परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज १६ गते, मंगलबार
सरकारले नेपाल र भारतबीच जलमार्ग तय गर्न बेग्लै प्राधिकरण बनाउने प्रक्रिया अघि बढाएको कारोबार दैनिकमा प्रकाशित समाचार छ ।

महालेखा परीक्षकको कार्यालयले केन्द्रमा भन्दा स्थानीय तहमा वित्तीय अराजकता मौलाउँदै गएको निष्कर्ष निकालेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

सरकारले बाहिरी चक्रपथ (७२ किलोमिटर) निर्माण गर्ने जिम्मेवारी बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई सुम्पन लागेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

सरकारले मुख्य सचिव र सचिवको पदावधि क्रमशः एक र दुई वर्ष थप्न सक्नेगरी संघीय निजामती सेवा अध्यादेश ल्याउन लागेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

लगानीयोग्य पूँजी (तरलता) केही सहज भएपछि बैंकहरूले औषत दैनिक डेढ अर्ब रूपैयाँ लगानी गर्न थालेको समाचार पनि नागरिक दैनिकमा नै प्रकाशित छ ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तुरुन्त गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको समाचार छ ।

नेपालगञ्ज विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि छवटा ‘पार्किङ वे’ निर्माण लागेको सञ्चार माध्यहरूले जनाएका छन् ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नेपाल विद्यार्थी संघले कञ्चनपुर आज बन्द आह्वान गर्दा जनजीवन प्रभावित भएको समाचार छ ।

चितवनको कालिका नगरपालिका—७ का एकजना युवकले फेसबुक लाइभ गरेर आत्माहत्या गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

दशैंलाई लक्षित गरेर काठमाडौं—तुलसीपुर हवाइ सेवा शुरु हुने भएको समाचार छ । लामो समयदेखि बन्द रहेको तुलसीपुर विमानस्थलमा नेपाल वायुसेवा निगमले आजदेखि परीक्षण उडान गर्ने भएको समाचारमा जनाइएको छ ।

मुआब्जा लिएर पनि सडकछेउको जग्गा नछाडेका काभ्रेको साँगका स्थानीयका घर डोजर प्रयोग गरेर भत्काइएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिएमा गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।

त्रिभुवन राजमार्गअन्तर्गत नागढुङ्गा पिपलामोड खण्डमा आजदेखि लागू हुने गरी बेलुका आठ बजेदेखि बिहान पाँच बजेसम्म सवारी आवगमन रोकिने भएको समाचार छ । सडक मर्मत गर्ने अभिप्रायले आवगमन रोकिन लागेको समाचार छ ।
मदिरा सेवनबाट वर्षेनी विश्वभर ३० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्खिखित छ । मर्ने पुरुषको संख्या तीन चौथाइ रहेको छ ।