षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान गर्ने घोषणा
काठमाडौँ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले प्रदान गर्दै आएका तीनवटा पुरस्कार षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार रषडानन्द क्षेत्रीय पुरस्कारहरू प्रदान गर्ने घोषणा गरिएको छ।
विसं. २०८१ सालको षडानन्द राष्ट्रिय पुरस्कार आबाल ब्रह्मचारी षडानन्दले आफ्नो जीवन कालमा महत्त्वपूर्ण योगदान दिएका क्षेत्रहरु शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमध्ये यस वर्ष नेपालको राजनीतिक, सामाजिक, कानुनी, सांस्कृतिक तथा भाषिक इतिहासको खोज,अध्ययन र अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका विशिष्ट विद्वान् प्रा.डा.जगदीश चन्द्र रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
काशी हिन्दु विश्व विद्यालयबाट लिच्छवि कालीन नेपाली संस्कृतिका केही पक्ष विषयक अध्ययनमा इस्वी सन् १९७० मा विद्या वारिधि उपाधि प्राप्तप्रा.डा.रेग्मीका नेपालको प्राचीन इतिहास, कला, संस्कृति, वास्तुकला, भाषा आदिको खोज, अध्ययन, अनुसन्धानसँग सम्बन्धित दर्जनौ पुस्तकका साथैप्राचीन नेपालको कानुनी भाषा, धर्म, संस्कृति, कला र सांस्कृतिक भूगोलको ऐतिहसिक पक्षसँग सम्बन्धित अध्ययन प्रतिवेदन तथा कार्यपत्रहरु पनिप्रकाशित छन् । नेपालको संक्षिप्त इतिहास (इ.सन् १९६८), लिच्छवि संस्कृति (इ.सन् १९६९), टेम्पल्स् अफ काठमान्डु (इ.–१९७२), नेपालको धार्मिकइतिहास (इ.–१९७३), ग्लोसरी अफ हिमालयन बुद्धिज्म (इ.–१९९१) लिच्छवि इतिहास (१९९६), पशुपति गुह्येश्वरी (इ.–१९९७) प्राचीन नेपालकोराजनीतिक इतिहास (इ.–१९९७) प्रा. डा. रेग्मीका चर्चित कृतिहरु हुन्।
उक्त पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदानपु¥याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (वि.सं.१८९२–१९७३) को स्मृतिमा उदारमना दाताहरुको सहयोगमा प्रतिष्ठानद्वारा स्थापना गरिएको हो ।पुरस्कारको राशि १,००,०००/– रुपियाँ रहेको छ ।
विसं २०६६ देखि राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई प्रतिवर्ष प्रदान गरिँदै आएको यो पुरस्कार गत वर्ष प्राच्य दर्शन तथा तन्त्रशास्त्रका विशिष्टविद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरिएको थियो ।
यसैगरी, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार समाजसेवी, कलाकार तथा साहित्यकार सुश्री भद्र कुमारी घलेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।प्रारम्भमा नै नर्स तथा मिड वाइफ तालिम प्राप्त सुश्री घले काशी विद्यापीठ बनारसबाट शास्त्री उपाधिले विभूषित हुनु हुन्छ । उहाँका गद्य र कविताकासयौँ साहित्यिक कृति प्रकाशित छन् । उहाँ महात्मा गान्धीको स्वावलम्बन कार्यक्रम र समाज सेवाबाट प्रभावित तथा गान्धीवादकी अनुयायी हुनु हुन्छ ।उहाँद्वारा स्थापित भद्र कुमारी घले सेवा सदन विगत लामो समयदेखि अक्षुण्ण रूपमा चलि रहेको छ भने अन्य विभिन्न सामाजिक तथा शैक्षिक संस्थामापनि उहाँको अटुट संलग्नता र योगदान रहेको छ ।
आबाल ब्रह्मचारी षडानन्दका मुख्य सहयोगीहरुमध्ये एक, षडानन्दको जीवनीसँग सम्बद्ध काव्यका रचयिता स्व. यज्ञनिधि चापागाईँको स्मृतिमा उहाँकापनातिहरु श्री उदय कुमार चापागाई (मार्से) र श्री दिलीप चापागाईँ (मार्से) द्वारा स्थापित षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार हरेक दुई वर्षमा प्रदानगरिन्छ । नेपालमा समाज सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति÷संस्थालाई सम्मान पत्र सहित प्रदान गरिने यो पुरस्कार रु.५१०००/— राशिको छ । यसअगि विसं. २०७९ मा यो पुरस्कार परोपकार संस्थालाई प्रदान गरिएको थियो ।
पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाईप्रतिवर्ष प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष(२०८१) साहित्यकार श्री कुन्ता शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । जागृतिमूलक साहित्य स्रष्टा कुन्ताका म उभिएको ठाउँ (२०५२), मेरो मान्छे(२०७५) र युद्ध लडिरहेको म (२०८०) समेत गरी तिन कविता सङ्ग्रह र अनगिन्ती फुटकर रचनाहरु प्रकाशित छन् ।
भोजपुर, दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा उहाँहरुका सुपुत्रद्वय श्री निरञ्जन चापागाईं र श्री गायत्री कुमार चापागाईंद्वारास्थापित अक्षय कोषबाट प्रदान गरिने विसं.२०७१ देखि प्रतिवर्ष प्रदान गरिँदै आएको षडानन्द क्षेत्रीय पुरस्कारको राशि रु.५१,०००/- हजार रहेको छ ।
गत वर्ष सो पुरस्कार पूर्वाञ्चलका प्रसिद्ध आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको थियो ।
उपर्युक्त पुरस्कारहरु २०८१/०८/२१ गते शुक्रवार विवाह पञ्चमीका दिन आबाल ब्रह्मचारी षडानन्दको १९० औँ जन्म जयन्ती कार्यक्रमका अवसरमा प्रदानगरिने छन् ।