चालिसेसहित चौध स्रष्टा पुरस्कृत
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मानद्वारा डा. मुकेशकुमार चालिसेसहित चौध जना स्रष्टा पुरस्कृत हुनु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमबीच डा. चालिसेलाई मानबहादुर रावल वातावरण सम्मान, प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, प्रा.डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्ठा सम्मान, विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र लीला सेलिङ माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मानद्वारा सम्मान गरिएको छ ।
यसैगरी, कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य स्रष्टा बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मानद्वारा सम्मान गरियो । सम्मानित अन्य स्रष्टाहरूमा प्रकाश दर्नाल, विवश पोखरेल, सत्यदेवी खडका, पुजा बराल र कर्ण (चौधरी) लगायत हुनुहुन्छ ।
प्रमुख अतिथि नरहरि आचार्य रहनुभएको बीस हजार रुपियाँ पुरस्कार राशीसहित स्रष्टा सम्मान कार्यक्रममा विभिन्न व्यक्तित्वले धारणा व्यक्त गर्नुभयो ।