परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालमा रेडियो प्रशारणको इतिहास : रोमाञ्चकतादेखि रूपान्तरणसम्म–१४

रेडियो अवश्यम्भावी शक्तिको अभूतपूर्व उदाहरण

नेपाली रेडियो प्रशारण इतिहासको यात्राले मुलककै बृहत्तर आधुनिकीकरण र प्रजातान्त्रिकरणको विकासक्रमलाई प्रतिविम्बित गरेको छ । झण्डै आठ दशक अघि एमेचुअर प्रशारण उपकरण र दृढ अठोटबाट सुरु भएको रेडियो प्रशारणको इतिहास एनालग प्रविधि हुँदै अहिले डिजिटल प्रशारण युगमा प्रवेश गरेको छ । राज्य नियन्त्रित माध्यमका रुपमा लामो समयसम्म प्रसारणमा एकाधिकार रहेपनि क्रमशः सामुदायिक प्रसारण र व्यापारिक प्रशारणका विविध र जीवन्त प्रशारण परिदृष्यहरु थपिएका छन् । राणा शासन काल, राजनीतिक संक्रमण काल, राजतन्त्र काल, बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्र कालसम्म पनि रेडियोले जनतालाई सुसूचित गर्ने, जागरुक गराउने, शिक्षित तथा उत्प्रेरित गर्ने, स्वस्थ्य मनोरञ्जन प्रदान गर्ने कार्यमा उल्लेखनीय योगदान दिएको छ । नेपाली गीतसंगीतको उत्थानमा अतुलनीय भूमिका खेलेको छ । चुनौतीपूर्ण भौगोलिक बनावट, न्यून आयस्तर र व्याप्त निरक्षरताका कारण सञ्चारका अन्य माध्यमको पहुँचबाट लामो समयसम्म बञ्चित रहेका मुलुकका विकट पहाडी र हिमाली भूभागमा सूचनाको तत्काल र सहज पहुँच स्थापित गर्न रेडियो प्रशारणले अतुलनीय भूमिका खेलेको छ।

सामुदायिक रेडियोको विकासले नेपाली रेडियो प्रशारणको इतिहासमा विशिष्ट अध्याय खडा गरेको छ । सम्बत् २०५० को दशकदेखि सामुदायिक प्रशारणले आवाज विहीनहरुलाई आवाज दिएको छ, सीमान्तकृतहरुलाई मूलप्रवाहिकरण गरेको छ, स्थानीय विषयवस्तुलाई सम्बोधन गरेको छ, लैङ्गिक तथा जातीय विभेदमाथि प्रहार गरेको छ र भाषिक तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गरेको छ । जनस्तरबाट सञ्चालित यी स्टेशनहरुले प्रजातन्त्र सुदृढ बनाउन, स्थानीय भाषा तथा विविध परम्पराको संरक्षण गर्न र सामाजिक परिवर्तन ल्याउन अहम भूमिका खेलेका छन् । नेपालको सामुदायिक रेडियो आन्दोलनको सफलता धेरै मुलुकहरुका लागि अनुकरणीय बनेको छ । समग्रमा सामुदायिक प्रशारणले सूचना तथा सञ्चारबाट आम जनजीवनमा पुग्ने सहयोग र स्थानीय तथा सहभागितामूलक सञ्चार माध्यमको शक्तिलाई सफलतापूर्वक प्रदर्शन गरेको छ।

सूचना प्रविधिको अकल्पनीय आविष्कारको युगमा प्रवेश गर्दा, रेडियो प्रशारणले नयाँ चुनौतीको सामना गर्दै लचकता र अनुकूलनशीलता प्रदर्शित गरी आफ्नो स्थान सुरक्षित बनाउँदै लगिरहेको छ । जनआकांक्षा अनुसारको राजनीतिक परिवर्तन, एक दशक लामो माओवादी विद्रोह, २०७२ सालको प्रलयकारी भूकम्प र कोरोना महामारी जस्ता सङ्कटकालीन अवस्थामा रेडियो अनिवार्य र अविवादित निर्विकल्प माध्यम सावित भएको छ । यस्ता कठिन घडीमा जीवन रक्षक जानकारी प्रदान गर्दै धैर्य र सामाजिक एकता कायम राख्न अभूतपूर्व भूमिका खेलेको छ । स्याटलाईट टेलिभिजन र डिजिटल प्लेटफर्महरुको बढ्दो प्रतिस्पर्धाका बाबजुद रेडियो प्रशारणले ऐतिहासिक प्रगति हासिल गर्दै आफ्नो अपरिहार्यतालाई पुष्टि गरेको छ।

तर रेडियो प्रशारण हिजोआज सङ्कट मुक्त हुन भने सकेको छैन । रेडियो प्रशारण आफैंले अरु कसैको व्यापार बढाइदिदैन । अन्य मिडियाहरू उदाहरणका लागि न्यू–मिडिया चालउँदा दूरसञ्चार कम्पनी र इन्टरनेट प्रदायकको व्यापार बढ्छ । तसर्थ बढ्दो अर्थ–राजनीतिक दबाबले गर्दा रेडियो प्रविधिको नवप्रवर्तन माथि लगानी हुन छाडेको छ । रेडियो प्रविधिको नवप्रवर्तन र विकास ठप्पप्राय छ । पुरानो एनालग प्रविधिका प्रशारण उपकरणहरु निर्माण कार्य पनि रोकिएको छ र नयाँ प्रविधि विकासमा लगानी नगन्य छ । थोरै मात्रामा आविष्कार भएका डिजिटल रेडियो प्रविधिका उपकरणहरु महंगो भएका कारण आम बजारको उत्पादन बनाउन असम्भव प्राय देखिएको छ।

यति हुँदाहुँदै पनि रेडियो प्रशारणको भविश्य अटल र अवश्यम्भावी छ । यसो हुनुमा रेडियो प्रशारणका अतुलनीय, विशिष्ट र अविवादित स्वभावहरू विद्यमान रहनु हो । रेडियोको अतुलनीय विशिष्टता भनेको यसको उपभोग खिचातानी मुक्त (non-rivalrous) छ । अर्थात् एउटाले बढी उपभोग गर्दा अर्कोको उपभोगमा कमी आउँदैन । उदाहरणका लागि इन्टरनेटकै कुरा गर्ने हो भने एकै पटक धेरैले चलाएमा अरुको उपभोगमा असर पर्छ, गति ढिलो हुन्छ । अर्को विशिष्टता रेडियो तरङ्ग सबैका लागि समान रूपमा उपलब्ध (non-excludable) हुन्छ, कसैलाई अलग्याउँछु वा बञ्चित गर्छु भन्न सम्भव छैन । स्याटलाइट टेलिभिजन प्रशारण पैसा नतिर्नेलाई दिन्न भनी केवल वा डिटिएच सेवा प्रदायकहरुले कटाउन सक्छन् । न्यू मिडिया त इन्टरनेटको पैसा नतिर्नेको पहुँचमा हुँदैन।

यसरी हेर्दा सञ्चार माध्यमहरूमध्ये रेडियो तरङ्ग मात्र वास्तविक सार्वजनिक वस्तु हो । रेडियो प्रशारणबाट मात्र नागरिकको सूचनाको हक निर्वाध प्रत्याभूत गर्न सम्भव छ । रेडियो प्रशारणका थप विशिष्टताहरूमा यो छिटो र निशुल्क माध्यम हो, सस्तो छ, गोजीमै बोकेर जता पनि लान सकिने ‘पोर्टेवल’ छ, यो ट्रान्जिस्टर, कम्प्युटर, टिभी, स्मार्ट फोन, अनलाईन डिभाइस जस्ता बहु–उपकरणमा सुन्न सकिन्छ, यो निरक्षरहरुले पनि आफ्ना कुरा राख्न सहज माध्यम हो, सबैको पहुँचमा छ र विपत्का समयको निर्विकल्प तथा अतिभरपार्दो माध्यम हो । यसैगरी वैयक्तिक मिडिया जस्तै सामाजिक सञ्जाल वा न्यू मिडियाबाट हुने अफवाह, मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियमन र नियन्त्रण गर्न रेडियो जस्ता सार्वजनिक र प्रोफेसनल मिडियाहरूको उपस्थितिलाई अझ प्रभावकारी बनाउनु र सुदृढीकरण गर्नु अपरिहार्य छ।

भविश्यलाई नियाल्दा रेडियो प्रशारणले नेपाली मिडिया परिदृश्यमा आफ्नो अपरिहार्य भूमिका निरन्तर जारी राख्ने देखिन्छ । देशले बारम्बार राजनीतिक अस्थिरता, आर्थिक कठिनाइ र सामाजिक परिवर्तनहरुसंग जुध्नु पर्ने विद्यमान र भावि परिस्थितिमा सार्वजनिक संवाद, सांस्कृतिक अभिव्यक्ति तथा सामाजिक सहिष्णुता, नेपाली समाजको प्रजातान्त्रिकरण र राष्ट्र निर्माणका लागि एउटा सहज र प्रमुख मञ्चका रुपमा रेडियोले अहरणीय स्थान ग्रहण गरिरहने छ । सम्पादकीय स्वतन्त्रता, उपयुक्त प्रविधि र आर्थिक स्थिरता जस्ता पेचिला चुनौती सामुन्नेमा रहेपनि नेपालमा रेडियो प्रशारणको इतिहास अन्ततः रुपान्तरण र प्रगतिको इतिहास हो । तसर्थ नेपाली रेडियो प्रशारण बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय समाजलाई पूर्ण सूचित गर्ने, परस्पर जोड्ने र सामुहिक उन्ततिका लागि उत्प्रेरित गर्ने सञ्चार माध्यमका रूपमा अवश्यम्भावी शक्तिको बलियो प्रमाण र अनुकरणीय उदाहरण बनिरहने छ।

सन्दर्भ सामग्री

  1. अधिकारी, महेश प्रसाद । २०५४ । रेडियो नेपाल ः हिजोदेखि भोलिका दिनसम्म । प्रशारण पत्रकारिताको हाते किताब । दुर्गानाथ शर्मा, सं., पृ. ९८–११९ । नेपाल प्रेस इन्स्टिच्यूट ।
  2. अधिकारी, कृष्ण । २०६१ । रेडियो नेपालको संस्थागत विकासक्रम । रेडियो नेपालको सामाजिक इतिहास । प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कृष्ण अधिकारी, कोमल भट्ट, सं., पृ.६९–९३ । मार्टिन चौतारी ।
  3. अन्तरिम जनगणना प्रतिवेदन । २०१२ । नेपाल सरकार, तथ्याङ्क विभाग ।
  4. ओझा, घननाथ । २०५६ । रेडियो नेपाल ः सञ्चारको सशक्त संवाहक । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. १७–१८ ।
  5. उपाध्याय, देवेन्द्रराज । २०५६ । २००९ सालदेखि २०१६ सम्म (अन्तरवार्ता) । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ३२–३४ ।
  6. उप्रेती, सुरेश । २०८१ । कुराकानी । पूर्व इन्जिनियर, रेडियो नेपाल । भदौ १२ गते ।
  7. कार्की, रामशरण । २०८१ । कुराकानी । इन्जिनियर तथा रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक । जेठ ३२ गते ।
  8. किराँती, राजेन्द्र । २०८१ । कुराकानी । पूर्वी कमाण्ड (सगरमाथा–मेची–कोशी) को रेडियो जनगणतन्त्रमा अंग्रेजी भाषाको समाचार सम्पादक तथा प्रस्तोता । असोज, २९ गते ।
  9. केसी, बुद्धि बहादुर । २०८१ । कुराकारी । रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक । जेठ २५ गते ।
  10. केसी, बुद्धि बहादुर । २०८० । सार्वजनिक प्रशारणको पर्खाइमा रेडियो नेपाल । झङ्कार । वर्ष ७३, चैत, पृ.४९–५७ ।
  11. केसी, बुद्धि बहादुर । २०७४ । रेडियो नेपालको पुनरसंरचना सम्बन्धमा विज्ञहरूको धारणा ।झङ्कार । वर्ष ६७, चैत, पृ.२०–२५ ।
  12. कोइराला, तारिणी प्रसाद । २०१६ । रेडियो नेपालको जन्म । झङ्कार । वर्ष १, अंक ५. पृ. १–९ ।
  13. खनाल, यदुनाथ । २०५६ । अलिकति विश्लेषण गर्नुपर्‍यो (अन्तरवार्ता) । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ३९–४६ ।
  14. गुरुङ, उही गोविन्द बहादुर । २०५६ । मेरो रेडियो यात्रा । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ९–१० ।
  15. गोरखापत्र । २००३क । नेपालमा रेडियो प्रचारको सूचना । माघ १४ गते, प्रथम पृष्ठ ।
  16. गोरखापत्र । २००३ख । नेपालमा रेडियो स्टेसन । माघ २१ गते, प्रथम पृष्ठ ।
  17. गोरखापत्र । २००४ । श्री ३ महाराजको भाषण । जेठ ३ गते, प्रथम पृष्ठ (तीन कालम बक्स समाचार) ।
  18. गोरखापत्र । २००५ । नेपालमा रेडियो ब्रडकाष्ट । श्रावण २० गते, प्रथम पृष्ठ ।
  19. गोरखापत्र । २००६क । काठमाडौंमा ब्रडकाष्टिङ स्टेशन खुल्यो । कात्तिक ३ गते, प्रथम पृष्ठ ।
  20. गोरखापत्र । २००६ख । श्री ३ महाराजको भाषण रेडियोबाट पनि । माघ १० गते, प्रथम पृष्ठ ।
  21. गोरखापत्र । २०५७ । सामुदायिक रेडियो प्रशारक संघ गठन । चैत १० गते ।
  22. गोरखापत्र । २०६१ । एफएमलाई समाचार प्रशारण गर्ने छुट विश्वमा कतै छैन । माघ २४ गते, प्रथम पृष्ठ ।
  23. घर्ती, पूर्ण (आयाम) । कुराकानी । २०८१ । पार्टीको तर्फबाट पाँचवटै जनगणतन्त्र रेडियोको संयोजक । कात्तिक, २ ।
  24. जनपत्रकारिता । २०७९ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कार्यालयका तर्फबाट कार्यालय सदस्य विष्णु सापकोटा ‘जुगल’बाट प्रस्तुत सङ्गठनात्मक प्रतिवेदन । वर्ष १५ पूर्णाङ्क ३ । प्रेस सेन्टर नेपाल ।
  25. जोशी, मोहन प्रसाद (२०८१) कुराकानी । रेडियो नेपालमा २०१३ सालदेखि उस्ताद गणेशलाल श्रेष्ठको अर्केष्ट्रा समूहका सदस्य रहेर प्रत्येक सोमबार रेडियो नेपालमा वाद्यवादनमा सम्लग्न भई २०५० सालमा रेडियो नेपालबाट अवकास प्राप्त हुनु भएको । कात्तिक ३ गते ।
  26. झङ्कार पाक्षिक । २००८ । प्रधान सम्पादक तारिणी प्रसाद कोइराला, सम्पादक जनार्दन सम । कात्तिक १ गते, वर्ष १, अङ्क १ ।
  27. ठाकुर, सुदिप । २०८१ । कुराकानी । रेडियो नेपालका अवकाश प्राप्त प्राविधिक । असार १० गते ।
  28. दाहल, तारानाथ र ऋषिराम घिमिरे, सं. । २०६९ । सर्वोच्च अदालतबाट भएका सूचना तथा सञ्चारसम्बन्धी फैसलाहरू । फ्रिडम फोरम ।
  29. दाहाल, महेश्वर । २०८१ । कुराकानी । माओवादी निकट तत्कालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष । कात्तिक, २ गते।
  30. देवकोटा, गृष्मबहादुर । २०३६ । नेपालको राजनीतिक दर्पण, दोस्रो संस्करण । जय भारत प्रेस ।
  31. देवकोटा, गृष्मबहादुर । २०५९ । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, तेस्रो संस्करण । साझा प्रकाशन ।
  32. देवकोटा, देवीराम । २०८१ । कुराकानी । भेरी–कर्णाली आधार इलाकाको रेडियो जनगणतन्त्रमा कार्यरत । कात्तिक, २ गते ।
  33. धाख्वा, पद्मज्योति । २०५६ । खुमलटार प्रशारण केन्द्रको परिचय । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. १२२ ।
    नेपालको संविधान । २०७२ । नेपाल सरकार ।
  34. न्यौपाने, पुष्प । २०८१ । कुराकानी । सेती महाकाली इलाकाको विद्रोही रेडियो जनगणतन्त्र, कालिकोट, कोटवाडामा पहिलो पटक प्रशारित हुँदा उद्घोषण गर्ने व्यक्ति । भदौं, २९ गते ।
  35. पण्डित, बसन्त केशर । २०८१ । कुराकानी । रेडियो नेपालमा २०२३ सालदेखि प्राविधिकका रुपमा कार्यरत रहेर प्राविधिक निर्देशकबाट अवकास प्राप्त । भदौ २८ गते ।
  36. पुन, लक्ष्मी । २०८१ । कुराकानी । पश्चिम कमाण्ड (विशेष आधार इलाका रोल्पा) को रेडियो जनगणतन्त्रमा खाम भाषाको समाचार प्रस्तोता । कात्तिक २ गते ।
  37. पौडेल, श्रीराम । २०६२ । कान्तिपुर एफएमको समाचारलाई फर्केर हेर्दा । रेडियो पत्रकारिता ः एफएममा समाचार संवाद । प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कोमल भट्ट र कृष्ण अधिकारी, सं., पृ.२६७–२९६) ।
  38. पौड्याल, बद्री र रघु मैनाली । सन् २००७ । सङ्कटकालमा समाचार । हिमाल किताब ।
  39. बराल, काशिचन्द्र । २०८१ । कुराकानी । माओवादी विद्रोहको भेरी कर्णाली क्षेत्रमा सम्लग्न । भदौं २८ गते ।
  40. बैष्णव, श्यामदास । २०५८ । रेडियो नेपालको गतिशीलता । झङ्कार । वर्ष ५१, संयुक्ताङ्क, पृ.५–७ ।
  41. बैष्णव, श्यामदास । २०५९ । साना दुःखले हुर्किएन रेडियो नेपाल । झङ्कार । वर्ष ५२, संयुक्ताङ्क १–२, पृ.५–८ ।
  42. भट्टराई, जयदेव । २०५७ । नेपाल ब्रडकाष्ट र बिर्सिएको रेडियोको इतिहास । गोरखापत्र (शनिबारीय परिशिष्टाङ्क), ३१ असार पृ. क ।
  43. भट्टराई, शिवदत्त । २०७७ । रेडियो अन्तरवार्ता । रेडियो पूर्वाञ्चल । फागुन ७ गते प्रशारित ।
  44. मुकारुङ, बुलु । २०५६ । नेपाली संगीतको विकासमा रेडियो नेपाल र सम्लग्न कलाकारहरू । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ११६–१२० ।
  45. भण्डारी, टिका । २०८१ । कुराकानी । रेडियो नेपालका पूर्व कार्यक्रम निर्देशक । भदौ २६ गते ।
  46. मैनाली, रघु । २०५९ । सामुदायिक रेडियो संघर्षशील यात्रा । स्थानीय रेडियो सम्भावना र उपयोगीता । प्रत्यूष वन्त र रघु मैनाली, सं. पृ. २५–३३ । नेपाल प्रेस इन्स्टिच्यूट र मार्टिन चौतारी ।
  47. मैनाली, रघु । २०७२ । रेडियो पद्धति । भृकुटी ऐकेडेमिक पब्लिकेसन्स ।
  48. मैनाली, रघु । २०७५ । स्वतन्त्र रेडियो ः उतारचढाबका दुई दशक । परिसंवाद डट कम । फागुन १२ गते ।
  49. राणा, श्रीविक्रम । २०५१ । मभित्र जन्मिएको रहर रेडियो नेपाल । झङ्कार । वर्ष ४२, अंक ५–६. पृ. २–५ ।
  50. राष्ट्रिय प्रशारण ऐन । २०४९ । श्री ५ को सरकार ।
  51. राष्ट्रिय प्रशारण नियमावली । २०५२ । श्री ५ को सरकार ।
  52. राष्ट्रिय सञ्चार नीति । २०४९ । श्री ५ को सरकार ।
  53. रेग्मी शिव । २०५१ । नेपाली अघि बढ क्रान्ति झण्डा हातमा लिई । झङ्कार । वर्ष ४२ अङ्क १, पृ. ३४–३७ ।
  54. रेग्मी शिव । २०४९ । रेडियो नेपालको सम्झना । झङ्कार । वर्ष ४० अङ्क १, पृ. १–५ ।
  55. रेग्मी शिव । २०५४ । नेपालमा रेडियो प्रशारण सेवाको इतिहास । झङ्कार । वर्ष ४४ संयुक्ताङ्क ४–६, पृ.७९–८१ ।
  56. रेग्मी, शिव । २०५६ । रेडियो नेपाल स्थापना र यसका प्रकाशनहरु । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ६०–६२ ।
  57. रेग्मी, शिव र पी. खरेल । २०५९ । नेपालमा आमसञ्चारको विकास । नेपाल आमसञ्चार एजुकेटर्स एसोसियसन ।
    रेडियो ऐन । २०१४ । श्री ५ को सरकार ।
  58. रेडियो नेपालले एफएम रेडियो प्रशारण स्थापना गर्ने सम्भाव्यताको अध्ययनको प्रतिवेदन, २०५० ।
  59. रेडियो नेपालबाट राष्ट्रिय भाषाहरूमा समाचार प्रशारण गर्ने बारे सझाउ समितिको प्रतिवेदन, २०५१ ।
  60. रेडियो नेपालले एफएम प्रशारण गर्न गठित सुझाव समितिको प्रतिवेदन, २०५२ ।
  61. रोका, गोविन्द ‘सचिन’ । २०८१ । कुराकानी । माओवादी विद्रोहको विशेष आधार इलाका रोल्पामा प्रशारित रेडियोका प्रमुख । असार ३१ गते ।
  62. रोकाय, दीपेन्द्र । २०६९ । नाफाको जिन्दगी । सुन्दर–सुन्धारा स्मृति प्रतिष्ठान, हुम्ला ।
  63. लुइँटेल, घमराज । २०७० । रेडियो सगरमाथामा मेरा डेढ दशक । मिडिया अध्ययन ८ । देवराज हुमागाई, प्रत्यूषा वन्त, शेखर पराजुली, हर्षमान महर्जन, अर्जुन पन्थी, सं. । मार्टिन चौतारी ।
  64. लुइँटेल, घमराज । २०६२ । हालचालको हालचाल । रेडियो पत्रकारिता ः एफएममा समाचार संवाद । प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कोमल भट्ट र कृष्ण अधिकारी, सं. पृ.२२५–२६६) ।
  65. वन्त, प्रत्यूष । २०६१ । रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव । रेडियो नेपालको सामाजिक इतिहास । प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कृष्ण अधिकारी, कोमल भट्ट, सं., पृ.३५–५४ । मार्टिन चौतारी ।
  66. वन्त, प्रत्यूष र रघु मैनाली । २०५९ । स्थानीय रेडियो सम्भावना र उपयोगिता । नेपाल प्रेस इन्स्टिच्यूट ।
  67. विकल, रमेश । २०५९ । पहिलो पटक रेडियो सुन्दा । राजधानी दैनिक । सोज २६, पृ. ७ ।
  68. शर्मा, जगदिश । २०५६ । रेडियोप्रतिको अनुभूति । झङ्कार । वर्ष ४६. अङ्क ३–४ (स्वर्ण–महोत्सव स्मारिका),पृ. १९ ।
  69. शाह, भोग्यप्रसाद । २०४५ । नेपालमा रेडियो प्रशारणको विकास । नेपालमा जनसञ्चार स्मारिका, पृ. १३३–१३६ । प्रेस काउन्सिल, नेपाल ।
  70. शाह, भोग्यप्रसाद । २०५४ । रेडियो नेपालको इतिहास र विकासक्रम । प्रशारण पत्रकारिताको हाते किताब । दुर्गानाथ शर्मा, सं., पृ. १२०–१३० । नेपाल प्रेस इन्स्टिच्यूट ।
  71. शाह, विश्णुप्रताप । २०५६ । रेडियो नेपाल ः केही स्मरणहरू । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ५३–५६ ।
  72. श्रेष्ठ, कृष्ण । २०७९ । नेपाल ब्रोडकास्ट ः रेडियो प्रशारणको प्रारम्भ । गोरखापत्र । चैत १९ गते ।
  73. श्रेष्ठ, देबेन्द्र । कुराकानी । सबै जनगणतन्त्र रेडियो जडान गरी प्राविधिक रुपमा सञ्चालनलाई सफल बनाउने इन्जिनियर । कात्तिक, २ गते ।
  74. श्रेष्ठ, हरि । २०५६ । रेडियो नेपाल ः एक सम्झना । श्रीमती सरिता श्रेष्ठ ।
  75. सत्याल, जीवनलाल । २०५६ । प्रारम्भिक रेडियो प्रशारण । झङ्कार । वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. २५–२८।
  76. सञ्चार मन्त्रालय । २०६५ । इजाजतपत्र प्राप्त एफएम रेडियोहरूको विवरण । प्रशारण महाशाखाको रेकर्ड ।
  77. सञ्चार योजना, २०२८, नीति, निर्णय र कार्यक्रम । २०६० । प्रकाशनको दिग्दर्शन । हरिहर विरही, सं. पृ. ११६–१७५ । प्रेस काउन्सिल नेपाल ।
  78. सापकोटा विष्णु । २०८१ । कुराकानी । माओवादी विद्रोहको काठमाडौं उपत्यका क्षेत्रको प्रशारण संयोजनको जिम्मेवारी । भदौं २८ गते ।
  79. सिवाकोटी, विष्णप्रसाद । २०५६ । रेडियो नेपालको भौतिक विकासक्रम । झङ्का ।. वर्ष ४६. अङ्क ३/४ (स्वर्ण–महोत्सव स्मारिका). पृ. ९०–९४ ।
  80. सुनुवार, पाण्डब । २०५३ । रेडियो नेपाल ः हिजो र आज । झङ्कार । वर्ष ४४ संयुक्ताङ्क १–३, पृ. २५–२८ ।
  81. सुनुवार, पाण्डव । २०५६ । रेडियो प्रशारणका आरोह अवरोह । ताहिरा सुनुवार ।
  82. स्थापित, केशब । २०८१ । कुराकानी । पूर्व मेयर, काठमाडौं महानगरपालिका ।
  83. हुमागाईं, देवराज । २०६१ । सरकारी नीति योजनामा रेडियो नेपाल । रेडियो नेपालको सामाजिक इतिहास । प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कृष्ण अधिकारी, कोमल भट्ट, सं., पृ.९४–१११ । मार्टिन चौतारी ।
  84. Mainali, R. (2062 BS). Nepal’s Radio in Crisis. Keynote speech delivered in International Conference on Democracy and Citizen’s Media organized by OURMedia, December in Bangalore, India.

Facebook Comments