भिर घरेको राजनीति
फुटानी
म अहिले पूर्वी पहाडको तेह्रथुम जिल्लामा छु । हाम्रो डोल्पातिरका पहाडहरू भन्दा धेरै मलिला र उब्जाउ पहाडहरू घुम्न हिंडेको । अहिले म जुन घरमा बसी रहेको छु यो मेरा मित्र हर्कजीको घर हो । हिजो बेल्का बास बस्न अाई पुगेको । यतातिर हाम्रोको भन्दा बोलिचाली, लुवाई खुवाई बेग्लै ।मलाई अनौठो लाग्यो ।५/६ दिनपछि यो अाठराई भेगमा अाज घाम लागेको अरे । हर्कजी अहिले उ … त्यो तलको स्कुलमा पढाउन गा`का छन् । हर्कको बोजु र म मात्र घरमा छौं । अाँगनमा मुढा अोछ्याएर म पारिलो घाम ताप्दै छु भने बोजु मान्द्रोमा धान सुकाउँदै छन् ।
एकजना युवक मुल बाटो छाडेर अाँगनतिर उक्लिए । बोली पनि हाले – हैन अो बोजु ! के सुकाको मान्द्रोमा ? हैन … तँ पनि अाँखा नदेख्ने भएछस्हाउ भिर घरे ! सुन्तोला सुखाको देखेनास् !बोजुको कुरा सुनेर म तीन छक्क,भिर घरे अक्क नबक्क । निकैबेर पछि भिर घरे दुब्लो अावाज निकालेर बोल्यो – धान सुखाको र`छ सुन्तोलाको धाक । बारीमा सुन्तोलाको बिरुवा पनि देख्दिन, ठूला रुख पनि मासिएछन् । अब सुकाउँछ्यौ सुन्तोला ।ठिक भनिस हाँउ भिर घरे नानी ! यो गाउँबाट हेर्दाहेर्दै दुईटा चिज मासियो । एउटा सुन्तोला अर्को तिमार्को पार्टी नेपाली काङ्ग्रेस । केटारू त भन्दै थ्यो गाँठे “बोजु ! काङ्ग्रेसले जित्दैन भोट रुखमा नहाल” भनेर । पुरानो पार्टी उहिले देखि रुखमा छाप हानेको । मुनले अर्कोतिर छाप हान्न मानेन । फेरि तिमरु मराहरु पनि हाम्रैले जित्छ भनेर चारतारे झण्डा च्यातिने गरि हल्लाउँदै गुटुङटुङ कुदै थ्येउ ।अमिलो मुख लगाउदै भिर घरेले बोजुको कुराको बिट मार्न खोजे – अा बोजु पनि अर्को चुनाप अाउछ नि । त्यो बेला जित हाम्रै हो ।तैंले सिखाउनु पर्दैन । पूर्वको यही अाठराई हो कम्निस्टेहरूको गढ । २०/२५ सालतिर देखिह्वात्तै बढे । अहिले पनि उनार्को संगठन दह्रो छ । यता चुनाप हारे पनि काङ्ग्रेसी भित्री झगडासाम्य भएको छैन रे । अा … भिर घरे छोड्दे राजनीति कुरा । भन के काम्ले अाइस् ?
बाफरे ! बोजु र भिर घरेको राजनीतिको कुरो । हाम्रोतिर त यो खालको कुरा नेताले पनि बुझ्दैन ।भिर घरे भन्दै थ्यो – तल दोकानसम्म गा`को थें हौ बोजु । तिर्खा लागेर पसेको। छनुवा जाँड छ भने एक डबका देऊ । “एक्छिन बस्” भन्दै बोजु घर भित्र पसेपछि भिर घरे मतिर फर्किएर गफिन थाल्यो । उसले पहिलो लम्बरमा स्थानीय समाज र कृषिलाई मिसाएर कुरा ग-यो – तेह्रथुमको माटो उर्वर नै मान्नुपर्छ । यहाँका मान्छे पनि मिहेनती नै थिए । तर, बसाइँ गए । पहिलाको मान्छेरू सकिगो, अहिलेको युवारू ह्यँ परिश्रम गर्न छाडेर अरबतिर गयो । धनीमानी कुमाई, लिम्बू, राई, तामाङ सप्पै सप्पै झापा, विराटनगर, धरान, इटहरी, काठमाडौंतिर गुटुङटुङ झरीगयो नि हौ । यतातिरको सह हुन्छ नि सुब्बेफाब्बे हुने त्यो पनि काचाककुचुक पारेर डाकरमा हालेर लगि पो गए छ । सप्पै उतै गएर ठूलो मान्छेरू भा`छ । प्रधानमन्त्री देखि पिउनसम्म । यता त गाईवस्तु पाल्ने, खेती किसानी गर्ने पनि पो छैन। खेतबारी त डङ्ग्रङङै बाँझै ।बोजुले एक डबका जाँड दिएपछि स्वाँट पार्दै भिर घरेले दोस्रो लम्बरमा राजनीति गफ थाले । ६२/६३ को परिवर्तन पछि सबै जनजातिलेजातैपिच्छे अाअाफ्नै राज्य खोज्यो । तर, त्यो गफ मात्रै र`छ । भोट त सप्पै अाअाफ्नो पार्टीलाई दिदो र`छ ।
इलाममा मेरो दाइ पर्ने चुनापमा उठ्यो । सप्पै जनजातिले भोट उसैलाई दिने भने छ । दजु त मख्ख । दजुको भोट जम्मापाँच सय,यताकान्छी नानी भने १४ लाख चिरिप्प् । त्यो दजुको चुनाप प्रचारमा गुटुटु हिड्नेहरू त मत गनी सकेपछि जित्नेको पक्षमा “यो जित कस्को, हाम्रो” भन्दै उनार्कै झण्डा बोकेर फिलिङलिङ कुदेछ । दजु दुई महिना थलियो । यतातिर सप्पै जिल्लामा सूर्यतिर सोलोलो भोट हालेछ । यता ईवा, सग्राती हाम्रो यिनारू गाउँहरू खार्लापखुर्लुप सोत्तर पारेर भोट त सूर्यले चिरिप्प बनाएछ ।निक्कैबेर पछि बोजु बोलिन – हेर भिर घरे मयाँले घर चल्दैन । धन परेको भन्दा मन परेको प्यारो । उतै मन परो उतै दिए, यता मन पर्दा यतै देलान । तर,जो पनि हाम्रो काङ्ग्रेस सकियो भन्छन् । काङ्ग्रेस कहिल्यै सकिदैन । उखेलेर फ्याँके पनि फ्याँकेकै ठाउँमा उम्रिन्छ । यसका लागि काङ्ग्रेसी मिल्नु पर्छ,मिल्ने ठाउँ छैन ।
बोजु र भिर घरेको राजनीति सुझबुझ पूर्ण वार्तालाप सुनेपछि म बबुरो तीन छक्क अक्क नबक्क । बाफरे पूर्वका माण्ठा । खप्नै नसके पछि मैले बोजुलाई सोधेँ – पश्चिम नेपालका भन्दा पूर्वी नेपालका मानिस जान्ने बुझ्ने र बाठा छन् कसरी होला ? बोजुले मेरो कुरा गलत भएको बताइन् । पूर्वका मान्छे होस्ल्याङ्गे, फुरुक्क पर्ने फुर्के र बडपन देखाउनेखालका हुन्छन् । पश्चिमका गोप्य हुन्छन् , अाफ्नो काम सोझ्याउन सिपालु।बोजुले कसरी यतिका कुरा जानिन् ! मैले बेलुकी हर्कजीसँग सोधेँ । बोजुको श्रीमान बृटिस लाउरे । बोजुलाई लिएर विदेशका थुप्रै मुलुक र स्वदेशका सबै जिल्ला अार्थिक,सामाजिक,भौगोलिक,साँस्कृतिक, राजनितीक अवस्था बुझ्दै हिडेका रहेछन् । अनि यो भेग नै टाठा बाठाले बसोबास गरेको ठाउँ अरे । सबैको जय होस् ।