्थ पत्रकारितामा शैली निर्धारण गर्दा सामाजिक अपेक्षा र सार्वजनिक मर्यादाको कसीमा पूर्ण रुपमा उर्तिण भएको हुनुपर्छ ।
तर तपाईंहरुले ‘तपाईं’ सर्वनाम रोज्न नसक्नुको विशेष कारण चाँहि मलाई थाहा छ । किसान, मजदुर, दलित, महिला र सर्वसाधारणलाई ‘तपाईं’ शव्दले सम्बोधन गर्न नदिने मुख्य तत्व तपाईं पत्रकार र करपोरेट मिडियाका मालिकहरुभित्र जमेर बसेको सामन्ती वंशाणुगत चेत हो र, राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न ओहदामा बसेका व्यक्तिहरुलाई ‘तिमी’ भन्न सुरिने च्याखेँ क्रान्तिकारी आडम्बर । दम्भ अनायासै हामी पत्रकारमा पलायो र समानताको जामा पहि¥याई नेपाली सामाजिक अपेक्षा र सार्वजनिक मर्यादाभन्दा निकै तल गिरेर मालिकहरुले लगानी गरेका सञ्चारमाध्यमहरुले प्रयोग गर्नलाई सर्वनाम रोजेको हो-
‘तिमी’ ।
शैली निर्माणका सन्दर्भमा पनि जहाँसम्म सबैलाई समानरुपले सम्बोधान गरेको भन्ने कान्तिपुर लगायत साहुहरुले लगानी गरेका मिडियामा कार्यरत तपाईं पत्रकारहरुको तर्क छ, त्यसमा मेरो जिकिर छ ‘तिमी’ शव्द नै किन रोज्नु भयो ? यो सर्वनाम प्रयोगमा ल्याएर के गर्न खोजेको भन्ने प्रश्नको उत्तर तपाईंसंग छ ? सबैलाई समान सम्बोधन गर्न ‘तँ’ सर्वनाम पनि रोज्न सक्नुहुन्थ्यो र ‘तपाईं’ सर्वनाम पनि । तपाईंले ‘तँ’ सर्वनाम किन रोज्नु भएन त्यो तपाईंलाई नै थाहाहोला तर तपाईंहरुले ‘तपाईं’ सर्वनाम रोज्न नसक्नुको विशेष कारण चाँहि मलाई थाहा छ । किसान, मजदुर, दलित, महिला र सर्वसाधारणलाई ‘तपाईं’ शव्दले सम्बोधन गर्न नदिने मुख्य तत्व तपाईं पत्रकार र करपोरेट मिडियाका मालिकहरुभित्र जमेर बसेको सामन्ती वंशाणुगत चेत हो र, राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न ओहदामा बसेका व्यक्तिहरुलाई ‘तिमी’ भन्न सुरिने च्याखेँ क्रान्तिकारी आडम्बर । दम्भ अनायासै हामी पत्रकारमा पलायो र समानताको जामा पहि¥याई नेपाली सामाजिक अपेक्षा र सार्वजनिक मर्यादाभन्दा निकै तल गिरेर मालिकहरुले लगानी गरेका सञ्चारमाध्यमहरुले प्रयोग गर्नलाई सर्वनाम रोजेको हो– ‘तिमी’ ।
सञ्चारमाध्यम एउटा औपचारिक, व्यावसायिक र सार्वजनिक संस्था हो । यसले सम्बोधन गर्ने सर्वनाम अर्को संस्था वा पेशा/ व्यवसायीहरुको मानमर्दन गर्ने, होच्याउने वा प्रभुत्व जमाउने खालको हुनु किमार्थ स्वीकार्य हुनसक्तैन । यी यावत सिद्धान्त, तर्क, उदाहरण र दृष्टान्तहरुका आधारमा म किटानीका साथ भन्नसक्छु– अहिले सञ्चारमाध्यमका मालिकहरु गणतन्त्रका राजा-महाराजा र हामी पत्रकारहरु गणतन्त्रका भाइभारदार बन्ने दुस्साहस गरिरहेका छौं । अरु ओहदा, पेशा, वर्ग, समुदायमाथि हैकम र प्रभुत्व लाद्न उद्यत्त छौं ।
करपोरेट मिडियाका मालिक तथा पत्रकार मित्रहरु ! म तपाईंलाई चुनौति दिन्छु– “के सार्वजनिक रुपमा भन्न सक्नुहुन्छ– मिडिया मालिक र पत्रकार सिवाय सबै व्यर्थका मानिस हुन । यिनीहरुलाई हामी आफ्नो निगाहका आधारमा मनखुसी सम्बोधन गर्न पाउँछौं ।” होइन भने राजतन्त्र कायमै रहेका वेलामा राजासंस्थाले दुईपक्षीय भेटमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दा समेत अस्वीकार्य ठानिएको ‘तिमी’ सर्वनाम एउटा सञ्चार संस्थाले औपचारिक रुपमा पटकपटक लेख्दा वा बोल्दा चाँहि कसरी मान्य र क्रान्तिकारी हुन्छ ?
सञ्चारमाध्यम एउटा औपचारिक, व्यावसायिक र सार्वजनिक संस्था हो । यसले सम्बोधन गर्ने सर्वनाम अर्को संस्था वा पेशा/ व्यवसायीहरुको मानमर्दन गर्ने, होच्याउने वा प्रभुत्व जमाउने खालको हुनु किमार्थ स्वीकार्य हुनसक्तैन । यी यावत सिद्धान्त, तर्क, उदाहरण र दृष्टान्तहरुका आधारमा म किटानीका साथ भन्नसक्छु– अहिले सञ्चारमाध्यमका मालिकहरु गणतन्त्रका राजा-महाराजा र हामी पत्रकारहरु गणतन्त्रका भाइभारदार बन्ने दुस्साहस गरिरहेका छौं । अरु ओहदा, पेशा, वर्ग, समुदायमाथि हैकम र प्रभुत्व लाद्न उद्यत्त छौं ।
भाषिक अत्याचार मच्चाउनु पत्रकारको काम थिएन र होइन पनि । तर हामी बडो गर्वका साथ सार्वजनिक रुपमा नै सारालाई ललकारी रहेका छौं । पत्रकार मित्रहरु, लेख्न बानी पर्दैमा पत्रकार बनिदैन, पेशाको मुल्य, उद्देश्य र सीमा बुझ्न सक्नुपर्छ । पत्रकार बन्नुको प्रयोजन छ, अकारण पत्रकार होइँदैन ।
व्यक्तिको निजात्मकतालाई नष्ट गर्नु र मर्यादामाथि धावा बोल्नु पत्रकारिताको कर्म र धर्म दुवै होइन । अथवा भनौं, छुद्रता पेशागत स्वभाव होइन, जिद्दी र हठ पत्रकारिताको कुनै हुलिया होइन । जिम्मेवार पेशाकर्मीका नाताले हामीले आवारा अभिव्यक्ति होइन, सार्थक जवाफ र समाधान खोज्नु पर्नेहुन्छ । हामीबारेमा आउने प्रतिक्रिया/फिडव्याक सुन्दा पाखुरा सुर्किएर मुरमुरिने दुर्वुद्धी होइन, आत्मपरिस्कारका लागि समीक्षा गर्ने प्रेरणा मिल्नुपर्छ । सच्चा र प्रतिवद्ध पेशाकर्मीका लागि गल्तीकमजोरी सच्याउँनु पनि एउटा आनन्ददायी क्षण बन्न सक्नुपर्छ । त्यो दिनमात्र साँचो अर्थमा पत्रकारिताको पुनरजन्म हुनेछ ।
दम्भी पेशागत मनोवृत्तिबाट गुज्रदा वस्तुगत सत्यहरुलाई मनोगत चिन्तनले विस्थापित गर्छ । आफ्ना कुरालाई पुष्टि गर्न फरेब र झुठहरुको सहायता लिन थाल्यौं भने पेशाको गरिमा र आस्थालाई हाम्रा यस्ता पाल्सी चतु¥याईले धेरै समय थेग्न सक्तैन । आम मानिसमा भित्रभित्रै गुम्सिएको असन्तुष्टि सञ्चार गर्दाका बखत देखापर्ने भावनात्मक स्वीकृति र भावनात्मक इन्कारीको हदसम्म पुग्ने खतरा रहन्छ ।
मित्रहरु, खवरदार ! हाम्रा यस्ता उत्ताउला चुदुरवुदुरले पत्रकारितालाई सार्वजनिक, सामाजिक, राजनीतिक रुपमा अस्वीकृत पेशा बनाउने स्व-बरबार्दी तर्फ धकेल्नेछ । यति कुराको हेक्का वेलैमा नराख्ने हो भने हतियार चलाउन नजान्ने सिपाहीँले युद्ध मैदानमा भोग्नु पर्ने दुर्दशा हामीले दैनिक पेशागत जीवनमा भोग्नु पर्ने दिन सन्निकट छ ।
पत्रकारको स्वतन्त्रता भनेको अरुको स्वतन्त्रतालाई मुखरित गर्ने सूत्राधार बन्नलाई हो, उनीहरुको मानमर्दन गर्नलाई होइन । अरुका अधिकार र सम्मानको रक्षा गर्नु पत्रकारहरुका लागि अगाडि बढ्दै जाने सिँढी होे । जसको अधिकार र सम्मानको रक्षा गर्नु पर्ने हो, जुन आम जनता (पाठक, दर्शक वा श्रोता) सञ्चारमाध्यमका लागि भगवान हुन, त्यसैसंग पौंठेजोरी खेल्न थाल्छौं, त्यसैलाई अपमान गर्छौं भने राम्ररी बुझेहुन्छ यो एकोहोरो शङ्ख फुकाइ हो, हामी पेशागत आर्यघाटको नजिक पुगिसकेका छौं ।
मेरो आग्रह छ– ब्रुसले घोट्दा अत्तालिएर चिच्याउने र भाग्ने हो भने हामी टल्कने सम्भावना रहँदैन । त्यसैले पेशालाई अधमरो बनाउने होइन, व्यूँझाउने, जगाउने कुरामा खरो बहस गरौं । असङ्गत र वेतुकका कुरामा अड्डी लिएर नबसी बिग्रिएका कुरालाई सुधार्न लाग्यौं भने मात्र हामीप्रति समाजको सर्वस्वीकार्यता बढ्नेछ र पत्रकारिता पेशालाई गरिमामय र जीवन्त राखेर पत्रकारहरुको भावि पुस्तालाई हस्तान्तरण गर्ने दायित्व निभाउन सक्नेछौं ।
मित्रहरु, मनको ताईमा फुरौला पाक्दैन । हामीले पत्रकारिता यही समाजमा नै गर्ने हो । समाजका विभिन्न पेशा, व्यवसाय, वर्ग, तह र तप्कामा रहेका नेपाली जनताकै विश्वास जितेर मात्र पत्रकारिता सम्भव छ । व्यक्तिको निजात्मकतालाई नष्ट गर्नु र मर्यादामाथि धावा बोल्नु पत्रकारिताको कर्म र धर्म दुवै होइन । अथवा भनौं, छुद्रता पेशागत स्वभाव होइन, जिद्दी र हठ पत्रकारिताको कुनै हुलिया होइन । जिम्मेवार पेशाकर्मीका नाताले हामीले आवारा अभिव्यक्ति होइन, सार्थक जवाफ र समाधान खोज्नु पर्नेहुन्छ । हामीबारेमा आउने प्रतिक्रिया/फिडव्याक सुन्दा पाखुरा सुर्किएर मुरमुरिने दुर्वुद्धी होइन, आत्मपरिस्कारका लागि समीक्षा गर्ने प्रेरणा मिल्नुपर्छ । सच्चा र प्रतिवद्ध पेशाकर्मीका लागि गल्तीकमजोरी सच्याउँनु पनि एउटा आनन्ददायी क्षण बन्न सक्नुपर्छ । त्यो दिनमात्र साँचो अर्थमा पत्रकारिताको पुनरजन्म हुनेछ ।
करपोरेट मिडियाका मालिक तथा पत्रकार मित्रहरु, तपाईंहरुसंग जोरी खोज्नु मेरो काम थिएन तर पेशाप्रतिको निष्ठाले गर्दा यसो गर्नै पर्ने सन्दर्भ आयो । बाँकी कुरा भेटघाटका वेलामा नै गरौंला । अहिलेलाई यति नै ।
उही सहकर्मी मित्र